Sunday, November 1, 2015

गाउँको झिल्के ठिटो


नवीन विभास 

नन्दकिशोर पुन काठमाडौंमा उपराष्ट्रपति चुनिँदा उनका ८१ वर्षीय बाबु रामसुर रोल्पाको सुदूरगाउँ भन्भनेस्थित मूलघरमा गोरूलाई घाँस हाल्दै थिए। घरको टिभी बिग्रेर उपराष्ट्रपति निर्वाचित छोराको अनुहार देख्न नपाउँदा उनी चुकचुकाउँदै थिए।

काइँला भाइ दीपक (मूलघरको ठीक पाल्लोपट्टिको घरभित्रहुँदै नन्दकिशोरले झण्डै पच्चीस मिटर लामो सुरुंग खनेका थिए। , उक्त घरमा अहिले काइँला दीपकको परिवार बस्छ।) सुरुङअगाडि उभिएर उपराष्ट्रपति निर्वाचनको खबर सुनिरहेका थिए, स्थानीय एफएममा।

रामसुर दीपकलाई राम्ररी थाहा , रोल्पाको राङ्सी भन्भनेमा जन्मेका झिल्के ठिटो नन्दकिशोरले जनमुक्ति सेना प्रमुख हुन्छु भन्ने चिताएका थिए उपराष्ट्रपति।

द्वन्द्वकालभरि कमरेड ली फङ हुँदै पासाङको नामले चर्चित उनी व्यवहारैले लडाकू थिए। यस्ता लडाकू, जो आफ्नै मृत्युको सरकारी समाचार खन्डन गर्दै हिँड्थे। जसले जिन्दगीका हरेक घटना घुम्तीलाई लडाइँकै रूपमा लिए।

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउन बानेश्वर जाँदा भन्दै थिए, ‘यो लडाइँकै एउटा हिस्सा हो, यहाँ पनि मलाई रोक्न प्रतिक्रियावादी लागिरहेका छन्।
...


झिल्के ठिटो

यो केटो काम लाग्दैन।

नन्दकिशोरलाई लिएर यस्तै धारणा बनाएका थिए, उनका शिक्षकले।

लेखपढ गर्नुपर्छ भन्ने चेत बोकेका उनका बाबाले लोकबहादुर नाउँकाप्युठानी मास्टरराखिदिएका थिए। पाँच भाइमध्ये माइला उनको मन भने पढाइलेखाइमा भन्दा दिदीसित गाईवस्तु चराउन मेलापातमा रमाउनमै बढ्ता मखलेल हुन्थ्यो। 

उनको घरबाट सबैभन्दा नजिकको स्कुल लगभग दुई घन्टा पैदलदुरीमा थियो। स्कुल जान भनेपछि उनलाई त्यसैत्यसै गोडामा सय टनको भारी झुन्डिएजस्तो हुन्थ्यो।  जतिसुकै मन नपरे पनि कालोपाटी बोकेर प्युठानी मास्टरको साथ लागेर स्कुल नगई धरै पाउँथेनन्।

कुखुरा नबास्दै जागेर आमा दिदीसित वन जान्थे। सोत्तर लिएर उज्यालो नछिप्पिँदै फर्कन्थे। आमालाई चाँखी (जाँतो) पिस्न सघाउँथे। अनि, भांगाको झोलामा भुटेको मकै भटमास बोकेर स्कुल हिँड्थे।

 उनको नेतृत्व क्षमता भने सानैदेखि तिख्खर थियो। जाखरस्थित त्यो स्कुलमा तीन कक्षा पुग्नेबित्तिकै उनी सर्वसम्मतमनिटरचुनिए।

उनी पहिलोचोटि नेता भएको त्यही बेला हो।

तिख्खर नेतृत्व घरव्यवहारमा जाँगरिला नन्दकिशोरको रोल्पाली लोकगीतमा पनि उत्तिकै टख बसेको थियो। उनको गायनकलाबाट प्रभावित नहुने गाउँमा कोही थिएन। 

छोट्टी बस्न डाँडागाउँ, पाखाबाङ, , दामाङ झिबाङतिर जाँदाजाँदै गला गाँस्दागाँस्दै (स्वरमा स्वर थप्नु) तरूनीलाई चोटिलो उत्तर दिनधरि सिपालु भइसकेका थिए।

आमा दिदीले निद्रा लाग्छ भनेर गीतको तालसित चाँखी पिस्थे। भाले बासेपछि वारिपारिका गाउँबाट रोल्पाका पुराना गीत सुनिन्थे,’ ५० वर्षीय नन्दकिशोरले हालैको एक बिहान आफ्नो अतीत सम्झँदै सेतोपाटीसँग भने, ‘मैले गीत सिकेको त्यहीँबाट हो।

