Saturday, November 28, 2009
एक बेखवर साथीको यादमा
धेरै भयो, ऊ बेखवर छ।
कहाँ छ ? थाहा छैन।
संचो छ कि बेसंचो? त्यो पनि थाहा छैन।
किन बेखवर छ ? त्यो पनि थाहा छैन।
एक वर्षे पत्रकारिता तालिम सँगै लिएका थियौं, राजधानीमा।
त्यसपछि ? ऊ डलर त होइन त्यसको रसपस खाने 'प्रो पब्लिक' नामक खेतीवाल संस्थाको पोखरा हाकिम भयो।
उसको लागि पोखरा लौरु भैसी साबित भयो। बीए त त्यही पढेको थियो, त्यसको अलवा पोखरामै घरबारे पनि भयो।
उछट्टे गएको बेला मलाई पोखराका कुनाकानी घुमायो। बाबाको पालामा पहिलोपालि नुनको हाट जानुलाई र कालापार जानुलाई 'उछट्टे' भन्थे रे। थुर्पाधुरीमा मज्जाले नचाउँथे रे।
पोखराको कुनाकानी पनि नराखी फनफनी घुमाउने साथीले भाउजूसित किन भेट गराएन? मैले बुझिनँ। भेट गरा पनि भनिनँ।
केही समयपछि।
एक दिन ख्यालख्यालमै उसले भन्यो, 'म त जान लागेँ समुद्रपारको कालापार।'
पत्याइनँ।
कारण थियो। ऊ त विदेश जाने परम्पराको विरोधी थियो। यही केही गर्नुपर्छ भन्थ्यो।
'तर भन्यो कसरी यार', मनमा शंका पलायो, 'घरबारे भएर पो हो कि?'
थाहै नदिई ऊ त लागेछ साइप्रस कि कुनचाइने देशमा। भन्न त 'पढ्न' भन्थ्यो। तर नेपालीले विदेशमा पढ्ने भनेको यस्तै दुईचारले हो। ऊ दुईचारमा पर् यो कि परेन?
मलाई थाहा छैन।
एकदिन अनलाइनमा भेट भयो। कुरा दुईचार भए। पढिरहेको र छिटै फर्कने जानकारी गरायो। खुसी लाग्यो। परेछ दुईचारमा।
त्यसपछि? धेरै भयो बेखवर छ। कहाँ छ थाहा छैन। न अनलाइनमा आउँछ न कतै।
आज प्रचण्डको भाषण थियो, पाटनमा। भ्ाषण सुनेर पसेँ यलमाया केन्द्रमा। जहाँ जनयुद्धका आँसु र रगत फिजिएका थिए। यसअघि नै हेरिसके पनि फोटोवाल जनमुक्ति सेना र अन्य मान्छे अहिले कहाँ छन्? फलोअप पनि छ भन्ने सुनेर पसेको थिएँ। केहीका रहेछन्।
जनयुद्ध डलर खेती गर्नेका लागि लौरु भैसी नै थियो।छ। जनयुद्धमा आफन्त गुमाउने परिवारजनका आँसु र रगतलाई मज्जाले डलरमा भजाए। तिनका आँसुलाई डलरमा बदलेर कति मोटाए? खोजीकै विषय छ। खोजीको यो राम्रो विषय हो।
हिमाल एशोसियनले फेरि गरेको रहेछ, फोटो प्रदर्शनी। खेतीअनुसारकै पुराना फोटो प्रदर्शनीमा रहेछन्, जुन दुईचार फोटोबाहेका अन्यले माओवादीलाई 'क्रुर' र जनयुद्धलाई 'आतंककारी' भन्थे। यसपालि फोटोका मुन्तिर तात्कालीन एमाले महासचिव माधव नेपालदेखि मेरो बेखवर साथीको पनि प्रतिकि्रया रहेछ, फोटो हेरेपछिको प्रतिकि्रया।
दस रुपैया तिरेर प्रदर्शनीमा पुगेको प्रतिफल बेखवर साथीको प्रतिकि्रया पढेर पाएँ। उसको प्रतिकि्रयालाई क्यामेरामा कैद गरेँ।
कुनै दिन उसले यो पढ्यो भने कस्तो प्रतिकि्रया लेख्ला हँ? पर्खाइमा छु।
'एकबार उसले पढ्ने छ। र, लेख्नेछ प्रतिकि्रया।' किन किन मलाई भर लागेको छ।
म प्रतिकि्रयाको पर्खाइमा छु।
साँच्ची कस्तो होला हँ उसको प्रतिकि्रया?
के तपाईंले अनुमान लाउनुभयो?
Subscribe to:
Post Comments (Atom)
chandra
ReplyDeleteNa aattinuhos u awaswa aaune din dheri chaina deshma shanti aauna aato sayad janayudda sakera bisram tatha thap jankari lina sayad shahid le bagayeko ragat lai neta harule palana nagarda u bideshina pugeko hunuparchha aba sambidhan banera jana yudda kebal tasbir ma matri simit bhayema awaswa u aaaunechh. thanks
Aachank lekh padna paya dherai khushi lagyo. Kaati mitho maya ra prem rahecha lekhak ra bidesine bekhabar sathiko.Bepatta nagarikko suchima rakhnu parne ta hoina bekhabar sathilai. Sayad yi Bedhabar sathi pani srijanshil hunuparcha. Tara yo lekh ali choto ra aapuro bho. Lekhai bhane nikai rasilo parako cha.
ReplyDeleteSunita Gurung
Hongkon