चेतन अधिकारी,विनोद त्रिपाठी,बेचु गौड,मोती पौडेल,मोहन बुढाऐर,दुर्गालाल केसी
चुलाचुली / शक्तिखोर / झ्याल्टुङडाँडा / सुर्खेत / कैलाली / दाङ, माघ २० -
लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति मातहतको सचिवालयले चितवनस्थित तेस्रो र नवलपरासीस्थित चौथो डिभिजनमा शुक्रबार रकम वितरण थालेको छ ।
संयोजक बालानन्द शर्माका अनुसार इलामस्थित पहिलो र सिन्धुलीस्थित दोस्रो डिभिजनमा सचिवालयका तर्फबाट तयारी पूरा भए पनि काम सुरु भएको छैन । ती शिविरका लडाकु कमान्डरहरू माओवादीले शुक्रबार विराटनगरमा गरेको केन्द्रीय प्रशिक्षणमा सहभागी हुन गएकाले रकम वितरण नगरिएको हो । रोल्पास्थित पाँचौं, सुर्खेतस्थित छैटांै र कैलालीस्थित शिविरमा सचिवालय सदस्यहरू पुग्न र प्राविधिक तयारी पूरा हुन बाँकी रहेकाले काम हुन सकेन । शनिबारदेखि भने सबै शिविरमा रकम वितरण सुचारु हुने शर्माले जनाए ।
अवकाश रोजेका लडाकुलाई तहअनुसार ५ देखि ८ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापत आधा रकम चेकमार्फत र बाटो खर्च नगदै दिइनेछ । तराई वा सोही जिल्लाकालाई २ हजार, पहाडी जिल्लाकालाई ५ हजार र हिमाली जिल्लाकालाई ८ हजार रुपैयाँ बाटो खर्च दिइनेछ । तर रकम बुझिसकेका लडाकुले भने तत्काल शिविर छाड्ने छैनन् । माघको रासन र भत्ताबापतको रकमसमेत बुझिसकेपछि मात्र उनीहरू बिदा हुने छन् । माओवादीले माघ २८ मा सामूहिक बिदाइको कार्यक्रम राखेको छ । 'हामीले माघ महिनाको रासन र भत्ताबापतको रकम छिट्टै दिन शान्ति मन्त्रालयलाई आग्रह गरेका छांै । माघ मसान्तसम्म उहाँ -लडाकु) हरू शिविरमै बस्न सक्नु हुन्छ । त्यसपछि भने शिविर छाड्नुपर्ने हुन्छ,' संयोजक शर्माले भने ।
नवलपरासीमा खटिएका सचिवालय सदस्य सनन्दनप्रसाद कुर्मीले भने काम थालिए पनि अवरोध सामना गर्नुपरेको जनाए । 'कतिपय लडाकुले अनमिनको प्रमाणीकरणका बेलाको नभई अहिलेको पदअनुसार रकम दिनुपर्ने माग राख्नुभएको छ । घाइते र अपांगले पेन्सन, आवासलगायत ११ सूत्रीय माग राख्नुभएको छ,' नवलपरासीबाट उनले टेलिफोनमा भने, 'अहिलेलाई तपाईंहरूको माग माथि पुर्याइदिन्छौं भनेर आश्वस्त पारेर काम अघि बढाइएको छ । यी विषयमा तत्काल राजनीतिक तहबाट सम्बोधन गरिएन वा लडाकुलाई आश्वस्त पारिएन भने हाम्रो काम प्रभावित हुन्छ ।'
शक्तिखोरमा बिदाइ सुरु
'ल बधाई छ ! उज्यालो भविष्यको कामना छ है ।' सचिवालय संयोजक बालानन्द शर्माले चितवन शक्तिखोरस्थित शिविरका सहकमान्डर उदयबहादुर चलाउनेको हातमा पहिलो चेक थमाउँदै भने । 'तपाईंहरूलाई पनि सहयोगका लागि धन्यवाद,' चलाउनेले शर्मासँग हात मिलाउँदै जवाफ दिए ।