मेरो स्वर खासै राम्रो हैन, तर खतरा उत्तर फर्काउँछ भन्थे सबै, हुँदाहुँदा गला गाँस्नेबाट आफैं गाउनेमा दरिइहालेँ,’ उनले भने।

गीत गाउने, घरको सबै काम भ्याउने, स्कुल पढ्ने, अरू विद्यार्थीलाई तह लाउने त्यसमाथि जिउडाल पनि आकर्षक भएपछि गाउँमा धेरैकाप्याराथिए नन्दकिशोर।खासगरी केटीहरूका,’ डन्डीफोरे याम सम्झँदै उनी हाँसे, ‘तरुनीका आँखा मैमाथि हुन्थ्यो।

कतिसम्म भने, द्वन्द्वकालमा एकचोटि बिरामी परेर भारतको अस्पताल भर्ना हुँदा नर्सहरूलेकितना ह्यान्डम हैभन्दै मुसार्न आएको उनका सहकर्मी अझै सम्झन्छन्।

मगर संस्कृतिअनुसार माघ महिनामा एक गाउँका तरुनीले अर्को गाउँका तन्नेरीलाई तारो हान्न आमन्त्रण गर्ने चलन छ। पोते तन्नेरी उनी तारो हान्न (बन्दुकले या धनुषकाँडले) एक नम्बर थिए।

बन्दुकले हाने पनि धनुषले हाने पनि कसैलाई छेउ पर्न दिइनँ,’ उनले सम्झिए, ‘दस रुपैयाँ, एक पोका रोटा चार बोतल रक्सीसम्म तारो हानेर जितेको छु।’ 

सानैदेखि तारो हान्नएक नम्बरभएकैले होला, माओवादीजनयुद्धमा पनि लडाकुहरूको एक नम्बर नै हुन पुगे।
...


राजनीतिको चस्का

२०३६ सालको कुरा हो। गाउँमा आन्दोलनको तातो हावा बग्न थालेको थियो। उनी घरभन्दा टाढा पोखरा भन्ने ठाउँको स्कुलमा भर्ना भए, कक्षा मा।

उनका एक शिक्षक निर्मल गिरी मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालमा आबद्ध थिए भने हेडमास्टर देवीराम रिजाल मालेतिरका थिए। गणितमा रुचि भएकाले उनको निकटता गिरीसँग थियो।

उनी त्यही बेला नेकपा मशाल निकट अखिलको स्कुल अध्यक्ष बने।

२०३९ सालतिर उनी सात कक्षा पास गरेर सदरमुकाम लिबाङ गए। त्यहाँ गिरीले नै उनलाई कृष्णबहादुर महरासित चिनजान गराइदिए। गणित विज्ञान पढाउने महराबाट नन्दकिशोरले कम्युनिजमको शिक्षा पनि लिए।

उनी लिबाङ स्कुलमा पनि अखिलको  अध्यक्ष चुनिए।

२०३९ मै अखिलको उपकेन्द्रीय उपाध्यक्ष भइसकेका नन्दकिशोर पछि राजनीतिमा सक्रिय भएको भन्दै लिबाङ स्कुलबाटै निकालिए। त्यसपछि उनी नेपाली कम्युनिस्ट आन्दोलनकोमक्कामदिनामानिने रोल्पाको थबाङ पुगे।

२०४१ सालमा उनले मास्टरी पेसा अपनाए, आफूले पढेको राङ्सी स्कुलमै। राजनीतिमा संलग्नता जारी थियो। केही समय जेल पनि परे। त्यसपछि पढ्न भनी दाङको घोराहीस्थित महेन्द्र क्याम्पस गए।

क्याम्पस पुगेपछि उनको राजनीति झन् चुलियो। त्यही क्याम्पसमा उनी अखिल अध्यक्ष भए।

त्यसबेला स्ववियु चुनाव हुन थाल्यो कि रोल्पाली, रुकुमेली प्युठानी विद्यार्थी मशाल भन्दै खेदिन्थे। नन्दकिशोरको पालामा त्यो अध्यायको अन्त्य भयो।

भरतपुरमा रत्ने भन्ने नेवारका दादा कांग्रेसका दादा थिए, हरिनाथ योगी। एक दिन स्पाइरिङ गर्दा पासाङले रत्नेलाई मुखमै मुक्का हाने। रत्ने आफैंले प्रचार गरेपछि पासाङ त्यसै दादा भए,’ उनका सहकर्मी तथा डिभिजन कमान्डर सुकबहादुर रोका मगर 'शरद'ले भने।

