Sunday, September 30, 2012

'लडाकुको पक्षबाट हेर्दा त विघटन जस्तै भो'

शान्ति प्रक्रियाको महत्त्वपूर्ण कडीको रूपमा रहेको माओवादी सेनाका लडाकु र हतियारको व्यवस्थापन लगभग टुंगोमा पुगेको छ ।

अधिकृत मुनिकै सबै परीक्षा उत्तीर्ण गरेका १ हजार ३ सय ८४ लडाकुले नेपाली सेनाको चलानीपत्र बुझिसकेका छन्, जो आगामी मंसिरदेखि सेनाले तोकेका विभिन्न ७ वटा तालिम केन्द्रमा उपस्थित हुनेछन् ।

अधिकृत तहको परीक्षामा सहभागी ७५ जनाको अन्तिम नतिजा सार्वजनिक हुने क्रममा छ । करिव ५ वर्ष लामो संख्या विवादपछि २०६८ कात्तिक १५ गते शान्ति प्रक्रिया लगायत विभिन्न विषयमा प्रमुख दलहरूबीच साँतबुदे सहमति भएको थियो ।

Saturday, September 29, 2012

एक मिनेट मौनधारण

स्व.स्वप्निल स्मृति
संसारको सबैभन्दा सरल काम
ज्ञात/अज्ञात सहिदहरुप्रति 
एक मिनेट मौन धारण गर्नु हो
सभा, सेमिनार या पोलिट्ब्युरोहरुमा
या राष्ट्रिय दिवसमा
स्वयं हत्याराहरु 
सहिदहरुको श्रद्धाञ्जलीमा मौनधारण गरिरहेछन् ।

समायोजन प्रक्रियाका आधा दशक

Saroj Raj Adhikari -शान्ति प्रक्रियाको महत्त्वपूर्ण कडीको रूपमा रहेको माओवादी सेनाका लडाकु र हतियारको व्यवस्थापन लगभग टुंगोमा पुगेको छ । अधिकृत मुनिकै सबै परीक्षा उत्तीर्ण गरेका १ हजार ३ सय ८४ लडाकुले नेपाली सेनाको चलानीपत्र बुझिसकेका छन्, जो आगामी मंसिरदेखि सेनाले तोकेका विभिन्न ७ वटा तालिम केन्द्रमा उपस्थित हुनेछन् । अधिकृत तहको परीक्षामा सहभागी ७५ जनाको अन्तिम नतिजा सार्वजनिक हुने क्रममा छ । करिव ५ वर्ष लामो संख्या विवादपछि २०६८ कात्तिक १५ गते शान्ति प्रक्रिया लगायत विभिन्न विषयमा प्रमुख दलहरूबीच साँतबुदे सहमति भएको थियो । सहमति अनुसार बढीमा ६ हजार ५ सय लडाकुलाई नेपाली सेना मातहत बेग्लै महानिर्देशनालय बनाएर समायोजन गर्ने र बाँकीलाई स्वेच्छिक अवकाश वा पुनस्र्थापनाको विकल्प दिएर बिदा गर्ने निर्णय भयो । तत्कालीन राष्ट्रसंघीय मिसन 'अनमिन'को प्रमाणीकरणमा उपस्थित करिब ३२ हजार लडाकुमध्ये १९ हजार ६ सय २ मात्र वास्तविक लडाकु ठहरिएका थिए । अन्तिम प्रक्रियामा आइपुग्दासम्म प्रमाणित लडाकुको १० प्रतिशत पनि समायोजनमा इच्छुक देखिएनन् ।

करिमा बेगमसँग रमाइलो संवाद

करिमा बेगमको अन्तर्वार्ता लिन जाँदै छु भन्दा कतिपय  साथीले हो र भन्दै जिब्रो टोके । कतिपय रमाइलो मानेर हाँसे । आखिर यो देशको मन्त्री भइसकेको महिला, तपाईंको नाम सुनेर कोही डराउँछन्, कोही हाँस्छन् । किन यस्तो इमेज छ तपाईंको ?
हिन्दीमा एउटा भनाइ छ- राम तेरी गंगा मैली हो गई पापीओँके पाप धोतेधोते । समाजमा पुरुषहरू अत्याचारी छन्, तिनीहरूको पाप धुँदाधुँदा हामीजस्ता महिला आफैँ मैला भएका छौँ । पुरुषप्रधान समाजमा कि चुप लागेर बस्नुपर्‍यो, बोल्दा 'चलित्रहीन' भइन्छ । तर, म खुलस्त बोल्छु । काम पनि सीधा गर्छु ।

