Tuesday, October 28, 2008

कमाण्डर र सहकमाण्डरको माछासँग घम्साघम्सी

तिहार मनाउन परिवर्तन बि्रगेडका कमाण्डर सूर्यले ल्याएका माछा मार्न डिभिजनका कमाण्डर प्रतीक्षा र मदनलाई बज्नु १२ बज्यो । पालेका माछा मार्नसमेत उनीहरुले उठाएका छटपटीले भन्थे -सेना र पुलिसका शिविरमा हमला गरेर जितेका कमाण्डर यिनै हुन् र जनमुक्ति सेनाका जवानका सहयोगमा पनि माछा मार्न उनीहरुलाई धेरै मुश्किलल पर् यो । सकमाण्डर मदनको माछाको धारले औला नै काट्यो ।सेना र पुलिससँग लड्नु र माछासँग लड्नुमा के धेरै फरक छ या भुले यी कमाण्डहरुले लडाइँका सीप दिउँसै लडेको कृष्णभीर कारबाहीका कमाण्डर हुन् प्रतीक्षा । त्यसैगरी धेरै कारबाहीमा भाग लिएका कमाण्डर हुन् मदन । सेना र पुलिस क्याम्पभन्दा पनि खतरा बलिाय के जातका थिए ती माछा सहकमाण्डर मदन भन्दैथिए -त्यो माछाको जात हो मङ्रा । जसले मासु मात्र खान्छ । कति बलियो माछा ! एउटा माछालाई अठ्याउन दुई कमाण्डरका साथमा छ सात जना जवान पनि लागे । दुई कमाण्डर मज्जाले माछा बनाउन कस्सिएको देखेर धेरै पोज त माछा काटेका फोटोमै खर्चिएँ ।तिहारको माछा बनाउन मात्र हो या सधैं खाना बनाउन यी कमाण्डरका जाँगर यस्तैगरी चल्छ हँ सहकमाण्डर मदन भन्दै थिए ुमाछा ल्याउनुस् न बनाइहाल्छौं नि ।ु दुई कमाण्डरले काटेको माछा साँझपख मज्जाले खाइयो । धन्यवाद। दुई कमाण्डरलाई पनि ।

जनमुक्ति सेनाको शिविरमा पहिलो दिन

नवलपरासीको झ्याल्टुङडाँडास्थि जनमुक्ति सेनाको चौथो डिभिजन मुख्यालय अस्थायी शिविरमा पुग्दा दिउँसाको १२ बज्दैथियो । काठमाडौंभन्दा धेरै गर्मी थियो । केही उत्सुकता र केही कौतुहलताबीच अरुणखोलामा ओर्लिएको केही समयपछि सुस्ताउने विचार गरें । शिविमा खाना खाइसकेका हुनाले मैले अरुणखोलामै खाने निर्णय गरें । खाएँ पनि । खाएपछि सम्पर्क गर्ने सोचेर सुभास होटलमा बसिरहेको बेला डिभिजन सहकमाण्डर मदनको फोन आयो । केही समयपछि उहाँ गाडी लिएर आउनुभयो । तिहार ओर्लिसकेको थियो । देउसीका मादल बजिरहेका थिए । शिविरमा आएपछि केही क्षण सुस्ताएँ । मदनको ल्यापटप देखेपछि ब्लग अपडेट गर्न मन लाग्यो । अपडेट गरे शिविरिमा आएको बारेमा । डिभिजन कमाण्डर यम अधिकारी प्रतीक्षासँग केही स्टोरीको बारेमा छलफल गरें । रोल्पाका धेरै साथहिरुसँग भेटघाट भयो । गाउँ नै पुगेजस्तो लाग्यो । रमाइलो त थियो नै । म पुगेको केही समयपछि नै भैलो खेल्ने केही समूह आए । तर गीत र नाचबिनाका । ससाना भाइबहिनीले मात्र नाच लिएका थिए त्यो पनि चल्तीका बजारु गीतको तालमा । जनवादी गीतको धुनमा झुम्दैआएका जनमुक्ति सेनाका शिविरमा बजारिया गीतको भैलो कस्तोकस्तो लाग्थ्यो । ीतहारको रमझम शिविरमा पसेको त्यसबेला भान भयो तब परिवर्तन बि्रगेड कमाण्डर सूर्यले एउटा बंगुर र माछा लिएर आए तिहारको कोसेली बोकेर । चौथो डिभिजनको सहायकशिविर रहेको परिवर्तन बि्रगेडले मज्जाले माछा पालन गरेको रहेछ । र बंगुर पनि पालेको रहेछ । मैले फोटो मज्जाले खिचें । मलाई दाङको सक्राममा रहेको पाँचौ डिभिजनको सहायक शिविरसँग धेरै कुरा मिल्थे । कारण भूगोल उस्तैउस्तै थियो । साँझ खसीको मासु र माछा खाइयो । खाने ठाउँमा टेबलल रहेनछ । सक्राममा भने बेन्च टेबल थिए । खाना खाएपछि मैले दिउँसो खिचेका फोटो देखाएँ रोल्पा जंकोट र रुकुम महतका भाइलाई पनि । भोलि बिहान कमाण्डरसँग गफ गर्ने कुरा भएको छ ।

