Saturday, March 6, 2010
बैतर्नी तर्न
एउटा याम। जुन याममा अंग्रेजीको नजानिदो तिर्खा बोकेर राजधानी छिरेको थिएँ।
तर राजधानी त्यस्तो थिएन जस्तो सपना उनेर आएको थिएँ। राजधानी सपनाको ठीs उल्टो थियो।
केन्द्रीय अंग्रेजी विभाग जलेको थियो। विद्यार्थी निराश थिए। तर निराशा जलेका कारणले होइन। मजस्ता सरकारी स्कुले 'तेस्रो डिभिजन मात्र हुन्छ। हाम्रो तागतले भ्याउँदैन। यहाँका शिक्षक घिउ र चिनजानमा नम्बर दिन्छन्। त्यसैले जिन्दगी भड्खालोमा जाँक्किन्छ' भनेर मजस्ता सरकारी विद्यार्थी निराश थिए।
निराशा थप्ने अर्को कारण पनि थियो 'जागिरको चर्को अभाव र जनयुद्धको नाउँमा विद्यार्थीलाई सेना पुलिसले ओरालो लागेको मृगलाई झैं खेद्ने प्रवृत्ति।'
खासगरी रोल्पाली रुकुमेलीका लागि राजधानी दिनानुदिन बिरानो हुँदैथियो। रोल्पाली भएकाले पनि हामी जगजगीको बतासमा घरी यता बतासिन्थ्यौं घरी उता। हाम्रा लागि रोल्पा घर हुनु नै अभिसाप थियो।
रोल्पालीका डेरा चहार्दै अनचिनारु हाम्रा पछि लाग्थे। कात्तिके कुकुरजस्तै पछि लाग्ने को रहेछन्? पछि थाहा भयो, ती रहेछन् सुलसुले।
अँ त्यसबेला बसाइँ थियो पाँगामा। साथमा थिए सुवर्ण। लिबाङ र घोराहीमा पढ्ने बेलामा उनका दाजु गोविन्द चन्द मेरा रुमपार्टनर थिए।
जागिर र डिभिजनको जगजगीमा हामी सरकारी स्कुले ठिटाठिटी गल्र्यामगुर्लुम ढलेका थियौंं। त्यसैमाथि माओवादीको नाउँमा रोल्पाली राजधानीमा 'यताबाट खायो कि उताबाट खायो' भनेर चङरङ्ग ढलेका थिए।
अँ, एक रात। खानासाना खाएर गफिदैथियौं, सुवर्ण र म। अचेल सम्झेर आफै बक्क पर्छु लामो समयसम्म सँगै बसे पनि हाम्रा गफ न सकिन्थे न त पुराना नै हुन्थे। तिनै दोहोरिन्थे तर सुन्ने र सुनाउनेमा कमि आउँदै आएन। सायद त्यसदिन पनि सुवर्णले आफ्नो गाउँ केवरीमा माष्टरी गर्दाका कहानी सुनाउँदैथिए या कालापोखरा कि सुपेकुना जात्रामा तीनपानेको तालमा तरुनी बसेका गफ।
अँ, तीन दिनअघि मात्र मेरो निबन्ध किताब बजारमा आएको थियो। अघिल्लो दिन कान्तिपुरमा हरिगोविन्द लुइँटेलले मेरो किताबबारेमा लेखेका थिए। कुरा थियो २०६० को।
अँ, त्यस साँझ गफिदै गरेको बेला आए कोही। नबोलाइकनै कोठामा पसे। मलाई लगे। पछि थाहा भयो ससुरालबाट आएका ससुराल खलकका जेठान, साला रहेछन्।
अँ, तीन महिनापछि ससुरालबाट फर्कंदा साथीहरु परीक्षाको तयारीमा लिप्त थिए। जगजगीबीच पनि घरबाट आमाबाका सपनामा आफ्नो पनि मिसाएर आएका थिए। पढ्नु थियो नै। ससुराल बसाइँका कारण मसँग जाँच दिने आँट पलायो न त मन नै पलायो। साथीहरु पनि भाँतीभाँतीका बहाना बनाउँदै मबाट टाढिन थाले। ससुरालबाट आएकाले पनि होला मसँग 'बोले ससुरालबाट बोलावट हुन्छ' कि भनेर टाढिएको सहजै बुझ्थेँ। धन्न मेरो रुमपार्टनर सुवर्णले छाडेनन्। र, 'कोठा छाड्' भनेनन् घर मालिक्नी दिदी सुर्मिलाले।
जाँच दिने जाँगर र मन नहुँदानहुँदै पनि एमपी खरेल, मधु सुवेदीजस्ता साथीले करबल गरे। कोशिस गरेँ। यसै दिइयो। मधुजीका गुरुवचन ठाउँमै लागेछ क्यार, 'नाटक' पास भइएछ।
अँ, अर्को वर्ष पनि अंग्रेजीका सरकारी विद्यार्थीका हाल उस्तै थियो। सरकारी स्कुलका विद्यार्थीका हाल उस्तै थिए। कहाँ खोज्ने जागिर। मरिमेटी पढे नि तेस्रो डिभिजन नकटाइदिएर जगाइदिए के गर्ने यस्तै पिरलोमा पढौं कि नपढौंको दोधारमै थिए, साथीहरु। कोही विषय फेर्दैथिए। ससुराल मेरो लागि हिउँ आयो निहुँ पायो भयो।
