Sunday, October 2, 2011

पार्टीको क्रान्तिकारी विचार, कार्यदिशा, कार्ययोजना तथा नेतृत्वको रक्षा एवम् विकास गरौं : वादल


October 1, 2011

माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ ले     क्रान्तिकारी विचार, कार्यदिशा, कार्ययोजना तथा नेतृत्वको रक्षा एवम् विकासमा जोड गर्नुभएको छ । पार्टीभित्र जारी अन्तरसङ्घर्ष, अन्तरसङ्घर्षको अन्तरवस्तु र अब पार्टीले लिने रणनीति र कार्यनीतिका बारेमा निकै प्रष्टसँग उहाँले आफ्नो विचार प्रस्तुत गरिरहनु भएको छ । पार्टीभित्र अत्यन्त सन्तुलित, शालीन, शान्त र दृढताका साथ क्रान्तिकारी लाइनको पक्षमा उभिदैं आउनुभएका महासचिव वादलका समसामयिक विचारलाई यहाँ प्रस्तुत गरिएको छ–
माओवादीभित्र अहिले चलेको विवादको मुख्य अन्तरवस्तु के हो ?
माओवादीभित्र चलेका अन्तःसंघर्षका आधारभूत विषयवस्तुहरु नेपाली जनक्रान्तिका क्रान्तिकारी विचार, कार्यदिशा, कार्ययोजना तथा नेतृत्वसँग अभिन्न रुपमा गा“ंंसिएका छन् । त्यसको रक्षा तथा विकासको निम्ति नै हाम्रो अन्तःसंघर्ष घनीभूत भएको छ ।
खरिपाटीदेखि पालुङटारसम्मका भेला र बैठकले जनविद्रोहको कार्यदिशा पारित गरे पनि त्यो व्यवहारमा लागू हुन नसक्नुको मुख्य कारण के थियो ?
शान्ति, संविधानसभा, संयुक्तसरकार तथा सडक यी चार मोर्चाहरुको समुचित संयोजनबाट नेपालको सामन्तवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनलाई नेपालको विशिष्टता अनुसार मौलिक ढंगबाट सफल बनाउन सकिन्छ भन्ने हाम्रो पार्टीको घोषित कार्यदिशा हो । यो विचार तथा कार्यदिशालाई हामी जनविद्रोह वा अतिरञ्जित पदावलीहरुको प्रयोग गर्नु भन्दा सरल शब्दावली – “क्रान्तिकारी कार्यदिशा” भन्न बढी उपयुक्त ठान्दछौ । जहा“सम्म पार्टीको क्रान्तिकारी कार्यदिशा किन लागू हुन सकेन भन्ने प्रश्न हो – त्यो मूलतः दक्षिणपन्थी प्रवृत्तिलाई आवश्यकता अनुसार नियन्त्रण गर्न नसक्नुमा अन्तरनिहित रहेको हाम्रो पार्टीको ठहर छ ।
साँचो बुझाउने निर्णय स्थायी समितिले गरेको र पछि तपाईंहरुले बखेडा गर्नुभएको भनेर भनिदैंछ नि 

