Saturday, November 28, 2009

एक बेखवर साथीको यादमा



धेरै भयो, ऊ बेखवर छ।

कहाँ छ ? थाहा छैन।

संचो छ कि बेसंचो? त्यो पनि थाहा छैन।

किन बेखवर छ ? त्यो पनि थाहा छैन।

Wednesday, November 18, 2009

करिमा तर्क


प्रधानमन्त्री कार्यालयबाट निस्केपछि पत्रकारसित आफ्नो गल्ती ढाक्ने तर्कशास्त्र सुनाउँदै कृषि राज्यमन्त्री करिमा


बुधबार तीन दलको बैठक थियो, प्रधानमन्त्री कार्यालयमा। चार बजे मन्त्रिपरिषद्को बैठक तय भएको थियो। तीन बजेपछि नै मन्त्रीहरुको घुइँचो लाग्दैथियो।

पत्रकारहरुबीच कुराकानी चल्दैथियो, 'राखौं, मन्त्री चिनां, प्रतियोगिता। कसले धेरै चिन्दोरहेछ।'

झण्डा हल्लाउँदै गाडी आउँथे। र, दुलोबाट मुसो निस्केजसरी फुट्ट निस्कन्थे। तर, को मन्त्री ? चिनिए पो। एकअर्कामा सोधासोध गर्दैथियौं। तर, चिने पो?

आफ्नै देशका मन्त्री पत्रकारले चिन्न नसकेर बक्क पथ्यौ।

चार/पाँच किस्तामा विस्तार भएको छ, मन्त्रिमण्डल। देउवा मन्त्रिमण्डलपछि नेपालको यो नै दोस्रो ठूलो मन्त्रिमण्डल हो। देउवाकालमा ४८ मन्त्री थिए भने अहिले माकुनेकालमा ४५।

प्रधानमन्त्री नै चुनाव हारेका परेपछि मन्त्रीहरु त पर्नु स्वाभाविकै हो। तर, मन्त्रीका अनुहारसमेत अपरिचित हुनु अर्को विडम्बना छ।

गफ चलिरहेको बेला नयाँ र चिल्लो गाडी आयो। झण्डावाल। को रहेछ?

हामीबीच चलेको हल्लाकै बीचमा गाडीबाट निस्किइन्, करिमा बेगम। अघिल्लो साता मात्र पसा्रका सिडीओ दुर्गाप्रसाद भण्डारीलाई चड्कन हानेकी थिइन्। करिमा चर्चा तातै छ।

क्याबिनेट मन्त्री त आउँछन् नै, यी माइजू किन आइन्? यी त राज्यमन्त्री हुन्। सबै मुखामुख गरे। पक्राउ गरिएको छैन। माधव नेपालले माफी मगाउने हल्ला चलेको थियो। माफी मगाउन हो कि भन्ने लाग्यो। सरकार ढल्ने डरले प्रधानमन्त्रीले त्यसो भन्लान् भन्ने पनि ठेगान भएन।

करिब आधा घण्टापछि निस्किइन्, करिमा। घेरे पत्रकारले।

'कहिले हो राजिनामा दिने, मन्त्रीज्यू?'

'मैले किन दिने, राजिनामा? मैले के गरेछु?'

'सिडीओलाई कुटेकाले'

'मैले कहाँ सिडीओलाई कुटेछु? दुर्गाको अहंकारलाई कुटेछ।'

'किन आउनुभयो त?'

'प्रधानमन्त्री विरामी भएको सुनेँ। उहाँलाई भेट्न।'

आफूले कुनै पनि गल्ती नगरेको उनको तर्क कायम नै थियो। गाडीमा चढिन्। झ्याल खोलिन्। र, हात हल्लाउँदै लागिन्।

पसा्रबाट जित्नेबित्तिकै नयाँ पत्रिकाको शनिबारे 'झन् नयाँ'मा कभर स्टोरी गरेको थिएँ, 'करिमाको करिष्मा' भनेर। धेरैले मन पराएको स्टोरी थियो, त्यो।