Tuesday, September 25, 2012

पत्रकार र नेता साथी हुनै सक्दैनन्

विनोद मेहता भारतका चर्चित पत्रकार हुन् । डेबोनेयर पत्रिकाबाट सम्पादन सुरु गरेका मेहताले आधा दर्जनभन्दा धेरै पत्रिकामा सम्पादकको रूपमा काम गरे । पछिल्लो समय उनले सम्पादन गरेको आउटलुक पनि सफल पत्रिका मानिन्छ । विशेषगरी पत्रिकाको लेआउट, फरक विषय र विवादास्पद लेख छापेर उनले भारतीय पत्रिकारिताकोे इतिहासमा नयाँ आयाम ल्याइदिए । त्यस्तै, विभिन्न पत्रिकामा स्कुपका कारण उनी जति चर्चामा रहे, त्यति नै विभिन्न मिडियाबाट हटाइएका कारण पनि । लखनउमा हुर्केका विनोदको पछिल्लो आत्मकथा लखनउ ब्वाई पनि चर्चामा छ ।

1388 PLA combatants to join army

CHANDNI HAMAL
CHITWAN, Sept 24: Altogether 1,388 former Maoist combatants are set to join the Nepal Army (NA) as soldiers by passing all exams and tests.
The selected combatants will take part in a months-long training to be held by the NA from November 21. The actual duration and venue of the training have not yet been confirmed, according to NA spokesperson Ramindra Chhetri. “We will sort out these issues later,” he said.
Only four of the total 1,392 combatants who appeared in an oral test, which was the last step toward integration of former Maoist rebels into the NA, had failed. The secretariat of the special committee formed to oversee integration and rehabilitation of former Maoist combatants had compiled the final results of oral tests from all seven cantonments by late Sunday.

Monday, September 24, 2012

एमाओवादी बिग्रनुका कारण

ध्रुवराज अधिकारी 
आगामी महाधिवेशनको तयारीको सुरुआतका क्रममा एकीकृत नेकपा -माओवादी) मा यतिबेला बैठक र प्रशिक्षणहरूको चटारो छ । यसअघि पार्टी बिगि्रयो भन्नेलाई पार्टीबाटै खेद्लान् कि भनेजस्तो गर्नेहरू पनि यी बैठक-प्रशिक्षणहरूमा 'पार्टी बिगि्रएकै छ' भन्न थालेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी बिरामी परेकोले यतिबेला सिटामोलमात्रै खाएका छौं, महाधिवेशनसम्म जाँदा पार्टीको शल्यक्रिया नै गर्छौं भन्न थाल्नुभएको छ । एमाओवादीभित्र 'पार्टी बिगि्रएको छ' एउटा थेगो नै बनेको छ । तर पार्टी किन 'बिगि्रयो' र यसलाई कसरी सच्याउने भन्ने विषयमा सार्थक र इमानदार बहस भने हुनसकेको पाइँदैन ।

