Tuesday, March 31, 2009

६ गते चुनाव भएको त्रिभुवन विश्वविद्यालयको चुनावी परिणाम १८ गते मात्र आयो । क्रान्तिकारी जित्ने पक्कापक्की भएकाले होला चुनावस्थलमा क्रान्तिकारीका समर्थक मात्र थिए । उनीहरुले नेवारी बाजासहित नाचगान थालिरहेका थिए । एबीसी टेलिभिजनले लाइभ गरेको थियो ।
मतगणनास्थल शिक्षा विभागको अगाडि दिउँसो नै हिमाल शर्माकी पत्नी फूलमाला लिएर गएकी थिइन् । उनका साथमा अस्कलमा आइएस्सी दोस्रो वर्षमा पढ्ने सरल शिवपुरी उच्चमावि महाराजगंजमा १० कक्षामा पढ्ने सपना र सोही स्कुलमा सात ७ कक्षामा पढ्ने जटिल पनि माला लिएर पुगेका थिए ।
घोषणा गर्न ढिलो भएपछि सरल सपना र जटिललाई अबिर लगाइदिएका थिए ।
घोषणा सुन्न गएका विद्यार्थीमाझ सूर्खेतकी माया घर्तीमगरको विशेष चर्चा थियो । राम्री भएर भोट दिएको तन्नेरीहरु बताइरहेका थिए । नेविसंघबाट विजयी हुने एक मात्र सदस्य हुन् । यसैगरी सहसचिवमा विजयी हुने पि्रतम गुरुङलाई पनि फरासिलो भएकाले भोट दिएको बताउँदैथिए । दुवैजना जनजातिको भोट पाएर जितेको टिप्पणी थियो । घोषणा नभए पनि माया र पि्रतम नेविसंघबाट जित्ने गाइर्ंगुईं विद्यार्थीमाझ चलिरहेको थियो । क्रान्तिकारीका हार्ने सहसचिव मनोज यादव र सदस्य रामपुकार साह दुवै मधेसी मूलका थिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय एमाले अखिल शून्य भएको छ ।
सभापति हिमालले २७६९ र नेविसंघका अन्जान लामाले २२८७ र एमाले अखिलका विदुर सुब्बाले २०७८ मत लिए । सबैभन्दा मतान्तर सचिवमा मानुषी यमी भट्टराईको छ । उनका बाबा डा।बाबुराम भट्टराई सबैभन्दा बढ्ता मतान्तरमा जित्ने सभासद् हुन् । यमीले ३०६६ मत लिइन् भने उनका निकटतम प्रचितद्वन्दी नेविसंघका जीवलाल खरेलले २०८६ मात्र लिए ।
उपसभापति क्रान्तिकारीका रमेशकुमार दर्जी २४२७ सहसचि नेविसंघका पि्रतम गुरुङ २४०८ कोषाध्यक्ष क्रान्तिकारीकी दुर्गादेवी धामी २५३८ छन् । यसैगरी सदस्यमा क्रान्तिकारीका अनिल प्रसाई्र २३१० वसन्तकुमार मिश्र २३५१ ठाकुर गुरुङ २३९८ सुष्मा अधिकारी २३३१ मेनुका सुब्बा २६०४ सन्दीप अधिकारी २३८४ रत्नबहादुर बुढा २४३५ यमनाथ गिरी २३५० र इन्द्रबहादुर भण्डारी २३९२ छन् । नेविसंघबाट जित्ने माया घर्तीमगरले २३६८ मत लिएकी छन् ।
घोषणा हुँदा सात बज्न लागिसकेको थियो । पानी परिरहेको थियो । विजय जुलुस रातसँगै कीर्तिपुरको नयाँबजार उकालिदैथियो ।


गाउँदै नाच्दै क्रान्तिकारीकी नेतृ बिना मगरसरस्वती क्याम्पस सभापतिकी उम्मेदवार र माओवादी प्रवक्ता दिनानाथ शर्माकी छोरी







हिमाल शर्मापत्नी


हिमाल शर्माका छोरा सरल जटिल र छोरी सपना


जनसेनाका कमाण्डर पासाङपुत्र दीपेश पुन जो अस्कल क्याम्पसका निर्वाचित सदस्य हुन् र हिमाल शर्मा पुत्र सरल

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरकी सचिव मानुषी यमी भट्टराई। उनी मन्त्रीद्वय डा।बाबुराम भट्टराई र हिसिला यमीकी छोरी हुन्।




त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका सभापति हिमाल शर्मा। उनी क्रान्तिकारीका महासचिव पनि हुन्।

Saturday, March 28, 2009








आज प्रधानमन्त्री प्रचण्ड गए, नर्वे र फिनल्याण्ड । थाई एअरको ३१९ को विमानबाट अपरान्ह पाँच बजे उनी उडे । उनलाई विदा गर्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमदेखि नवनियुक्त महिला बालबालिका तथा समाजकल्याणमन्त्री रामचरण चौधरी पनि विमानस्थल पुगेका थिए। प्रधान सेनापति रुक्मांगद् कटवाल आधा घण्टाअघि नै विमानस्थल पुगेका थिए । विमास्थलमा प्रचण्डलाई विदा गर्न राजदूतहरु सरकारका सचिवहरु लगायत भर्खरै सर्वोच्चको आदेशले काममा फर्किएका आठ जर्नेल पनि पुगेका थिए।

Monday, March 16, 2009

भोट माग्दै अर्थमन्त्री डा.भट्टराईकी छोरी मानुषी , मानुषी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सचिवकी उम्मेदवार हुन्

माफ गर्नुस्

नयाँ पत्रिका छाडेदेखि ब्लग अपडेट गर्न सकेको छैन । कता कता के नपुगेजस्तो न कस्तो कस्तो लागिरहेको छ । न मैले कथा लेखेको छु न त निबन्ध नै । यसबीचमा साथीहरुका किताबचािहं हेरेँ । तर, ज्यान लगाएर हेर्न भ्याइएन ।
नियमीत गर्ने सोंचमा छु । तर, नियमीत गर्नलाई साधनको पनि त आवश्यक पर्दोरहेछ । साधन किन्नका लागि जोहो गर्न थालेको पनि जुग बित्यो । मोबाइल सेट किन्न रिन लिएको साथीलाई पैसा फिर्ता गर्न सकेको छैन । अनिता ! नआत्तिनु ल ।
पैसासँगै समय व्यवस्थापन ठूलो रहेछ । फुस्रद नहुने त कहाँ हो र ? त्यसलाई व्यवस्थापन गर्न सकेको छैन ।
सम्झन्छु, नयाँ पत्रिकामा छँदा राति समाचार लेखे पुग्थ्यो । दिनभर डुल्न पुग्थ्यो । अहिले ? दैनिकी डटकमको अनलाइनमा त्यो अवसर छैन ।
पत्रिका निस्केपछि अलि हल्का होला । यसै सोचेको छु ।
समय भएन भनेर गुनासो गर्नु भन्दा पनि आफूले समय व्यवस्थापन गर्न नसकेको आफैलाई थाहा छ ।
दैनिकीमा आएपछि पनि जनमुक्ति सेनाको क्याम्प पुगें । नवलपरासीस्थित हात्तीखोर पुगेँ । तनहुँस्थित छिम्केश्वरी महोत्सवमा गएँ । शिविर र तनहुँका अनुभूतिलाई लिपिबद्ध गर्नु छ । बाँकी नै छ ।
केही सम्झना बाँकी छन् । तिनलाई उन्नु छ ।
आदरणीय पाठक ! मलाई माफ गर्नुस् ।