सात कक्षा मात्र पढेकी एक मुश्लिम महिलाको तर्क सुनेर प्रभावित भएको थिएँ। ध्र्मभीरु मुश्लिम समाजबाट एउटी चेली यसरी वीरगाजजस्तो ठाउँबाट जित्नु चानचुने थिएन। फोरमको हावा लागेको बेला पात पितंगरले जिते भन्नु अर्कै कुरा थियो।

फोरम फुट्यो। उनी लागिन् विजय गच्छेदारतिर। दोस्रो/तेस्रो पटकको विस्तारमा पनि मन्त्री नबनाएपछि उनले गच्छेदारलाई भनिन्, 'तेरो अर्को आँखा पनि फुटाइदिन्छु।' विराटनगरमा एउटा आँखा अखिलले फुटाइदिएका थिए।
त्यसपछि? अर्कोपालिको विस्तारमा करिमा परिन्। भइन् कृषि राज्यमन्त्री। केही साताअघि मात्र खेलकुद सहायकमन्त्री चन्दा चौधरीले थोत्रो गाडी दिएको भन्दै शिसा फुटाएकी थिइन्।


करिमाले सिडीओ कुटेपछि उनका बारेमा थुप्रै कुरा थपिए। सचारमाध्यममा नकारात्मक चर्चा चुलियो। उनले कुट्दा भएको गल्ती भन्दा पनि चरित्रसित जोडेर बढ्ता हल्ला चल्यो।

एक मुश्लिम महिला र मधेसका मान्छेलाई हेर्ने भण्डारीका आँखामा खोट थिएन होला भन्न सकिदैन। पहाडीया र बाहुन आँखाले उनलाई हेप्न खोजेन भन्न सकिन्न।
हात हाल्नु करिमाको गल्ती हो। करिमाको गल्ती अक्षम्य छ। क्षमा मागेर मात्र हुन्न। कारबाही नै गर्नुपर्छ। तर त्यसको पछाडिको कारण पनि खोज्न जरुरी छ।

गल्ती गरेपछि त्यसलाई ढाक्न उनले जे तर्क गरिरहेकी छन् ती तर्क बेजोड छन्। तर्कशास्त्रका विद्यार्थीले उनीबाट सिक्न जरुरी छ। मुश्लिम समुदायबाट आएकी एउटी महिला यति तर्कशील हुनु के चानचुने


Friday, November 13, 2009

सिंहदरवार ठप्प




प्रचण्ड, पत्नी सीता, छोरी गंगा, नातिनी स्मीता र महासचिव वादल

दोस्रो चरणको आन्दोलन। अन्तिम दुई दिन माओवादीले लाखौं जनतासाथ िसंहदरवार घेर् यो।
पहिलो दिन २६ गते।
पाँच बजे नै कर्मचारीलाई कार्यालय आउन सरकारी उर्दी थियो। एकाविहानै पाँच मन्त्री छिरे। सुरक्षा प्रमुख छिरे। सचिवहरु छिरे। तर, कुनै पनि सेवाग्राही छिर्न पाएनन्। मन्त्रीहरु दिनभर िसंहरदरवारमै थुनिए। आठ बजेदेखि कार्यालय समयभर घेराउका कारण कोही पनि भित्र छिर्न पाएनन्।