शक्तिखोरस्थित तेस्रो डिभिजनमा स्वैच्छिक अवकाशमा परेका लडाकुलाई शिविरबाट बिदा गर्ने क्रम सुरु भएपछि शुक्रबार चलाउने सञ्चारकर्मीबाट घेरिए । धेरैले उनलाई सोधे, 'कस्तो लागिरहेको छ ?' उनले एउटै उत्तर दिए, 'हाम्रो घर फिर्तीलाई शान्तिका लागि त्याग बुझिदिनुहोला ।' समायोजनप्रति असहमति जनाउँदै आएका उनको सन्तुष्टिलाई यहाँका अन्य लडाकु कमान्डरहरूले सकारात्मक रूपमा लिएका छन् ।
चार लाख रुपैयाँको चेक बुझेका चलाउनेले कान्तिपुरसँग भने, 'शान्ति कायम हुन्छ भने सधैं विरोधका लागि विरोध गरेर मात्र फाइदा छैन । युद्धलाई रोकेर घर र्फकंदै छौं । पार्टीले जनयुद्धको मर्म र हामीले पुर्याएको योगदानको धर्म नभुलोस् ।'
उनीजस्तै स्वैच्छिक अवकाश रोजेका लडाकुलाई रकम दिएर घर पठाउन लागेकामा सबैमा खुसी छाएको छ । उनीहरूले दिनभर एक आपसमा खुसी साटासाट गरेका थिए ।
'खुसी लागेको छ, शान्ति आउँछ भने विरोधी होइन सहयोगी बन्नेछौं,' दोलखाका जीवन अधिकारीले भने, 'शान्ति कायम गर्न घर र्फकंदै छौं ।' शिविर प्रवक्ता जनक बिष्टले थपे, 'शान्ति कायम गर्न आफ्नो स्वार्थ बिर्सेर अवकाशमा जाने साथीहरूलाई बिदाइ गर्दैछौं ।' पुनर्वर्गीकरण क्रममा अवकाश रोजेका यहाँका १ हजार १ सय ३३ लडाकुलाई चेक वितरण गरिनेछ ।
अवकाशमा जाने अधिकांश लडाकु कुनै व्यवसाय गर्ने योजनामा छन् । माओवादीले केहीलाई पार्टी काममा खटाउने, केहीलाई वाईसीएलमा लगाउने र कतिपयलाई स्वतन्त्र व्यवसाय गर्न छुट दिएको स्रोतले जनायो । घर जाने सबैजसोले शान्ति प्रक्रियाको सफलताको कामना गरेका छन् । शिविरका कमान्डरहरूले बिहीबारदेखि नै स्वैच्छिकमा जाने लडाकुसँग अनौपचारिक छलफल गरेका छन् । 'यहाँबाट गएपछि के काम गर्ने भन्ने सामान्य छलफल गर्यौं,' बि्रगेड सहकमान्डर अशोक डीसीले भने ।
यसैबीच शिविरका कमान्डरहरूले सरकारसँग राखेका माग पूरा नभए शनिबारदेखि चेक वितरण राक्ने चेतावनी दिएका छन् । 'समायोजनमा जानेको पद निर्धारण, अवकाशका लागि सम्मानपत्र र घाइते, अपांग, सुत्केरीका लागि अतिरिक्त सहयोग नपाए शनिबारदेखि काम रोक्छौं,' डिभिजन कमान्डर धनबहादुर मास्कीले पत्रकारहरूसँग भने, 'यी माग सरकारले तुरुन्त सम्बोधन गर्नुपर्छ ।' शान्ति सुव्यवस्था कायम गर्न धेरै त्याग गर्दा पनि कसैले नदेखेको उनले गुनासो छ । यही विषयलाई लिएर शुक्रबार ५ घन्टा काम अवरुद्ध भयो ।
कमान्डर र सचिवालय संयोजक शर्माबीच पटक-पटक वार्ता भए पनि अझै ती विषय सुल्झन सकेको छैन । कमान्डरले राखेका माग राजनीतिक खालका भएकाले दल र सरकारबाट यसको जवाफ आउनुपर्ने शर्माले बताएका थिए । शनिबारसम्म सरकारसँग सोधेर जवाफ दिनुपर्ने कमान्डरले बताएपछि दिउँसो ३ बजेदेखि मात्र चेक वितरण सुरु भएको थियो । मुख्यालयअन्तर्गत लडाकुबाट चेक वितरण थालिएको छ । 'सहायक शिविरका चेक शनिबारसम्म आइपुग्ने छ,' सचिवालयका सहसचिव मधुविलास पण्डितले भने, 'हस्ताक्षरलगायत केही प्राविधिक विषय मिल्न बाँकी रहेकाले पूरा चेक एकैचोटि ल्याउन सकिएन ।'
