Wednesday, December 31, 2008

थ्यांक क्यू अनवर

पोहोर ६० को हाराहारीमा डकुमेन्ट्री हेरेको थिएँ । मौका पर्दा यसो हेरे पनि यसरी माया नै मारेर हेरेको पहिलोपालि थियो । त्यसले ममा डकुमेन्ट्रीको भूत चढाएछ क्यार ।

हिउँमा बस्ने स्कीमो जातिको बारेमा बनेको ुफाष्ट रनरु हेरेपछि डकुमेन्ट्रीप्रतिको मायाजाल नजानिदोगरी गहिरियो । बृत्तचित्रको इतिहासमा पहिलो बृत्तचित्र नै स्कीमो जातिको बारेमा बनेको थियो ।

तर यसपालि न पर्वतीय चलचित्र महोत्सव हेर्न पाइयो न त आदिवासी फिल्म नै । पर्वतीय फिल्म हेर्ने बेला रोल्पा गएको थिएँ । सारा छुटे । आफन्तसँग छुटेजस्तो 'थक्थक्' लागिरह्यो ।

केही महिनाअघि प्रुान्सेली फिल्म महोत्सवमा फिल्म हेर्न अग्निशिखा दाइसँग सट्टीपट्ट गरेर ठीक्क परेका थियौं । जाम्ला नभनेर ठीक्क परेको बेला अग्नि दाइ त आफै फिल्म भएर अर्को लोक जानुभयो । उहाँले सिफारिस गरेका 'अच्छा अच्छा' फिल्मुमध्ये गुडबाई लेनिन पनि एक थियो । दाइ नै नभएपछि के जानु भन्ने लाग्यो । गइएन । बिनू रिजाल, प्रमिला देवकोटा पनि जानुभएन । अहिले पनि फिल्म महोत्सव भन्नेबित्तिकै अग्नि दाइको याद बल्झेर आउँछ ।


प्रसंग फेरौं जस्तो लाग्यो । भन्नु होला कति लेख्छ यार, यल्ले अर्थ न बर्थका ग्वाले कुरा । तर त्यै ग्वाले कुरा गरें ल माफ गर्नुस् ।

जिन्दगीमा कहिलेकाहीँ 'नजाने जोशु' पनि चल्दोरहेछ के । सपनामा नउनेका कुरा पनि भइदिने ! गफैगफमा माओवादी आन्दोलन बारेमा रोल्पाकेन्द्रीत विषयवस्तुलाई उन्ने उधारो कुरा गरेको थिएँ, साथीभाइमाझ । त्यो पनि उही बृत्तचित्रको भूत चढेको याममा । संयोग ! साथीभाइमाझ गरेको त्यो उधारो कुरा ख्यालख्यालमै नगदमा अनुवाद भइदियो ।

भयो के भने साथीहरुले पैसाको मेसो मिलाए । क्यामेराम्यान बाबुराम नेपालीसित एक महिने रोल्पाको सुटिङ तय भयो । लागियो रोल्पा । जनयुद्धमा परिवारका सदस्य गुमाएका झण्डै एक दर्जनका आँसुले लछप्पै भिजायो । तिनका आँसुका अनुत्तरीत प्रश्नले ठहरै भएर झण्डै बीचमै फर्किए म त । कारण -तिनका घाउ कोट्याएर रुवाउनुको के अर्थ थियो ? मसँग जबाफ थिएन । उनीहरुका आँसु बेचेर डलर कमाउनु पनि थिएन मलाई । कतिखेर भने तिनका आँसु लगेर शासककहाँ पुर् याउँ ? केही प्रेसर त गर्ला । यस्तो पनि लाग्यो । अनि मन थामियो । भागेर आउन एक मनले दिदै दिएन ।

जे होस् अप्ठेराबीच एक महिनासम्म सुटिङ गरियो ।

तर देखाउने ?

साथीहरुले एकछाङ्गे भीरमा पो जाँकीदिए । यस्तो कि न तल झर्न भन्छन न माथि नै उक्लन । क्यामेराम्यानलाई तिर्ने बाँकी पैसा नदिएर बिजोग पारे । झण्डै तीस हजारको हाराहारीमा रिन बोकियो । कमाइधमाइबिनाको नवीन जोगी भयो ।

'कहिले आउँछ भाइ अनुहार ?' कहिले थबाङबाट फोन आउँछ कहिले जेलबाङबाट कहिले इरिबाङबाट । उनीहरुका प्रश्नले म यता ठहरै भएको छु । के जबाफ दिने क्यामेराम्यानलाई तिरेको खाल्डो त पुरेको छैन भने कसरी सम्पादन गरेर देखाउने बनाउनु ?

'हुँदैछ अर्को दशैमा आउँछु' यसै भनेर टार्दैआएको छु । मलाई थाहा छैन ती दशै कता छन् ।
'उचाल्छौ र सर्गे सुली, बसाल्छौ र भुइँती' भनेजस्तो साथीहरुले त जाँकिदिए, भन्भनेको तालमा ।
मसँग झण्डै पचासवटा डिभी थन्किएको छ । अझै त्यसले संसार हेर्ने अवसर पाएको छैन । मलाई माफ गर, जनयुद्धमा परिवारका सदस्य गुमाउने मेरा आफन्त ! मलाई माफ गर ।

साफ्माको फिल्म महोत्सवमा एकदिन अफिस विदा लिएरै हिजो हेरे । हिजो 'भाषण कम फिल्म बढी' भएकाले विदा लिएरै गएको थिएँ । हेरियो होला सातआठवटा । द्वन्द्व, शान्ति र संस्कृतिमा आधारित ती फिल्ममध्ये मलाई सबैभन्दा हेर्न मन थियो अफगानी फिल्म । त्यहाँको जीवनशैलीबारे जान्न मलाई इच्छा थियो । दुईवटा अफगानी बृत्तचित्र हेरियो । पहिलो अफगानी महिलाले बनाएको गुफामा बस्ने अफगानी जातिको कथा ज्यादै मर्मश्पर्शी थियो । श्रीमान् मरेपछि दुई ससाना छोराका साथ ती महिलाले गरेको जीवनोपार्जनका कथाले मन छोयो । त्यसैगरी इरानमा निर्वासित जीवन बिताएकी एक अफगानी चेलीको बारेमा बनाइएको फिल्म 'नर्मल' लाग्यो । कट्टर मुसलमान देशबाट दुईवटी महिला फिल्मकर्मीले बनाएका फिल्म आफैमा फिल्म थिए ।

अनवर जमालको 'डि्रम अफ डार्क नाइट' हेरेपछि मनलाई झकझकायो । फोहोर उठाउने कुचविहारको अनवर मियाको गाउँमा भिडियो चलाउने सपना कसरी पूरा भयो ? मज्जा लाग्यो त्यसको प्रस्तुति । बच्पनमा देखेको सपनाजस्तै कहाँ आकाशको जस्तो थियो । अन्तमा एकजना सहयोगीको सहयोगले भिडियो हल खोल्छ मियाले । फोहोरमा लटपटिएको हिरो हिरोनीको फोटो मियाले सम्हालेर राख्छ । र, भित्तामा टाँसिएका हिरो हिरोनीका पोष्टर हेर्छ ।


फिल्म सकिएपछि त्यसका निर्देशक अनवर जमाल उभिएर बोले । उनले आधा कहानी मियासँग आफ्नो पनि जोडिएको बताए ।

त्यो पिल्मले कान्तिपुर टेलिभिजनका क्यामेराम्यान दाइ श्याम श्रेष्ठको जीवनको एउटा भाग चॊरेको रहेछ । आफ्नो गाउँ चितवन मादीमा यसैगरी भिडियो चलाएका कहानी दोहोर् याउनुभयो ।

डेरा पुग्दासम्म पनि उसले फोहोर उठाएको भिडियो हल चलाएको उसको अनुहारले पछ्याइरह्यो । माचमा उभिएर बोलिरहेका जमाल उभिइरहे आँखामा ।

अनवर थ्यांक क्यू । सर्वसाधारणले उनेको सपना बनाउने अनवरलाई बधाई । आफूले बनाउने त यत्तिकै भयो, तिम्रै बृत्तचित्र हेरेर मन बुझाएँ ल, अनवर । धेरै धेरै धन्यवाद अनवर ।


