रोल्पा भन्छ-
'काठमाडौंलाई रोल्पा बनाउन गएको तँ,
तँ आफैं काठमाडौं भइस्,
काठमाडौं पसेर जात फेरिस् ।'
कहिलीकसो यसो गम्छु,
'राजा र राणाका जीवनशैलीसित
मेरो जीवनशैलीले नि यसो मेल खायो भन्दैमा
जात फेरेको भन्नु मनासिब हो र ?'
रोल्पा भन्छ-
'एक कल फोन त के
मिसकलसमेत गर्दैनस्
गरेको फोन पनि उठाउँदैनस् ।'
कहिलीकसो यसो गम्छु-
'परिवारका सदस्य नातागोता र केही कमरेडका
न्यानो मायामा
तीन त्रिलोक र चौध भुवन देख्ने गरी 'मस्तराम' भएपछि
रोल्पालाई सम्झनैपर्ने कुन आइतबार छ र ?'
रोल्पा भन्छ-
'पुर्खे सुनार र सुनसरा बुढा मगरलाई भुलिस्
सीता आचार्य र झन्कार मगरका गीत पनि पोली खाइस् ।'
कहिलीकसो यसो गम्छु-
'माइकल ज्याक्सनको गीतमा छमछमी नाच्न छाडी
रोल्पाली सहिद र रोल्पाली गीत
सम्झनामा आउने कुन 'माक्स्रवाद' छ र ?'
रोल्पाको गुनासोले 'हुक्क' छु म
पटकपटक सोध्छु-
'मूला रोल्पा !
तैले रेडियो नि कहिल्यै सुन्दैनस् कि क्या हो ?
टिभी नि हेर्दैनस् कि क्या हो ?'
पत्रिका नि पढ्दैनस् कि क्या हो ?'
मेरा 'दुई शव्द'मा
'रोल्पा' उच्चारण गर्न कहाँ छाडेको छु र ?'
रोल्पा
तँ
जात्तिबित्ति 'सोझो जडसूत्रवादी' भइस्
एकपालि यसो मलाई नियाल् त,
जनयुद्धमा न मेरो छोरो गुमेको छ न मेरी छोरी
न मेरो विपना लुटिएको छ न मेरो सपना
न मेरो घर भत्केको न मेरो रहर
न मेरी भान्जी बलात्कृत भएकी छ न मेरी बुहारी
नौलो जनवाद आएपिछ
'हुनुपर्ने' र 'पुगिने ठाउँ'
पुगिसकेँ म
अब तँ आफैंै भन् त रोल्पा,
के म पटमुर्ख छु र,
'काठमाडौंलाई रोल्पा' बनाउने जोखिम मोल्छु ?'
जब ऐना हेर्छु-
आफ्नै अनुहारले सोध्छ,
'तँलाई अझै पनि काठमाडौं'ले 'रोल्पाली' भन्छ
रोल्पालीले 'काठमाडौं' भइस् भन्छ
ऐ नवीन विभास,
तँ आफै भन् त
तँ कस्तो डायस्पोरा भइस् हँ ?'
मेरो सिलुक सुनिरहेका
ए मेरो कमरेड,
नढाँटी भन्नु त-
'के म रोल्पाले भनेजस्तो देखिन्छु र ?
]'माक्स्रको पूँजी' कसम,
साफसाफ भन्नु त,
ऐनाले देखाएजस्तो देखिन्छु र म ?'
