Tuesday, January 14, 2020

कात्रो किन्न चन्दा, किरिया बस्न छिमेकी घर

नवीन विभास | 
पुस १५, २०७६ मंगलबार | 
प्रेमको प्राण पर्यो ।  प्रेमकी एकल भाउजू मीराका हातगोडा गले । उपचार गर्न नसकेपछि मरेका देवरलाई घाट त लानु प¥यो । तर, लाने कसरी ? देवर बिरामी भएपछि ज्यालादारी छुट्यो । ज्यालादारी छुटेपछि खानेकुरा र पैसा छुटे । पैसा छुटेपछि केले किन्नु कात्रो ?  
बैतडी सदरमुकाम शाहीलेक बजारमा घाट लान ‘चन्दा’ उठ्यो । जम्मा भयो, दुईहजार पाँचसय २५ रुपैयाँ ।  चन्दाले कात्रो किने । प्रेमलाई महाकाली किनारनजिक शेरामा सेलाए । र, दुनियाँबाट प्रेम विदा भए ।  सदरमुकामको बाडीलेक हलिया बस्तीको हलिया परिवारका अविवाहित ३९ वर्षीय प्रेम । बजारमा भारी बोक्थे । भारीले बोकेको पैसाले खाना खान्थे । रक्सी पनि खान्थे ।  

पृथ्वीनारायणले काठमाडौंमा किन बसाले मगरबस्ती ?

२०७६ पौष २६ शनिबार ०८:५०:००
कोतपर्वमा कप्तान रणध्वज रानाको पनि रगत बग्छ । राणाले ‘कप्तान राना सम्पत्ति’ हर्छ । कप्तानपत्नी बालबच्चा च्यापेर वनारसिन्छन् । वनारसमा दुःखजिलो गरी बालबच्चा पढलेख गराउँछिन् । कोतपर्व रगतबाट सिंहासित जंगबहादुर राणा बेलायत पुग्छन् । एकछत्र राजवाला जंगबहादुरलाई संसारै राज गर्ने अंग्रेजी आफ्ना शाखासन्तानलाई पढाउने तिर्खा लाग्छ । कुइरे मास्टर साथ लिई जंगबहादुर फर्कन्छन् । ‘सिओडब्लु काउ’ पढाउँछन् । तर, ‘काउ’ माने ‘गाई’ भन्ने बेलायती मास्टरलाई ‘थाहा मरु’ । जंगबहादुर राणा रन्थनिन्छन् ।