Thursday, October 29, 2009

गाउँको तिर्खा


१० कार्तिक। रातको सवा दस बजे। बुद्धनगर। भर्खरै फर्केको छु, अफिसबाट।

रुकुम चुनबाङबाट आजै आइपुगेको रहेछ, उमाकान्ते। खानासाना खाएर विमले र ऊ गफमा मस्त रहेछन्।

सिङ पुच्छर उमारेको खाना हसुरेर भान्छा कोठाबाट अर्को कोठामा आएँ। सोधेँ, गाउँघर र यसपालिको दसै तिहारको बारेमा।

मुखले भन्नुभन्दा भिडियो प्रभावकारी ठानेछ, सायद। खासा मोबाइलमा भिडियो 'अन्' गरेर हात पार् यो। र, भन्यो, 'यै हो गाउँको दसैतिहार।'

एक हुल चुनबाङ्गी। दमाहा, दौरी, मादल, झ्याली र मुरलीको तालमा पैसरी नाचिरहेछन्। बेलाबेलामा कल हाल्छन्, 'नक्कले बाबु उर्जा' 'खोरे बल्द लोटी मर् यो पुच्छर जिउँदैछ ह…' गला नै छिनियोजसरी लामो न लामो 'बगाले स्वरुमा' कल हाले।

अघिअघि पाकाहरु ज्यानमा सानो हड्डी पनि छैनजसरी लच्केर नाच्दैछन्। पछिपछि 'उँधो खोला बगाएर उँभो खोला खोज्ने'जस्ता ठिटाहरु पाइन्ट झुण्ड्याएsf. सुकेका काठलाई हावाले जबर्जस्ती घरी यता घरी उता हल्लाएजसरी अल्छि मानेर हल्लिरहेछन्। कसैका कानमा कुन्डल छन् त कसैका आँखाको छेवैमा। कोहीका कपाल चीनतिर फर्केका छन् कोहीका भारततिर। तिनका कपालका रङ पनि भाँतीभाँतीका।


'लौ यतिका ट्यापे कहाँबाट पुगेछन्, गाउँमा?' उमाकान्तेलाई सोधेँ।

'कोही दाङ पढ्ने केटाहरु हुन्, कोही काठमाडौंमा।' उमाकान्तेको कुराले छक्क परेँ।

यसपालिको दसै तिहारमा पनि रोल्पा जाने साइत जुरेन। यसपालि पनि दसै तिहार जनसेनाका शिविरमै बिते।

'दसैतिहारताका रोल्पा रुकुमको अनुहार कस्तो थियो होला ? के के गर् यो होला ? कति कालापारे र अरबे फर्किए घर ? र, जनयुद्धमा मारिएका परिवारजन के गरे होलान् ? आफ्ना अंग युद्धमा चढाएका योद्धाहरुले के गरे होलान्?'

मनमा भाँतीभाँतीका काल्पनिक अनुहार बनाउँदै चित्त बुझाइरहेको बेला मोबाइलमा भए नि खिचेर ल्याएछ उमाकान्तेले। दसैतिहारमा कस्तो थियो मेरो गाउँ ? अनुहार हेरिरहेछु। खासा मोबाइलले ठाउँठाउँमा स्टील फोटो खिचेको छ भने ठाउँठाउँमा मुभी।

'यो खासाले नि गरिबका लागि खास्साकै चिज दिएको छ है।' यति भनेपछि उमाकान्तले नाक कुच्यायो। उसको मोबाइललाई खासा भन्दिएर 'भाउ घटेको' महसुस गरेछ क्यार।

'हो त खासा नहुँदो त तैले किन्न सक्थिस् ?' त्यसपछि भने चुपचाप मुन्टो हल्लायो।

'मोबाइल हराउनेमा ह्याटि्रक भएपछि मैले पनि यसपाति खासा नै किनेको छु, चार हजारमा। जहाँ रेडियो पनि रेकर्ड पनि क्यामेरा पनि। अनि त भएन त खासाको मोबाइल खास्साको ?' चित्त बुझेछ क्यार खिसिक्क हाँस्यो। मुभी पनि खिच्नसक्ने मोबाइल जसलाई विद्यार्थीले पनि चलाउन सक्ने खासाले त दिएको छ नि।

