Monday, March 16, 2009

माफ गर्नुस्

नयाँ पत्रिका छाडेदेखि ब्लग अपडेट गर्न सकेको छैन । कता कता के नपुगेजस्तो न कस्तो कस्तो लागिरहेको छ । न मैले कथा लेखेको छु न त निबन्ध नै । यसबीचमा साथीहरुका किताबचािहं हेरेँ । तर, ज्यान लगाएर हेर्न भ्याइएन ।
नियमीत गर्ने सोंचमा छु । तर, नियमीत गर्नलाई साधनको पनि त आवश्यक पर्दोरहेछ । साधन किन्नका लागि जोहो गर्न थालेको पनि जुग बित्यो । मोबाइल सेट किन्न रिन लिएको साथीलाई पैसा फिर्ता गर्न सकेको छैन । अनिता ! नआत्तिनु ल ।
पैसासँगै समय व्यवस्थापन ठूलो रहेछ । फुस्रद नहुने त कहाँ हो र ? त्यसलाई व्यवस्थापन गर्न सकेको छैन ।
सम्झन्छु, नयाँ पत्रिकामा छँदा राति समाचार लेखे पुग्थ्यो । दिनभर डुल्न पुग्थ्यो । अहिले ? दैनिकी डटकमको अनलाइनमा त्यो अवसर छैन ।
पत्रिका निस्केपछि अलि हल्का होला । यसै सोचेको छु ।
समय भएन भनेर गुनासो गर्नु भन्दा पनि आफूले समय व्यवस्थापन गर्न नसकेको आफैलाई थाहा छ ।
दैनिकीमा आएपछि पनि जनमुक्ति सेनाको क्याम्प पुगें । नवलपरासीस्थित हात्तीखोर पुगेँ । तनहुँस्थित छिम्केश्वरी महोत्सवमा गएँ । शिविर र तनहुँका अनुभूतिलाई लिपिबद्ध गर्नु छ । बाँकी नै छ ।
केही सम्झना बाँकी छन् । तिनलाई उन्नु छ ।
आदरणीय पाठक ! मलाई माफ गर्नुस् ।

No comments:

Post a Comment