Sunday, September 23, 2012

गेसपेपर पढिरहेका कांग्रेस नेताहरू

कृष्णज्वाला देवकोटा

भावी प्रधानमन्त्री को बन्ने भन्ने कांग्रेसको किचलोबारे सहरमा एउटा ठट्टा छ । ठट्टा भन्छ, तीन शीर्षले एक-अर्काको भाषा बुझ्दैनन् । शेरबहादुर देउवाले बोलेको सुशील कोइराला बुझ्दैनन्, सुशीलले बोलेको शेरबहादुरले । अनि, यी दुवैले बोलेको रामचन्द्र पौडेलले बुझ्दैनन् र रामचन्द्रको यी दुईले । भाषामै समस्या भएपछि संवाद कसरी हुन्छ र संवाद नै नभएपछि सहमति कसरी बन्छ ?
मोहभंग हुँदै गएको समाजमा वास्तविकताभन्दा ठट्टा बलिया हुन्छन् । नेपाल त्यसै पनि दिग्भ्रमित देश हो । माओवादीलाई भोट हाल्छ, साइबाबाको पूर्णकदको फोटोबाट कहिले विभूति र्झछ भनेर प्रतीक्षा गर्छ, हरेक वर्ष नबिराई अमेरिकाको डिभी चिट्ठा भर्छ । साइबाबा, माओवादी वा डिभीमध्ये भविष्यचाहिँ के हो भन्नेमा नेपाल अझै 'अध्ययन-अनुसन्धान'मै छ । दलहरू गोलचक्करमा फसे भनेर चित्त दुखाउनु बेकार छ । नेपाल जस्तो छ, नेता त्यस्तै छन् ।

पूर्वडिभिजन कमान्डर सहित ७५ उत्तीर्ण

काठमाडौ, आश्विन ६ -
समायोजनका लागि चालू पूर्वलडाकुहरूको परीक्षाअन्तर्गत अधिकृत तहको लिखित परीक्षामा पूर्वडिभिजन कमान्डर यामबहादुर अधिकारीसहित ७५ जना उत्तीर्ण भएका छन् । लिखित परीक्षा ८५ जनाले दिएका थिए । लिखित परीक्षा उत्तीर्ण हुनेमा पूर्वसहायक डिभिजन कमान्डरहरू वासुदेव घिमिरे, पदमबहादुर तामाङ र वीरेन्द्र बुढा पनि छन् । अधिकारीलाई समायोजनमा पूर्वलडाकुहरूको नेतृत्व गर्दै कर्णेल तहको नियुक्ति दिने समझदारी बनिसकेको छ ।

अधिकृत तहको अन्तिम नतिजा यही असोज २१ प्रकाशित गर्ने औपचारिक तालिकामा उल्लेख भए पनि दोस्रो हप्ताभित्रैमा नतिजा निकाल्ने तयारी भइरहेको उच्चस्रोतले जनाएको छ । यसैगरी अधिकृतमुनिका तहका परीक्षाअन्तर्गत शनिबार प्रकाशित स्वास्थ्य परीक्षण नतिजामा १ हजार ४ सय २ जना पूर्वलडाकु उत्तीर्ण भएका छन् । स्वास्थ्य परीक्षणमा ४२ जना अनुत्तीर्ण भएका छन् । अधिकृतमुनिकाको अन्तिम नतिजा आइतबार साँझ प्रकाशित हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Saturday, September 22, 2012

बाख्रापालक महिलालाई अमेरिकी डलर पुरस्कार

तस्बिरः विमल खतिवडा/ईकान्तिपुर
रत्ननगर (चितवन), आश्विन ६ - दुःख गरे के हुँदैन र भन्ने भनाइलाई यहाँकी ग्रामीण क्षेत्रकी एक महिलाले चरितार्थ गरेकी छिन् । कक्षा ५ पनि नपढेकी ती महिलाले उत्कृष्ट पुरस्कार प्राप्त गरेपछि यो भनाइ चरितार्थ भएको हो ।
चितवनको विकट शक्तिखोर गाविस–८ देवीटारकी बाख्रापालक महिलालाई ७० हजारको पुरस्कार पाउँदा आफू छाँगाबाट खसेजस्तो लाग्यो । “मलाई छाँगाबाट खसेजस्तो भयो, विश्वासै लागेन”, उनले भनिन् ।
गाउँकी महिला भए पनि समाज परिवर्तन र आयआर्जनका कार्यक्रममा सक्रिय भएकाले त्यसको मूल्याङ्कन गर्दै स्थानीय महिला छमीकुमारी मगरलाई रु. ७० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
बाह्रौँ हेफर दिवसको अवसरमा चितवनको शक्तिखोरमा भएको पुरस्कार वितरण समारोहमा यस वर्ष स्वर्णिम प्रतिभा पुरस्कार (करिब एक हजारको अमेरिकी डलर) बाट मगरलाई सम्मान गरिएको हेफरका क्षेत्रीय कार्यक्रम प्रबन्धक डा. पीताम्बर कुसवाहले जानकारी दिनुभयो ।

Friday, September 21, 2012

1,445 combatants pass written exam

CHANDNI HAMAL
CHITWAN, Sept 20: Altogether 1,445 former Maoist combatants have passed the written exam -- a major step toward integration into the Nepal Army (NA).
According to NA Spokesperson Ramindra Chhetri, only 15 former Maoist combatants have failed the written exam.
Thirteen of the failed combatants are from the Sindhuli-based second division cantonment. The other two are from Chitwan-based third division cantonment and Nawalparasi-based fourth division cantonment.