ख्यालख्यालैमा एक दिन उदय जीएमसँग कुरा गरेँ, पत्रकारिता पढ्ने। के सोचे कुन्नि उनले? फूलबुट्टा भरेर ठूल्दाइलाई मनाए। पत्रकारिताको पढाइ ठूल्दाइले थामिदिएपछि अंग्रेजी माया मारेँ।
ख्यालख्यालैमा समयले त नेटो काटेछ। परार हो क्यार एमपी खरेलले गाली गर्दै भने, 'बैतर्नी तर्न सकिन्छ। गाह्रो छैन मैले तराउँछु।' बैशाखको धूपले ओइलाएको मन एक झर पानी परेपछि मकैको बोटले टाउको उठाएजसरी मन पलाएछ। त्यसपछि एमपी खरेलले आफ्ना सारा काम माया मारेर मलाई बैतर्नी तराउन तातेताते गराउन थाले।
अँ, एमपी मलाई बैतर्नी तर्ने अभ्यास गराउँदै थिए, ठीक त्यसैबेला नेपालको एक दैनिकमा काम गर्ने साथीले 'बैतर्नी मरेकाटे पनि तर्न नसक्ने' ठोकुवा गरे। त्यसको कारण थियो, सरकारी स्कुलेको रंगढंग उgको र मेरो उस्तै थियो। उनL 'बहादुरीपूर्वक' राजनीतिशास्त्रको शरणमा परेका थिए। जे पर्ला पर्ला भनेर उनलाई धम्की नै दिएको छु 'बैतर्नी तरेपछि तरेको प्रमाणपत्र पछार्छु। टेबल अलि पक्का राख्नु।'
अँ, बैतर्नी तर्न भोलि (फागुन २३) देखि छुट्टि लिएको छु। जंगार छाम्न भोलिदेखि विदा लिदैछु चारदिनलाई।
गाईको पुच्छर कसरी समाउनु पर्छ? पानीले भिजाउँदै लगे कसरी पाइला चाल्ने? हुत्तिएर आए कसरी जोगिने? मलाई थाहा छैन। एमपी खरेलको शरणमा पर्दै गाईको पुच्छर समाउन जाँदैछु।
बैतर्नी तरेपछि कस्तो हुन्छ हँ मन? भन्देऊ न हे तरेका साथीहरु।
Subscribe to:
Post Comments (Atom)
tapaiko yatrama safaltako kamana gardai agrim subkamana hai nabin ji. kshitij
ReplyDeleteI am happy to see your creatio. You are far from Rolpa But we say that you are doing best for you and all Rolpalis.
ReplyDeleteI know there is very struggle in KTM to meke bright future. there is so hard to live. How ever YOu are facing to all problems. so i wish to you go and go ahead for bright future.
your Hataru is also good . I request to you, it is better to coverage the real face of Rolpa. you can contact the Rolpalis journalists to coverave something new.
Thanks.
with pahhpy and regards
K Trasit, Rolpa
Ma pani ustai ho guru. Baitarni tarna Bakinai chha Guru. Tapai tarisakepachhi aphno anubhab malai pani badnus hai. Ani shubhakamana chha hai baitarni tarne kam saphal hos.
ReplyDeleteMina Thapa
ReplyDeletela la nabin dailai gaiko puchar samauna ida dine sabai mitraharulai mero pani dherai dherai dhanyabad.
Nisha Shah
ReplyDeletedai kasto bho ta baitarni tarne prayas?
Nisha Shah
ReplyDeleteaba pakka sathiko tablae bhanch6 hola hai kehi samayapa6i? ma tali pitna tayar 6u la bro.....
Baitarni tarnaka lagi mero Nabinlai sampurna shubhakamana. Burjuwa padai bhanera heppna hunna.Dr.Baburamle jhai sadupayog garnu parcha.Sakincha bhane Burjuwa padai ma pani hami kharo utranu parcha hai Nabin ji. Ma pani Goreharu sanga December ko finalma viddai chu .
ReplyDeletesuresh
It is realy life story of Rolpali student during the pepole.s war time. wel done.
ReplyDeletethanks
netri panthi
kata ho bavin gee
ReplyDelete