Tuesday, November 10, 2009

हटारुको नाउँमा


साथीहरुले भने, 'के हो यार, ब्लगको नाम पनि 'हटारु!'सबैले बुझ्नेखाले पो हुनुपर्छ.'
यसो गमें.स्वाभाविक लाग्यो, प्रतिकि्रया ।
जायजै लाग्यो, नजानेको नामप्रतिको असमहमति ।
उनीहरुको तर्क थियो, 'कतै क्लिक गनेृ्रबित्तिकै खुल्नेखाले हुनुपर्छ, ब्लगको नाम।'
अस्वाभाविक थिएनन्, गुनासा ।
के यी गुनासा सोह्र्रैआना सही हुन्?
जायज थिए.
खेतीपाति सकाइवरी भीरमा खरघुर्रो काटेर मान्छेकd लर्को लाग्थ्यो -घोराहीमा नुन बोक्न जानेको । एकजना प्रत्येक घरबाट जान्थे । १५/२० दिन खाने खाजा र पिठोका साथ उनीहरुको लर्को छुटेपछि गाउँ सुनसान हुन्थ्यो । उनीहरुले परिवारका लागि वर्षदिन पुग्ने नुन बोकेर आउँथे ।
बाबाको पालासम्म नुन बोक्न कोइलाबास या नेपालगाज या बुटवल जान्थे रे । डेढ महिना लगाएर नुन बोकL आउँथे रे । रापती तर्दा कहिले त नुनको भारी नै बग्थे।
प्रत्येक घरबाट भारे डोको, त्यसमाथि मसिनो डोरीको जाली बुनिएको खकन्ना लगाएर तयार हुन्थे । भन्थे -'हटारु जान लागे है ! आइजौ विदावारी गर्न जाम ।' प्रत्येक घरबाट दही र अक्षताको टीका लगाएर विदा गर्थे । पहिलोपालि हाट जानेलाई परिवारका सदस्यलाई मारीमारी सम्झाउँथे, 'दायाबाया नगरेस् है । हर्दा पनि तेरो त नाम्रो रंगढंग छैन ।' जानेहरुमा सबैभन्दा पाकालाई भन्थे, 'नाम्रोसत बगाल लाइदिए है, यो लखेलाई ।'
नुनको भारी र नयाँ लुगा लिएर आउँथे ।

Thursday, November 5, 2009

The Last Laugh





The Last Laugh
I made hay while the sun shone
My work sold
Now, if the harvest is over
And the world cold
Give me the bounce of laughter
As I lose hold
(The Last Laugh by John Benjamin)
अमेरिकी पेन्टर सिलिया वािसंगटनको चित्र। छेवैमा कागजमा लेखेर टाँसिएको छ, कवितांशसहित पेन्टिङको व्याख्या। व्याख्यापछि थाहा पाएँ, चित्र रहेछ सेप्टेम्बर ११ को घटनामा आधारित। 'व्याख्या' नदेखेको भए त्यै पनि थाहा नपाउने रहेछु। उनकैको अर्को चित्र 'ब्रोकन डि्रम्स' पनि त्यसैमा आधारित रहेछ।

बबरमहलस्थित आर्ट ग्यालरी। महिलाका बारेमा बनाइएका पेन्टिङ। केही फोटो। र, केही सामान नै जस्ताको तस्तै राखिएका छन्। अस्मिना रिाजतले टिकुली र चुराको नाउ बनाइकी छन्। काठमा छ टिकुली। र, पर्दाजस्तो बनाइएको छ, चुरैचुराको। यो पेन्टिङ नभई, रहेछ चुरा र टिकुलीले बनाइएको नाउ। भन्न खोजेको बुझिनँ। बोरामा माटो। र, बोरा खोपेर रोपिएको जौ। उम्रेको छ बोरैभरि जमरा। यसैगरी खाने तेल वा मट्टितेलको डिलर भएको दुकानमा तेल भर्ने पाउ, आधा लिटर, एक गदैै्र पाँच लिटरसम्मका भाँडा। त्यसैमा लेखिएको छ, अंग्रेजीमा। के लेखिएको छ कुन्नि? पढिएन। ती भाडाको शीर्षक दिइएको छ, विधवा।

बक्क परेँ कसरी हुनगयो यी भाँडा, विधवा शीर्षकमा?

चित्रसँग चिनजान छैन। सायद नजिकिने कोशिस पनि भएन क्यार। हाइस्कुलसम्म विज्ञान विषयमा चित्र बनाउनुपथ्र्यो । मलाई चरा, रुख, घर र मान्छेको चित्रबाहेक अरु बनाउन आएन। वातारवरण नभएर पनि होला, बनाउने जाँगर पनि चलाइनँ।

जिन्दगीमा पनि मैले एउटा चित्र बनाएँ, पानी कलरमा। जुन एक महिला चित्र थियो, पछिल्तिर कपाल फिजेकी। खुबै राम्रो लाग्यो। कुरा हो, स्नातकमा पढ्ने बेला, घोराहीमा। के जङ चलेर बनाएँ? थाहा छैन। सायद डेरामा मेरो भतिज विमले र गोपालले चित्र बनाउँथे। यसैको प्रभाव थियो कि? मैले उनीहरुले प्रयोग गर्ने रङ प्रयोग गरेर बनाएको थिएँ।