Tuesday, September 18, 2012

Ex-PLA avoid integrating back into home villages

Most choosing voluntary retirement start living in highway-linked towns
KIRAN PUN 
GHORAHI (DANG), Sept 19: While a group of former People´s Liberation Army (PLA) personnel are in the selection process for integration into the national army, a large number of other ex-Maoist combatants and commanders, who opted for voluntary retirement, have started settling into family life.

Their place of preference for settling down, however, has not been their home districts. Instead, they have started settling mainly in towns located in the vicinity of the major highways which are also at the nearest points from their home districts.

Only a small number of those opting for voluntary retirement have returned to their home villages after receiving the money distributed by the government. Most of those returning to home villages are from the PLA rank and file.

Monday, September 17, 2012

आधा लडाकु मात्रै परीक्षामा

सरोजराज अधिकारी  काठमाडौ, आश्विन २ - समायोजन रोजेर बसेका कुल पूर्वलडाकुमध्ये १ हजार ५ सय ४४ मात्र लिखित परीक्षामा सहभागी भएका छन् । यीमध्ये ८६ लडाकुले अधिकृतका लागि लिखित परीक्षा दिएका छन् ।
माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिका संयोजक बालानन्द शर्माका अनुसार अधिकृतका लागि चितवन र अन्य दर्जाका लागि विभिन्न शिविरमा सोमबार सम्पन्न लिखित परीक्षामा ६८ जना अनुपस्थित रहे । 'अब समायोजित हुनेको संख्या बढीमा १ हजार ५ सय ४४ हुनेछ । अनुपस्थित कोही पनि लिखित परीक्षामा सहभागी हुन पाउने छैनन्,' शर्माले भने ।  
विभिन्न शिविरमा समायोजन रोजेर बसेका ३ हजार १ सय २३ मध्ये भर्ना, छनोट प्रक्रियाका
क्रममा ६८ जना अनुपस्थित रहेको शर्माले जनाए । बाँकी १ हजार ५ सय ११ जना स्वैच्छिक अवकाश रोजी चेक लिएर बाहिरिएका छन् । दुई जनाको निधन भइसकेकाले मृतकका परिवारलाई अवकाश हुँदा पाउने रकमबापतको चेक दिइएको शर्माले जनाए ।

Three-parent baby' fertility technique mulled in Britain

AGENCE FRANCE PRESSE
LONDON, Sept 17:  A fertility technique that uses DNA from three parents to create an embryo could become legal in Britain after a public consultation on its ethical implications was launched on Monday.

The results of the consultation will help inform a decision by the government on whether to legalize the technique as early as next year -- potentially making Britain the first country in the world to hold human trials into the treatment, the Daily Telegraph reported.

The IVF-based technique is designed to avoid serious mitochondrial diseases inherited on the maternal side, such as muscular dystrophy, by replacing some of the mitochondrial DNA with healthy DNA from the so-called "third parent".

Check distribution to former Maoist fighters concludes

CHANDNI HAMAL
SHAKTIKHOR (CHITWAN), Sept 16: The task of distributing checks to the former Maoist combatants opting for voluntary retirement concluded on Sunday.

Balanandar Shrama, coordinator at the secretariat of the Special Committee formed to oversee the task of integration and rehabilitation of former Maoist combatants, informed 1,507 combatants from all the seven cantonments had been given checks.

According to him, the number of combatants opting for integration into the Nepal Army (NA) has dropped to 1,412 and other 202 persons, who had earlier opted for voluntary retirement, didn´t appear to receive checks.

