कुइनेटो
नवीन विभास
२०७६ कार्तिक ९ शनिबार ०७:१८:००

अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ
(होचि मिन्हलाई चिठी, भूपि शेरचन)
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ
(होचि मिन्हलाई चिठी, भूपि शेरचन)
तीन वर्षयता टिचिङ अस्पतालरत अजित मिजार(१७) जुरुक्क उठेर उभिए । त्यसपछि उनी सरासर अनामनगरस्थित मण्डला नाटकघर पुगे । र, मन्नु भण्डारीकृत् ‘महाभोज’मा सामेल भए । उनलाई पर्खिरहेका बिसुको गलामा गला गाँसे, ‘शव यसरी न्याय खोज्दै हिँड्दासमेत सास फेरिरहेका यी मान्छेलाई यसरी सुत्न लाज लाग्दैन ?’ विश्वेश्वर उर्फ बिसु विश्वको ‘सबभन्दा ठूलो लोकतान्त्रिक देश’ भारतको सरोहा गाउँका दलित युवा थिए भने अजित लोकतान्त्रिक गणतन्त्र नेपालको काभ्रे, पाँँचखालका ।