उसैगरी फर्किए होलान् कालापारे भारतका शिमला, लेलद्दाखबाट। साथसाथमा फर्किए होलान् मरुभूमिका यमानका बाकस बोकेर अरबेहरु। र, कोही पेटमा, कोही पिठ्यूमा बोकेर र कोही डोर् याउँदै गए होलान् मैतालुहरु। भने होलान्,'हाम्ता आइगिम् है।'

ठूलोगोरीको मेला। मयूरको प्वाख हल्लाउँदै नाचिरहेका सारंगी नचारु र अनि पुरानो पाराले मसिनो चाली लगाएको पैसरी। बेलाबेलामा पाल्लो गाउँ नै पुग्ने गरी एकै स्वरमा कल हालेका, 'फूलै फुल्छ बारैबार जोवन एकै बार है।'



'उमाकान्ते तेरो भिडियो हेरेर गाउँ नै पुगेजस्तो लाग्यो यार।' यति भनेर उसको खासा मोबाइल हात पारेँ।

कल्पना गरेर गाउँको अनुहार आँखामा ल्याउनु र गाउँ पुगेजस्तो गरेर चित्त बुझाउनु। सायद रोजीरोटीका लागि जन्म घर छाडेकाका नियती यस्तै होला।

जसरी उमाकान्ते आयो त्यसरी नै कहिलेकाहीँ गाउँबाट आउँछन् आफन्तहरु, गाउँ नै बोकेर। उनीहरु आउँदा गाउँ नै उठेर आएजस्तो लाग्छ। गाउँको संचोबेसंचोका कुराकानीसँग रात बित्छ।

आफू जन्मेको ठाउँ, बालापन काटेका र उकालीओराली गरेका भीरकान्लामा फरक्क फर्की अतीतमा पुग्नुको पीडा र मज्जा नै बेग्लै। के तपाईंलाई पनि यस्तै हुन्छ ? वर्षौंपछि माइती भेट्न आएको साँझ कस्तो हुन्छ हँ, चेलीको घर र उसको मन ? सायद मेरोजस्तै. जस्तो अहिले अनुभूत गरिरहेछु। ठानेँ, वर्षौंसम्म पनि माइत जान नपाएकी चेली हुँ म। र, माइती देशबाट भेट्न कोही मेरा आफन्त आएका छन्। उनीसँगै माइती देशको राम्रोजात्रोको बारेमा सोधेर रात छर्लंगै कटाउँदैछु।

अँ, चुनबाङबाट उमाकान्ते आएको छ, एचए पढ्न। साइन्सको ११ दिएर बाटो मोडेको छ, एचएतिर। सानो छँदा घोराहीमा मसँगै बसेको थियो। उसका बा कमरेड कुश्माकर चुनबाङका छोटे नेता हुन्। उसको दाजु सकुन्त डोल्पा कारबाहीमा मारिएका थिए। सकुन्त जनमुक्ति सेना थिए। अजयशक्तिले सकुन्तको बारेमा 'आँधीसँग खेल्दा' नामक उनको संस्मरण पुस्तकमा लेखेका छन्, 'सकुन्तको हातमा गोली लागेको थियो। रगत बग्दैथियो। गम्भीर घाइते देखेर होला उनले भने, 'अरुलाई राम्ररी हेर्नुस्. म त ठीकै छु। सामान्य चोट हो।' उनलाई बोकेर घेरा काट्यौं। पानी मागे। हामीसँग पानी थिएन। शीत थियो। त्यसैमा रुमाल भिजाउँदै उनको मुखमा निचोर्दै उकालियौं।

हेर्दाहेर्दै उज्यालो भयो। घाम लाग्यो। शीत ओभायो। उनले पानी मागिरहे। आकाशबाट हेलिकप्टरले गोलाबारी गरिरहेको थियो। हामी उकालिदैथियौं।

शीत नै ओभाएपछि के गर्ने ? उपाय थिएन। उनले हामीलाई छाडेर गए।

जब म सोलुको सल्लेरीपारिको जंगलमा कमरेडहरुले छाडेपछि आफ्नै पिसाब खाएर बाँचेँ तब सम्झना भयो, 'उनलाई पिसाब खुवाएको भए बाँच्ने रहेछन्।' तर त्यसबेला त्यो बुद्धि आएन। पिसाब नखुवाएकोमा मलाई ठूलो पश्चात्ताप छ।'