'ल हेर, मैले पनि चित्र बनाएँ। आफूले मात्र जानेको भन्ठान्छस्?' स्वयम्वर हाङलाई देखाएँ।
हाँस्यो। र, भन्यो, 'पहिले चित्रबारे बुझ्। त्यसपछि बनाउने।' खिसि्रक्क भएँ।


हाइस्कुल पढ्ने बेला। कुनै याम थियो। चुनबाङमा साइनबोर्ड र ब्यानर लेख्ने मेरो ठेक्का थियो। साइनबोर्ड लेख्नेमात्र कहाँ हो र? हिमालसिमालको चित्र पनि बनाइदिन्थेँ। सायद अझै पनि खुइलिएका दुईचार साइनबोर्ड होलान्, मैले लेखेका सानीगार्ड र चुनबाङमा।

एउटा याम। भर्खरै हिरासतमुक्त भएको थिएँ। कुरा २०६०को। कसैले मेरो नाम सिफारिस गरेछ। अस्मिना रिाजतको सूत्र भन्ने चित्रकारितासम्बन्धि संस्थाले ओशो तपोवनमा लग्यो। जहाँ चित्र संगीत र लेखन गरी तीन क्षेत्रका तीन पुस्ताको जमघट रहेछ। पाँचदिने शिविरमा बाजे छोरा र नाति पुस्ताका बसे।

भाँतीभाँतीका अनुहारका क्यान्भास। चित्रकारहरु लहरै लागेर दिनभर चित्र बनाए। त्यहाँ कोही पनि थिएनन् काठमाडौंबाहिरका, बात्सायनबाहेक। थाहा पाएँ, चित्रकारिता काठमाडौंका सम्भ्रान्त परिवारबाट मात्र सम्भव छ। चित्रका लागि चाहिने सामग्री र माहौल गाउँको सामान्य परिवारको लागि सम्भव नै छैन। कोही अपवादबाहेक।

चित्रसित हिमचिम नभए पनि चित्रकारसित ठीकै थियो। रोल्पा थबाङको स्वयंवर हाङ(नारायण बुढामगर)ले चित्र बनाउँछ। रोल्पा पढेर होइन बुढानिलकण्ठ बोर्डिङ पढ्दाखेरि सिकेछ।। मूर्तबाहेक उसले बनाएका कुनै पनि चित्रसित चिनजान हुन सकेन। अर्धअमूर्तलाई 'हो कि हो कि' भनेर अथ्र्याउनेसम्म मात्र हो। कसैले यस्तो उस्तो भनेर अथ्र्याइदिएपछि 'हो कि' जस्तो लाग्छ।

एकचोटि सुशील गौतमको किताब चर्किएको जून नामक किताबको कभर बनाइदिएछ, स्वयम्वरले। कलमको टुप्पोले जून छुन खोजेजस्तो बनाएछ। बूढाको के जङ चलेछ कुन्नि? जूनलाई टुप्पो छुवाएर किताब छापेछन्।

साँच्ची चित्र नबुझ्ने मान्छे नै हुँ कि म पनि? जस्तो लाग्छ।

अँ, भित्तामा चित्र छन्। हेरियो मात्र। बुझिाएन। बुझ्ने कष्ट पनि गरिएन।

फोटो। हेर्दैजाँदा फोटो पनि भेटिए।

बेरुतका सहिदका फोटो छन्। फोटोहरुको शीर्षs दिइएको छ, सहिद।

एउटा फोटो। त्यसको छेवैमा एक महिला बसेर यसो नियालिरहेकी।

अर्को फोटो- भग्नावेश। त्यही बसेर दुध चुसाइरहेकी एउटी महिला।

अर्को फोटो- टाँसिएको छ भित्तामा। एक महिला फोटो हेरिहरहिछ, पर्पुरोमा हात राखेर।

अर्को फोटो। अफगानी महिला। हातमा हतियार लिएर उभिएका छन्। उनीहरुका अनुहारमा बुर्का छैन। सारीजस्तो उनीहरुको परम्परागत पहिरन। कोही रगीन छन् कोहीका सेता लुगा।


