Tuesday, March 31, 2009

६ गते चुनाव भएको त्रिभुवन विश्वविद्यालयको चुनावी परिणाम १८ गते मात्र आयो । क्रान्तिकारी जित्ने पक्कापक्की भएकाले होला चुनावस्थलमा क्रान्तिकारीका समर्थक मात्र थिए । उनीहरुले नेवारी बाजासहित नाचगान थालिरहेका थिए । एबीसी टेलिभिजनले लाइभ गरेको थियो ।
मतगणनास्थल शिक्षा विभागको अगाडि दिउँसो नै हिमाल शर्माकी पत्नी फूलमाला लिएर गएकी थिइन् । उनका साथमा अस्कलमा आइएस्सी दोस्रो वर्षमा पढ्ने सरल शिवपुरी उच्चमावि महाराजगंजमा १० कक्षामा पढ्ने सपना र सोही स्कुलमा सात ७ कक्षामा पढ्ने जटिल पनि माला लिएर पुगेका थिए ।
घोषणा गर्न ढिलो भएपछि सरल सपना र जटिललाई अबिर लगाइदिएका थिए ।
घोषणा सुन्न गएका विद्यार्थीमाझ सूर्खेतकी माया घर्तीमगरको विशेष चर्चा थियो । राम्री भएर भोट दिएको तन्नेरीहरु बताइरहेका थिए । नेविसंघबाट विजयी हुने एक मात्र सदस्य हुन् । यसैगरी सहसचिवमा विजयी हुने पि्रतम गुरुङलाई पनि फरासिलो भएकाले भोट दिएको बताउँदैथिए । दुवैजना जनजातिको भोट पाएर जितेको टिप्पणी थियो । घोषणा नभए पनि माया र पि्रतम नेविसंघबाट जित्ने गाइर्ंगुईं विद्यार्थीमाझ चलिरहेको थियो । क्रान्तिकारीका हार्ने सहसचिव मनोज यादव र सदस्य रामपुकार साह दुवै मधेसी मूलका थिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय एमाले अखिल शून्य भएको छ ।
सभापति हिमालले २७६९ र नेविसंघका अन्जान लामाले २२८७ र एमाले अखिलका विदुर सुब्बाले २०७८ मत लिए । सबैभन्दा मतान्तर सचिवमा मानुषी यमी भट्टराईको छ । उनका बाबा डा।बाबुराम भट्टराई सबैभन्दा बढ्ता मतान्तरमा जित्ने सभासद् हुन् । यमीले ३०६६ मत लिइन् भने उनका निकटतम प्रचितद्वन्दी नेविसंघका जीवलाल खरेलले २०८६ मात्र लिए ।
उपसभापति क्रान्तिकारीका रमेशकुमार दर्जी २४२७ सहसचि नेविसंघका पि्रतम गुरुङ २४०८ कोषाध्यक्ष क्रान्तिकारीकी दुर्गादेवी धामी २५३८ छन् । यसैगरी सदस्यमा क्रान्तिकारीका अनिल प्रसाई्र २३१० वसन्तकुमार मिश्र २३५१ ठाकुर गुरुङ २३९८ सुष्मा अधिकारी २३३१ मेनुका सुब्बा २६०४ सन्दीप अधिकारी २३८४ रत्नबहादुर बुढा २४३५ यमनाथ गिरी २३५० र इन्द्रबहादुर भण्डारी २३९२ छन् । नेविसंघबाट जित्ने माया घर्तीमगरले २३६८ मत लिएकी छन् ।
घोषणा हुँदा सात बज्न लागिसकेको थियो । पानी परिरहेको थियो । विजय जुलुस रातसँगै कीर्तिपुरको नयाँबजार उकालिदैथियो ।


गाउँदै नाच्दै क्रान्तिकारीकी नेतृ बिना मगरसरस्वती क्याम्पस सभापतिकी उम्मेदवार र माओवादी प्रवक्ता दिनानाथ शर्माकी छोरी







हिमाल शर्मापत्नी


हिमाल शर्माका छोरा सरल जटिल र छोरी सपना


जनसेनाका कमाण्डर पासाङपुत्र दीपेश पुन जो अस्कल क्याम्पसका निर्वाचित सदस्य हुन् र हिमाल शर्मा पुत्र सरल

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरकी सचिव मानुषी यमी भट्टराई। उनी मन्त्रीद्वय डा।बाबुराम भट्टराई र हिसिला यमीकी छोरी हुन्।




त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका सभापति हिमाल शर्मा। उनी क्रान्तिकारीका महासचिव पनि हुन्।

No comments:

Post a Comment