उमाकान्तेको गाउँको हाइस्कुलबाटै मैले एसएलसी गरेको थिएँ। सपना देख्ने याम त्यही थालनी गरेथेँ। गीत संगीतको सम्मोहनमा बाँधिएर कहिले महत कहिले चौरजहारी कहिले रुकुमकोत गरेथेँ। ससाना e'राहरु चर्का क्रान्तिकारी भाषण गर्दै गीतको तालमा उप्रुन्थ्यौं। रहरै रहरमा लहडै लहडमा राजनीतिको रहमा चुर्लुम्मै डुबेका थियौं। बुर्जुवा शिक्षा भन्दै किताबका झोला बारमा झुण्ड्याएर सांस्कृतिक कार्यक्रममा स्कुले याम कटाइएछ। हामी भुराभुरी त यति आशावादी कि! यस्तो लाग्थ्यो, 'जनवाद भन्ने चिज भोलि नै आइपुग्छ।' सपना देख्ने यामका कुरा न भए ती।

के तपाईंका पनि थिए त्यस्तै दिन ?

'अर्को हेर्नु, हामी पैसरी नाचेको,' कुरैकुराको मेलोमा उमाकान्तेले उसको खासा मोबाइलमा अर्को भिडियो देखायो।

हेरेँ- ज्यान मारेर मज्जाले नाच्ने दुईचार पाका। बाँकी ट्यापेका केटा. रेसा झिकेर राखेका भङालीजस्ता उभिएका छन्। न निहुरिएका न ठडिएका। न लचक कुनै न धमक कुनै।

'गाउँ नै ट्यापे बनाएरु आइस् कि क्या हो ?'

उमाकान्ते हाँस्यो। र, भन्यो, 'जमानै यस्तै। चल्नै पर् यो जमानासित।'

'खै तिमेरु नाचेको ?'

'कहाँ नाच्न जान्नु। पछिपछि हल्लिइयो।'

सहरका सकारात्मक कुरा पनि त छन्। तर यी गाउँले ठिटा जसलाई पूर्खाले कमाएको जायजेथा बन्धकीमा राखेर आफ्ना रहर र खुसी लिलाम गरेर 'के के न के के इलम सिक्लान्' भनी सहर पठाएका छन्, पढ्न। यिनीहरु ट्यापे भएर आउँदा आमाबाको मन कति चिरा फाट्यो होला ? कल्पेर बक्क परेँ।

निजी पहिचानबाट अलग बनाइ पश्चिमा संस्कृति लाद्ने र सांस्कृतिक साम्राज्य फैलाउने पूँजीवादी साम्राज्यवादीहरुको नीति छ। संचारमाध्यममा तिनै छाएको छ।

रोग, भोक र शोकग्रस्त विकासोन्मुख मुलुकका जनताका तिर्खालु मनमा पश्चिमा संस्कृति पस्केर आफनै बनाउन चाहन्छन्। बनाउँb"छन्, 'नगरी खाने नमरी जाने।' 'नन् ओस्टर्नुहरु 'इमोस्नलु''भल्गरु' हुन्छन् भन्दै आफू उभिएको माटोप्रति नै घृणा छर्न चाहन्छन्। र, पश्चिमलाई अन्धानुकरण गराउन चाहन्छन्। र, सपना देख्ने यामका यी गाउँले ठिटाहरु लागेका छन् 'जे जे नराम्रा छन् तिनकै पछिपछि।'

'यी यो पर्दाभित्र भिडियो देखाइरहेका छन्', खासा मोबाइलमा भिडियो हेर्न तछाडमछाड गरिरहेका ठिटाठिटी देखिए।

'पैसरी, सारंगी कहाँ हेर्नु तरुन तन्नेरीले ? भिडियो हेरे' उमाकान्तेले भन्यो। अनि कहाँ गाउनु साइली बरै, उत्रा, फाँक ?
परारको साल ठूलोगोरीको मेला गएको थिएँ। टेपमा बिमाकुमारी दुरा र राजु परियारका गीतमा ढल्की ढल्की नाच्दैथिए, ठिटीहरु। धन्न! सविन राईका गीतमा नाचेनन् ठिटाहरु ।

'१०वर्ष जनयुद्धको आधार क्षेत्रको सांस्कृतिक रुपान्तरण त यस्तो छ भने अरु ठाउँमा झन कस्तो होला ?' माओवादी छोटे नेताले पनि गम खाए। उनीहरुले आफले हरेश खाएको कुरा गरे, 'हामीले चिन्ता गरेर के गर्नु ? ठूला नेता भुँडी फुलाएर राजधानीमा महल र पजेरो कोरल बसेर फुल पारिररहेका छन्।'

भिडियोमा गाउँ हेरेँ, 'न गाउँको अनुहार बचेछ न त सहर नै भएवजस्तो। कस्तो न कस्तो।'

'इः यो बूढागाउँ।' स्टील फोटो देखायो। झल्यास्स सम्झिएँ र सोधेँ. 'बिकास कहाँ छ उसकी आमाको के छ खवरु ?'