Wednesday, December 17, 2008

दैनिकीमा पहिलो दिन

केही डरजस्तो न कस्तो कस्तो अनुभूति भएको थियो पहिलो दिन अफिस पुग्दा । तर मैले देखेका अनुहार नै थिए । त्यसैले त्यतिसारो अनौठो नै त लागेन । माओवादीले प्रस्ताव गरेको देशभक्त गणतन्त्रवादी मोर्चाबारे अन्य दलको धारणासहितको एउटा समाचार लेखें । यो नै मेरो दैनिकीको पहिलो समाचार थियो । त्यसैगरी आज नै नयाँ पत्रिकामा छापिएको तात्कालीन प्रधानन्यायाधीस केशवप्रसाद उपाध्यायमाथि भुलबस परेको एम्बुसबारेको समाचार नयाँ पत्रिकामा मेरो अन्तिम समाचार थियो । कुराकानी थियो, त्यसबेलाका स्क्वायट कमिसारसँगको । उनै कमिसार नरबहादुर विष्ट प्रेम भने अहिले सूर्खेत -३ माओवादीको तर्फबाट सभासद् चुनिएका छन् ।

दैनिकीको मेरो पहिलो दिनले त्यस्तो नयाँ अनुभूति बोकाएन । मात्रै, केही नयाँ केही पुरानोजस्तो ।

Tuesday, December 16, 2008

बाई, नयाँ पत्रिका

भोलिदेखि दैनिकी जोइन गर्दैछु । भन्छन् 'अवसर र चुनौतीको ढोका सधैं खुला हुन्छ । जहाँ हरपल हामीलाई पर्खिरहेको हुन्छ ।' यतिखेर भने म अस्पटमा छु दैनिकी मेरो चुनौती मात्र हो कि अवसर पनि ।
नयाँ पत्रिका बाई । बाई ।

Monday, December 8, 2008

रोल्पाको साइत

रोल्पा जाँदैछु, पसर्ि । राप्तीका लेखकहरुको कार्यक्रम छ । केही पत्रकार साथी र केही लेखक लिएर जानु छ । आफ्नो जिल्लामा हुने कार्यक्रममा आफ्नो पनि इज्जत गाँसिएको छ । तर साथीहरुले कार्यक्रमका लागि काठमाडौंबाट लानलाई खगेन्द संग्रौला राजेन्द्र सुवेदीलगायतका सरहरुका लागि तय भइसकेको बताएका थिए । त्यसो भनिसकेपछि मैले सम्पर्क गरिनँ । जाने दिन नजिकिएपछि एकपालि स्मरण गराउनु पर् यो भनेको त 'खवर नै नपाएको' बताउनुभयो । म त एकछांगे भीरबाट खसें । ल, साथीहरुले त जगाउनु जगाएछन् यार ।
नाम चलेका 'पाका'लाई नलिएर के जानु ? चंकी श्रेष्ठलगायतका साथीको प्रतिकि्रया थियो, 'हामी ठिटाहरु मात्र जानु यार' . समयमा खबर नगर्दा खगेन्द्र दाइले वीरगंजको कार्यक्रमलाई समय दिइसक्नुभएछ । आयोजक रोल्पाली साथीहरुले राम्ररी पहल नगरेपछि मेरो टाउको दुख्नु दुखेको छ । अब के गर्ने यार आफैलाई पनि थाहा छैन । संग्रौला र सुवेदीका 'हाइटु'का लेखक लानु कसरी ? बक्क परेको छु यार ? ।
आज विनोद सेनजीकहाँ हीरामणि दुखीसँग भेट भयो । उहाँले आफूहरुलाई रोल्पाको आफ्नै लेखक संघले कुनै जानकारी नदिएको दुखेसो पोख्नुभयो । कार्यक्रमलाई कसरी लानेबारे जानकारी नै नदिएको भन्दै संचारमन्त्री ज्वाइ पुरन क्षेत्री करेन्टको स्पष्टीकरण माग्न लगाएको बताउनुभयो । भन्दैहुनुहुन्थ्यो, 'म त इन्चार्ज हो त ।' आफूसित अनुमति नै नलिई कार्यक्रम आयोजनामा सहभागिता जनाएकोमा ठूलो गुनासो रहेछ उहाँसित ।
अब कसलाई लाने ? कसरी लाने ? मिडियाका साथीहरु र तन्नेरी लेखकहरुलाई लिएर जाँदैछु ।
के न्यूज लिएर आउने आज बैठकमा छलफल भएको थियो । आजको बैठकमा हेड सर र नारायण अमृत पनि बस्नुभएको थियो । समाचारको योजना बनाइए ।
थाहा छैन रोल्पाबाट समाचार बोकेर आइन्छ या नाई ?



Saturday, December 6, 2008

दुखेसा सिर्फ दुखेसा

ब्लग अपडेट नगरेको पनि जुग बितेछ । अघिल्लो महिना पोखराबाट फर्किएपछि छोएकै रहेनछु । फेसबुक पनि ब्लक थियो । के कुरामा 'र् याङ्थ्याङ' मिलेन कुन्नि ब्लक नै गरिदियो । धेरै साथी गुमाएको पीर थाम्न सकिनँ । पुराना साथी पनि कोही भेटिइ पो हाल्छ कि भनेर अर्को आइडीबाट फेरि थालें । त्यसैले यतिखेर मसँग छैनन् झण्डै चार सय पुगेका मेरा 'फेसबुके' साथीहरु । थाहा छैन फेरि ती साथीहरुलाई भेट्छु या नाई ? नियमीत सम्पर्कमा रहेका सीमा र एउटी चाइनीज मूलकी साथीको धेरै सम्झना आउँछ । लेखन र पत्रकारिताका 'उधारो कुरा' हुन्थे ती साथीहरुसित । चाइनीज मूलकी साथीसँग भने अंग्रेजी भाषा नजान्नुका दुखेसो पनि थपिएका थिए । ऊ पनि मजस्तै अंग्रेजीमा 'आलु' नै रहिछ । थाहा छैन कहाँ छे ऊ । फेसबुकमा फेरि भेट हुन्छ हुँदैन रामजाने ।
के लेख्ने मलाई थाहा पनि छैन । आफूलाई पोख्ने शव्द नपाएजस्तो न कस्तो कस्तो पो लाग्न थालेको छ । नलेख्दा लेख्ने कुरा पनि टाढिदै पो जान्छन् कि क्या हो वास्तवमा लेख्ने बानी परम्ला भनेर पनि ब्लग थालेको थिएँ । ब्लगमा के नै लेखौला भनेर त होइन । सिर्फ दुईचार कुरा लेखम्ला भन्ने मनमा साँचेकॊ थिए । त्यसमा एउटा त थियो -समाचारमा लेख्न नपाएका गुनासो यसैमा खन्याउने । मैल त्यै सोचेको थिएँ मेरा नितान्त निजी अनुभूति यसैमा खन्याउँछु ।
तर थाहै नपाई एक महिना त नखन्याएरै पो गएछ । यसबीचमा न निबन्ध लेखेको छु न त कथा नै । दिनका दिन आएर 'रोटी'बाहेक के लेखेको छु र ? अरे यार रॊटी त जसले पनि लेख्छ नि । खै त अरु लेखेको आफैलाई सोध्छु । आफै खिसि्रक्क पर्छु ।
दिनचर्या उही छ -राति अबेर मात्र डेरामा पुग्नु । विमलले समयमै पकाएको तर असमयमा पुग्दा िसंग पुच्छर उमारेको भात खानु । कहिले त बक्क पर्छु, होइन यार यस्तो चल्छ कहिलेसम्म ?
तपाईलाई लाग्ला कति दुखेसो मात्र पोख्छ यार यसले ? यसको दुखेसेले पनि वाक्कै लायो । भन्नुहोला, कहिले त गर्नु नि खुसीका, रोमान्सका कुरा पनि ।
मलाई पनि त लाग्दो हो नि खुशीकै कुरा लेखूँ । उमंगकै कुरा पोखूँ । तर के हामीले सोचेजस्तै छ र जीवन ?
मान्छेको जातले खुशी अरुसित बाँड्दैन रे । बाँड्नलाई ऊसँग दुख मात्र हुन्छ रे । सायद यही दुख बाँडिरहेछु मैले पनि । सिर्फ दुख । यसरी बाँड्दाबाँड्दा दुख नै सकिए के होला ? साँच्ची दुख नै सकिएपछि के बाँडूँला हँ मैले ? कल्पना पनि गर्न सक्तिनँ यार । सायद मसँग पोख्नलाई यी गुनासा र दुखेसा मात्र छन् ।
सुख त मान्छेले कहाँ बाँड्छ र होइन ? त्यसैले होला अहिलेसम्म मैले तपाईंसामु बाँड्नलाई खुशी भेटेका छैन । भेटे भने त्यो खुशी अवश्य बाँड्ने छु, दुखेसा बाँडेजस्तै । त्यसबेला कस्तो होला हँ यो दुनियाँ एकपालि तपाई पनि कल्पना गर्नुस् है ।

