नवीन विभास काठमाडौँ, असोज १८
बाबु मन चिन्ताएर फुकिढल कमरेड केशवको सावँलो अनुहारले भन्यो, ‘फत्रक्कै गलायो छोराछोरीको भविष्य चिन्ताले।’ रोल्पाको राङ्कोटस्थित गोरीचौरमा अनुहारको कुरामा सही थाप्दै उनको भालुकोटे बोली पनि झर्यो, ‘आजसम्म त गाउँमा जसोतसो पढाएँ। अब कसरी हो? केइ मेलोमेसो पाया छैन।’
जिन्दगीको सिरीखुरी धरेको माओवादी के भयो? थाहै नपाई कसरी भत्क्यो दुःखी–गरिब पनि हाँस्न पाउने नयाँ संसारको सुन्दर सपना?