जेठको अन्तिम साता नुवाकोट गएको थिएँ, लेखकहरुको हुलसँग मिसिएर। कवि एवं मेरा साथी कृष्ण कुसुमको निम्तोमा पहिलोपालि नुवाकोट जाने साइत जुरेको थियो। आरएम डंगोलसहितका नुवाकोटे टोलीमा विमल निभा, नयनराज पाण्डेलगायतका झण्डै सात दर्जन लेखकहरुको टोली नुवाकोट गएको थियो।
अँ, कुसुमले निम्तो दिएपछि आफू कवि पनि नभएको र समाचार लेख्ने सन्तोष रिमाल जाने भएपछि केका लागि जाने? यसो गमेँ। एक महिनामा एकपालि यो खाल्डो नाघिएन भने बौलाइएलाजस्तो हुन्छ। फेरि कहिल्यै नगएको ठाउँ जान पनि मन थियो।
एकाएक मेरो सम्झनामा आए कवि वैरागी काइँला। के आइतबार परेर सम्झना आए कुन्नि? सम्झिएँ त्यो दिन, जुन दिन लोकतान्त्रिक लेखक शाही शासनको विरोधमा उत्रिएका थिए। र, संचारग्राममा भएको एक कार्यक्रममा वैरागी काइला बोल्दैथिए, 'म त बैला भएको छु। तर, हिजो भने झण्डै कविता फुर् यो।'
लामो समयसम्म कविता नलेखेका काइलाको कविता झण्डै फुरेको प्रसंग रहेछ, मोहन कोइरालालगायतका लेखकहरुको बग्गी यात्रा। शाही शासनको विरोधमा कति कवि सडकमा थिए भने कति बग्गीमा। तिनै बग्गीवाल अचेल 'खाट्टी लोकतन्त्रवादी मात्र होइन गणतन्त्रवादी' नै भन्छन्। खैर, ती कुरा तपसिलमै राखौं।
अँ, भन्दैथिएँ कुनै याममा यसैयसै कवि भनिएको थिएँ। डण्डीफोरे उमेरमा कविता भनेर लेखिएछन्। टीकाराम उदासी, उदय जीएम, आकाशगंगा बीसी(अहिलेको गंगा बीसी)सहितको एउटा कविताकिताब पनि निकालियो।
रोटीकारितामा लागेपछि 'लेखन'सँग पानी बाराबारजस्तै भयो। रोटीकारिता राजनीतिक बिट भएपछि लेखकले बोलाउने कुरै भएन। नलेखेपछि लेखक हुने कुरै भएन।
अँ, एउटा प्रसंग जोडूँ क्या हो। हिजो प्रभात चलाउनेको कोठामा आए छिङको किताब भेटेँ। मनमा बसेको उनको उक्ति बार बार दोहोर् याएको छु। उनले भनेका छन्, 'तिम्रो पाठकभन्दा एक तह माथि लेख। जसले गर्दा तिम्रो पाठकको एक तह माथि उक्लियोस्।' हो, उनै छिङको कविताकिताबमा उनले भनेका रहेछन्, 'एउटा लेखकले केही नलेख्नु भनेको ऊ अस्तित्वहीन हुनु हो। उसलाई सबले भुल्नु हो।'
झल्यास्स भएँ। हो त है। नलेखेर पो सबले भुलेका। नलेखेपछि काइलाले भनेजस्तो भइएन त बैला? रोल्पातिर बैलालाई 'थारा' भन्छन्। जन्माउने क्षमता नभएका गाई भैसीलाई भन्ने चलन छ।
अँ कृष्ण कुसुमले नुवाकोट जाने निम्तो दिएपछि कविता पो फुर्लाजस्तो भएछ। बैला भएका काइला मोहन कोइरालालाई बग्गीमा देखेपछि झण्डै फुरेजस्तो मेरो 'नुवाकोट जानेभएपछि केही त बोकेर जानुपर्ने' भनेर 'यसो उसो भयो' क्यार। यसै कोरेछु। यो कविता भनेर म दाबी गर्दिन।
धन्य आरएम डंगोल! कविता पढ्न नबोलाएकोमा। बोलाएको भए त कविताको बेइज्जतै हुन्थ्यो नि। सुनाउनलायक कहाँ छ र यो?
बडो रमाइलो लाग्यो यो लेख | कविता पनि बेजोड छ | तपाइंलाई कबिको रुपमा नपत्याएकोमा मेरो चित्त बुझेन |
ReplyDeleteNastik Ji
ReplyDeletethikai chha ...tetti naramro ni chhaina...tapaiko bicharle tapailai k bhanchha ta ???tapai k hunubhayo???
Nirmal Mahara Atom
ReplyDeleteNirmal Mahara Atom
hello, baristhajee k 6 ho halchal?
Dipendra Magar Pravakar
ReplyDeleteK sanchai tyasai bhayako ho ta?
Dinesh Koirala
ReplyDeletehaina ho sathi kapal kordai kata gayab hoo? totally out of contact ...