  
स्थायी समितिले कही–कतै सा“चो बुझाउने निर्णय गरेको छैन, अपितु सा“चो नबुझाउने निर्णय गरेको हो । जनमुक्तिसेनाको भेला तथा पार्टीको केन्द्रिय समितिको आधिकारिक निर्णय पनि त्यही हो । यदि जनमुक्ति सेनाको निशस्त्रीकरणको श्रृङ्खलाअन्तर्गत सा“चो बुझाइएको हो भने निसन्देह यो आत्मसमर्पणवादको निकृष्ट अभिव्यक्ति हो । यदि यसो होइन भने त्यो समग्र शान्ति प्रकृयाको “प्याकेज” टुङ्याएर मात्र गर्नुपर्दथ्यो । यसरी सा“चो बुझाउने घटना पार्टीको आधिकारिक नीति तथा विधिको ठाडो उल्लङ्घन भएको स्वतः स्पष्ट छ ।
तपाई सैन्य ब्यरो प्रमुख ह“ुदाहु“दै साँचो बुझाउँने बैठकमा तपाईलाई किन समावेश नगरिएको होला ?
यो परिघटनालाई मैले नीति र विधि दुवैको गम्भीर अतिक्रमण ठानेको छु र त्यसको विरोधस्वरुप मैले नैतिक दृष्टिले वक्तव्य दिएको थिएँ ।
माओवादी पार्टी र मधेसी मोर्चाबीच सरकार गठनका सन्दर्भमा भएका चारबु“दे सहमतिलाई किन विरोध गरिरहनुभएको हो ?
यसका कतिपय बु“दाहरुलाई मैले पार्टीको स्थापित मान्यताहरुको विरुद्ध ठानेको छु ।
पहिलो – जनताको संघीय गणतन्त्र अर्थात् जनगणतन्त्र, पार्टीको घोषित मूल राजनैतिक नारा हो । ‘लोकतान्त्रिक गणतन्त्र’ वा ‘एकात्मक गणतन्त्र’ बुर्जुवाहरुको सुधारवादी नारा हो । संविधानसभामार्फत् कस्तो संविधान बनाउने हो≤ यथास्थितिवादी, सुधारवादी वा क्रान्तिकारी राजनैतिक दृष्टिले आजको सर्वाधिक महत्वपूर्ण प्रश्न यही हो ।
दोस्रो – मित्रराष्ट्र द्वारा “सहमति हुन प्रस्तावित विषयहरुलाई समाधान गरिने छ” भनेर मूर्त अन्तरवस्तुसहित अमूर्त भाषाको प्रयोग गरेर जुन सम्झौता गरिएको छ त्यसले राष्ट्रियताको संदर्भमा गम्भीर आशङ्का एवम् खतराको सङ्केत दिएको छ ।
तेस्रो – शान्तिप्रक्रिया तथा सेना समायोजनसंबन्धी प्रश्नहरुलाई माओवादीको सन्दर्भमा एकातिर अमुर्त राखिएको र परिमार्जनमा जोड दिइएको छ भने मधेसको सन्दर्भमा अर्कोतिर अलग इकाई वा समूहको रुपमा दस हजारको सङ्ख्यामा भर्ना गर्ने कुरा गरिएको छ । मधेसी तथा जनमुक्ति सेना दुवैको ठाडो अपमान किन गरियो ? के मधेसीहरुको सेनामा समानुपातिक प्रतिनिधित्व फगत दस हजारमात्र हो ? के राजतन्त्रको अन्त्य गर्नमा ऐतिहासिक भूमिका खेल्ने जनमुक्ति सेनाको केवल सातहजारको सङ्ख्या निशस्त्ररुपमा समायोजन गर्नु त्यसको भयङ्कर अपमान एवम् आत्मसमर्पण होइन ?
चौथो – त्यस्तै शान्तिप्रक्रियाका बा“की कामहरुबारे पनि कतिपय निर्णय अस्पष्ट, अमूर्त छन् ।
शान्तिप्रक्रियाको काम माओवादीले एकतर्फी ढङ्गले अगाडि बढाउने भनेर पार्टी अध्यक्षले भनिरहनु भएको छ नि ।
एकपक्षीयरुपमा शान्ति प्रक्रिया अगाडि बढाउने भन्ने हाम्रो पार्टीको कुनै निर्णय छैन । एउटा हातले ताली बज्दैन । एकपक्षीय ढंगले शान्तिप्रकृया कसरी अगाडि बढन्सक्छ ? यसको जवाफ अध्यक्ष कमरेडले मात्र दिन सक्नुहुन्छ ।
तपाई मुख्य सूत्रधार भएको भनिएको धोबीघाट गठबन्धन के का लागि निर्माण गरिएको थियो ? के अब त्यो गठबन्धनको सान्नदर्भिकता सकिएको हो ?