जनमुक्ति सेनाको शिविरमा

यतिखेर म जनमुक्ति सेना चौथो डिभिजनको अस्थायी शिविर नवलपरासीको अरुणखोलास्थि झ्याल्टुङडाँडामा छु । एकखाले नयाँ र भिन्न अनुभूति भइरहेको छ । तिहारको विदामा केही समाचारको खोजमा आइपुगे पनि समाचार खोजिएलाजस्तो लागेन । काठमाडौभन्दा गर्मी छ । एकछिन त थकाइ मार्नैपर् यो ।

Monday, October 27, 2008

सम्झेर बगेको खोला

जीवनको कुनै याम थियो जुनबेला समाजका जम्मैचिज बदल्नुपर्छ भन्ठान्थें । लाग्थ्यो यो दुनियाँमा केही पनि छैन मैले काबुमा लिन नसक्ने । जीवनको ती याम सम्झेर उदेक लाग्छ । गीत गाउँदै रोल्पा रुकुमका डाँडाकाँडा घुमियो । संसार बदल्ने मज्जाको सपना उनियो । लाग्थ्यो बच्पनमा चन्द्रमा हातमा ल्याउने सपनाजस्तै आफू तन्नेरी भइसक्दासम्म त नेपालमा जनवाद आइहाल्ने छ । यी डाँडापाखाहरुमा नयाँ जीवन सिरुरुरुरुरुरुरुरुरुरुरुरु फल्नेछन् । जीवन पढ्दैजाँदा थाहा पाउँदै गइयो सम्झेजस्तो कहाँ रहेछ र जिन्दगानी । कहाँ रहेछ र सपनाहरु फुल्ने याम सोचेजस्तो । के त्यसो भए सबै खरानी भए होइन आशावादी छु अझै पनि कि कुनै याममा आउने छ नयाँ बिहान यो मुलुकमा । ठगिएका सारा नेपालीका सपनाको एउटा बिहान । तर मलाई त्यो दिन कति टाढा छ बच्पनमा जस्तो अल्लारेमा जस्तो त्यही पारि डाँडामा भने देखिरहेको छैन । बहुदल भर्खरै गाउँ पसेको ताका भैलो खेल्न जान्थें कहिले चुनवाङ कहिले पाछाबाङ त कहिले कुरेली । मेरा लागि तिहारका रमझम भनेको चन्द्रमा छुने गीतका उड्नु नाच्नु आफूभन्दा साना भाइबहिनीलाई नचाउनु गाउनु थिए । साँच्ची ती दिन कति मज्जाका थिए हँ मेरो छेवैमा बसेर बहराइनमा अलपत्र परेका ११५ जना नेपालीका बारेमा समाचार लेख्दैछन सहकर्मी खगेन्द्र पन्त । पछिल्लो कम्प्युटरमा प्रमिला देवकोटा आफ्नो ब्लग अपडेट गर्दैछन् । उपराष्टपतिको समाचार लेख्न मुड चलेन । आज पनि उसले फेरि भूमिका खोजेको कुरा दोहोर् याएको छ । औकातले नै उपराष्टपति नहुने मान्छेले अझ भारी खोज्नु कति तर्कसंगत होला कुन्नि लेखिन समाचार । तिहारको पूर्वसन्ध्यामा बैकलमा फालिएका उनै पुराना कुरा सम्झन मन लागेको छ । थाहा छैन किन हो कुन्नि सम्झेको बगेको खोला ।थाहा छैन यसपालिको तिहार कस्तो हुने हो जनमुक्ति सेनाको शिविरमा उताबाट आएपछि लेख्ने छु । तिहारको शुभकामना । अब हाम्रो भेट तिहारपछि ।