चुलाचुलीमा आजदेखि बाँडिने
इलामको चुलाचुलीस्थित डिभिजन मुख्यालयमा सचिवालयले गरेको पत्रकार सम्मेलनमा समिति सदस्य शम्भुराम सिंखडाले शनिबार रकम वितरण थालिने जानकारी दिएका छन् । सचिवालय टोलीले मुख्यालयबाटै बिदाइ सुरु गर्ने भने पनि लडाकुहरूले सहायक शिविर दानाबारीबाट बिदाइ थाल्ने जनाएका छन् । 'दानाबारीको टोलीलाई तयारीसाथ बस्न भनिएकाले बिदाइ उतैबाट सुरु हुन्छ,' एक कमान्डरले भने ।
सिंखडाले भने सचिवालयको निर्णयअनुसार मुख्यालयबाट लडाकु बिदाइ सुरु गरिने बताए । 'सात जनाको मात्र भए पनि मुख्यालयबाट बिदाइ सुरु हुन्छ,' सिंखडाले भने । करिब १२ दिनमा आफ्नो जिम्म्ााको काम सक्ने उनले बताए । पहिलो डिभिजनबाट ७ सय २१ जनाले स्वैच्छिक अवकाश रोजेका छन् । पुनर्वर्गीकरणका क्रममा अनुपस्थित ४ सय १ जनामध्ये १२ जनाको मृत्यु भएको डिभिजनले जनाएको छ ।
अनमिनले प्रमाणित गरेपछि मृत्यु भएकाको हकमा नजिकका आफन्तलाई स्वैच्छिक अवकाशमा जाने लडाकुले पाउने रकम एकमुष्ठ उपलब्ध गराइने समितिले जनाएको छ । अवकाशमा जाने लडाकुमध्ये अधिकांशले दमकस्थित कृषि विकास बैंकमा खाता खोलेका छन् । बैंक प्रबन्धक पारसमणि ढकालका अनुसार ६ सय ५९ लडाकुको खाता खोलिएको छ । दुई वर्षअघि अयोग्य भनेर शिविरबाट बाहिर पठाइएका लडाकुहरूको समूह पनि शुक्रबार शिविर आसपास उल्लेख्य मात्रामा उपस्थित थिए । उनीहरूले आफ्ना मागबारे डिभिजनको धारणा बुझ्न आएको बताए । आफूहरू करिब ३ सयको संख्यामा रहेको उनीहरूले जनाए ।
नवलपरासीमा अवरोध, ढिलाइ
नवलपरासीस्थित चौथो डिभिजनमा ७३ जना अवकाश रोजेका माओवादी लडाकुलाई चेक वितरण गरिएको सचिवालय सदस्य सनन्दनप्रसाद कुर्मीले जनाएका छन् । वितरणको काम बिहान साढे १० बजे सुरु गर्ने भनिए पनि अपांगको विरोधका कारण दिउँसो ४ बजेमात्र थालिएको थियो । आफ्ना मागबारे प्रधानमन्त्री बाबुराम भट्टराई र विशेष समितिका पदाधिकारीलाई जानकारी गराएर आइतबारसम्म सम्बोधन गरिने आश्वासन पाएपछि त्यतिन्जेल चेक वितरण सुचारु ग्ार्न उनीहरूले सहमति जनाएका हुन् ।
चौथो डिभिजनअन्र्तगत १ हजार ३ सय ४२ जनाले अवकाश रोजेका छन् । मुख्यालयमा ४ सय ३० जना छन् भने बाँकी अन्तर्गतका तीन सहायक शिविरमा छन् । अपांगलाई छुट्टै व्यवस्था हुनुपर्ने, घाइते तथा अपांग योद्धा संघका पश्चिमाञ्चल क्षेत्रीय सदस्य टीकाराम घर्तीमगरले बताए । 'माग सम्बोधन नभए पुनः वितरण कार्य रोक्न सक्छौं,' पाल्पाको गोठादी लडाइँमा हात गुमाएका मगरले भने, 'अपांगलाई अन्य लडाकुसरह नै हेरियो भने हामी अन्यायमा पर्छौं ।' डिभिजनअन्र्तगत मात्रै डेढ सयको जीउमा अझै गोली रहेको र ५ जनाको खुट्टा नै नभएको उनले बताए । 'अहिलेको पाउने रकमले कृत्रिम खुट्टा लगाउनै पुग्दैन,' उनले भने, 'दैनिक १८ हजारको औषधि सेवन गर्ने लडाकुलाई यो रकमले के पुग्ला ?'
