Saturday, October 31, 2009
माओवादीले भुल्यो लालसलाम
नेपाल संवत्को अवसरमा कार्तिक १३ गते माओवादी ललितपुरले आयेाजना गरेको चियापानमा कार्यकर्ताको लालसलाम फर्काउँदै अध्यक्ष प्रचण्ड
कुनै याम थियो, सनासोले चेपेजसरी हात मिलाएपछि अनचिनार मान्छेलाई पनि सहजै चिन्थे,'माओवादी विचार बोकेको मान्छे रहेछ।' संकटकालमा हात मिलाउँदा पनि तौलेर गर्नुपरेको माओवादी, शुभचिन्तकले भन्थे। उनीहरु यसरी हात मिलाउनुलाई 'वर्गीय माया' र 'आत्मीयता'सँग जोडेर व्याख्या गर्थे।
पार्टी अध्यक्षले शुभचिन्तक र तल्लो तहका कार्यकर्तासँग पनि मज्जाले हात मिलाउँथे। फलस्वरुप नेतृत्व र आफूहरुबीच 'सारो सीमारेखा नभएको' अनुभूत गर्थे। र, युद्धकालमा जस्तोसुकै बलिदान गर्न र नेतृत्वको रक्षा गर्न तयार हुन्थे।
कुनै याम थियो फनन्न हावामा माथि माथि मुठी उठाउँथे। र, भन्थे 'कमरेड लालसलाम।' त्यसपछि सनासोले समाएरजसरी चपक्क पार्दै हात तलमाथि पार्दै हात मिलाउँथे।
लालसलाम अलि लामो भयो कि या किन हो कुन्नि? जनयुद्धको मध्यतिर लालसलाम छोटिएर 'सलाम' मात्र भन्न थालियो। त्यसपछि उनीहरु सलाम भन्दै हात मिलाउन थाले।
कुनै याम थियो तल्लो तहका कार्यकर्ता र नेता एकापसमा 'कमरेड' भनेर बोलाउँथे। जसले नेता र कार्यकर्तालाई 'समान' भएको अर्थ पनि दिन्थ्यो।
जनयुद्धकै मध्यतिर 'अलि नेता'हरु कमरेडबाट 'सर' भए। अचेल ? अचेल पनि कार्यकर्ताका लागि नेताहरु 'कमरेड' होइन 'सर' भनेर सम्बोधित हुन्छन्।
यसले नेता र कार्यकर्ताबीच 'दूरी' बढेको कार्यकर्ताहरुको अनुभव छ।
माथिमाथि मुठी उठाएर अभिवादनस्वरुप भनिने 'लालसलाम' कम्युनिष्टको पहिचान हो। तर, त्यो पहिचान माओवादीका तल्लो तहका कार्यकर्तामा मात्र सीमित हुन थालेको छ। अब त केन्द्रीय तहका नेताले 'लालसलाम' गरेपछि पो 'अचम्म' मान्नुपर्ने भएको छ।
शुक्रबार माओवादी ललितपुरले नेपाल संवत्को अवसरमा चियापान आयोजना गरेको थियो। कार्यक्रममा सहभागी थिए, अध्यक्ष प्रचण्ड, स्थायी समिति सदस्य अनन्त, पोलिट्ब्युरो सदस्य हितमान शाक्य, हिसिला यमीलगायतका दर्जनभन्दा बढी केन्द्रीय नेता। चियापानस्थलमा अध्यक्ष प्रचण्डले कार्यकर्ताको तालीलाई 'लालसलाम'ले होइन 'नमस्कार'ले फर्काउँदै माचमा पुगे। माचमा पुगेपछि पनि उनले लालसलाम गरेनन्। नमस्कार गर्दै हात हल्लाए।
अध्यक्षपछि पालो आयो, स्थायी समिति सदस्य अनन्तको। उनले पनि लालसलाम गरेनन्। पोलिट्ब्युरो सदस्य हितमान शाक्य र पम्फा भुसालले पनि लालसलाम गरेनन्। धन्न! हिसिला यमीले भने लालसलाम गरिन्। दर्शकदीर्घामा बसेका कार्यकर्ताका आँखा अचम्मितहुँदै यमीमा परे। कार्यकर्ताले एकापसमा कानेखुसी गरे, 'धन्न! यिनले लालसलाम भुलेकी रहिनछन्।' माचमा बसेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य नेताहरुका अनुहारमा पुलुक्कपुलुक्क हेर्थे। सायद हराएको लालसलाम खोजे होलान्।
'माओवादीले लालसलाम बिसे्रर त सर्वसाधारणलाई घाटा न होला। हुँदैन पनि। तर, जनयुद्धमा बलिदान गरेका सहिद, सहिद परिवार, आफ्ना खुसी र रहरसहित आफ्ना अंग नै चढाएका घाइतेहरुको सपना भुल्यो भने के होला?'
साँच्ची, के होला हँ लालसलाम भुलेको यो माओवादी ? भन्नुस् त, के होला त्यसबेला माओवादी ?
Subscribe to:
Post Comments (Atom)
You raised very genuine question Bibhasjee.i salute ur penning.
ReplyDeletedherai krantikari banne din gaye bibhashjee? Jun din hune bhaye, marne mare, bacheka hunewala 6ainan jasto 6....
ReplyDeleteAja Krishna Dharabasi lai bhete."maobadi ta puran laudai paisa batuldai gar6an.Afno bichar birse, hami democrat bata sikdai6an, hami democrat lai pani pa66arera paisaka lagi jesukai garera pani samantbadi shaili apanauda6an.Paisa ... Read Morebatulne naam ma yestai gardai jane ho bhane paisaka lagi country bechine ta hoina" bhandai kuro thalani bho hamra dharabasi lekhak bata.Malai Nepal ka leftist haruko yo chartikala dekhera dikdari lagyo.
Bhanai ra garai kahile kasko mileko 6 ra? bhanna ta j bhanepani bhayo garna ta testai ho.
ReplyDeleteयो पनि ठिक लाग्यो । म पनि म्याग्दी जिल्लाको बराङ्जा बुकेनी कार्यक्रममा गएको बेला लालसलाम र नमस्कार दुबै गरे तर मास बाट नमस्कार होइन लालसलाम लालसलाम भन्दै मुठ्ठी उठाएर हुतिङ्ग भयो । जनयु¢को संस्कृति जनसमुदायमा कति गडेको रहेछ भन्ने गहिरो अनुभूति भयो।आधार इलाका नेता गए चेत्छन् । गम बहादुर श्रीष मगर
ReplyDelete