यसै चित्र हेर्ने उसै चित्र हेर्ने भनेर छिरेँ, सिद्धार्थ आर्ट ग्यालरीमा। छिर्नेबित्तिकै भेटियो -कोक समातेकी मोनालिसा। लेखिएको छ मोनालिसा एक। अर्को छ, हाँसेको मोनालिसा। लेखिएको छ, मोनालिसा दुई।

चित्र सर्वसधारणले बुझ्ने हुँदैन? अमूर्त बनाए मात्र अब्बल हुन्छ? गाँठवालाको मात्र चिधकारिता ठेक्क हो? प्रश्न अनुत्तरित। सीप भएर मात्र पनि नहुनेरहेछ चित्रमा। कुनै याममा स्वयम्वर काठमाडौं आयो, 'करिअर बनाउन।' राजधानीमा टिक्न सकेन।


एक ठाउँमा चित्र बनाउने काममा लागेको पनि थियो। पैसा नदिएपछि भनेछ, 'तँलाइ पैसा पनि माग्दिनँ काम पनि गर्दिनँ।' चित्रले खान दिएन भनेर वाइरिङ गर्दैथियो। केही महिना गंगोबुमा रहेको आफन्तको साइबरमा काम गर् यो। अरब जाने तयारीमा छ भन्ने सुनेको थिएँ।

कहाँ छ? बेखवर छ। ऊ सकेसम्म मबाट बेखवर बस्न चाहन्छ। कारण? भन्छ, 'रक्सी र चुरोट नखा भनेर भन्ने तेरो कचकच सुन्न चाहन्नँ।' जहिल्यै भन्छ, 'म किन रक्सी खान्छु? तँ बुझ्दैनस्। मान्छे किन रक्सी खान्छ? के हो जीवन तैले बुझेको पनि छैनस्। त्यसैले तँ लेखक पनि बन्न सक्तैनस्।'

उसले म लेखक बन्न नसक्ने ठोकुवा नै गरेको छ।

नबुझिने चित्रसँग भएका भेटैपिच्छे आँखामै उभियो, स्वयम्वर।

'नबुझिने नै सही। म एकजनाले नबुझदैमा के फार्रिन्छ र? कहिले यस्तै भित्तामा झुण्डिएका स्वयम्वरको चित्र हेर्न पाइएला बबरमहलमा, सिद्धार्थ आर्ट ग्यालरीमा?' प्रश्न उभिइरह्यो ऊसँगै।

झुण्डिएका चित्रहरु अमेरिका, भारत, श्रीलंका र नेपालका उनै नाम चलेका गन्यमान्य चित्रकारका मात्र छन्।

'स्वयम्वरको कहिले होला यसरी प्रदर्शनी? नबुझे पनि मेरो गाउँको कलाकारको भनेर कहिले भन्न पाउँला मैले?'

ग्यालरीबाट बाहिरिए पनि अझै गनगन गरिरहेछ, यो अनुत्तरित प्रश्नले।





Wednesday, November 4, 2009

अनिश्चित पर्खाई

कार्तिक १७ अर्थात् नोभेम्बर ३ । हेरिरहेछु, आइबीएन७ च्यानल । मोटो किताब टिभीमा देखाउँछ । कभरमा इन्दीरा गान्धीको फोटोमाथि लेखिएको छ, ‘१९८४ ।’
अँ, एक केटी छ, स्टुडियोमा कार्यक्रम संचालिका । छेउमा बसिरहेका छन्, अधबैसे शिख महिला ।  
संचालिका अक्क न बक्क परेकी छ । बक फुटेकै छैन सोध्नलाई ।
‘त्यसदिन कस्तो थियो ? के भयो ?’ मुश्किलले सोध्छे ।
अधबैशे र बूढी महिला बोल्दैजान्छन् । बोल्दाबोल्दै थामिन्छन् । र, घटना सुनाउन आँसुबाहेक अरु बचेको छैन । तर चाहिएको छ, बोली । कार्यक्रम संचालिकाले गर्नुपर्ने हो, प्रश्न । प्रश्नकर्ता आफै भक्कानिएर डाको छाड्छेजस्तो छ । उसेको अनुहारले भन्छ, थाम्न १२ बजेको छ ।