दसै तिहारमा बिकास गाउँ गएको बतायो। सभासद कमला रोकाको पीए भएको जानकारी गरायो। सोध्यो, 'पीए भनेको ठूलै हो, अंकलु?'

बिकासकी आमाको अवस्था नफेरिएको बतायो। ढाड भाँचिएपछि बाँच्ने सम्भावना कमै हुन्छ। तर ती दिदी बाँचेकै छन्। ढाड भाँचिएपछि उपचारको लागि सहरतिर जाँदा घोराहीमा मेरै डेरामा बसेकी थिइन्। एकातिर भूमिगत अर्कोतिर ढाड भाँचिनु। बज्नु १२ बजेको थियो। अर्कैले खुवाउने अर्कैले दिसापिसाब गराउने। हैरान थियो। उनको सहयोगी थिइन् चुनबाङका स्थानीय नेता भागीलाल छिनालपत्नी। पछि ती भागीलालले एक महिला कमरेडसित कक्कर खाएछन्। कारबाहीमा परेछन्। अहिले के छ, उनको हालखवर ? उमाकान्तेले पनि थाहा नभएको बतायो।

बिकासको बाबा श्याम पुन जनयुद्ध थालनी भएको केही वर्षपछि मारिएका थिए, घरमा आएको बेला। श्रीमान् मारिएपछि ती दिदी भूमिगत भएकी थिइन्। भूमिगत भएको दुईचार वर्ष नपुग्दै गोठीबाङ गाउँमा गएको बेला रुखबाट खसेर ढाड भाँचिएको थियो।
'अहिले पनि अवस्था उस्तै हो, ढलिरहने' उमाकान्तेले भन्यो। र, खासा मोबाइलमा घर्तीगाउँ देखायो। भन्यो, 'आउँदाखेरि त घर्तीगाउँबाट बसमा चढेर आइयो। अब बल्ल थुर्पाको लेक काट्न नपर्ने भयो।'

घर्तीगाउँ गाडी पुगेपछि हाम्रो गाउँ पुग्न चार घण्टा लाग्ने हिसाब गर् यो। भन्यो, 'उकालो ओरालो पर्दैन। माडीखोलैखोल घर ठ्याक्र् याक्क।'

'सहिदमार्ग कहाँ पुगेछु ?'

'जहाँ थियो त्यही,' उसले भन्यो, 'घर्तीगाउँभन्दा माथि त ठाउँलाठाउँली कागले खोस्रेजस्तो खोस्रेका छन्।'

ठेक्दारीमा गएपछि काम गतिलो पनि नभएको चाँडो पनि नभएको दाबी गर् यो।

'९करोड रहेछ। टेण्डरमा मारामार भो रे', उसले भन्यो।

'गणेशले गाइरहेको हेर्नुस्,' भैलेरीसँग गाइरहेको भिडियो देखायो। गजब गाउँछ। ठाउँ पाउँदो हो त गतिलै कलाकार बन्थ्यो होला। गाउँमा माष्टरी गर्दागर्दै सकिने भयो।

'रक्सी छाडेछु ?'

'तिहारसम्मलाई खाने रे,' उसले भन्यो, 'दौला खाने गाईलाई गोबर लगाइदिए पनि खाइहाल्छ नि।'

'आमासँग(गणेशकी आमा र उसकी श्रीमती) ठाकठुक परेपछि सिधै काठमाडौंमा आफ्ना दाजु र महेन्द्रलाई फोन गर्दिने रहेछन्। मामिला एकैछिनमा चट् हुनेरहेछ।' उमाकान्तेले गणेश माष्टरको समाचार सुनाउँदैथियो।

गणेशको जेठान हुन्, माओवादी नेता लोकेन्द्र विष्ट र महेन्द्र नेपाली सेनाका अधिकृत छन्। महेन्द्र गणेशकी मामाको छोरो हुन्। दुईतिरबाट फोन आएर अठ्याएपछि झगडा साम्य हुनेरहेछ।

