Saturday, October 31, 2009

माओवादीले भुल्यो लालसलाम


नेपाल संवत्को अवसरमा कार्तिक १३ गते माओवादी ललितपुरले आयेाजना गरेको चियापानमा कार्यकर्ताको लालसलाम फर्काउँदै अध्यक्ष प्रचण्ड

कुनै याम थियो, सनासोले चेपेजसरी हात मिलाएपछि अनचिनार मान्छेलाई पनि सहजै चिन्थे,'माओवादी विचार बोकेको मान्छे रहेछ।' संकटकालमा हात मिलाउँदा पनि तौलेर गर्नुपरेको माओवादी, शुभचिन्तकले भन्थे। उनीहरु यसरी हात मिलाउनुलाई 'वर्गीय माया' र 'आत्मीयता'सँग जोडेर व्याख्या गर्थे।

पार्टी अध्यक्षले शुभचिन्तक र तल्लो तहका कार्यकर्तासँग पनि मज्जाले हात मिलाउँथे। फलस्वरुप नेतृत्व र आफूहरुबीच 'सारो सीमारेखा नभएको' अनुभूत गर्थे। र, युद्धकालमा जस्तोसुकै बलिदान गर्न र नेतृत्वको रक्षा गर्न तयार हुन्थे।

Friday, October 30, 2009

झुमे प्रचण्ड


'कहाँ भेटिएला'की हिरोनी श्वेता खड्का

राजनीतिक\सांस्कृतिक रुपान्तरणका लागि जनयुद्धको नेतृत्व गरेको दल, माओवादी। र, त्यसका अध्यक्ष प्रचण्ड। प्रचण्डसहित पत्नी सीता, सभासद्पुत्री रेणु, पुत्र प्रकाश, नातिनी(कान्छी गंगापुत्री) स्मीता प्रधान . र, भतिज समीर।

साथमा माओवादी महासचिव वादल। सुदूरपश्चिमका दर्जनांै माओवादी नेता र सभासद् । जनयुद्ध थालनीको पूर्व सन्ध्यामा रोल्पा रुकुममा चलाइएको 'सिज मितेरी अभियानुमा'समाज बदल्ने' भन्दै सुरिएर क्रान्तिकारी गीतको तालमा छमछमी नाच्ने तारा घर्ती(अहिले सभासद्।) क्रान्तिकारी लेखकदम्पति सुधा त्रिपाठी र रमेश भट्टराई।

बुधबार काठमाडौंस्थित एकेडेमीको हलमा श्वेता खड्का र बबि तामाङको पश्चिमा शैलीको 'उग्रु नृत्य' र रामकृष्ण ढकालहरुको(माओवादीको शव्दमा 'घोर प्रतिकि्रयावादी') गीतमा झुम्नु झुमे।

'समाज रुपान्तरणका लागि क्रान्तिको गीत गाउँदागाउँदै मारिएका चुनू गुरुङ, मस्त विष्ट, शारदा श्रेष्ठ, डीबी थापा र गाउँदागाउँदै बिकलांग भएका माइला लामाहरुको बलिदान बालुवामा खन्याएको पानी हो ?'

'यै हो हामीले गर्न खोजेको सांस्कृतिक रुपान्तरणु ?'

'यतिमै भुल्नु थियो त किन कार्यकर्तालाई रणभुल्ल पारेको ?'

उत्तेजक नृत्य र दारु खाएर हेर्ने गीतमा जति झुम्दैगए उति नै प्रश्नले अध्यक्ष प्रचण्ड र महासचिव बादललाई घेरे।

'फर्कनु नै रहेछ त रामकृष्ण ढकालकै गीत र बबि तामाङको नृत्यमा, किन एमालेलाई सत्तोसराप हाल्छौं ?' जति बबि तामाङ पश्चिमा शैलीमा फन्कदैथिइन् उति हुल बाँधेर आएका प्रश्नका गति 'भैसीलाई मुरली'को ताल हु्ँदैगयो, 'घुम्दै फिर्दै रुम्जाटारै रहेछ त किन यति सारो बजाउँछां ?' सांस्कृतिक रुपान्तरणको बाजा ?'

समाज बदल्ने भनेर जिन्दगी नै बगर बनाएका विचरा खुसीराम पाखि्रन, जेबी टुहुरे, रामेश, रायन, रामकृष्ण दुवाल, जीवन शर्माहरु कुन कुनामा गुमनाम थिए, त्यतिखेर ? रामजाने।

कार्यक्रम थियो, सुदूरपश्चिम बाढीपीडित सहयोग अभियानको। संयोजक थिए, पूर्व श्रममन्त्री एवं माओवादी पोलिट्ब्युरो सदस्य लेखराज भट्ट। कार्यक्रम थियो, बाढीले आफन्त गुमाएका सम्पत्ति गुमाएकालाई सहयोग गर्ने। तर, नृत्य र गीत थिए दारु खाएर डकार्दै हेर्ने। र, छेर्ने।

कत्रो विरोधाभास!

