Wednesday, April 29, 2009
मेरो मोबाइलमा आन्दोलन
दुईजना आफ्ना साथीहरुलाई बिनाकारण हटाएको विरोधमा बानेश्वरस्थि मेरो मोबाइलको मुख्यालयमा कर्मचारीहरुले आन्दोलन छेडेका छन्। प्रशासन फाँटका दुईजना अधिकृतलाई स्पष्टीकरण नै नसोधी बिनाकारण हटाएको पीडित युवराज गिरीले बताए। गिरीका अनुसार ४० जना कर्मचारीलाई पनि हटाउने तयारी मालिकले गरिरहॆको जानकारी दिए।

Friday, April 24, 2009
राष्ट्रपतिले सलाम फर्काउन भुले
आज तेस्रो लोकतन्त्र दिवस। १० बजेर ४५ मिनेट जाँदा प्रधानमन्त्री प्रचण्ड पुगे सैनिक मन्च। राष्ट्रपति रामवरण यादव आइपुगे प्रचण्डभन्दा ५ मिनेटपछि।

राष्ट्रपति आएपछि नेपाली सेनाले सलामी अर्पण गर् यो। तर यादवले हात उठाएर सलामी फर्काएनन्। हात उठाउन भुले। सलामी फर्काएको फोटो खिच्न क्यामेरा लिएर तैनाथ फोटो पत्रकारहरु अलमल परे। र भने ुला बूढाले त हात उठाउनै भुले।ु

मन्चमा नेपाली सेना सशस्त्र जनपद प्रहरीका साथै स्काउट र विद्यालयहरुले पनि मार्च पास गरे। मार्चपास गर्नेमा ब्लु डायमण्ड सोसाइटीका पनि थिए। मन्चमा परम्परागत सांस्कृतिक झाँकी पनि प्रदर्शन गरियो। ११ बजेर पाँच मिनेट जाँदा दुईवटा हेलिकप्टरले लोकतन्त्र दिवसका ब्यानर बोकेर सैनिक मन्चमाथि उडे।
कार्यक्रममा राष्ट्रपति यादव उपराष्ट्रपति परमानन्द झा प्रधानमन्त्री दाहाल प्रधान न्यायाधीस केदारप्रसाद गिरी र मन्त्रीहरु पनि उपस्थित थिए।
प्रधानमन्त्री प्रचण्डले लिखित भाषण पढे। उनले बढ्दैगएको असमझदारी हटाउन राजनीतिक दलहरुबीच ुनयाँ उचाइको समझारीु बनाएर अघि बढ्नुपर्ने बताए। सरकार मुलुकका जुनसुकै महत्वपूर्ण सवालमा वृहत् राजनीतिक सहमति र सहकार्य गरी सुशासनको प्रत्याभूति दिन इमान्दारीपूर्वक लागिपरेको पनि दाबी गरे।

Subscribe to:
Posts (Atom)