कुनै बेला माइतीमा गुनासो पुर् याउन वषौर्ं कुर्नुपथ्र्यो। तर, अहिले ? फोनले कति सजिलो बनाइदिएछ भने! चेलीका गुनासा माइतीकहाँ छिनभरमै पुग्छन्।

'राजकुमार विष्ट कहाँ छन् ?' मस्त विष्टका गाउँ लाखरखोलाका ती राजकुमार शान्तिप्रकि्रयापछि मात्र जेलमुक्त भएका थिए। भेट नभएको बतायो।

'कुम्भ नि ?'

उमाकान्तेले भन्यो, 'को विवेक मामा ?' उसले कुम्भको माओवादीमा राखेको नाउँ भन्यो। चुनबाङको इन्चार्ज रहेछन्। विवेकपत्नी बाग्लुङको अधिकारीचौरमा मारिएकी थिइन्। अहिले दाङबाट बिहे गरेको समाचार सुनायो। मारिएकी श्रीमतीको नाउँमा उनले किताब पनि लेखेका थिए।

'इः केउरेल भैलो खेलेकf',उसले देखायो।

भैलो र पैसरी नाचेको भिडियो हेरेर गाउँमै पुगेजस्तो लाग्यो। हररर लागेको गाउँ र दसै तिहारको तिर्खा भिडियोले मेटाएजस्तो लाग्यो। ुगाउँबाट आउने आफन्त तिर्खा मेट्ने झाँक्रीखोलाको पानी भएका छन्ु मनमनै भनेँ। केही समयलाई तिर्खा मेटिएजस्तो न झन् तिर्खा बल्झिएजस्तो न कस्तोकस्तो पो लाग्न थाल्यो।

'अब फेरि को आउला मेटिएला तिर्खा', एक अनुत्तरित प्रश्न घाँटीमा अल्झियो।

'म त आज धुलीखेल पुगेर आएको हुँ. थकाइ पनि ला'छ सुतौं,' उमाकान्तेले प्रस्ताव राख्ले घडी हेर् यो, '१२ बजेछ यार।'

'के खान गा'होस्?' मैले भनेँ।

'ध्रुवलाई पुर् याउन।'

'को त्यो ?'

'मनोहरको फुपूको छोरा के। घोराहीमा पढ्थ्यो। बिगि्रयो भनेर धुलीखेल केयूमा राखिदिने रे, मनोहरसित।' सिरकले मुख छोप्दै भन्यो, 'झन्डै लफडा गर् यॊ, तोकेले।'

'किनु ?'

'मनोहरको बहिनी मागेको थियो के ध्रुवले। पासाङको छोराले उडाइदिएछु,' उसले भन्यो, 'फेमस कि दीपेशले कुनचािहंनेले लग्यो रे .'

फेमशले बिहे गरेको कुरा दीपेशले मलाई फोनमा भनेको थियो। फेमश आफ्नो बाउको बडीगाड छ।

कुराको बिट मार्नुअघि एसएमएस आएको जनाउ दिन मोबाइल करायो, 'टिट टिट।' हेरेँ, 'अनि एउटा कुरा नि दाइ, तपाईंको भतिजोको साथी(उमाकान्ते)सित इन्ट्रेस्टिङ कुरा भइरहेको होला . भोलि ब्लगमा राख्नुहोला ल।'

एसएमएस फर्काएँ, 'टराइ मार्छु ल।'

उमाकान्तेको खासा मोबाइलले गाउँ पुर् याएको कुरा ब्लगमा राख्न हुन्छ र ? मलाई थाहा छैन।

के गरुँ ? अस्पटमा छु।

3 comments:

  1. western style sanga ramaunu parne nepalik ko badhyata, rajnitik asthiratale Nepali nationalityko parajaya............. balaklai jasto environment diyo testai hun6, yesto hunuma yubaharuko k dosh? janayuddhako ghatanale muto dhukdhukayo. imagine gare, testo andolanko pratifal ahile.........???? tapail janayuddhama afno life tegda k yestai nepalko sapana dekhnubhayako tyiyo ?????
    aaa......... chainise mobilele tapaiko gauko tirkha bhane ramro sanga metayajasto 6.

    ReplyDelete
  2. gooooooooooooooooooooooooooooood

    ReplyDelete