केशव स्थापित |
मान्छेले तपाईंका कुरा बढो चाख मानेर सुन्छन् तर सिरियस्ली लिन्छन्जस्तो लाग्छ कि हावा भन्छन् ?
सिरियस्ली लिन्छन् नि । नत्र फर्कीफर्की पदमा आउ भनेर किन अनुरोध गर्थे ? एमाले, राजा र माओवादी सबैलाई चाहिने मजस्तो मान्छे को छ ?राजासँग पनि तपाईंको सिरियस कुरा भयो ?
यति सिरियस कुरा भयो कि झन्डै गोली हानेर मारे । मलाई ४० मिनेटको समय दिएर बोलाइएको थियो तर कुरा गर्दागर्दै तीन घन्टा बित्यो ।राजालाई के योजना सुनाउनुभयो ?
देश विकासको पूरै योजना मसँग थियो, मैले फटाफट सुनाएँ । प्रभावित भएर राजाले भने, 'लेट्स वर्क टुगेदर, गिभ मि योर मोबाइल नम्बर ।' मोबाइल नम्बर साटासाट भयो, बडो गजबको कुरा भयो ।
गजबको कुरा भएछ, गोली हान्ने कुरा कहाँबाट आयो ?
अन्तिममा राजाले राजतन्त्रको भविष्य के छ भनेर सोधेका थिए, मैले त भविष्य छैन, सकुन्जेल मिलेर काम गरौँ भनिदिएँ । राजाले 'किन' भनेर सोधे, मैले वीरेन्द्रको वंश विनाश हुनुमा दोष कसको छ थाहा छैन, तर मान्छेहरूले सरकारलाईर् नै भन्छन्, भनिदिएँ । मेरी आमाले यी राजाको मुख देख्नुसाथ टिभी बन्द गर्नुहुन्छ । पारसको ताल त्यस्तो छ । अनि कसरी राजतन्त्र टिक्छ भनिदिनूँ ।राजतन्त्रको भविष्य सुरक्षित कसरी हुन्छ त भनेर सोधेनन् ?
मैले भनिदिएँ, नागार्जुनलाई लभपार्क बनाइदिनू । दिनमा १० हजार केटाकेटी मोटरसाइकल लगेर नागार्जुनको जंगलमा लभ गर्न पाए राजाको जयकार गर्थे । विकास आयोजना पनि नचलाउने, आफ्नो सम्पत्ति पनि च्यापेर राख्ने, सामाजिक सेवा पनि नगर्ने हो भने राजतन्त्र खत्तम हुन्छ भन्न मात्र पाएको थिए, अब बोल्ने होइन, बेसी बोल्ने होइन भनेर थर्काए ।अनि खुरुक्क आउन दिए तपाईंलाई ?
पशुपतिभक्त महर्जनले मलाई सेना लगाएर त्यहीँ झन्डै मार्या । ४० मिनेटको समय लिएर तीन घन्टा बोल्ने भनेर मलाई हप्कीदप्की गरे । मैले तीन घन्टा आफैँ बस्या हो र ? तिम्रो राजाले प्रश्न गरे, मैले जवाफ दिएँ, मैले के बिराएँ भनेर जवाफ दिएँ । अझ राजासँग पनि औँला नचाएर कुरा गर्यो पो भन्छन् । मैले त जोसमा कुरा गरेको हो, औँला कता थियो थाहा भएन ।बचाउन आउने तपाईंलाई कोही थिए कि ?
त्यो विवेक शाह थियो । उसले पनि थर्काउन खोज्दै थियो । मैले भनिदिएँ, 'अस्ति चौरमा बसेर सँगै दारु खाने, अहिले दरबारभित्र बसेर मलाई थर्काउने ?' ऊ कराउँदै थियो, म हिँडेँ ।त्यसपछि तपाईंलाई राजाकै पाला पनि मेयर बनाए नि ?
यो त जननिर्वाचित मेयर हुँदाको पाला हो । पछि त उनीहरूले आफैँ बनाए नि ।आफैँ कसरी बनाए ?
कमल थापा सञ्चारमन्त्री थिए, म एफएमको लाइसेन्स लिन गएको थिएँ । ओ केशवजी ! सहयोग गर्नुपर्यो भने उनले । मैले भनेँ, 'मलाई मेयर बनाउनुस्, राजालाई ढाँट्न काम लाग्छ । म ड्याङडुङ पारिहाल्छु । धुमधाम काम भएको छ भनेर राजा दंग परिहाल्छन्, अनि तपाईं गरिखानूस् ।' उनले त्यहीँबाट प्रधानमन्त्री सूर्यबहादुर थापालाई फोन गरे, अर्को दिन थापाकहाँ जानबित्तिकै लौ काम गर्ने मान्छेसँग अँगालो मार्नुपर्यो भनेर अँगालो मारे । अनि मलाई मेयर बनाए, काम सुरु गरेँ । राजालाई भेट्नै परेन ।त्यतिवेला माओवादीसँग पनि सम्बन्ध थियो तपाईंको ?