Wednesday, November 19, 2008

दोबाटोमा

दाङबाट टीकाराम उदासीले फोन गर्नुभएको थियो । रेडियो मध्यपश्चिमको स्टेशन म्यानेजर छाड्नेबारे राय माग्नुभयो । कलेजमा पढाउँदै सिर्जनामा कि्रयाशील एउटा स्रष्टाको लागि स्टेशन म्यानेजर घाँडो नै थियो । मलाई यस्तै लाग्यो । त्यसैले उहाँको छाड्ने निर्णयलाई स्वाभाविक प्रतिकि्रया दिएँ । धेरै भयो केही लेख्न सकेको छैन । समाचारको पछि लाग्दालाग्दै दिन बितेका छन् । जीवनका अनुभूतिलाई सुरक्षित गर्ने कतै पनि पदचाप सुरक्षित छैनन् । भातको पछि लाग्दालाग्दै अनाम काठमाडौंमा आफैसँग अनचिनार भएजस्तो लाग्न थालेको छ । कुनै याममा सोचेको थिएँ लेखनमै आफ्नो पहिचान बनाउँछु । तर भातको पछि लागेर त्यो बाटो कताकता भुलेजस्तो लाग्न थालेको छ । केही दिनअघि पोखरामा धेरै लेखकहरु भेटिए । आफ्नो परिचय बनाएकै त्यै लेखन थियो मेरो । मलाई जतिले चिनेका थिए लेखनबाटै थियो । सबै लेखकहरुको एउटै प्रश्न थियो -खै लेखेको जबाफमा चार पैसाको दाँत देखाएर फिस्स हाँस्नुबाहेक अर्को उत्तर थिए मसँग । भातको पछि दगुर्दादगुर्दै रोजेको त्यो बाटो नै कहाँ छाडेछु कहाँ । टीकाजीको फोनपछि भात र आफूले रोजेको बाटोको दोबाटोमा मन पनि दोबाटोमै उभिएको छ- मैले भात रोजूँ कि मैले रोजेको बाटो कन्फ्युजमा छु -कुन बाटो हो मेरो भात हो या

Monday, November 10, 2008

के गर्लान् महराले मैना

पुतलीजस्ती केटी । कविता लेख्छे । गीत लेख्छे । गाउँघर र स्कुलको पि्रय छे । पढाइमा पनि तेज छे । एउटी दलित केटी । कुनै फिल्मको पात्राजस्तै पोख्त छे । दोलालघाट आँखाशिविरमा आमाका आँखा जँचाउन माइत जान थालेकी आफ्नी आमालाई- आमा छिटै आउनू है । मेरो जाँच पनि आइसक्यो । भाइहरुले पढ्न दिदैनन् । तर उसकी आमा माइत पुगेकै साँझपख पाँचखालका सेनाले लान्छन् । त्यसपछि कहिल्यै फिर्दैन । उसकी आमा छोरीको खोजमा सारा ठाउँ धाउँछे । आखिरमा मारिएको स्वीकार्छन् । ५ फागुन २०६० मा काभ्रेको पाँचखालस्थित तात्कालीन शाही नेपाली सेनाद्वारा मारिएकी मैना सुनारको कथामा उनेको फिल्म हो ुमैनाु । यसको पि्रमियर शोमा थिए -संचारमन्त्री कृष्णबहादुर महरा । संकटकालका भयावह दिन फर्केका थिए पर्दामा । यता थिए मन्त्री महरा । नेपालको सबैभन्दा जटिल याममा फरक्क फर्काउने याम पर्दाम्ा आएपछि कहाँ पुगे होलान् महरा सल्यानमा झण्डै परेका थिए महरा । मुश्किलले बाँचेका थिए । कार्यकतालाई जस्तो ऐया ऐया त परेन होला तर कम्ति जोखिम त उनले पनि किन नमोल्नु । आइरहेको थियो -सेनाका ज्यादती । सर्वसाधारणको बेपत्ता र हत्या । तर तिनै शाही सेनाका हाकिम र जवानहरु छाती फुलाएर कुरा गर्दैथिए । मैनाकी आमालाई थर्काउँदैथिए ।दुनियाँ बदल्न नयाँ नेपालको सुन्दर सपना उनेर लागेका थिए लाखौं युवा माओवादीम्ाा । जीवनका सबैभन्दा उर्वर याम युद्धको भुमरीमा होमे । सिक्ने उमेरमा सपना फलाउने खेतमा हाम फाले । सयौं मैना सुनारहरु मारिए । बेपत्ता पारिए । नेपालमा लोकतन्त्र पनि आयो । जसले लाखौं युवाहरुलाई सपनाको सहर देखाउँदै लगाए युद्धमा तिनै नेतामध्येका एक महराले हेरिरहेका थिए पर्दामा । उतिखेर उनी जटिल मोडमा थिए । नयाँ नेपाल बनाउने सपना बाँड्दै िहंेडेका थिए । तर उनै यतिखेर देशको मुहार फेर्ने कुसर्ीमा थिए । र यतिखेर हेदैथिए पर्दामा भयाबह चित्र । दारुण कथा । सेना र प्रशासनका ज्यादती लापर्बाही फिल्मभरि पोखिएका थिए । लोकतन्त्र आयो फिल्ममा पनि । जसरी आएको छ बाहिर । तर महराको छेउमा िठंग उभिएका थिए उनै पुरानो शाही सेनाको जवान । मैनाकी आमा उस्तै थिइन् फिल्ममा र यथार्थमा पनि । तर महरा मन्त्री थिए । सेनाका ती पातकी अधिकारीहरु सुनापानीले छर्केजस्ता कुरा गर्दैछन् अहिले पनि । मैना मारिइन् । तर उनले न्याय अझै पाएकी छैनन् । सपनाको पछि लागेर महरासँगै लागेका कति मैनाहरु होलान् के सम्झे होलान् उनले पर्दामा हेरिरहँदा मेरो मन घरी पर्दामा हेरिरहेका महराका अनुहारमा गयो घरी पर्दामा । लोकतन्त्र आए पनि कटुवाल उस्त गर्जिरहेको छ । कुनै बेलाका बहुचर्चित बादल रक्षामन्त्री बने । तर भैरवनाथ गणका बेपत्ताका समेत िझंगा मार्न सकेनन् । कुनै पहल गरेको देखिदैन । यी मैनाहरुले कहिले पाउने हुन् न्याय के महराले यसको जबाफ देलान् फिल्म सकिए पनि अनुत्तरित प्रश्न सकिएको थिएन । त्यही अनुत्तरित प्रश्न बोकेर बाहिरिदा आज असाइन भएको राष्टिय सभागृहको प्रचण्डको कार्यक्रम छुटिसकेको थियो । ुला अब के गर्ने होला ु यत्रैसिति भन्ने लागेर अफिस आएँ । साना सर रिसाए -त्यो हेडसरको असाइन हो । अब के गर्ने थाहा छैन अब के गर्ने

Sunday, November 9, 2008

ओबामा बोकेर आएको नयाँ पत्रिका

अस्तिको दिन मेरो जीवनको लागि सुखद् रह्यो । बिहानै नयाँ पत्रिका लिएर भित्र पस्दा अनौठो अनूभूति गरेको थिएँ । कारण थियो -नेपाली पत्रकारिताको इतिहासमै सबैभन्दा पहिले नयाँ पत्रिकाले रिपोर्टरको फोटोसहित समाचार छापेको थियो ।
संयोग ! त्यो मेरो समाचार परेको थियो ।

