Thursday, July 28, 2016

लोटनकुमारीको आँखाका ढकनीमा छन् हराएका पति

नवीन विभास, साउन १३
संघसंस्था आउँदा गर्दिन्छन् कि भनी आश गर्छौं। लेखेर लग्छन्। कुन कुनामा थन्काउँछन्? थाहै हुन्न,’ उनले भन्दैगइन्, ‘संघसंस्थाका आउँदा पत्ता लाग्छ कि आशा गर्छम्। केही नहुँदा दुख लाग्छ।
टिनले छाएको पुरानो एकतले घरमा सिलाई मेसिनमा कपडा सिलाउँदासिलाउँदै उनका आँखा भने नबनेको घरमा ठोक्किइरहन्थे। , श्रीमान् पतिरामलाई कसरी लगेका थिए रातमा अनचिनार मान्छेले भन्दै झस्किन्थिन्।

Tuesday, July 26, 2016

२१०० सदस्यीय ‘प्रचण्ड’ माओवादी आयोजक समिति

पूर्व एमाओवादीबाट
अध्यक्ष– पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, कृष्णबहादुर महरा ‘अमरसिंह’, टोपबहादुर रायमाझी ‘अनील’, गिरिराजमणि पोखरेल ‘पियूष’, वर्षमान पुन ‘अनन्त’, हरिबोल गजुरेल ‘शीतलकुमार’, अग्निप्रसाद सापकोटा ‘कन्चन’, शक्ति बहादुर बस्नेत ‘सुरेश सिंह’, जनार्दन शर्मा ‘प्रभाकर’, लोकेन्द्र बिष्ट मगर ‘अभ्यास’, चक्रपाणि खनाल ‘बलदेव’, गोपाल किराती ‘साइला’, लीलामणि पोख्रेल ‘अभिषेक’, दीनानाथ शर्मा ‘अशोक

Saturday, July 23, 2016

मन पोल्ने डरले डा.केसीलाई आमाले भेटेकी छैनन्

स्वेच्छा राउत
बुढेसकाल लागेर होला, टाउकोमा केही मात्र झर्न बाँकी कपाल थिए। चाउरिएको अनुहार। निधारमा भगवानप्रतिको आस्था प्रष्ट झल्कने चन्दन। सानो कद त्यसमाथि कुप्रिएको शरीर। यस्तै देखिन्थिन् मित्रकुमारी खत्री, १४ दिनदेखि आमरण अनसन बसिरहेका डा. गोविन्द केसीकी आमा। बस्दाबस्दा घुँडा कुँजियो रे। त्यसैले हामी पुग्दा उनी घरको छतमा बिस्तारै हिँड्दै थिइन्।

Friday, July 22, 2016

राजाले उठाएकी रारा–चेली


नवीन विभास
मुगुको आकाशले घरिघरि छेपारे रङ फेरिरह्यो। घाम लाग्यो कि यात्रु ग्वार्र दगुर्थे। कर्मचारीलाई सोध्थे। कर्मचारीले भन्थे, ‘नेपालगन्जको आकाश पनि खुल्नु पर्यो नि।
त्यसबेला जहाज नभए पनि उनको जिउमा गजबको तागत थियो। एघार नम्बर गाडी नै काफी थियो, रारा उकालिन बाँकेको चिसापानी ओरालिन।

Thursday, July 21, 2016

Trouble in Tikapur

Nepal Army soldiers enforcing the curfew. Photo: Kiran Panday
Nabin Bibhas

“Everything has changed since that incident,” said CP Sapkota, a shopkeeper in Tikapur, a small town in Kailali district. It was a dusty afternoon; he was dusting the clothes hung outside his shop, keeping an eye out for customers. Nearby in Khadga Chowk, a large poster of an infant hung on a wall. Bold letters proclaimed him a martyr of the Akhanda Sudur Paschim.

नक्कली प्रचण्डका सक्कली किस्सा

भौतिक मल्ल
२०५८ सालमा राज्यले माओवादी नेताहरुको टाउकाको मूल्य तोक्यो कालिबहादुर मल्लको मूल्य २५ लाख दश हजार तोकियो उनले सो मूल्यलाई भागमा विभाजन गरे आफ्नो मूल्य २५ लाख आफुले बोेकेको पेस्तोलको दश हजार अनि मनमनै गम खाएः हतियारभन्दा विचारको मूल्य धेरै हुन्छ उनी यसै भन्थे सेल्टर दिने गाउलेलाई सेल्टर दिनेहरु उनीसँग जिस्कन्थेः हामीलाई कस्ले भन्छ गरिब ? २५ लाख मूल्यको मान्छे यही घरमा उनी खुब हास्थे

Saturday, July 16, 2016

अनुहार बदल्दै थबाङ


नवीन विभास
खरानी रङको खाली पाना फिँजाएजस्तो लाग्ने काठका फल्याकले छाएका थबाङका घर थवाङको चिनारी थियो  तरएकाएक नीला रंगका जस्ता छाना  कंक्रिट घर भित्रिन थालेपछि थबाङ भर्खरै डण्डीफोरे यामको तन्नेरीको अनुहारजस्तो देखिन थालेको  

 ‘पुल हाउस   सातु  खाजाको ठाउँमा ममचाउमिन पाक्न थालेको  भने ढिडोको बदलामा भात  खेतीपाती गर्न छाडेका छन्,’ अजयले भने, ‘पूरै वैदेशिक रोजगारमा निर्भर हुन थालेको  

जनताको तराजुमा ‘देउदाहा’ जोडी

‘यो दुःखी मुलुकमा जो पीएम स्वयंले हल्का ‘थेरापी’ दिइरहेथे । ती रोमाञ्चक दिन बिलकुल गए।’ सरकारबाट माओवादी केन्द्रले हात झिकेपछि कवि स्वप्निल स्मृतिले फेसबुक स्टाटसमार्फत् प्रधानमन्त्री केपी ओलीको हालत परिलक्षण गरे। जनतालाई बाडुली लगाउने काम गर्ने वाचा बाँधेर बालुवाटार छिरेका ओलीले जनतालाई कति बाडुली लगाए? त्यसको लेखाजोखा हुँदै गर्ला । तर सत्य के हो भने राजनीतिले विपरीत ध्रुवमा उभिएका शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोही ‘दाहिना’ भएर हो, ‘सत्तामोह’ले हो या साँच्चै देश र जनताको मायाले हो, आज एउटै बुर्जामा ल्याइपुर्‍याएको छ।

Sunday, June 19, 2016

'नमर्दै न्याय पाए पो!'

नवीन विभासकाठमाडौं, चैत २४ 
१३ बर्षयता गया लगातार दुखिरहेछन्। उनी   राम्ररी सुत्न सक्छन् बस्न   उभिन नै।

कुनै दलमा आबद्ध नभएका गयाले युद्धकालमा माओवादीकै नाउँमा थला पर्नेगरी यातना भोग्नुपर्यो। माओवादीको सशस्त्र युद्ध सकिएपछि सुप्रिमो प्रचण्ड  अर्का नेता बाबुराम भट्टराई मुलुकको प्रधानमन्त्रीसमेत भए। तर, उनको दुःख ठाउँको ठाउँ रह्यो।