उनीहरूको एफएम मैले नै ल्याइदिएको हो । क्यानडाबाट मैले ल्याइदिएकोले डोकोमा बोकेर गाउँगाउँ हिँडे । चाइनामा गएर जुत्ताको कुरा गर्ने मै हो, उनीहरूलाई हरियो बर्दीको लाइन मिलाइदिने मै हो । मैले मिलाइदिएपछि त उनीहरूले त्यस्तो बर्दी लगाउन थालेका हुन् ।त्यति धेरै लुगा कहाँबाट ल्याउनुभयो ?
चाइनामा एकजना मान्छे थिए । मैले प्रस्ताव मात्र राखेको थिएँ, मसँग यस्तो कुरा गर्ने हो भनेर रिसायो । यस्तो कुरा त फलानोसँग गर्नुपर्छ भनेर अर्काको नाम लियो । मैले कुरा बुझिहालेँ, अर्को मान्छेलाई समातेँ । काम भयो ।हतियार पनि मिलाइदिनुभयो भन्छन् नि ?
कुरा के हो भने दोस्रोपटक वार्ता टोली आयो, सबैतिर डेरा खोजेछन्, कहीँ भेटेनछन् । पहिले एमालेमा भएका एकजना मित्रले तपाईंकै घरमा नेताहरूलाई बसाउनुपर्यो भने, मैले हुन्छ भनेँ । १०/१५ जना गार्डसहित बादल आए । बेलुका सँगै थियौँ, मैले भनेँ, 'मेरो त दारु खाने वेला भयो, तपाईंहरू खानुहुन्छ ?' उनीहरूले खान त खाइन्छ तर आज कतै बोलाउन सक्छन्, नखाउ“m भने । मैले खाएर गफ दिन थालेँ ।के गफ गर्नुभयो ?
मैले भनेँ- कि तपाईंहरू टुंगिनुपर्यो, कि जित्नुपर्यो । जित्ने हो भने झापा विद्रोहजस्तो गरेर आज गर्ने, वर्ष दिनपछि थाहा पाउने हुनुहुन्न, जनताले तत्काल थाहा पाउनुपर्छ । तपाईंहरूलाई एफएम चाहिन्छ, टिभी चाहिन्छ, पत्रिका चाहिन्छ, जमानाअनुसारको युद्ध गर्नुस्, जित्नुहुन्छ । नत्र वैदेशिक रोजगार भन्दै सबै युवा विदेश जान्छन्, तपाईंको युद्ध सकिन्छ भनिदिएँ । तपाईंले केके सहयोग गर्नुहुन्छ त भनेर सोधे । मैले रेडियो चाहिए रेडियो, टिभी चाहिए टिभी, कपडा चाहिए कपडा, हतियार चाहिए हतियार सबै ल्याइदिन्छु, भनिदिएँ । त्यसको केही समयपछि उनीहरूले दाङ हाने, भूमिगत भइहाले ।पछि कसरी सम्पर्क भयो ?
उनीहरू युद्धमा गए पनि केही मान्छे त फेरि यतै सक्रिय भए । एफएम चाहियो भनेर आए, म अमेरिका गएँ । त्यसपछि क्यानडा पुगेरएफएम ल्याइदिएँ ।
अनि, हतियारको कुरा नि ?
मैले यतै एकजना विदेशी दूतसँग कुरा गरेको थिएँ । कमिसन-समिसनका लागि होइन यो युद्ध हो, कि माओवादी सिद्धिनुपर्यो कि राजा सिद्धिनुपर्यो, टुंगो छिटो लाउनुपर्यो, हतियार मिलाइदिनूस् भनेँ । उनले यो सम्भव नै छैन भनेर मलाई पठाए, म उठेर बाहिर आउन नपाउँदै राजाका मान्छेलाई फोन गरिदिएछन् । पछि फेरि लफडा भयो ।लफडा कसले गर्यो ?