रामकृष्ण ढकालको गीत थामिएपछि आइपुगिन्, अध्यक्ष प्रचण्डकी नातिनी स्मीता प्रधान। उनी अध्यक्षकी कान्छीपुत्री गंगाकी पुत्री x'न्। उनले गाइन् दुईवटा गीत। गीत थियो जागरण। तर, र् याप मिसिएको। संगीत रहेछ, चेतन सापकोटाको।

'अध्यक्ष प्रचण्डले भनेको 'फ्युजन' यै गीतजस्तै हो कि क्या हो ?' छेवैमा बसेका क्रान्तिकारी पत्रकार र अघिल्तिर बसेका एक माओवादी कलाकारले कानेखुसी गरे।


प्रचण्डनातिनी स्मीता प्रधान

जतिजति उनीहरुका पश्चिमा शैलीका नाच र पंचायतकालीन गीत बज्दैगए उति उति स्कुले झोला थन्काएर सांस्कृतिक रुपान्तरणका लागि होमिएका गाउँका अबोध कलाकार आँखामा आए। जनयुद्धकाल र चुनावमा भोट माग्न िहंडेका र अचेल न यता न उता भई विचल्ली भएका कलाकार झंकार मगर कोपिला बुढा उषा बोहराहरु आँखामा आए। छोराछोरीलाई स्कुल पठाउन नसकेर एक छाक पेट भर्न र परिवारको आङ ढाक्न के गर्ने होला भनेर माडीखोलाको दोभानमा दोमनदोमन उभिएका माओवादीका लाखौं लाख जनकलाकार आँखामा उभिए।

'अब के होला तिनका भविष्य सबै रामकृष्ण ढकालमा परिणत भए ?' कल्पना पनि गर्न नसकी उकुसमुकुसिएर मान्छेहरु हलबाट बाहिरिन थाले।



Thursday, October 29, 2009

गाउँको तिर्खा


१० कार्तिक। रातको सवा दस बजे। बुद्धनगर। भर्खरै फर्केको छु, अफिसबाट।

रुकुम चुनबाङबाट आजै आइपुगेको रहेछ, उमाकान्ते। खानासाना खाएर विमले र ऊ गफमा मस्त रहेछन्।

सिङ पुच्छर उमारेको खाना हसुरेर भान्छा कोठाबाट अर्को कोठामा आएँ। सोधेँ, गाउँघर र यसपालिको दसै तिहारको बारेमा।

मुखले भन्नुभन्दा भिडियो प्रभावकारी ठानेछ, सायद। खासा मोबाइलमा भिडियो 'अन्' गरेर हात पार् यो। र, भन्यो, 'यै हो गाउँको दसैतिहार।'

एक हुल चुनबाङ्गी। दमाहा, दौरी, मादल, झ्याली र मुरलीको तालमा पैसरी नाचिरहेछन्। बेलाबेलामा कल हाल्छन्, 'नक्कले बाबु उर्जा' 'खोरे बल्द लोटी मर् यो पुच्छर जिउँदैछ ह…' गला नै छिनियोजसरी लामो न लामो 'बगाले स्वरुमा' कल हाले।

अघिअघि पाकाहरु ज्यानमा सानो हड्डी पनि छैनजसरी लच्केर नाच्दैछन्। पछिपछि 'उँधो खोला बगाएर उँभो खोला खोज्ने'जस्ता ठिटाहरु पाइन्ट झुण्ड्याएsf. सुकेका काठलाई हावाले जबर्जस्ती घरी यता घरी उता हल्लाएजसरी अल्छि मानेर हल्लिरहेछन्। कसैका कानमा कुन्डल छन् त कसैका आँखाको छेवैमा। कोहीका कपाल चीनतिर फर्केका छन् कोहीका भारततिर। तिनका कपालका रङ पनि भाँतीभाँतीका।

Sunday, October 25, 2009

छापामार पुत्र


शिविर बाहिर बसेका आमा जनसेना आफ्ना बच्चासहित तिहार मनाउन शिविरमा आएका थिए। कति युद्धकालमा र कति शिविरमा बसेपछि जन्मेका बालबालिका कोही स्कुले उमेरका थिए त कोही स्कुल जाने तर्खरका।

उनीहरुका जीवनशैलीमा छापामार बाबाआमाका प्रत्यक्ष प्रभाव देखिन्थ्यो। जस्तो आबामाका सैन्य पोसाक लगाउँदा रमाउँथे। सर्ट र पाइन्ट जिउमा फिट नभए पनि टोपी मात्र लगाएर भए पनि कहिले यता दगुर्थे कहिले उता। 'दुश्मनसितको लडाइँ' भन्दै एकअर्काबीच लखेटालखेट गर्थे।

बाबा जनसेनाको टोपी लगाएका यी छापामारपुत्र हुन् रेशम बुढामगर। उनी पाइलट बन्न चाहन्छन्। रोल्पा इरिबाङ घर भएका पोष्टबहादुर बुढा रणदीप र पाछाबाङकी विमलाका छोरा हुन् रेशम। रणदीप हात्तीखोरस्थित परिवर्तन स्मृति बि्रगेडका सहकमाण्डर हुन् भने विमला झ्ल्टुङडाँडास्थित चौथो डिभिजन मुख्यालयमा कार्यरत। रेशम युद्धकालको अन्ततिर जन्मेका थिए। उनका मिल्ने साथी नवीन शाही दैलेखका हुन्। उनका बाबा हिमाल परिवर्तन स्मृति बि्रगेडमै बटालियन सहकमाण्डर छन्।