Wednesday, March 25, 2020

किन भत्के दलित र गैरदलित बिहे ?

२०७६ चैत ८ शनिबार ०८:३४:००
एउटी दलित युवती । जनयुद्ध उकालिएका वेला जनमुक्ति सेनामा भर्ती हुन्छिन् । अर्थात् गैरमाओवादीले भनेजस्तो लडाकु बन्छिन् । युवती एउटा हातमा बन्दुक त अर्को हातमा कलम लिएर जनयुद्ध लड्छिन् । म्याग्दी सदरमुकाम बेनी मोर्चामा एउटा लडाकु आँखासँग तिनको आँखा जुध्छ । थाहै नपाई दिल एकअर्कोमा बसाइँ सर्छन् । 

Friday, March 13, 2020

फाइटर झरनाको असली लडाइँ


२०७६ फाल्गुण २४ शनिबार ०८:१८:००
फागुन पहिलो साता । घोराहीको सामान्य सिलाइ पसल । कुनै याममा फाटेको मान्छे मन सिलाउन ‘जनयुद्ध–आँधी’मा बत्तिएकी एउटी युवती कलमा कुर्ता सिलाइरहेकी छिन् । पाँच फिट अग्ली गहुँगोरी युवती ससाना छोरी संयोजना र दीपशिखासाथ कलको सियोमा घरि तिनका स्कुले कापीकलम नाठी हाल्छिन्, त घरि अरब उडेका अरब पतिको याद । 
अरब पतिले फोनमा ससुराल सन्चो–बिसन्चो पनि सोधेपछि उनी माइती गाउँ पुग्छिन् । इरिबाङमुनि पाखामा बसेको केवरी । काठमाडौंबाट बहुदल रोल्पाको सुदूरगाउँ केवरी (चन्द ठकुरी र डाँगी क्षेत्रीबहुल गाउँमा मगर र दलित पनि छन्) पनि पुग्छ । साथमा एउटा कहावत पनि, ‘ठूलाठाली र हुनेखानेको पार्टी कांग्रेस हो, हुँदा खाने गरिबको पार्टी मशाल ।’ ठकुरी र क्षेत्री कांग्रेसमा लाग्छन् भने मगर र दलित मशालमा । कहावतको ‘अपवाद’ केही थान मास्टर उभिन्छन् त केही थान जानभानहरू । उही मशाल पछि एकता केन्द्र हुँदै माओवादीमा परिणत हुन्छ । 

किन खेन्ह्वाँ खट्कन्छ ?


कुइनेटो

२०७६ फाल्गुण १७ शनिबार ०९:३३:००
राम ! डुअ ! टिन ! चारा ! पाँचा ! 
गाउँको लगभग बीच भागमा रहेको खेन्ह्वाँमा अधबैंसे अँध्यारा थारू पुस–माघका चिसोले लगलगाउँदै धान जिम्दारसित भाग लाउँदै छन् । निधारमा टीका, शिरमा ढाकाटोपी, जिउमा सेतो दौरा, दौरामाथि कालो कोट, गोडामा सेतो सुरुवाल जिम्दार बस्तीमा घामसँगै ओर्लन्छन् ।  उज्यालोसँगै थारू बच्चाबच्ची र बूढाबूढी खेन्ह्वाँमा पुग्छन् । पराल बाल्छन् । आगो ताप्दै खरानीमा मकै गेडा राख्छन् । स्याँक्राले चलाउँदै खरानीले ढाक्छन् । केही समयपछि खरानीभित्रबाट पाटाङपोटोङ आवाज आउँछ । आवाज आएनेरै स्याँक्राले खोस्रन्छन् । सेतै फुली कौरामा परिणत भएका मकै गेडा हातमा लिएर ‘फुऽऽऽ फुऽऽऽ’ फुक्दै क्वाप्प खान्छन् । 

प्रधानमन्त्रीको ‘हेब्बी बड्डे’

नवीन विभास | फागुन १६, २०७६ शुक्रबार | 
‘राजनीतिक संस्कृति’ नै ‘बिकास’ नभइसकेको नेपालजस्तो देशमा कहिले पुष्पकमल दाहाल क्याबिनेटका ‘एम सरको डेटिङ’ले राजनीतिक बजार तात्छ त कहिले ओली क्याबिनेट (सरकार प्रवक्ता पनि) गोकुल बाँस्कोटाको ७० करोड ‘सेटिङ’ले । कहिले ओली क्याबिनेटकै विष्णु पौडेल ‘ललिता निवास’ले हुण्डरी मच्चाउँछ त कहिले प्रधानमन्त्री केपी ओलीको ‘हेब्बी बड्डे’ले ।  
आफूलाई भुइँमान्छेका प्रतिनिधि दाबी गरे नि ‘सामन्तवादी चरित्र’धारणरत यी नेपाली दल र यिनका नेता काण्ड बेलाबेलामा पानी फोकाजसरी उठ्छन् । र, कहीँ नपुगी पट्टपट्ट फुट्छन् ।  सर्बसाधारणसमेत जानकार छन्, डबल नेकपावाल डबल अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘दाहिना’ नहुँदा ‘एम सर’को सभामुख पदमात्र गएन, बड्डा नै डिल्लीबजार सदरखोर पुगे । यो पनि जानकार छन् कि, उनै डबल अध्यक्ष दाहिनिँदा डबल नेकपा महासचिव विष्णु पौडेलले ललिता निवास फिर्ता गर्दैमा माफी पाए । न पौडेल पद गुम्यो न डिल्लीबजार नै पुग्नु प¥यो ।