 हाम्रो पार्टीको अन्तःसंघर्षको क्रममा दुईवटा ‘घाट’ स्थापित भएका छन् । एउटा– ‘धोबीघाट’ दोस्रो ‘कमलघाट’(कमलादीको भेला)पहिलोमा केन्द्रीय सदस्यहरुको आन्तरिक भेला भएको थियो भने अर्को प्रज्ञाभवनमा खुल्ला रुपमा गैरपार्टी सदस्यहरुसहितको भेला भएको थियो र त्यसलाई ब्द्यऋ त्ख् ले ष्खिभ कार्यक्रमको रुपमा प्रसारण गरेको थियो । त्यो भेलाले भिन्नमत राख्ने माओवादी शीर्ष नेताहरुको निकृष्ट रुपमा चरित्रहत्या गरेको थियो । अर्कोतिर धोबीघाटले पार्टीलाई विघटन, विसर्जनबाट बचाउन नया“ संगठनात्मक लाइनको आवश्यकतामाथि जोड दिएको थियो र छैठौं प्लेनमको रुपान्तरण, एकता र आमूल परिवर्तनको नारालाई ठोसरुपमा कार्यान्वयन गर्न सामूहिक नेतृत्व, नया“ संगठनात्मक प्रणाली, जनवादी केन्द्रियता आदिलाई नया“ धरातलमा स्थापित गर्ने सवाल उठाएको थियो । धोबीघाटको संगठनात्मक कार्यदिशालाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पारित गरेर यसको औचित्यलाई पुष्टि गरेको थियो । धोबीघाट कुनै अपवित्र गठबन्धन थिएन । त्यो एउटा क्रान्तिकारी अवधारणा थियो । हो, अहिले हाम्रा कतिपय कमरेडहरु यो अवधारणाबाट विचलित भएका छन् । पार्टीको आधिकारिक निर्णयको उनीहरुले अतिक्रमण गरेका छन् ।
तपाईं प्रायः निकै सन्तुलित, समन्वयकारी र तटस्थ भूमिकामा रहँदै आउनुभएकोमा अहिले खुलेर अन्तरविरोधमा जोडिनुभएको छ,किन ?पार्टीभित्र मेरो सधै “तटस्थ” भूमिका रहयो भन्ने कुरा तथ्यसङ्गत छैन । वैचारिक एवं राजनैतिक रुपमा म कहिल्यै तटस्थको स्थितिमा भइन । निश्चय पनि पार्टी विभिन्न प्रवृत्तिहरुको एकत्व भएकोले ती प्रवृत्तिहरुलाई परिपुरक बनाउने सन्दर्भमा मैले सक्दो भूमिका निर्वाह गर्दै आएको हो । र, अहिले पनि म त्यो भूमिका निर्वाह गरिरहेको छु । तर वैचारिक÷राजनैतिक दृष्टिले म मेरो आस्था अनुसार यो वा त्यो विचार समूहमा देखापर्नु नितान्त स्वाभाविक ठान्दछु । हो, कतिपय विचार समूहका प्रतिनिधिहरुले मलाई ‘तटस्थ भूमिका’ मा सीमित राख्नुमा आफनो कल्याण देख्नु पनि म स्वाभाविक ठान्दछु । म अहिले, पार्टीको आधिकारिक विचार, कार्यदिशा, कार्ययोजना तथा विधिविधानप्रति पूर्ण रुपमा सहमत र प्रतिबद्ध  छु ।
तपाईहरुले अध्यक्ष र महासचिवलगायतका पदहरु नै विभाजन गरेर टुंग्याइसकेको भन्ने सुनिन्छ नि ? 

यी सबै पार्टीविरोधी शक्तिहरुले प्रायोजितरुपमा फैलाएका हल्लाहरु हुन । भ्रम छर्नु र फूट पार्नु – एक्ल्याउनु–ध्वस्त गर्नु र आफनो एकाधिकारलाई कायम राख्नु शत्रुको आधारभूत रणनीति हो । भ्रम साफ गर्नु–एकताबद्ध हुनु–मोर्चा कस्नु–प्रतिरोध गर्नु र एकाधिकारलाई अन्त्य गर्नु सबै क्रान्तिकारीहरुको रणनीति हो ।
पार्टीको आगामी वैठकमा कसरी जाँदै हुनुहुन्छ ? 

पार्टीको आधिकारिक विचार, कार्यदिशा, कार्ययोजना तथा विधि पद्धतिलाई बुΣने÷लागू गर्ने सवालमा भने हामी जोड दिनेछौं । सा“चो प्रकरण, घरजग्गा, चार बू“दे, मलेशिया,सिलिगुडी, सरकारको संरचना, आदि कुराहरु पृथक परिघटनाको दृष्टिकोणले प्राविधिक र व्यवहारिक विषयहरु हुन । तर यी घटना श्रंखलाको दृष्टिले यी यो वा त्यो विचार, कार्यदिशा, कार्ययोजना तथा विधि÷पद्धतिहरुको अभिव्यक्ति हो । सा“चो प्रकरण – जनमुक्ति सेनाको निशस्त्रीकरण, विघटन र आत्मसमर्पणको अपमानजनक श्रंखलाको अभिन्न कडी हो वा सशस्त्र एवं समूहगत समायोजनको सम्मानजनक श्रंखलाको प्रस्थानविन्दु हो ? यो प्रश्नको स्पष्ट उत्तर आवश्यक छ । त्यस्तै अन्य सवालहरु पनि क्रान्तिकारी प्रक्रियाको अभिन्न अंग हो वा त्यसको विपरीत प्रकृयाको निरन्तरता हो ? प्रष्ट हुन जरुरी छ ।
पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लैजान केकस्ता सहमति हुन जरुरी छ ? 

