Sunday, December 4, 2011

एकै खुट्टामा तीन घन्टा उभिएर मन्त्रीको स्वागत


सुरेश यादव, जनकपुर, मंसिर १९ - गाउँमा स्वास्थ्यमन्त्री आउने खबर सुनेर दंग थिइन्, आठ वर्षीया प्रियंका ठाकुर। धनुषा, सबैलाकी उनी आइतबार दिउँसो एक हातमा माला र अर्को हातमा बैशाखी समातेर तीन घन्टासम्म उभिरहिन्।
तर, मन्त्रीलाई आफ्नै हातले माला लगाइदिएर चार वर्षदेखि झेलिरहेको दुःख बिसाउने उनको प्रयास खेर गयो। घन्टौंपछि आएका स्वास्थ्यमन्त्रीले स्वागतमा पंक्तिबद्ध गाउँकै मदन आश्रित राष्ट्रिय निमाविका छात्रछात्रालाई देखे-नदेख्यै गरे। प्रियंका त्यही स्कुलमा तीन कक्षा पढ्छिन्।

मन्त्री त भित्र प्रवेशै नगरी कार्यकर्तासँगै अल्मलिए। बरु मन्त्रीसँगै आइपुगेका कार्यकर्ताको भीडमा च्यापिएर प्रियंकाले बैशाखी नै गुमाइन्। मन्त्रीको गलामा लगाउन हातमा बोकेको माला कता गयो कता! धन्न, हावाहुरी जस्तो भीडमा जसोतसो जीउ सम्हाल्न सफल भएकी प्रियंकालाई देखाउँदै एक सञ्चारकर्मीले उनको अपांगताबारे मन्त्रीलाई जानकारी गराउनसम्म भ्याए।

मन्त्रीलाई कार्यकर्ताको घेरा छाडेर बालिकाको दुःख सुन्ने फुर्सद पनि थिएन। प्रियंकाले भुइँबाट सकिनसकी पुनः हातमा लिएको माला खोस्दै मन्त्री मञ्चमा गएर बसे।
स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतो पुरानै प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन शिलान्यास गर्न आइतबार सबैला आएका थिए। चार वर्षअघि सामान्य ज्वरो आउँदा त्यही केन्द्रका चिकित्सकले लगाइदिएको सुईको असरका कारण प्रियंकाको खुट्टा गुमेको थियो।

'चार वर्षको उमेरमा ज्वरो आउँदा यही स्वास्थ्य केन्द्र ल्याएका थियौं, डाक्टरले सुई लगाइदिए,' प्रियंकाकी आमा सरिताले भनिन्, 'घर फर्केपछि ज्वरो त निको भयो। तर, सुई लगाएको तिघ्रा सुन्निँदै रातोबाट कालो भयो। हड्डी सडिसकेछ। पछि खुट्टै काटेर फाल्नुपर्‍यो।'
courtesy from http://nagariknews.com/news-highlights/139-highlights/33884-2011-12-05-03-14-09.html

No comments:

Post a Comment