Sunday, December 4, 2011

'शान्ति प्रकि्रयापछि जातभात हेर्न थालियो'

सशस्त्र द्वन्द्वका क्रममा अपांग भएकी माओवादी कार्यकर्ता विजेश्वरी शाही र उनका अपांग लडाकु श्रीमान् । तस्बिर: कलेन्द्र सेजुवाल/नागरिक
कलेन्द्र सेजुवाल, सुर्खेत मंसिर १७
कालिकोट चिल्खायाकी विजेश्वरी शाही २०५८ सालमा माओवादी 'जनयुद्ध'मा होमिदा १४  वर्षकी थिइन् । ९ कक्षाको पढाइ छाडेर बन्दुक बोक्दा उनले देखेका थुप्रैमध्ये एक सपना थियो 'नयाँ नेपाल' । तर दशक लामो यात्रामा उनले नयाँ नेपाल देख्नु त कता-कता आफूबाट थुप्रै गुमाइन् । 'युद्धका बेला गोली लागेर हात काटियो नाबालक छोरो पनि गुमाएँ,' उनी भन्छिन् 'अहिले घर न घाटको भएर बस्नु परेको छ ।'
विजेश्वरीका श्रीमान् पदमराज परियार अपांग लडाकु हुन् । २०६१ साल माघमा सुर्खेतको भेरीपुलमा भएको दोहोरो भीडन्तमा उनको खुट्टामा गोली लाग्यो । त्यसअघि दाङ आक्रमणका बेला शरीरमा गडेका बमका छर्राले अहिले पनि पीडा दिइरहेका छन् । 'जनताको मुक्तिका लागि भनेर ज्यानको प्रवाह नगरीकन युद्ध लड्यौं अहिले भने आफ्नै जीवन अघि बढाउन मुस्किल भइसक्यो,' पदमराज गुनासो गर्छन् ।
यो जोडीले युद्धमा अंगभंग भएको भन्दा ठूलो पीडा अन्तरजातीय विवाहको कारण भोगिरहेको छ । युद्धको बेला अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने माओवादीले अहिले आफ्नो समस्यामाथि मौनता साँधेकोमा उनीहरु दुःखी छन् । 'बरु युद्धका बेला जातभातको कुरा बाहिर आउँथेन,' विजेश्वरीले भनिन्, 'शान्ति प्रकि्रयापछि त गाउँघरमा झन् जातभात हेर्न थालियो यसले गर्दा माइतीसँगको सम्बन्ध बिगि्रएर गयो  ।'
माइतीले श्रीमान्सँग सम्बन्धविच्छेद गरी पशुपतिमा गएर जिवबो चोख्याएर आएमा मात्र छोरी मान्ने सर्त राखेको उनले बताइन् । त्यसैले उनी विवाह भएको आठ वर्षसम्म पनि माइत गएकी छैनन् ।
कालिकोटको पादमघाट भीडन्तमा सेनाको गोली लागेर बायाँ हात गुमाएकी विजेश्वरीले शान्ति प्रकि्रयापछि राज्यबाट राहत पाएकी छैनन् । 'जनयुद्धका घाइते'को सूचीमा नाम राख्न पार्टीका नेताहरुलाई बारम्बार आग्रह गरे पनि बेवास्ता गरेको उनको गुनासो छ । 'एकपटक त रणवीर (माओवादी केन्द्रीय सदस्य भरत बम)लाई चिठी लेखेरै दिएँ' उनले भनिन् 'तैपनि मेरो पीडा पार्टीले बुझेन ।'
शान्ति प्रकि्रयासँगै पार्टी-संगठनमा सामेल विजेश्वरी लेखफसा्रस्थित खारखोली गाउँमा र पदमराज घोराही-सतबरिया बि्रगेडको घाइते तथा अपांग लडाकु शिविरमा बस्छन् । सेना समायोजन प्रकि्रयापछि भने आफ्ना दुःखका दिन सुरु भएका उनीहरु बताउँछन् । 'शारीरिक श्रम गरेर कमाउन सक्ने स्थिति छैन नियमित आम्दानीको माध्यम पनि छैन,' सेनामा जाने इच्छा भए पनि अपांगताका कारण स्वेच्छिक अवकाश रोजेका पदमराजले भने 'जनयुद्धमा लाग्दाको फल त अब पाइएला जस्तो छ ।' लडाकु शिविरमा बस्दा राज्यले मासिक रुपमा दिने भत्ताबाट गुजारा गरे पनि अब कसरी जीवन धान्ने भन्ने चिन्ता थपिएको उनले बताए । 

from Nagarik

 

No comments:

Post a Comment