आर्मीको खास मान्छेले मलाई दसैँको टीकाको दिन डाकेर भने, 'ल आज मेरो हातको टीका भाइले लाउने, भाइको हातको मैले लगाउने ।' टीका लगाइयो, दारु खान बसियो । खाँदै गएपछि त अचानक भन्छ, 'माओवादीलाई एफएम किनिदिने ? हतियार मिलाइदिने ?' दारु त भाग्यो । तैपनि भनिदिएँ, 'माओवादीले दीर्घकालीन जनयुद्ध भन्छन्, दीर्घकालसम्म यो लफडा कसले सहने ? फैसला छिटो हुनुपर्यो भन्ने मेरो मान्यता हो ।'माओवादीले पनि तपाईंलाई थर्काए नि ?
गरे नि । त्यो एकजना छ नि सेनाको बालाजु क्याम्पमा जुत्ताको तुनाले आत्महत्या गरेको । अँ... साधुराम देवकोटा, हो त्यसले मलाई ज्यान लिन खोज्याथ्यो ।के आरोप लगाए तपाईंमाथि ?
सोल्टी होटलमा कार्यक्रम थियो, कार्यक्रममा मोबाइल अफ थियो । पछि दारु पनि खाइयो । हिँड्ने वेलामा मोबाइल अन गरेको त साधुरामले फोन गरेर भन्छ, 'ए साला, कुकुरको मुत खाएर बसेको ?' अनि मैले भनेँ, 'तँचाहिँ जनताको रगत खाएर बस्ने ?' झन् कस्सिएर 'बाहिर निस्की तलाईं ठोक्छु' भन्छ । मैले भनेँ, 'हेर भाइ, तँ पनि कम्युनिस्ट, म पनि कम्युनिस्ट, हतियारले हान्न पाइँदैन, फाइट खेल्ने भए खेलौँ ।' अनि पुलिस-सुलिसलाई फोन गर्ने हैन है भन्छ । मैले भनेँ, 'फोन नकाटी जाउ“m, पुलिसलाई फोन गर्ने चान्स नै भएन ।'महाराजगन्ज भेट्ने कुरा भयो, फोनमा गाली गरागर । मेरो ड्राइभर कापिरहेको थियो, वडाध्यक्षले त झन्डै पाइन्टमै पिसाब फेरेछ । महाराजगन्ज पुगेपछि चाबहिल जाउ“m भन्छ । मैले भनेँ, 'ठोक्नचाहिँ पाइँदैन, जहाँ भने पनि जान्छु ।' मेरो गाडीका अगाडि-पछाडि उनीहरूका मोटरसाइकल । गालीबेइज्जती त कति कति Û त्योबीचमा त्यसकोे अर्को मोबाइलमा फोन आयो, उता कुरा गरेर मलाई भन्छ, 'तँलाई आज नठोक्नु भन्ने खबर आएकोले बचिस् ।' म त झसंग भएँ । भनेँ, 'ए बेइमान, तँैले मार्न पो खोज्याथिस्, फाइट मात्र खेल्ने भनेको होइन ?' झुक्याएर झन्डै मारेछ ।
तपाईं अहिले कुन पार्टीमा हुनुहुन्छ ?
म बल्खु नजाने एमाले ।बल्खु किन जानुहुन्न ?
जनकपुर महाधिवेशनमा प्रतिनिधि बनाएर लग्ने-लग्ने भने, अन्तिममा रेडियोबाट समाचार फुकाए- केशव स्थापित छानिएन भनेर । आफ्नै पार्टीबाट निर्वाचित महानगरपालिकाको मेयर, अनि त्योचाहिँ पार्टीको महाधिवेशनमा प्रतिनिधिको रूपमा पनि नजाने ? झोंक चल्यो, तेरा पार्टी तैँ गरिखा भनेर छाडिदिएँ ।माओवादी प्रधानमन्त्री भएका वेला जिम्मेवारी कसरी पाउनुभयो ?
सुकुम्बासीको इस्यु लिएर हिसिलालाई भेट्न गा'थेँ । सुकुम्बासीका घरटहरा उठाउँछौँ भनेर थर्काउने, यो शैली त अमानवीय भयो भनेर मैले भनेँ । मैले बाटो विस्तारदेखि सुकुम्बासीका समस्या कसरी समाधान गर्ने भनेर यही डायरीमा टिपेको थिएँ, हिसिलालाई देखाएँ, हिसिला त डायरी बोकेर कुद्दै गइन् । एकैछिनमा बाबुरामलाई लिएर आइन् । केशवले त चमत्कार गरेको छ भनेर बाबुरामलाई भनिन् । के चमत्कार भनेर उनले सोधे । मैले डायरी पल्टाएर योजना देखाएँ । उनीहरूले मलाई बेलुका आउनु अनि कुरा गरौँला भने ।
अनि, बेलुका जानुभयो ?