Sunday, September 16, 2012

With no officer from Rolpa in NA, ex-PLA blames 7-pt deal

KIRAN PUN
DAHABAN (ROLPA), Sept 16: Rolpa, the Mid-Western hill district from where the Maoists started their insurgency in 1996 to topple the monarchy and turn Nepal into a classless communist state, crops up whenever the momentous changes that Nepal witnessed during the first decade of the twenty-first century are mentioned.

Rolpa was not only the place where the Maoists gradually built-up their military but it also produced many brilliant commanders who carefully piloted the decade-long Maoist insurgency to take on the state security apparatus.

Saturday, September 15, 2012

An unlikely love story in Nepal

Suman Kharel and Ishwor
Jyotsna Bhaskar is celebrating 20 years of marriage to Ishwor Amatya, one of Nepal's most famous singers. But many are unaware of how the couple have struggled in the face of poverty, prejudice and disability. BBC Nepali's Suman Kharel reports.
Born blind, Ishwor Amatya struggled for years to make ends meet and get recognition for his work as a singer at small restaurants in Nepal's capital, Kathmandu.

जनताले प्रचण्डलाई लखेटी–लखेटी कुटेर मार्छन्

खड्गबहादुर श्रेष्ठ ‘शरण’, प्रचण्डका पूर्व driver
बा.१.ज ९२६८ । आरुबारी–रत्नपार्क रुटमा चल्ने एउटा माइक्रोबसको नम्बर हो यो । जसका चालक हुन्, काभ्रे, सल्लेभुम्लुका खड्गबहादुर श्रेष्ठ । ०४७ सालदेखि जीविकाका लागि गाडी चलाउन थालेका उनी ०५५ सालदेखि माओवादी जनयुद्धमा सामेल भए । र, उपनामले चिनिन थाले, ‘शरण’ का रुपमा । त्यहाँ उनले सैन्य फाँटमा काम गर्दै २५ भन्दा बढी मोर्चामा आफूलाई उभ्याए । तीनवटा मोर्चामा घाइते भए । माओवादी शान्तिप्रक्रियामा आएपछि पहिला देव गुरुङसँग थिए । तर, अध्यक्ष प्रचण्डका लागि भरपर्दो सवारी चालकको आवश्यकता परेपछि ०६३ असोज अन्तिम साताबाट उनले प्रचण्ड सवार हुने गाडी चलाउन शुरु गरे । र, त्यहाँबाट ०६६ सालमा उनले मनभरि विरक्तिको पहाड बोकेर प्रचण्ड निवासलाई बाइबाइ गरे । उनी माओवादी लडाकुको तेस्रो डिभिजनअन्तर्गत थिए । तर, प्रमाणिकरणको प्रक्रियामा किरण पक्षधर लडाकुले त्यो प्रक्रियालाई नै अस्वीकार गरे । त्यसको अगुवाई शरणले नै गरे । एकीकृत माओवादीको वाइसिएल भनेजस्तो नेकपा–माओवादीसम्बद्ध युवा संगठन स्वयंसेवक व्युरोका उनी काभ्रे संयोजक हुन् ,।

Friday, September 14, 2012

प्रेमविवाह गरेका एमाले नेता

पीडीएफ मुद्रण इमेल
पछिल्लो समय मायाप्रेम नेपाली समाजमा पनि पच्न थालेको हो कि भन्ने लाग्छ । प्रेमविवाह गर्नेको संख्या ह्वात्तै बढेकाले पनि यस्तो अनुमान गर्न सकिन्छ । केही पहिलेसम्म भने प्रेमविवाह गर्नु फलामको चिउरा चपाएजस्तै हुन्थ्यो । तर, पनि त्यही समय एमालेका प्रायः नेताले प्रेमविवाह गरे । त्यो पनि पार्टीको स्वीकृति लिएर ।
नेपालमा कम्युनिस्ट पार्टीभित्र प्रेमविवाह २००७ सालपछि नै सुरु भएको देखिन्छ । संस्कृति र समाजसँगै जोडिएको विषय हो प्रेमविवाह पनि । यसका अतिरिक्त राजनीतिक-आर्थिक विकासको अवस्थासँग पनि प्रेमविवाह जोडिएको छ । आजभन्दा केही समयअघि पनि प्रेमविवाह गर्न समाजमा धेरै ठूलो विद्रोेह गर्नुपथ्र्यो । ००७ सालपछि कानुनी रूपले प्रेमविवाह गर्ने बाटो त खुल्यो तर सामाजिक अड्चन भने कायम नै थियो ।

