काठमाडौँ — नेपाली भान्साबाट भोटे नुन बिलाएकै जुग बिते पनि जनजिब्रोबाट बिलाउन बाँकी छ । भोटे नुनसँगै भोटे ताल्चा र भोटे कुकुर लोक ‘सम्झना सल्लाघारी’ मा भुर्रभुर्र उड्छन् । ती कहिले ‘आहानमेन’ भएर उड्छन् त कहिले ‘गीत’ भएर । कहिले ‘आसिक’ त कहिले ‘मन्त्र’ भएर ।