ब्लग र फेसबुकसँगका साँझ

अचेल अबेर फर्कन्छु डेरा । विमल आएको छैन । डेरा पनि अव्यस्थित छ । आठ कक्षा पढ्न थालेदेखि डेरामा बसेको जिन्दगी डेरामै छ । थाहा छैन कहिलेसम्म हो । तर यति लामो डेरा बसाइबीच पनि डेरालाई कहिल्यै व्यवस्थित गर्न सकिनँ । मलाई थाहा छैन म नै अव्यवस्थित हँु या मेरो डेरा साथीहरु गाली गर्छन् । डेरामा छरिएका किताब देखेर हकार्छन् । अव्यवस्थित जिन्दगीका पानाहरु जता पल्टिए पनि उस्तै हुँदारहेछन् । लिबाङ आएँ । उस्तै । नुवागाउँ गए । उस्तै । चुनबाङ गएँ । उस्तै । दाङ झरें क्याम्पस पढ्न । त्यहाँको डेरा पनि उस्तै । र अचेल छु काठमाडौंमा । यहाँ पनि उस्तै । डेरामा मेरो कम्प्युटर कीराले सत्यानाश पारेको छ । अचेल त अन गर् यो कि झिमिझिमिक गर्छ । अस्ति स्कान गर्न खोजेको दुई हजारको हाराहारीमा कीरा भेटिए । अब के गर्ने कीरा मार्ने हालौं नेट छैन । के गर्ने के गर्ने भएको छ । हिजो पनि चाउचाउले रात काटियो । आज पनि अफिसमै चाउचाउ पकाउन लगाएँ । अनितालाई भनेको थिएँ -चाउचाउ नखाऊ है मेरी साथी । स्वास्थ्यको लागि हानिकारक छ । तर अचेल आफैले चाउचाउ खाइरहेको छु । थाहा छैन मैले चाउचाउ मैले खाइरहेछु या चाउचाउले मलाई । अँ भन्दैथिएँ मेरो साँझ अचेल खासगरी समाचार लेखिसकेपछि हुन्छु फेसबुकमा । नयाँ नयाँ साथीहरुसँग आफ्ना अनुभूति साट्न पाउँदा अर्कै अनुभूति हुन्छ । शनिबार मात्र फेसबुकसम्बन्धि स्टोरी झन नयाँमा सहकर्मी प्रमिलाजीले लेख्नुभएको थियो । सायद यसको चाप झन बढ्ला । अँ फेसबुमा धेरै नयाँ साथीहरुसँग कुराकानी गरें । सीमा दाहालसँग लामो कुराकानी भयो । विज्ञान संकायबाट स्नातकको फाइनल दिएर बसेकी रहिछन् । अनामनगरकी सीमालाई लेख्न रुची रहेछ । पत्रकारितातिर पनि उनको रुची रहेछ । केही लेखेको र छाप्न मन लागेको बताइन् । उनीसँगको कुराकानी रमाइलो भयो । दिउँसो गुणराज लुइँटेल दाइसँग पनि कुराकानी भयो । रोल्पामा दैनिकीको लागि चाहिएको छ कि भनेर सोधें । अहिले मिलाइरहेको बताउनुभयो । हिजो कथा सम्पादन गर्दै थिएँ । तर जाँगर चलेन । के भो के भो । आज कभर स्टोरीका लागि एउटा समाचार बनाउँदैथिएँ तर अर्को गर्नुपर् यो । संयोग त्यो स्टोरी पनि मेरै थियो । सशस्त्र समूहहरु सरकारसँग वार्ताका लागि सम्पर्कमा आएको समाचार थियो । मुश्किलले शान्तिमन्त्री प्रभाकरको कोड लिएँ । सम्पर्कसूत्रलाई ५० हजार दिने समाचार सायद खगेन्द्र पन्तले लेख्नुभएको थियो त्यो समाचारले फायर भएका रहेछन् । त्यसले धेरै अप्ठेरो पारेको बताए । खासमा उनीहरुलाई दिने नभई सम्पर्कका लागि चाहिने खर्चपर्च रहेछ । सम्पर्क बारम्बार भइरहेको कुरा गरे । समाचार लेखेपछि केही दिनयताका साँझजस्तै फेसबुक र ब्लगमा लागें । मेरा पाठक ! साँच्ची तपाई्रका साँझ कसरी बितिरहेछन् हँ मेरा साँझ फलदायी हुने गरी बितिरहेछन् या नाई मलाई नै थाहा छैन ।

मैना हेर्न प्रचण्ड

भोलि बिहान ुमैनाु फिल्मको पि्रमियर शो छ । कस्तो बनेको छ मलाई हेर्न मन छ । मैनाकी आमालाई मैले ुसारी सोल्जरुमा देखेको थिएँ । अमेरिकन पत्रकार जुलीले बनाएको उक्त डकुमेन्ट्रीमा उनलाई देखेपछि लागेको थियो -मैनाकी आमाजस्तै धेरै आमा हुँदा हुन् त मैना सुनारहरु सेनाद्वारा बलात्कृत हुँदै मारिने थिएनन् कि अबोध बालिकाहरु यसरी मारिने थिएनन् होला । पाँचखालमा माओवादीको आरोपमा सेनाले लगेको मैना कहिल्यै फर्किएनन् । बरु उनलाई बलात्कार गरेर मारियो । जंगलमा गाडियो । मैनाकी आमाले साहस गरिन् । सारा ठाउँ चाहारिन् । आखिरमा मेनाको शव राखिएको ठाउँबाट उनको अवशेष निकालियो । थाहा छैन दोषीले सजाय पायो या पाएन तर मैनाकी आमाले देखाएको साहसलाई जसले पनि प्रशसा गर्छ । धेरै मैनाहरु सेनाबाट बलात्कृत भए । मारिए । कसको नाउँमा माओवादीको । कति होलान् मैनाहरु यो मुलुकमा कस्तो भएको छ कुन्नि मैना फिल्म जसको नाउँमा हजारौं नेपाली मारिए । जसको नाउँमा समाजका सबैभन्दा तल्ल्ााे तहका जनताले सपना उने । थाहा छैन यी सपना कहिले पूरा हुन्छन् तर भोलि प्रचण्ड मैना फिल्मको उदघाटनमा आउँदैछन् । के भन्लान् र के गर्लान् मैना हेरेर हेर्न बाँकी छ । के भन्लान् हँ प्रचण्डले

