२०७६ असार १४ शनिबार ०६:५९:००
यो एउटी ‘अभागी’ आमा–आलाप हो, जो मातृत्व खन्याउँदै छोरीसँग लुकामारी खेल्नेयाममा अरूको काखमा छोरी (तीसमहिने छोरी) छोडी ‘वर्ग दुस्मन’सँग लुकामारी खेलिन् । १० वर्ष लामो ‘जनयुद्ध’मा छापामाररत दम्पतीमध्ये पति घाइते पनि भए । रगतको नाता नलाग्ने एउटी गृहिणीलाई जिम्मा छोडेकी छोरीले पछि आमा नस्विकारेपछि काखमा छोरी फर्काउन अर्को ‘जनयुद्ध’ पनि लडिन् । लोकतन्त्र र गणतन्त्र तिनै सयौँ पुष्पाहरूका त्याग–जगमा त उभिएको छ । भलै, तिनीहरू अचेल कि खाडीमा छन् कि कालापार (भारत), कि गाउँ/सहरमा हातमुख भेटको मेसो मिलाउन संघर्षरत ।