मेरो रोल्पा
ReplyDeleteदाइको कविता राम्रो लाग्यो मलाई ।
Prabina Ghayal
ReplyDeleteदाई कविताले निकै मन छोयो । सायद वास्तविकतालाई नजिकवाट नियाल्नेको भएर पनि होला । कविताका हरफहरुमा उल्लेख गर्नुभएको शब्दहरु कहिले काँही साथीहरुसंग फोनमा हुन्छ, कहिले भेटमा नै । साँच्चै शहीदहरुको अपमान भएको छ । जनताका आशाहरु मर्दै गएका छन्, नेताको जीवनशैली र प्रत्येक व्यवहारहरुले । यहा त चोरमाथी चक्कर घिउमाथी सख्खर भनेझैं पिडीत सधैं भरि पिडीत अनि जालीझेलीहरुको दिन छ ।
Michel Pun
ReplyDeleteyastai padhan pau agami din ma pani thanks
Pawan Regmi
ReplyDeletepharak parekai ho ta ?
दाईको कबिताले मेरो टाउको भित्र घन्टी बझीरहेको छ..के हो के.. येही त हो त्यो....
ReplyDeleteNabin G Very good one. In this time it reflects everything. Nice on
ReplyDeleteLal Rana
UK
Nabin ji kabita le mero ghaito ma gham lagayo...yestai padhna paune ape6a gar6u....ani Lal Rana sir lai UK ko Add pathaidin request gar6u.nkhapangi@gmail.com
ReplyDeleteNaresh Khapangi Mgr
Nabin dai ra nabin dai ko lekh ko kunai tulana nai chhain........malai yasto lagchh, dai mero man ko kura singarer bahir pokhi dinu hunchha...!!!
ReplyDeleteधेरै समयपछिको दाईको कविताको प्यास मेटियो, एक पलपछि फेरि मनको टलटल स्वाभाबिकै रुपमा आउनेछ........अहिले जसरी फेरि पनि....
ReplyDeleteकविता खतरा छ …।
ReplyDeleteKiran ji,
ReplyDeleteThe poem is quite well written and reflects the reality. This fits well with many leaders. You please continue writing and posting on your blog. I have read your news presentations in the newspaper too. My only advice is: expose the crooks, particularly who have cheated the people and advance the cause of radical social change.
a good creation. khas gari Nabin ko lekhai bhinnai chha. i like it.
ReplyDeletesahil dangi
GHANGARU NA DEKHNE PAJILAI...HIMAL KO K-SWAD....MALAI CHHOYO NAVEEN JI...KOI MULA KO CHAKADI GARNA KAVITA LEKHIDAINA...HAMRO ROLPA PYAARO CHHA RA YO BISWAMA JALJALLA JHAI UCHCHA CHHA...KOI TAPARA HAROO SANGA GASI DAINA ROLPA....KUSUM JI LAI DHANYABAD....HAMRO 2053-55 KO YATRA KAHILYAI GHATNE CHHAINA.....JANCHHU HAI....LAXMAN SAGAR ROLPA GHODAGAUN...AHILE DANG
ReplyDeletekabita sarai man paryo kasto bahumukhi prativako dhani tapi, actually tapai journalist pani 100 percent poet pani 100 percent. Pragati hudai jaos
ReplyDeleteohoooooo....... hataruko kabita ramro chha ni. ani tyasko sandarvama lekheko puchharko prithabhumi pani chitta bujhdo chha.
ReplyDeletehataru kamred ko babal 6 yo creation pani
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteYO SAMAYA CHAKRA HO DAI!REALLY A VERY NICE AND HEART TOUCHING POEM!!...........LIKED IT SO MUCH DAI!!!
ReplyDeleteधन्यबाद मामा जी धरै राम्रो लेख्नु भाको रहेछ मन पर्यो
ReplyDeleteकविता राम्रो लाग्यो ।
ReplyDeleteकविता राम्रो लाग्यो ।
ReplyDeleteekdam dami cha kabita nabin sir. i like it
ReplyDeleteमैले यो कविता फेरि फेरि पढेँ । कविनाको रस र अर्थ व्यापक छ । त्यसैले यस्ता कविनाहरु पुनः पुनः पनि लेखिनु पर्छ ।
ReplyDeleteDherai ramro chha kabita, adhyaroma diyo baneko chha kabita
ReplyDeleteराम्रो छ निबन सर
ReplyDelete