Saturday, November 8, 2008

बेताल बेताल जिन्दगी

इश्माली सरको फोन आएको थियो । अनुवादको लागि मेरो कथा छनौट भएको र तुरुन्त दिन ताकेता गर्नुभयो । पत्रकारिता मेरो करिअर होइन । रोटी मात्र हो । आफ्नो पहिचान खोज्ने काम लेखनबाटै गर्छु भन्ने थियो । छ पनि । रोटीका समाचारले बचाउने केही समय मात्र हो । दीर्घकाल होइन । तर त्यै रोटीकै पछि लागेर जीवनका सबैभन्दा उर्बर याम पोखिइरहेको छ । सायद मेरो जस्तै अरु मेरा साथीहरुको पनि । महिनौं बितिसक्यो केही लेखेको छैन । अचेल त लेखकहरुले पनि कार्यक्रममा बोलाउन छाडिसके । नेत्र एटम सर भन्दै हुनुहुन्थ्यो ुहामीलाई गाह्रो भयो अब कुनै किताब त निकाल्नै पर्छ । नत्र तपाईं पनि लेखक हो कथाकार हो भनेर भन्न गाह्रो भइसक्यो ।ु उहाँकै करले ६५ भित्र कथाको एउटा कलेक्सन निकाल्ने बाचा बाँधेर दसैअघि छुटेको थिएँ । त्यसको लागि पुराना कथा खोजें । मसँग भएका पनि । तर धेरै त मलाई चित्त बुझेनन् । तिनलाई सम्पादन गर्न मन छ । केही नयाँ पनि लेख्न भनेर सोचेको छु । तर लेखन भएको छैन । पटक्कै भएको छैन । समय नभएको पनि होइन समयको व्यवस्थापन गर्न नसकेको मात्र होला । किनभने कस्ता कस्ता व्यस्त मान्छेहरुले पनि लेखिरहेका छन् । उनीहरुको जीवनशैली व्यवस्थित छ । तर मेरो त एकदमै जिक्ज्याक छ । बिकलकुल जिक्ज्याक । कथा खोज्ने र तिनलाई उन्ने कुरा नभएपछि नेत्र सरलाई फोन पनि गरेको छैन । भाग्दै हिडेको छु । थाहा छैन कहिले माकुरी जालमा पर्छु कुन्नि युवराज नयाँघरे दाइले हिजो फोन गर्नुभएको थियो । ुसमकालीन नेपाली द्वन्द्व निबन्धुका लागि मेरो ुअनाथालयका नानीु निबन्ध छनौट भएको जानकारी दिनुभयो । तर मैले त्यसलाई सम्पादन गरेर मात्र राख्न भनें । त्यसलाई सम्पादन गर्ने पनि कसरी कुराकानी भएको छैन । एकपालि छलफल गरेर सम्पादन गर्छु । अव्यवस्थित जिन्दगीको जीवन-डुंगा बेतालसित गुडिरहेको छ । कहिलेकाहीँ त यस्तो नि लाग्छ यार कहाँ हो यसको गन्तव्य आफै पनि बक्क पर्छु । आफ्नो करिअरको लागि आफूलाई खर्चने याममा रोटीको लागि फनफनि घुमेको जिन्दगी देखेर मन हतास हुन्छ । निम्न वर्गीय किसान परिवारको सदस्यको लागि यो भन्दा फरक जीवन के हुन सक्छ होला र होइन समाचारको पुच्छर समाउन दौडियो बेतालसित । कहिलेकाहीँ त लाग्छ समाचार नै नभए हुँदो हो कस्तो यो मुलुक

Friday, November 7, 2008

समाचारमा फोटा

बिहीबार बिहानैदेखि मुश्किलले एकाबिहानै बज्ने मेरो मोबाइलको घण्टी बज्यो । करिब ७ बजेदेखि लगातार आठदसवटा फोन आए । त्यसपछि त दिनभरजसो नै फोन आए । धेरै साथीहरुको प्रतिकि्रया थियो -बधाई छ । गर्न खोजेको हो नया पत्रिकाले । केही साथीहरुले त भने ुराख भनेर हो कि पत्रिकाले आफै राख्यो ु दिनभर साथीहरुका गजबगजबका प्रश्नसहित फोन आइरहे । ती फोनसँग साथीहरुका आत्मीयता पनि गाँसिएका थिए । केही साथीहरुलाई त यस्तो परम्परा अरु मुलुकमा चािहं छ भन्ने कुरा पनि थाहा रहेनछ । विदा तर सूचना विभागको कार्ड बनाउनुपर्ने भएकाले अफिस आएँ । हेडसरले सुरुमा बधाइ दिनुभयो । अन्य साथीहरुले पनि बधाइ दिनुभयो । मलाई भने त्यस्तो ठूलो कुरा के नै हो र जस्तो लागिरहेको थियो । साँझपख हेडसरले ुतपाईको फोटो खैु भन्दा ुख्यालख्यालै होलाु लागेको थियो । सूचना विभागको कार्डको लागि हेडसरसम्पादकलाई सिग्नेचर गराएँ । सूचना विभाग गएँ । एसएलसीको चारित्रिक प्रमाणपत्र छुटेछ । फर्केर आएँ । मुशिकलले कार्ड बनाएपछि वसन्त आरसी र सुरेन्द्र मल्लसँगै प्रेस काउ_िन्सलमा पुगेँ । गुरुजीलाई बधाई दिएँ । भर्खरे मात्र गुरुजीदाङका बूढा पत्रकार नारायणप्रसाद शर्मा प्रेस काउसिलको अध्यक्षमा नियुक्त भएका छन् । परशुराम काफ्ले भर्खरै राजनीतिक ब्युरो प्रमुख भएका छन् । एउटा समाचार गर्न भन्दै थिए । आज विदा नलिने कि भन्ने आशयसहितको उनको आग्रहलाई स्वीकारिनँ । विदाको दिन भएकाले मैले नलेख्ने बताएँ । केही दिनयता ममा समाचार लेख्ने तिर्खा नजानिदोगरी मरेको छ । कहिलीकसो त लेख्न खोजेका समाचारले पनि गुनासो गर्छ । न्यूज चिफ श्रीधर खनाल भन्दैथिए ुसाथीहरु चित्त नबुझेको कुरा भनम् है ।ु चित्त नबुझेका कुरा न्यूज चिफलाई सुनाएर हुने नै के हो र सबै ठीक्क पारेर आइसकेपछि सोध्नु गुनासो गर्नु नौटंकीबाहेक अरु के हुन सक्छ बिहानैदेखि बजेको मोबाइलको घण्टीले भने मरेको जाँगर ब्यंग्य गरे । तर आशिकले बाँच्ने र गालीले मर्ने भए त दुनियाँ नै किन हुन्थ्यो होला यस्तो दाङबाट उदय जीएम अन्नपूर्णपोष्ट भन्दैथिए -शेरबहादुर देउवाको मुन्तिर नवीन विभास । नवीन विभासको मुन्तिर राङ्कोट -७ जैपा लेख्न मात्र छुटेछ यार । भन्दै थिए कतिले -हाजिरी जबाफ प्रतियोगिता राखेर एउटा प्रश्न बनाउनु पर् यो -समाचारमा फोटो छापिने नेपालको पहिलो पत्रकार को हो झ्याङटुङडाँडामा शेरबहादुर देउवामाथि आक्रमण गर्ने ती छापामार प्रेमबहादुर क्षेत्री ुलक्ष्मणुसँग कुराकानी गर्दा पनि मैले यस्तो सोचिनँ ुदेउवाको समाचारमा फोटो पनि छापिएला ।ु सायद ती लक्ष्मणले पनि अनुमान गरेका थिएनन् होला ुमेरो कारबाहीको बयान नयाँ पत्रिकाको पहिलो समाचार बन्लाु भनेर । आजको अंकमा सूर्यबहादुर थापासँग परशुराम काफ्लेले गरेको कुराकानी छािपएको छ परशुको समाचारसहित । आज बिहान बधाइ दिएँ । समाचारमा फोटोको प्रसंगलाई लिएर अर्जुन पौडेल भन्दैथिए -अन्तर्वार्तामा पनि फोटो छाप्दा हुन्छ हाँसे मात्र । केही बोलिनँ । अर्जुनको टिप्पणी यस्तो थियो होला -पहिलो समाचारहुँदैमा सबैमा फोटो छाप्दै जान थाले फोटोमा छाप्नुमै प्रश्न उठ्ने हो कि हाँसेर मैले भनें -मेरो पनि अन्तर्वार्ता नै थियो यार । फरक यत्ति थियो मेरो अन्तर्वार्ता थियो पूर्वप्रधामन्त्री शेरबहादुर देउवालाई हान्ने प्लाटुन कमाण्डर लक्ष्मणको । समाचारमा फोटोको प्रसंंगले डोर् याएका फोन अझै थामिएको छैन । यो राम्रो भयो या नराम्रो मलाई थाहा छैन । तर अझै थामिएको छैन बधाइ र आश्चर्य दुवै ।