सामान्यरुपमा भन्नुपर्दा पार्टीको स्थापित एवं निर्धारित विचार, कार्यदिशा÷कार्यक्रम, कार्ययोजना, विधि÷पद्धतिबारे आधारभूत सहमति हुन जरुरी छ । ठोसरुपमा भन्नु पर्दा – प्रधान अन्तरविरोधको स्वरुप, संयुक्त मोर्चा लगायतका तीन साधनहरु, चार तयारी, चाबी प्रकरण, घरजग्गा, चार बू“दे, सिलगुडी÷मलेशिया, राजनैतिक नियुक्तिहरु, सरकारी संरचना, धोबीघाट तथा कमलघाट, शान्ति प्रक्रियाको सन्दर्भमा एकपक्षीय निर्णय, १२ बुँदे र भारत संगको अन्तरसम्बन्धको निरन्तरता आदिबारे मूर्तरुपमा स्पष्ट हुन जरुरी छ ।
जनयुद्धको नीति निर्माणदेखि सफल प्रयोगकर्ता नेताको रुपमा माओवादीका नेता तथा कार्यकर्ताहरुले तपाईंलाई चिन्छन । जनयुद्धको प्रारम्भपूर्व ‘सिज’ अभियान चलाएर वैचारिक, सङ्गठनात्मक, फौजी आधार निर्माण गर्नुभएकाले रोल्पा, रुकुम पछिल्लो समयसम्म केन्द्रीय आधार इलाका बन्यो । जनयुद्धको भीषण समयमा, जहाँ अप्ठ्यारो पर्छ (कहिले उपत्यका, कहिले पूर्वमा) त्यही नेतृत्व लिएर जनयुद्धलाई अगाडि बढाउनमा तपाईंको भूमिका अग्रणी रह्यो । विसर्जन र अकर्मण्यतामा अल्झेको माओवादी पार्टीलाई ब्युँताउन र क्रान्तिको दिशामा लैजान फेरि जनयुद्धतिर त लैजादैं त हुनुहुन्न ?

 अहिले हामी त्यो निष्कर्षमा पुगेका छैनौं र त्यो निष्कर्ष सही र सान्दर्भिक छैन । पार्टीको वर्तमान कार्यदिशा नै वैज्ञानिक÷क्रान्तिकारी छ । हामी त्यो नीति र विधि प्रति पूर्णरुपमा दृढ÷प्रतिबद्ध छौं । हामी आज जुन विन्दुमा आईपुगेका छौं, त्यो विन्दुबाट पछि होइन अगाडि बढनु नै आजको ऐतिहासिक आवश्यकता हो । हामीलाई पुरानो होइन नया“ ‘सिज अभियान’को आवश्यकता छ ।
तपाई जनयुद्धमा नि नजाने भन्नुहुन्छ, अनि किन अहिलेको प्रक्रियामा असन्तुष्ट हुनुभएको हो त ?


 जनयुद्ध स्थानीय एवं समानान्तर सत्ता निर्माणको क्रान्तिकारी प्रकृया थियो, जो हामीले दस वर्षको महान् उथल–पुथलबाट स्थापित गरेका थियौं । अहिले हामी सामन्तवाद–साम्राज्यवाद विरोधी आन्दोलनको नितान्त भिन्न चरणमा आइपुगेका छौं । आजको राजनैतिक आवश्यकता समानान्तर सरकार होइन “राष्ट्रिय संयुक्त सरकार”को हो र त्यो “जनयुद्ध” को प्रकृयाबाट होइन शान्ति, संविधान, सरकार तथा सडकको मोर्चालाई समुचित समायोजन गरेर मात्र संभव छ । जनयुद्धका जगमा प्राप्त उपलब्धीहरुलाई नितान्त नया“ राष्ट्रिय जनआन्दोलन वा ऐतिहासिक पहलकदमी द्वारा नै पूर्णता प्रदान गर्न सकिन्छ । निसंदेह, जनयुद्धको आवश्यकता र औचित्यलाई भावी परिणामको दृष्टिले हामी सिद्धान्ततः अस्वीकार गर्न सक्तैनौं ।
तपाईहरू संविधान लेखनमा केन्द्रित नहुनुभएको भनेर आरोप लगाइदैंछ  नि ?