अस्ताए चे ग्वेभारालाई भेटेका एक्ला नेपाली

पीडीएफ मुद्रण इमेल
लटपुलटमय राजनीतिक इतिहासका साक्षी बनेका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको बुधबार निधन भयो । केही महिनाअघि मात्रै गणतन्त्र संस्थागत भएको देख्ने धोको भएको आशय व्यत्तल गरेका सिंहले अब त्यो देख्न पाएनन् । जुन चाहना राखेका थिए ।
गणतन्त्रवादी नेता भनेर चिनिने सिंहको विषयमा कमैलाई जानकारी भएको अर्को पहिचान के हो भने विश्व कम्युनिस्ट आन्दोलनका अगुवा चे ग्वेभारासँग उनले भेटेका थिए । वर्मास्थित एक गोप्य स्थानमा जम्मा पाँच मिनेटको संवादको अनुभव उनीसँग थियो ।
चे ग्वेभारालाई भेट्ने एक मात्र नेपाली थिए, रामराजाप्रसाद सिंह । बर्माको एक गोप्य स्थानमा चे ग्वेभारासित भएको भेटपछि आफूमा गणतन्त्रप्रति थप ऊर्जा थपिएको नेता सिंहले नै खुलासा गरेका थिए ।
गणतन्त्र स्थापनाको आन्दोलनमा नौ वर्षकै कलिलो उमेरमा नेता सिंह आफ्नो भाइ लक्ष्मणप्रसाद सिंह र बुबा जयमंगल सिंहसँगै जेल परेका थिए । जेलजीवनपश्चात्को भारत बसाइ, भारतका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन, भारतकै बसाइका क्रममा इन्दिरा गान्धीसँगको भेट, क्रान्तिकारी क्लाराको सहयोगमा चे ग्वेभारासँगको भेट अविस्मरणीय रहेको नेता सिंहले बताएका थिए ।

डेटिङका ती दिन

शर्मिला मल्ल, अभिनेत्री

सानैदेखि चुलबुले थिएँ । सायद म ११ वर्षमै तरुनी भएँ कि के हो ? एघार वर्षकै उमेरमा बिहेका लागि मलाई माग्न आउनेको ताँती नै लाग्थ्यो घरमा । बुबा त भन्नुहुन्थ्यो, 'तँ धेरै राम्री भएइकीले तँलाई
माग्न आएका ।'
म पद्मकन्या स्कुलमा पढ्थेँ । मलाई हेर्नैका लागि कति केटा आउँथे । गेटबाट चियाएर मात्रै भए पनि फर्किन्थे । म त्यसवेला १२ वर्षकी हुँदी हुँ । एउटा केटा थियो, नाम त बिर्सिएँ, जो मलाई खुब पछ्याउँथ्यो । 'सुन न...' भनेरै हैरान पाथ्र्यो । म भने वास्ता गर्दिनथेँ । एकदिन त उसले मेरो सलमा एउटा चिठी राखिदियो । त्यो 'लभ लेटर' थियो । मैले एक झापड हानिदिएँ । त्यसपछि उसले मलाई कहिल्यै पिछा गरेन ।
त्यसवेला रेडियो नेपालमा एउटा रूपक बज्थ्यो 'अँध्यारो उज्यालो' । त्यस कार्यक्रमका सञ्चालक कृष्ण मल्ल थिए । म उनकी प्रशंसक नै थिएँ । त्यो आवाजबाटै उनलाई मन पराउन थालेँ । मनमा तस्बिर सजिन्थ्यो, 'कस्ता होलान् ती ?'

ऋषि धमलासँग रमाइलो संवाद

Risi Dhamala

पत्रकारहरूबीच निकै ठूलो विवाद छ । कतिले भन्छन्- ऋषि धमला तीन कक्षामा फेल भएर काठमाडौं आएको हो, कतिले भन्छन्- होइन, आठ कक्षा त पढेको छ । पत्रकारको यो लामो विवाद मिलाउन तपाईं के भन्न सक्नुहुन्छ ?