Wednesday, November 5, 2008

थ्यांक्यू अनिता

हाइस्कुलकी मेरी साथी । धेरैपछि दसैमा घर जाँदा भेटिएका थियौं धेरैपछि । कुरैकुरामा मैले मोबाइल हराएको कुरा गरें । यसै रिन उसै रिन बूढी भैसी किन भने झैं मोबाइल किनेको कुरा पनि गरें । र सारा सन्तुलन बिग्रेको कुरा पनि गरें । कतिखेर भनें कुन्नि रिनको कुरा गरेछु कुरैकुरामा । अचेल साँझपख धेरै बेर फोनमा कुरा गर्नु नियमीतजस्तै भएको । कुरैकुरामा उसले भनी -मैले पठाइदिउँ ऊ पनि मजस्तै हो नि घरदेखि टाढा बस्छे धनगढीमा । मेरोजस्तै सानो जागिर छ । भन्दैथिई -मैले पैसा घरमा दिनुपर्दैन । मलाई ठीक्क हुन्छ । तर यहाँ मलाई आठ नौ सयले नै महिना पुग्छ । खर्च त्यति हुँदैन । मेरो कोठभाडा नै तीनहजार भन्ने सुनेर तीनछक्क परेकी थिई । अँ भन्दैथिएँ उसले पैसा पठाइदिने कुरा गरी । ओरालो भेटे पानी त स्वाभाविकरुपमा बग्ने नै भयो होइन अँ भनेछु । नॊेभेम्बरमा बुझेकी रहिछ तलब । भनी -६ हजार पठाइदिन्छु । कहाँ राष्टिय बाणिज्य बैंकमा पठाई । छठ पर्वका कारण अस्ति पठाए पनि आज लिन गएँ । बानेश्वर भनेपछि पुरानो बानेश्वर पुगें । रहेछ नयाँ बानेश्वरमा । पट्यारिलो लाइन बसेर ती कर्मचारीको काम गर्ने शैली देखेर झण्डै बान्ता आयो । ग्राहकका काम गर्ने भनेपछि गला नै रेटिएजस्तो ठान्ने ती कर्मचारी देखेर वाक आयो । ती बूढी बूढी खालका तीनवटी च्यारच्यार मात्र गर्ने काम पनि नगर्ने । झण्डै एक घण्टापछि काम भयो । दुई सय कमिसन काटेर ल्याएँ पाँच हजार आठ सय । पाएपछि साथीलाई फोन गरेर धन्यवाद दिएँ । भनें -धन्यवादमा रिस पनि मिसिएको छ है । सुनेर खित्का छाडेर हाँसी र भनी -के पैसा दिने हँुदो त्यै पैसा खोज्नमै पैसाको सत्यानाश भइसक्यो है । भन्दैथिई -मलाई ब्याज चािहंदैन । मैले भनें -केको ब्याज भन्छ्यौ साथी सावा पनि के कसो हो लाष्टमा धन्यवाद दिदै भनें -कोई जुगमा कमाइयो भने तिरम्ला है । थाहा छैन अनिताको रिन कहिल्यै फर्काउँछु जहिले तिरे पनि अप्ठेरोमा सघाउने तिमीलाई धेरैधेरै धन्यवाद है ।

सानो सिरक

नयनराज पाण्डेको उलार उपन्यास यतिखेर आँखामा बल्झिएको छ । शान्तिशमशेरले चुनाव जितेपछि टाँगावालको टाँगा उलार भएको थियो । त्यसको मूल्य चुनाव जितेर काठमाडौं पुगेपछि पाएन । सायद जीवनभर कहिल्यै पाएन । मलाई थाहा छैन उलार र मेरो कथाबीच के साइनो लाग्छ तर सानो जागिरे जीवनका केही मोडमा असन्तुलन गुमेपछि कस्तो हुन्छ फेरि सन्तुलन मिलाउन मलाई थाहा छैन । ती टाँगावाल त पुगे काठमाडौं तर म कहाँ पुग्ने हो त्यो थाहा छैन । मलाई थाहा छ मेरो कहानी र उलारबीच गोरु बेचेको सम्म साइनो होला अरु छैन । दसैको मुखमै मैले मोबाइल हराएँ शान्तिनगरमा । कतारबाट पहिलोपटक घर आउँदा प्रकाशले ल्याइदिएको थियो । त्यसबेला नेपाली २१ ह्जार पर्ने त्यो मोबाइल लामो समयसम्म मैले चलाइन । कारण मसँग सिमकार्ड नै थिएन । कुनै बेला पोष्टपेड खुल्यो तर त्यो चलाउने हैसियत मसँग थिए । कहिले पि्रपेड खुल्यो त्यहाँ पुग्ने पहुँच पनि पुगेन । गीत सुन्न भिडियो हेर्न कतारतिरकै बासी सिमकार्ड हालेर चलाएँ । मेरो रुमपार्टनर सुवर्ण चन्द साथी गंगा बीसी र एमपी खरेलहरुले मोबाइलको मानहानी गरेको तर्क गरे । दुई पैसाको दाँत देखाएर ङिच्च हाँस्नुबाहेक अर्को बिकल्प पनि थिएन । एकपालि मेरो मोबाइलले तमास गर् यो -दुई सयको टिकट लिने टुँडीखेलमा ट्यापे गीत सुन्ने । के काम मलाई त्यो गीतको सम्झिएँ मेरो भतिजो विमल राजु लामाको फ्यान थियो । गंगा बीसी र मेरो लागि दुईवटा टिकट लिएँ र विमललाई ती दुईवटा टिकट दिएँ । एकजना को साथीलाई लिएर गयो कुन्नि जेहोस् उसले हेर् यो होला । मेरो मोबाइल चलाएँ केही समय छ । कुरा हो ०६३ को थालनीतिरको । केही समयपछि फेरि गंगा बीसी र मैले नमस्तेकै पि्रपेडको सिमकार्ड हाल्यौं । त्यही चलाउँदै थिएँ । भन्दैथिएँ भाइ प्रकाशले दिएको मोबाइल हराएँ । केही समय कलेज पढाएँ त्यसपछि मैले लामो समयसम्म जागिर खाएको भनेको नै नयाँ पत्रिका हो । भन्थे मान्छेहरुले -सानो जागिर भनेको सानो सिरक हो । टाउको ढाक्दा गोडा नांगो गोडा ढाक्दा टाउको नांगै । मोबाइल हराएपछि किन्नैपर् यो । यसले जीवनशैली नै फेरिदिएको छ । त्यसैले मोबाइल त आधारभूत आवश्यकता जस्तै नै भइसक्यो । किनें । किन्नै पथ्र्यो किनें । दशैताका पैसा थिएन २४ सय मात्र दिएको थिएँ । ६ सय र बिजुलीको ४ सय गरी एक हजार रुपैया पुगेका थिएन । नपुगेर पनि के गर्नु लागियो घर । मोबाइल थिएन मस्तराम भएर लागियो घर । घोराहीमा भाउजूले स्काइ लान भन्दै हुनुहुन्थ्यो तर मैले लगिनँ । कारण कहिलेकाहीँ सारा चिजबाट छुटेर बिन्दास हुन मन लाग्छ । कस्तो हुँदोरहेछ सूचनाका सारा साधनबाट कटेका क्षण अँ तिहारताका किनें । तलबजति त्यसैमा गयो । अब गर्ने के घरभाडा अघिल्लो महिनाकै बाँकी थियो एक हजार । यसपालिको थपिएपछि पुग्यो ५ । गर्ने के हलाक भइयो । दुईचार हजारको जागिरेका लागि अलिकति सन्तुलन बिग्रनेबित्तिकै सबथोक बिग्रने रहेछ । थाहा छैन उलार भएको मेरो जीवनशैलीको यो भाग कहाँ गएर सही ट्रयाकमा आउने हो राम जाने ।