 निसंदेह हामी त्यसैमा केन्द्रित छौं तर देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु शान्ति तथा संविधानको प्रकृयालाई अवरुद्ध गरी रहेका छन् । उनीहरु जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा रुपान्तरण होइन त्यसलाई आत्मसमर्पण एवं विघटन गर्न चाहन्छन्≤ उनीहरु जनताको संघीय गणतन्त्रको क्रान्तिकारी संविधान होइन, यथास्थितिवादी वा अधिकतम सुधारवादी संविधान लेख्न चाहन्छन् ।
माओवादी संविधानसभामा दुई तिहाइको स्थितिमा नभएकाले सम्झौताको बाटो नै अपनाउँदा ठीक हुँदैन र ? 

मुख्य कुरा जनता तथा राष्ट्रहरुको आधारभूत हितहरुको क्रान्तिकारी ढंगबाट संबोधन गर्ने प्रश्न हो । र, यसको फैसला वैधानिक दृष्टिले संविधानसभाको निर्वाचित प्रतिनिधिहरुले २÷३ मतद्वारा गर्नेछन् । यदि त्यो संभव नभएमा जनता स्वयंले जनमतसंग्रहद्वारा प्रत्यक्षरुपमा आÏनो भाग्यको फैसला गर्नेछन् । अन्ततः त्यो मार्गमा पनि प्रतिगामी शक्तिहरुद्वारा अवरोध उत्पन्न गरियो भने जनताले नितान्त नया“ प्रकृयाद्वारा आफनो संविधान लेख्ने छन् । जनतालाई दुनिया“को कुनै शक्तिले आफनो नैसर्गिक अधिकारको प्रयोग गर्नबाट रोक्न सक्ने छैनन् ।
. उसोभए संविधानसभाले बनाएको संविधान मान्नुहुन्छ होइन त ? 

हामी जनप्रतिनिधि तथा जनताले बनाएको जन–संविधान मान्न पूर्णतः सहमत छौं र त्यसलाई मान्नु आप्mनो दायित्व ठान्दछौं । साथै हामी राष्ट्र तथा जनविरोधी प्रतिगामी संविधान मान्न कदापी तयार हुन सक्तैनौं ।
पार्टीले नै निर्माण गरेको सरकारलाई विपक्षीले जस्तो किन असहयोग गर्नुभएको हो ?

 हामीले सरकारलाई असहयोग होइन पूर्ण सहयोग गरेका छौं । सरकारको मनोगत, जन तथा राष्ट्रविरोधी कदमहरुको विरोध÷आलोचना गर्नु वास्तविक सहयोग हो । बरु सरकारको गलत निर्णयहरुको यो वा त्यो स्वार्थद्वारा प्रेरित भएर अन्धसमर्थन गर्नु त्यसलाई असहयोग गर्नु हो । सरकारमा जाने पार्टी प्रतिनिधिहरुलाई बाहिर रहने पार्टी प्रतिनिधिहरुले रचनात्मक प्रतिपक्षको हैसियतले सहयोग गर्नु पर्दछ ।  हामी सरकारको सही कदमको समर्थन र गलत कदमको आलोचना गर्दछौं । यदि सरकारले बाह्य शक्ति को दबावमा गृहसचिवको सरुवा गरेको हो भने हामी निसंदेह त्यसको विरोध गर्दछौं, यदि सरकारले बाह्य अतिक्रमणको विरोध गर्छ भने हामी त्यो कदमको हार्दिक स्वागत गर्दछौं ।
किसानले कमाइरहेको जमिन्दारको जमिन सरकारले फिर्ता दिने निर्णयलाई कसरी लिनुभएको छ ? 