बेलुका जाँदा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेललगायत सबै मान्छे थिए । त्यतिवेला लाजिम्पाटमा सडक भत्काउने तयारी थियो, मैले रोक्नुस् भनेँ । बाबुराम पनि झ्वाँकी मान्छे, तपाईंले भन्दैमा रोक्छु, तपाईंले भत्काउन हुने, मैले भत्काउन नहुने भनेर सोधे । मैले भत्काउन त भत्काउने हो तर चाँजोपाँजो सबै मिलाउनुपर्छ भनेर कन्भिन्स गरेँ । उनले तत्कालै रोके ।विकास आयुक्त कसरी बन्नुभयो त ?
करिब एक महिनापछि हावाबाट बिजुली निकाल्ने 'विन्ड मिल'को कुरा लगेर गा'थेँ फेरि बेलुका आउनुस् भने । म बेलुका गएँ । जानासाथ बाबुरामले भने, 'कांग्रेसले यो देश बनाउँदैन, एमालेले बनाउँदैन, राप्रपाले बनाउँदैन, मलाई तपाईंजस्तै मान्छे चाहियो, तपाईंको फोटोकपी एकजना दिनुस् ।' दुई/तीनपटक फोटोकपी फोटोकपी भन्छन् । मैले भनेँ, 'तपाईंले मुख फोरेर भन्न नसकेको, फोटोकपी होइन मै चाहिएको हो तपाईंलाई ?' बाबुराम दंग परेर मलाई सोधे, 'तपाईं मान्नुहुन्छ ?' मैले तत्कालै हात मिलाएँ ।निर्णय त अलि विवादित भयो नि होइन ?
प्रधानमन्त्रीले तत्काल मन्त्रीकहाँ जानुस् भने । हृदयश त्रिपाठीले 'मान्छे त मलाई तपाईंजस्तै चाहिने हो तर अर्कै मान्छेको नाम सिफारिस भइसक्यो' भन्छन् । सचिवकहाँ गएको 'तपाईं आईए पासले कहाँ हुन्छ' भन्छन् । म फेरि घुमेर प्रधानमन्त्रीकहाँ गएँ । यस्तो-यस्तो भयो भनेर मैले सबै रिपोर्टिङ गरेँ । एक दिन बिहानै मन्त्रिपरिषद् बैठक बस्यो, कताकता लब्धप्रतिष्ठित पनि राख्ने व्यवस्था रहेछ, त्यही व्यवस्थामा टेकेर लब्धप्रतिष्ठितका रूपमा मलाई नियुक्ति दिइयो ।तर, तपाईंजस्तो ँलब्धप्रतिष्ठित’ विकास आयुक्त भएपछि थापाथलीको सुकुम्बासी वस्तीमा डोजर लगाइयो नि ?
यहाँ, द्वैध शासन छ, त्यो त मान्नुपर्यो नि । प्रधानमन्त्री र मैले वैकल्पिक व्यवस्था गर्न खोज्दै थियौँ, बाग्मतीको किनारमा ढल बनाउने भनेर प्रहरीले डोजर लगाएछ । केही मान्छेलाई हतारो भएछ, सबै कुरा बिगारे ।तपाईं जहिले पनि लभ पार्क लभपार्क भन्नुहुन्छ, तपाईंको मन रोमान्टिक भएर हो कि भिजन पनि छ ?
तपाईं १० रुपैयाँको साग किन्न जानुभयो भने कतिपटक ओल्टाइपल्टाई गर्नुहुन्छ ? कीरा छ कि, प्वाल परेको छ कि, सुकेको छ कि भनेर हेर्नुहुन्छ । आज खाएर भोलि मल हुने कुरामा मान्छेले कति बुद्धि लगाउँछन् । अनि, मेरो छोरीले जिन्दगी बिताउने मान्छे कस्तो छ भनेर बुझ्न नपाउने ? सास गन्हाउँछ कि, दीर्घरोगी छ कि, जाँडरक्सी खान्छ कि, वेश्यावृत्ति गर्छ कि भनेर बुझ्न नपाउने ? बाबुआमाको अगाडि उभिएर एकपालि हेर्दैमा थाहा हुन्छ, लभ गर्नु परेन । पार्कमा बसेर कविता सुन्नु/सुनाउनु परेन । तब पो कुरो बुझिन्छ र आफ्नोलायकको छानिन्छ ।
अब सोच्नुस् , यात्रा ठुला बडा नाम् चल्या लाई त ठोक्ने र मार्ने कुरा गर्ने ती माओवादी ले बिचरा जनता लाई के मात्र गरेन होला ?
ReplyDelete