Monday, November 3, 2008

अजयशक्ति

धेरै समयपछि जनमुक्ति सेनाको पाँचौं डिभिजनको सहायक शिविर उङाबाट अजयशक्तिले फोन गर्नुभयो बेलुकीपख । धेरै समयपछि आज हाम्रो बैठक बसेको थियो । बैठकमा नयाँ केही कुरा भएन । तलबका केही कुरा भए । समाचारका बारेमा पनि । बैठकमा भएकाले अजयको फोनमा गफ गर्न पाइनँ । कल ब्याक गर्छु भनेर राखें । केही समयपछि प्रयास गरें तर फोन लाग्दै लागेन । सायद किताबबारे कुरा गर्नलाई फोन गरेका थिए होला । रुकुमको हुकामका अजयशक्तिको किताब मैले हेरिरहेको छु । सोलुको कारबाहीमा घाइते भएपछि उनलाई उनका कमरेडहरुले जंगलमै छाडेर िहंडेका थिए । दयालु तामाङ बाबा र पछि गुम्बाका लामाले उनलाई दोस्रो जीवन दिएका थिए । उनी केही संचो भएर साथीहरुको सम्पर्कमा पुग्दा दुई महिना नाघिसकेको थियो भने उनी जनयुद्धका महान सहिदमा दरिएका थिए । कार्यक्रम भयो । कार्यक्रममा थिए त्यसबेलाका कमाण्डर रितबहादुर खड्का । उनले सहिदका लिष्टमा सजाइएको उनको नाम आफैलाई काट्न लगाएछन् । कस्तो अनुभूति गरे होलान् हँ सहिदको लिष्टबाट आफ्नो नाम हटाउँदा त्यसपछि उनी उपचारको लागि भारत जाँदै गर्दा हेटौंडामा पक्राउ परे । लामो समयसम्म बेपत्ता पारिए । त्यसपछि उनी जेलमा बसे २ बर्ष त्यसपछि उनी गए फेरि जनमुक्ति सेनामा । केही लडाइँमा पुनः सहभागी भए । अचेल उनी जनमुक्ति सेनाको अस्थायीशिविरमा बसिरहेका छन् । कुनै बेला मनमा उनेको थिएँ -माओवादी जनयुद्धबारे एउटा उपन्यास लेखूँ । १० वर्षको नेपाली जीवनशैली उतारियोस् । जनयुद्धका झरीले भिजेका नेपाली जीवनका केस्राकेस्रा आओस् । तर अजयको संस्मरण पढ्न थालेपछि उपन्यासको आधा तिर्खा त मरिसकेछ । उनको जीवनको कथा र उनले काटेका उकालीओराली कुनै उडन्ते उपन्यासभन्दा कम्ति छैन । पढ्दापढ्दै होइन कि होइन कि जस्तो लागिरहन्छ । तर उनले काटेको उनले भोगेको जीवनका उकालीओराली भने तिनै थिए । कुनै याममा मैले पढेका रुसी चीनिया र भियतनामी उपन्यासको पात्रमा के फरक छ अजयशक्ति अझै पनि सोचिरहेको त्यो अनुहार । के अजयले अरु पनि लेख्ला कामना गरौं -फेरि आउने छ । आउने छ । जारी रहनेछ अजयको यात्रा ।

बोरै बोर

हिजो मेरो न्यूज गएन । अबेर मात्र अर्को एंगलबाट लेख्न भनिएको थियो जाँगर चलेन िहंडें । बिहान पासाङ दाइको डेरा सुकेधारा गएँ । माओवादी रोल्पा इन्चार्ज सिजल दाइसँग भेट भयो । केही कुराकानी भयो । पासाङ दाइसँग भेट भएन । भाउजूसँग पुराना कुरा भए । हिजो मात्र प्रकाश दीपेश र मनोजहरु रोल्पाबाट आएका रहेछन् । रोल्पा नै पुगेजस्तो लाग्यो । अफिस फर्कंदा १ बजिसकेको थियो ।

Saturday, November 1, 2008

ब्याक टु मंगलमान

फेरि सुरु भएको छ सिसीफसको कथा । कहाँ के भयो खोज । लेख । टेन्सन । जनमुक्ति सेनाको क्याम्पमा बस्दाखेरि त यी सारा टेन्सनमुक्त भएको थिएँ । अब जागिरको टेन्सन थालिएको छ ।थाहा छैन रिप्रुेस भएको क्यान्टोन्मेन्टको तिहारले कतिसम्म धान्ने हो
यसपालिको तिहार मेरो लागि स्मरणीय रह्यो । सधैं झैं गाउँ या काठमाडौंमा मनाइने तिहार यसपालि जनमुक्ति सेनाको शिविमा अत्यन्तै भिन्न रह्यो । सहोदर दिदीबहिनीबिनाका मेरा तिहार केही तीता केही मीठा सम्झना छाडेर जान्थे । तर जनमुक्ति सेनाको क्याम्पमा ती कुनै अनुभूति हुन पाएन । सबैभन्दा सुखद् यही रह्यो मेरो लागि । मैले फेसबुकमा राखेका जनमुक्ति सेना क्याम्पका फोटो केपी ढुंगानाले आफ्नो ब्लगमा राखेछ । साथीले कतै पनि क्याम्पसन नलेखेर तल पुछारमा भँगेरा टाउके अक्षरमा हटारुका ब्लगर हुन् भनेर लेखिटोपलेछ । अफिसमा एकछिन भेट त भएको थियो तर कुरा हुन पाएको छैन । साथीले छापेछ अनुमतिबिना नै । साथीको चाला गतिलो लागेन । नोट ःब्लगको गुरु भन्दैमा जे पायो त्यै गर्ने यार

Tuesday, October 28, 2008

कमाण्डर र सहकमाण्डरको माछासँग घम्साघम्सी

तिहार मनाउन परिवर्तन बि्रगेडका कमाण्डर सूर्यले ल्याएका माछा मार्न डिभिजनका कमाण्डर प्रतीक्षा र मदनलाई बज्नु १२ बज्यो । पालेका माछा मार्नसमेत उनीहरुले उठाएका छटपटीले भन्थे -सेना र पुलिसका शिविरमा हमला गरेर जितेका कमाण्डर यिनै हुन् र जनमुक्ति सेनाका जवानका सहयोगमा पनि माछा मार्न उनीहरुलाई धेरै मुश्किलल पर् यो । सकमाण्डर मदनको माछाको धारले औला नै काट्यो ।सेना र पुलिससँग लड्नु र माछासँग लड्नुमा के धेरै फरक छ या भुले यी कमाण्डहरुले लडाइँका सीप दिउँसै लडेको कृष्णभीर कारबाहीका कमाण्डर हुन् प्रतीक्षा । त्यसैगरी धेरै कारबाहीमा भाग लिएका कमाण्डर हुन् मदन । सेना र पुलिस क्याम्पभन्दा पनि खतरा बलिाय के जातका थिए ती माछा सहकमाण्डर मदन भन्दैथिए -त्यो माछाको जात हो मङ्रा । जसले मासु मात्र खान्छ । कति बलियो माछा ! एउटा माछालाई अठ्याउन दुई कमाण्डरका साथमा छ सात जना जवान पनि लागे । दुई कमाण्डर मज्जाले माछा बनाउन कस्सिएको देखेर धेरै पोज त माछा काटेका फोटोमै खर्चिएँ ।तिहारको माछा बनाउन मात्र हो या सधैं खाना बनाउन यी कमाण्डरका जाँगर यस्तैगरी चल्छ हँ सहकमाण्डर मदन भन्दै थिए ुमाछा ल्याउनुस् न बनाइहाल्छौं नि ।ु दुई कमाण्डरले काटेको माछा साँझपख मज्जाले खाइयो । धन्यवाद। दुई कमाण्डरलाई पनि ।

जनमुक्ति सेनाको शिविरमा पहिलो दिन

नवलपरासीको झ्याल्टुङडाँडास्थि जनमुक्ति सेनाको चौथो डिभिजन मुख्यालय अस्थायी शिविरमा पुग्दा दिउँसाको १२ बज्दैथियो । काठमाडौंभन्दा धेरै गर्मी थियो । केही उत्सुकता र केही कौतुहलताबीच अरुणखोलामा ओर्लिएको केही समयपछि सुस्ताउने विचार गरें । शिविमा खाना खाइसकेका हुनाले मैले अरुणखोलामै खाने निर्णय गरें । खाएँ पनि । खाएपछि सम्पर्क गर्ने सोचेर सुभास होटलमा बसिरहेको बेला डिभिजन सहकमाण्डर मदनको फोन आयो । केही समयपछि उहाँ गाडी लिएर आउनुभयो । तिहार ओर्लिसकेको थियो । देउसीका मादल बजिरहेका थिए । शिविरमा आएपछि केही क्षण सुस्ताएँ । मदनको ल्यापटप देखेपछि ब्लग अपडेट गर्न मन लाग्यो । अपडेट गरे शिविरिमा आएको बारेमा । डिभिजन कमाण्डर यम अधिकारी प्रतीक्षासँग केही स्टोरीको बारेमा छलफल गरें । रोल्पाका धेरै साथहिरुसँग भेटघाट भयो । गाउँ नै पुगेजस्तो लाग्यो । रमाइलो त थियो नै । म पुगेको केही समयपछि नै भैलो खेल्ने केही समूह आए । तर गीत र नाचबिनाका । ससाना भाइबहिनीले मात्र नाच लिएका थिए त्यो पनि चल्तीका बजारु गीतको तालमा । जनवादी गीतको धुनमा झुम्दैआएका जनमुक्ति सेनाका शिविरमा बजारिया गीतको भैलो कस्तोकस्तो लाग्थ्यो । ीतहारको रमझम शिविरमा पसेको त्यसबेला भान भयो तब परिवर्तन बि्रगेड कमाण्डर सूर्यले एउटा बंगुर र माछा लिएर आए तिहारको कोसेली बोकेर । चौथो डिभिजनको सहायकशिविर रहेको परिवर्तन बि्रगेडले मज्जाले माछा पालन गरेको रहेछ । र बंगुर पनि पालेको रहेछ । मैले फोटो मज्जाले खिचें । मलाई दाङको सक्राममा रहेको पाँचौ डिभिजनको सहायक शिविरसँग धेरै कुरा मिल्थे । कारण भूगोल उस्तैउस्तै थियो । साँझ खसीको मासु र माछा खाइयो । खाने ठाउँमा टेबलल रहेनछ । सक्राममा भने बेन्च टेबल थिए । खाना खाएपछि मैले दिउँसो खिचेका फोटो देखाएँ रोल्पा जंकोट र रुकुम महतका भाइलाई पनि । भोलि बिहान कमाण्डरसँग गफ गर्ने कुरा भएको छ ।

