Wednesday, November 27, 2019

कहाँ जाने ? देश जाने


२०७६ मङ्सिर ७ शनिबार १२:१३:०० | काठमाडाैं
दूधधारा तिलौरी गाईको, तेलधारा बत्तीको 
न्याउली बास्दा रुन्चेऊ जिजेई(आमा), देश गर्दा कत्तिको ! 
चुच्चीमाथि चारो ल्यायो, चरीको चल्लाले 
हीँ बसौँ कि देश गइजाऊँ, संगीका सल्लाले । 
यी गीत गेडा कुनै जमानामा रोल्पा÷रुकुमका गाउँघर र वनपाखामा गुन्जने ठारी भाकाका हुन् । ‘देश जाने’ धागोले उनेका यी गीतले भिरपाटे भेनाको कम्दमा सिरुरु फलेका घिउ सिमीमा अल्झिएका आँखासम्म तानेर लगे । तिनले तान्दै–तान्दै रपापातालमा पुर्‍याए । कारण थियो, कुनै वेला जेई, सान्जी, नाना र काकुहरूले सिमीवाल कम्दसँगै जोडिएको रपापाताल नै गाएर गुन्जाउँथे । सिम्रुतुमा मास्टररत रुकुमे लेखक मनलाल ओलीले तिनै गीतलाई गला दिएर मेसेन्जरमा पठाएपछि रोल्पा/रुकुमका उनै वनपाखामै पुगेँ ।

Saturday, November 9, 2019

नयाँ घर पढेपछि सपना देख्न सिकें



नयाँ घर पढेपछि सपना देख्न सिकें
 नवीन विभासको मूल परिचय कथाकार हो । यसबाहेक अखबारी लेखन र पत्रकारिता उनको दोस्रो परिचय हो । ‘रोल्पा सुइना’ उनको पछिल्लो कथासंग्रह हो । अंग्रेजी साहित्य र पत्रकारितामा स्नात्तकोत्तर गरेका विभास समाजविज्ञान र द्वन्द्वको अध्ययनमा दख्खल राख्छन् । यसबाहेक साहित्य पढ्नु पनि उनको रुचिको विषय हो । उनै कथाकार विभासले आफूलाई जीवनका विभिन्न चरणमा मन परेका पाँच आख्यान/गैराख्यानबारे शिलापत्रसँग कुरा गरेका छन् ।
१. नयाँ घर
हाम्रो घर (रोल्पा, राङ्कोट, जैपा) माओवादी ‘सेल्टर’ थियो ।
पाहाबाङे भुरे माष्टर, नरजीत दमाई, थमे सुनार, हर्कबहादुर रोका मगर (कमरेड आकर्षण, ब्रिगेड कमाण्डर), पोष्टबहादुर बुढामगर (रणदीप, ब्रिगेड सहकमाण्डर), ओयाल झाँक्री (कमरेड लखन्ते, जो जनयुद्धकालमा मारिए) र पाछाबाङे भेना (नन्दबहादुर बुढामगर, कमरेड बेहोसी, अहिले विप्लव माओवादी नेता), भागमल पुन (कमरेड रक्तिम) का रासोबासो नै थियो । पाहुनाजसरी कहिलेकाहीँ पुग्थे रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, नन्दबहादुर पुन पासाङ, वर्षमान पुन, जयपुरी घर्तीमगर, सन्तोष बुढामगरहरू पनि ।

सकिएको भिउरा फुलाउने सोता कि थारू ?

आफ्ना सहेली र छिमेकीसाथ कट्वाखोलामा माछा मारेर भौनी चौधरी फर्के नि उनका आँखा भने घर फर्केनन् । उनका उदास आँखा घरी घरछेउमा ताल्लिएको कटहीमा पुगे त घरी गाउँसिरानको सिस्वागन्जीमा । दुई सोताबीच अवस्थित कटही गाउँ त दुई तालको बीचमा थियो । ताल बन्नुअघि ती सोता थिए, सिस्वागन्जी सोता र कटही सोता ।