जनमुक्ति सेनाको शिविरमा तिहार

यसपालिको मेरो तिहार जनमुक्ति सेनाको अस्थायीशिविर, नवलपरासीको अरुणखोलामा बित्ने भएको छ । चौथो डिभिजनका सहकमाण्डर मदनले बोलाएका छन् । भोलि विहान जाँदैछु ।

सहोदर दिदीबहिनी नहुनेका लागि तिहार केही असहज हुँदोरहेछ । यो मेरो अनुभूति हो ।

बहिनी सीता पनि भोलि बुटवल जाँदैछे । तिहारबाहेकका दाजुबहिनीका पर्वका काठमाडौंमा नै बितेका छन् । सायद मैले तीस/चालीसजना दिदीबहिनीसँग टीका लगाएँहुँला, अहिलेसम्म ।

सहोदर दिदीबहिनी नभएपछि जहाँ जसलाई भेट्यो उनै मेरा दिदीबहिनी भएका छन् । लगातार दुई वर्ष टीकाराम उदासी र उदय जीएमका बहिनीहरुसँग लगाएँ । फेरि दोहोरिएको छैन । यो मेरो दुर्भाग्य हो ।

तिहारdf फेरि आमा रुनुहुनेछ, गाउँमा । छोरीबिनाका आमाका तिहार पनि कष्टकर हुँदोरहेछ । बरु दाजु र हामीहरुलाई त्यस्तो केही लाग्दैनथ्यो । तर, अन्य घरमा चेली तिहारमा आउँदा आमाका लागि ती पीडा हुन्छन् ।

जहिल्यै उहाँको गुनासो छ भगवान्प्रति -'म मर्नेबेला एक तुर्का आँसु चुहाइदिने छोरी पनि दिएनौ ।'

थाहा छैन, गाउँमा कस्तो हुने हो तिहार/दसै त गाउँमै थिएँ । तन्नेरीहरु कि अरबमा छन् । कि छन् कालापारमा कि त छन् जनमुक्ति सेनाका अस्थायीशिविरमा । गाउँमा बूढाबूढी र केटाकेटी मात्र छन् । थाहा छैन, अर्को तिहार गाउँमै हुन्छ या काठमाडौंमा?

सबैलाई तिहारको शुभकामना ।

Saturday, October 25, 2008

रोल्पाबाट फिरेपछि

लामो बसाइँपछि भर्खरै फर्केको छु रोल्पाबाट । दसैको अवसरमा बितेका रोल्पाको बसाइँ केही नयाँ केही भिन्न अनुभूति रह्यो । पुराना साथीहरु अनिता, निर्मला, जयन्द्रलगातका साथीहरुसँग भेट भयो । थुनिकोतको मेला गएँ । ठूलगोरीको मेला पनि गएँ । मलाई चाहिने फुटेज टन्न खिचें । सारंगी नाच र पैसरी नाच पनि मुभी क्यामेरामा कैद गरें ।

दाङ झरेपछि जनमुक्ति सेनाको अस्थायी शिविरमा पसियो, उदय जीएमसित । धमाका मच्चाउने खालको समाचार भने ल्याउन सकिएन । काठमाडौं फर्केपछि एउटा समाचार लेखें, जनमुक्ति सेनाको अस्थायी शिविरको बारेमा । छापियो बेलायतबाट निस्कने एभरेष्ट टाइम्समा । अरु केही गर्न सकिएन ।