सुर्खेतमा टोली आइपुगेन
सुर्खेतस्थित छैटौं डिभिजनमा स्वैच्छिक अवकाश राजेका १ हजार ३ सय ८४ लडाकु घर जान तयार रहे पनि सरकारका प्रतिनिधि आउन ढिलाइ भएकाले यहाँ शुक्रबार रकम वितरणको काम सुरु हुन सकेन । डिजिभन सहायक कमान्डर दुर्गाप्रसाद चौधरीले भने, 'हामी बिदाइ हुन मानसिक रूपमा तयारी अवस्थामा छौं तर सरकारका प्रतिनिधि आएका छैनन् । टोली आएपछि बिदाइको काम सुरु हुन्छ ।'
अवकाशमा जानेका लागि सरकारले तय गरेको तहगत विभाजन भने आफूहरूलाई मान्य नभएको उनले बताए । उनले भने, 'पुरानो प्रमाणीकरण अनुसार तह विभाजन गर्दा माथिल्लो तहमा कम संख्या हुँदा अन्याय हुन्छ भन्ने हाम्रो भनाइ हो ।' पुरानो प्रमाणीकरणको आधारमा गरिने तह निर्धारणमा सीमित संख्या समिटिने भएकाले बि्रग्रड सहायक कमान्डरसम्म पहिलो तह, बटालियन सहायकसम्म दोस्रो तह, प्लाटुन सहायक कमान्डरसम्म तेस्रो तह र त्यसभन्दा मुनि चौथो तह निर्धारण गरी बजेट व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग गरिएको उनले जनाए ।
कैलालीमा आजबाट बाँडिने
स्वैच्छिक अवकाशतर्फ जाने लडाकु बिदाइ गर्न सचिवालय सदस्य गोपालसिंह बोहराको नेतृत्वमा एक प्राविधिक टोली शुक्रबार कैलालीको तालबन्दस्थित सातौं डिभिजन मुख्यालय आइपुगेको
छ । ब्ाोहराका अनुसार एक लेखा अधिकृत, २ शाखा अधिकृत र ६ कम्प्युटर प्राविधिक सहितको टोली शुक्रबार दिउसो आइपुगेको हो । शुक्रबार प्राविधिक काम सकी शनिबार ११ बजेबाट रकम वितरण गर्न थालिने बोहराले जनाए । सातौं डिभिजनमा स्वैच्छिक अवकाश रोजेका लडाकुको संख्या १ हजार ३ सय ७२ छ ।
सतायो छुट्टनिुपर्ने चिन्ताले
दाङको घोराही-८ मंगलेरीकी शारदा आचार्य विवाहको एक वर्षमै श्रीमान्सँग छुट्टँिदै छिन् । उनी अबको एक सातामै शिविर छोड्दै छिन् । पाँचौं डिभिजनअन्तर्गत दीर्घस्मृति बि्रगेड संक्राममा प्लाटुन सहकमान्डर आचार्यले अवकाश रोजेकी छन् भने उनका पति बलप्रसाद नगरकोटी समायोजनका लागि अझै शिविरमै बस्ने छन् । हुम्ला र रोल्पाका लडाइँमा दायाँ हात र खुट्टामा गोली लागेयता उनी घाइते जीवन बिताइरहेकी छन् । 'घाइते अवस्थामा समायोजनमा पर्ने सम्भावना नदेखेपछि मैले अवकाश रोजें,' उनले भनिन्, 'एकजना त जागिरे हुनैपर्यो भनेर श्रीमानले समायोजनमा भर्नुभएको छ ।' उनले एक वर्षअघि प्यूठान मरन्ठानाका नगरकोटीसँग शिविरभित्रै प्रेमविवाह गरेकी थिइन् । 'तर एक वर्षमै छुट्टएिर टाढाटाढा हुनुपर्ने भयो । अब उहाँ कहाँ खट्नुपर्ने हुन्छ थाहा छैन, मैले घर व्यवहार सम्हाल्नुपर्ला,' उनले भनिन्, 'घाइते हातखुट्टाले कसरी घर धान्ने भन्ने चिन्ता छ । जसरी पनि घरायसी जीवन चलाउनै पर्यो ।'
