कमरेडले किनेको ‘राजदरबार’ आहान बीच्चबीच्चमा पुग्दा (वैशाख पहिलो साता, २०७६) भने छक्कालै काँडा–साकिमधुरीबाट बाटो लागेको सूर्य खामेमा पुगेर ‘बाफीकोट, बाई’ भन्दै छ ।
कमरेड भने टिनछाने गेरु–रङे राजदरबारको भुइँतलामा ‘दरबार आहान’ हालिरहेछन् । जुन ठाउँमा यसअघि तीनतले दरबार उभिएको हुन्छ । जसलाई माओवादीले ‘सामन्तको दरबार’ भन्दै आगो झोेस्छ । दरबार जले पनि दरबारपछिल्तिर भने गोलाकारे सेतो अनुहारको ठूलो ढुंगा भने जस्ताको तस्तै छ, जुन ढुंगामा बसी राजाले ‘नाइमुन नाइमुन’ (नुहाउने) गरेका हुन् । भुइँतला भित्तामा लेखिएको छ, ‘प्रकाश व्यापार सेवा एन्ड सप्लायर्स ।’ पहिलो तलाका दुई कोठामा खुला ढोकामा पर्दा छ । भुइँतलाको दुई ढोकामध्ये एउटा बन्द छ ।