जनमुक्ति सेनाको शिविरमा

यतिखेर म जनमुक्ति सेना चौथो डिभिजनको अस्थायी शिविर नवलपरासीको अरुणखोलास्थि झ्याल्टुङडाँडामा छु । एकखाले नयाँ र भिन्न अनुभूति भइरहेको छ । तिहारको विदामा केही समाचारको खोजमा आइपुगे पनि समाचार खोजिएलाजस्तो लागेन । काठमाडौभन्दा गर्मी छ । एकछिन त थकाइ मार्नैपर् यो ।

Monday, October 27, 2008

सम्झेर बगेको खोला

जीवनको कुनै याम थियो जुनबेला समाजका जम्मैचिज बदल्नुपर्छ भन्ठान्थें । लाग्थ्यो यो दुनियाँमा केही पनि छैन मैले काबुमा लिन नसक्ने । जीवनको ती याम सम्झेर उदेक लाग्छ । गीत गाउँदै रोल्पा रुकुमका डाँडाकाँडा घुमियो । संसार बदल्ने मज्जाको सपना उनियो । लाग्थ्यो बच्पनमा चन्द्रमा हातमा ल्याउने सपनाजस्तै आफू तन्नेरी भइसक्दासम्म त नेपालमा जनवाद आइहाल्ने छ । यी डाँडापाखाहरुमा नयाँ जीवन सिरुरुरुरुरुरुरुरुरुरुरुरु फल्नेछन् । जीवन पढ्दैजाँदा थाहा पाउँदै गइयो सम्झेजस्तो कहाँ रहेछ र जिन्दगानी । कहाँ रहेछ र सपनाहरु फुल्ने याम सोचेजस्तो । के त्यसो भए सबै खरानी भए होइन आशावादी छु अझै पनि कि कुनै याममा आउने छ नयाँ बिहान यो मुलुकमा । ठगिएका सारा नेपालीका सपनाको एउटा बिहान । तर मलाई त्यो दिन कति टाढा छ बच्पनमा जस्तो अल्लारेमा जस्तो त्यही पारि डाँडामा भने देखिरहेको छैन । बहुदल भर्खरै गाउँ पसेको ताका भैलो खेल्न जान्थें कहिले चुनवाङ कहिले पाछाबाङ त कहिले कुरेली । मेरा लागि तिहारका रमझम भनेको चन्द्रमा छुने गीतका उड्नु नाच्नु आफूभन्दा साना भाइबहिनीलाई नचाउनु गाउनु थिए । साँच्ची ती दिन कति मज्जाका थिए हँ मेरो छेवैमा बसेर बहराइनमा अलपत्र परेका ११५ जना नेपालीका बारेमा समाचार लेख्दैछन सहकर्मी खगेन्द्र पन्त । पछिल्लो कम्प्युटरमा प्रमिला देवकोटा आफ्नो ब्लग अपडेट गर्दैछन् । उपराष्टपतिको समाचार लेख्न मुड चलेन । आज पनि उसले फेरि भूमिका खोजेको कुरा दोहोर् याएको छ । औकातले नै उपराष्टपति नहुने मान्छेले अझ भारी खोज्नु कति तर्कसंगत होला कुन्नि लेखिन समाचार । तिहारको पूर्वसन्ध्यामा बैकलमा फालिएका उनै पुराना कुरा सम्झन मन लागेको छ । थाहा छैन किन हो कुन्नि सम्झेको बगेको खोला ।थाहा छैन यसपालिको तिहार कस्तो हुने हो जनमुक्ति सेनाको शिविरमा उताबाट आएपछि लेख्ने छु । तिहारको शुभकामना । अब हाम्रो भेट तिहारपछि ।

जनमुक्ति सेनाको शिविरमा तिहार

यसपालिको मेरो तिहार जनमुक्ति सेनाको अस्थायीशिविर, नवलपरासीको अरुणखोलामा बित्ने भएको छ । चौथो डिभिजनका सहकमाण्डर मदनले बोलाएका छन् । भोलि विहान जाँदैछु ।

सहोदर दिदीबहिनी नहुनेका लागि तिहार केही असहज हुँदोरहेछ । यो मेरो अनुभूति हो ।

बहिनी सीता पनि भोलि बुटवल जाँदैछे । तिहारबाहेकका दाजुबहिनीका पर्वका काठमाडौंमा नै बितेका छन् । सायद मैले तीस/चालीसजना दिदीबहिनीसँग टीका लगाएँहुँला, अहिलेसम्म ।

सहोदर दिदीबहिनी नभएपछि जहाँ जसलाई भेट्यो उनै मेरा दिदीबहिनी भएका छन् । लगातार दुई वर्ष टीकाराम उदासी र उदय जीएमका बहिनीहरुसँग लगाएँ । फेरि दोहोरिएको छैन । यो मेरो दुर्भाग्य हो ।

तिहारdf फेरि आमा रुनुहुनेछ, गाउँमा । छोरीबिनाका आमाका तिहार पनि कष्टकर हुँदोरहेछ । बरु दाजु र हामीहरुलाई त्यस्तो केही लाग्दैनथ्यो । तर, अन्य घरमा चेली तिहारमा आउँदा आमाका लागि ती पीडा हुन्छन् ।

जहिल्यै उहाँको गुनासो छ भगवान्प्रति -'म मर्नेबेला एक तुर्का आँसु चुहाइदिने छोरी पनि दिएनौ ।'

थाहा छैन, गाउँमा कस्तो हुने हो तिहार/दसै त गाउँमै थिएँ । तन्नेरीहरु कि अरबमा छन् । कि छन् कालापारमा कि त छन् जनमुक्ति सेनाका अस्थायीशिविरमा । गाउँमा बूढाबूढी र केटाकेटी मात्र छन् । थाहा छैन, अर्को तिहार गाउँमै हुन्छ या काठमाडौंमा?

सबैलाई तिहारको शुभकामना ।

Saturday, October 25, 2008

रोल्पाबाट फिरेपछि

लामो बसाइँपछि भर्खरै फर्केको छु रोल्पाबाट । दसैको अवसरमा बितेका रोल्पाको बसाइँ केही नयाँ केही भिन्न अनुभूति रह्यो । पुराना साथीहरु अनिता, निर्मला, जयन्द्रलगातका साथीहरुसँग भेट भयो । थुनिकोतको मेला गएँ । ठूलगोरीको मेला पनि गएँ । मलाई चाहिने फुटेज टन्न खिचें । सारंगी नाच र पैसरी नाच पनि मुभी क्यामेरामा कैद गरें ।

दाङ झरेपछि जनमुक्ति सेनाको अस्थायी शिविरमा पसियो, उदय जीएमसित । धमाका मच्चाउने खालको समाचार भने ल्याउन सकिएन । काठमाडौं फर्केपछि एउटा समाचार लेखें, जनमुक्ति सेनाको अस्थायी शिविरको बारेमा । छापियो बेलायतबाट निस्कने एभरेष्ट टाइम्समा । अरु केही गर्न सकिएन ।