रुकुम स्यालापाखाकी चेतना बाठा र खाराका सुनील बाठाको चिन्ता पनि झन्डै उस्तै छ । युद्धमा बायाँ खुट्टा गुमाएका सुनील अब स्वैच्छिक अवकाशअन्तर्गत घर र्फकंदै छन् । श्रीमती चेतना भने समायोजनका लागि पर्खंदै छिन् । 'श्रीमती सेनामा जाने
भइन् । मैले एक खुट्टाका भरमा घर धानेर बस्नुपर्ने छ,' सुनीलले भने, 'पाँच वर्षको छोरा छ । पढाउने, लेखाउनेलगायत सबै हेरचाह गर्न खटेर लाग्नुछ । छुट्टनिे समय आउनै लाग्दा चिन्ता बढेको छ ।'
चेतना पनि घाइते लडाकु हुन् । उनको बायाँ खुट्टामा रड हालिएको छ । तैपनि बन्दुक चलाउन सक्ने साहसका साथ समायोजन रोजेको उनले बताइन् । 'दुवैजना सँगै लड्ने/मर्ने कसम खाएका थियौं तर शारीरिक अवस्थाले धेरै समय सँगै लड्न दिएन । आजसम्म त शिविरको बसाइ भएकाले सँगै हुन पाइएको थियो,' उनले भनिन्, 'अब फरक-फरक बाटोमा हिँड्नुपर्ने भयो ।'
सल्यान दमाचौरकी सीता केसी भने श्रीमान लालबहादुर ओलीसँगै घर र्फकंदै छिन् । दुवैजना घर र्फकन लागे पनि उनको मुहारमा खासै उमंग भने छैन । 'युद्धमा श्रीमानका दुवै आँखा गुमेका छन् । मेरो शरीरका विभिन्न भागमा गोली लागेको छ,' उनले भनिन्, 'गरिखान नसक्ने अवस्थामा घर जाँदै छौं । एउटा छोरा छ, उसको भविष्य कसरी बनाउने भन्ने समस्या छ । घर जाँदा दिने आधा खर्चले के गर्न सकिन्छ र ?' २०६१ सालमा प्रहरीले कपिलबस्तुमा पक्राउ गरी करेन्ट लगाउँदा लालबहादुरका दुवै आँखाको ज्योति गुमेको हो । रुकुम पीपलकी दिलकुमारी मल्ल र सल्यान काप्राका सुरजित बुढा पनि घाइते दम्पती हुन् । उनीहरूले पनि शिविरभित्र ५ वर्ष घाइते जीवन बिताए । 'अब वाईवाई भन्दै घरतिर लाग्ने दिन आइसक्यो,' मल्लले भनिन्, 'यो जीवनमा बिर्सन नसकिने एउटा महत्त्वपूर्ण क्षण भयो । युद्ध र शिविरभित्रको बसाइले हामीलाई घरपरिवारबाट एक्ल्यायो । अब परिवारसँग पुनर्मिलन गर्दै व्यावहारिक जीवन बिताउनुपर्ने चुनौती छ ।'
पाल्पा सदरमुकाम आक्रमणका क्रममा सुरजितको दायाँ खुट्टामा गोली लागेको थियो । दिलकुमारी खारा आक्रमणबाट र्फकंदा डनसिङको लेकमा घाइते भएकी थिइन् । 'शिविरभित्रै दुइटा बच्चा बनाइयो । यही उपहार लिएर घर र्फकंदै छौं,' दिलकुमारीले भनिन्, 'दुवैजना घाइते भएकाले समायोजनमा जान सकिएन ।
from Kantipur daily news paper

No comments:
Post a Comment