शान्ति तथा संविधानको प्रक्रियालाई तार्किक निष्कर्ष सम्म पु¥याउन किसानहरुका लागि वैकल्पिक व्यवस्था गरी सामन्त÷जमिन्दारको घरजग्गा फिर्ता गर्नु पर्दछ भन्ने पार्टीको सुविचारित निर्णय हो । यो पार्टीको संक्रमणकालीन नीति हो । यो सर्वदलिय राजनैतिक सहमति पनि हो र सरकारसंग भएको संझौता पनि हो । यदि वैकल्पिक व्यवस्थाविना किसानहरुलाई जमिन्दार एवं जालीफटाहरुहरुको पक्षमा लागेर सरकारले प्रशासनिक दमन गर्दछ भने हामी त्यसलाई देशी÷विदेशी शक्तिहरुको निर्देशनमा शान्ती तथा संविधानको ऐतिहासिक प्रकृयालाई भाड्ने गंभीर षडयन्त्रको रुपमा लिनेछौं र संपूर्ण तागतले त्यसको प्रतिरोध गर्नेछौं ।
तपाईहरुको पार्टी अध्यक्षले १२ बु“देमा जस्तै शान्तिप्रक्रिया र संविधान लेखनमा भारतको सहयोग आवश्यक रहेको बताउनुभएको छ, के अब शान्ति प्रक्रिया टुङ्याउन भारतलाई आमन्त्रण गर्नुपर्ने आवश्यकता गर्नुभएको हो ? 

पार्टी अध्यक्षले त्यो कुरा कुन प्रसंगमा भन्नु भएको हो, मैले अझै बुझन बाँकी नै छ । निश्चय पनि हामी भारतसंग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं तर त्यो असमान सन्धि÷सम्झौताको जगमा सम्भव छैन । सर्वप्रथम भारतद्वारा निर्मित त्यो जग पूर्णतः भत्काउन आवश्यक छ । १२ बू“दे मा भारतको “कथित सहयोग”  थप  असमान सन्धि÷सम्झौता थोपर्ने ‘लगानी’ थियो भने हामी त्यसप्रकारको कथित सहयोगको विरोधी हौं । हामी अब पुनः २०६२ मंसिर ७ गते (१२बू“दे सहमति भएको बिन्दु) फर्कन सक्तैनौं । बरु हामी ०६८ तिर अग्रगामी फड्को मार्न चाहन्छौं । शान्ति÷संविधानको प्रकृयामा भारतले आफनो प्रत्यक्ष÷अप्रत्यक्ष अतिक्रमणकको अन्त्य गरेर मात्र सकारात्मक सहयोग गर्न सक्दछ ।
पार्टी एकताको सँभावना कतिको छ ? 

सम्पूर्ण राष्ट्रवादी एवं देशभक्त, गणतन्त्रवादी तथा वामपन्थीहरुबीचको एकता एवम् रुपान्तरण आजको आवश्यकता हो । त्यसको जगमा नै नया“ नेपालको निर्माण सम्भव छ । प्रतिगामी शक्तिहरु अग्रगामी शक्तिहरुमा फुट पैदा गरेर प्रतिक्रान्ति सम्पन्न गर्न चाहन्छन् । त्यसको निम्ति उनीहरु साम, दाम, दण्ड, भेदका सबै शस्त्र÷अस्त्र प्रयोग गरिरहेका छन् । परिवर्तनकारी शक्तिहरुले शत्रुहरुको घेराबन्दी तथा प्रहारलाई चिर्न आफनो विचार, कार्यदिशा, कार्ययोजना तथा नेतृत्वलाई अजेय, अभेद्य एवं अमोध अस्त्र÷शस्त्रको रुपमा ‘शान’ लगाउन जरुरी छ । सम्पूर्ण क्रान्तिकारी पंक्तिहरुको रुपान्तरण, एकता तथा विजयको सन्देशले जनता तथा कार्यकर्तामा व्याप्त निराशाको अन्धकारलाई स्वर्णिम प्रकाशमा परिणत गर्न सक्तछ । आउनुहोस, हामी तल र माथि, भित्र  र बाहिर सबै दिशाबाट त्यसको निम्ति ऐतिहासिक पहल गरौं π चुनौतिहरु गँभीर छन् तर भविष्य उज्ज्वल छ π 
from janadishanews.com

No comments:

Post a Comment