होइन, मैले ५ कक्षासम्म गाउँकै शंखादेवी प्राविमा पढेको हुँ । त्यहीबीचमा मेरो काकाको छोरा राजेन्द्र र म घरबाट भाग्यौँ । मैले बुबाको कन्तुरबाट सय रुपैयाँ चोरेको थिएँ । त्यही पैसा लिएर ज्यामरुङबाट हामी धादिङबेसी झर्‍यौँ । धादिङबेसीबाट ट्रयाक्टरमा चढेर मलेखु आइयो । मलेखुबाट ट्रक चढेर काठमाडौं आइयो । काठमाडौं कहाँ जाने थाहा थिएन । धरहरा भन्ने थाहा थियो, त्यसैले ट्रक ड्राइभरलाई धरहरामुनि छाडिदेऊ भन्यौँ । यसरी काठमाडौंमा पाइला टेक्दा रातिको १ः०० बजेको थियो । हाम्रो मावलीतिरका नाता पर्ने प्रद्युम्नविक्रम सिंह भन्ने मान्छे परराष्ट्र मन्त्रालयमा अधिकृत थिए । खोज्दै अर्को दिन उनको घरमा पुगियो । ल बाहुनको छोरो आएछ भनेर खुसी भए । त्यसपछि उनको घरमा भात पकाउन थालियो, आफूले पनि खाइयो, उनलाई पनि खुवाइयो ।

Tuesday, September 11, 2012

With one officer candidate, ex-combatants in Rolpa feel betrayed

Phabindra Acharya a.k.a Kshitij (L) and Ras Bahadur Budha Magar a.k.a Akshaya Kumar

KIRAN PUN
DAHABAN (ROLPA), Sept 9: "It is only the sacrifice of my desires and dreams that I am going to join the Nepal Army to fulfill requests of my comrades and Rolpali people," said Phabindra Acharya a.k.a. Kshitiz, 31, standing in front of the Dahaban PLA cantonment.

Acharya, former PLA Battalion Vice commander of the Fifth Division, Rolpa, is the only former combatant who could join the Nepal Army (NA) at the officer level from Rolpa, the bastion of the Maoist "People´s War".

Money discourages integration

KIRAN PUN

DAHABAN (ROLPA), Sept 9: Early in the morning at the cantonment at Dahaban in Rolpa, former members of the People´s Liberation Army (PLA) scattered in small groups discuss the crucial turning point in their lives: Whether to take voluntary retirement and bag half a million rupees or join the Nepal Army and start a new career.

As time was running out, some struggled with their cell phones that disconnect time and again, to seek advice from comrades and seniors, while other carefully weigh the two options.

As the whisperings in frequently changing tones continue in and outside the tattered tents pitched six years ago to house the Maoist warriors, grim-faced former PLA company commander Nabin Lochan Magar of Pachhabang, Rolpa, who perceives the entire integration as the height of humiliation, slowly gets up and takes a deep breath to announce his decision.

Saturday, September 1, 2012

अभिनेत्री रेखा थापा प्रधानमन्त्री भट्टराईसँग डेटिङ जान इच्छुक

Prime Minister Dr Baburam Bhattarai
Rekha Thapa
प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकै बौद्धिक हुनुहुन्छ, उहाँसँग डेटिङ जाने मौका मिले को नजाला ? म उहाँसँग डेटिङ जान इच्छुक छु ।

चित्रबहादुर केसीका छानिएका कथा

गिरिजाप्रसाद र सेतो मोही

०४८ सालमा प्रधानमन्त्री भएलगत्तै भारत गएका गिरिजाप्रसाद कोइरालाले टनकपुरसन्धि गरेर आए । तर, उनले देशलाई भने, 'सन्धि होइन, सहमति भएको हो ।' गिरिजाप्रसादले टनकपुर बेचे भनेर एमालेलगायत हामी वाम दल आन्दोलनमा गयौँ । त्यहीवेला टनकपुर सन्धि हो कि सम्झौता हो भनेर प्रस्ट पार्न सर्वोच्चमा रिट पर्‍यो । सर्वोच्चले प्रस्ट भनिदियो, 'टनकपुरसन्धि हो, सहमति भनेर देशलाई ढाँट्न पाइदैँन ।'