योगीलाई यो कुरा कहाँ मान्य हुन्थ्यो

श्रम शिविरका लागि धान काट्न चौघेरा पुगेका बेला योगीको ग्याङले घेरा हालेछ। नन्दकिशोरले झन्डा उनेको लाठीले सबका टाउकोमा टुटुल्का उठाइदिएछन्।

त्यसपछि योगी पनि तर्सिन थालिहाले,’ सुकबहादुरले भने।

२०४६ को जनआन्दोलनताका उनले पश्चिम रोल्पाको कमान्डसमेत सम्हाले।
पूर्वमन्त्री जयपुरी घर्ती मगर पूर्वसभासद तारा घर्ती मगर उनकै विद्यार्थी हुन्।
...


नन्दकिशोर २०४८ देखि पूर्णकालीन पार्टी कार्यकर्ता भएका थिए।

त्यस वर्ष नेकपा एकता केन्द्रको एकता महाधिवेशनअघि रोल्पा जिल्ला सम्मेलन भएको थियो। कृष्णबहादुर महरा सेक्रेटरी चुनिए। सानो कमिटी बन्यो। हलबाट भने नन्दकिशोरलाई पनि थप्न चर्को आवाज उठ्यो।

सन्तोष बुढामगर (पूर्वसभासद् एवं विप्लव माओवादी नेता), जोखबहादुर महरा(पूर्वसभासद्), राजेश सुवेदी, इन्द्रबहादुर बुढा (थबाङ) लगायत पहिल्यै समितिमा थिए। त्यसैमा दुई जना थप्ने निर्णय भयो। एक जना उनी परे, अर्का परे झक्कुप्रसाद सुवेदी जसले पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका माधव नेपाललाई हराएका थिए।

त्यो बेला गाउँमा कांग्रेस जनमोर्चाबीच लडाइँ चल्थ्यो।

उनको गाउँ पल्लोपट्टि इरिबाङका कांग्रेसले चप्का मेलामा हाँक दियो। उनी माओवादी रोल्पा सदस्य थिए। पार्टीले स्थानीय वर्गसंघर्ष भन्दै प्रहरीसित झडप भए पनि गर्ने हतियारसम्म खोस्ने सर्कुलर गरेको थियो।

उनी चप्का मेला पुगे। रोल्पाको परम्परागत पैसरी नाच्न मादल भिरे। उनका बुबा अगुवा भएर नाच्न थाले। नाचिरहेकै बेला प्रहरीले घेरा हाल्यो। उनको छातीमा समात्न खोज्यो। उनले दायाँ खुट्टाले लात्ती हाने। प्रहरी हुर्रिंदै पर पुगे। त्यसपछि उनका साथीहरूले पनि हातहातमा लाठी लिएर प्रहरीलाई घेरे। 

प्रहरीले हवाई फायर ¥यो। आक्रोशित उनका साथीले लाठी हान्न थाले।

लोकबहादुर घर्ती मगर मनबहादुर पुन गोली लागेर ढले।

संयोगले पुलिसले ट्रिगर दाब्ने मैले लाठी हान्ने समय एउटै पर्यो। लाठीको चोटले ट्रिगर दाब्दा हात कमायो होला। ढल्केजस्तो गर्दा पाखुरामा लाग्यो, पुलिस घोप्टो परेको थियो। फर्केर हान्दा मैले दुईतीन आली काटिहालेँ,’ पहिलोपल्ट कालको मुखबाट फुत्केको घटना सम्झँदै नन्दकिशोरले भने।

यो घटना हो, २०४९ मंसिर १९ को।

त्यसबेला उनी आफू पहिलोपालि अखिलको स्कुल अध्यक्ष बनेको स्कुल जनसेवा मावि राङ्सीमा शिक्षक पनि थिए।

घटनापछि प्रशासनले उनको टाउकोको मूल्य तोक्यो, ३५ हजार रुपैयाँ।
...


सधैं युद्ध मैदानमै

माओवादीले सशस्त्रजनयुद्धथाल्दा उनी माओवादी रोल्पा जिल्ला समिति सदस्य थिए।

अध्यक्ष पुष्पकमल दाहाललाई आँखा चिम्लेर काँध थाप्ने कोही थिए भने एक जना दिवंगत पोष्टबहादुर बोगटी अर्का नन्दकिशोर। त्यही भएर, माओवादीले नन्दकिशोरलाई पनि अर्का बोगटी भन्थे।

माओवादीभित्र चर्केको गुटगत लडाइँमा उनले दाहाललाई कहिल्यै छाडेनन्।

द्वन्द्वको सुरुआती दिनमा हतियार बनाउने जिम्मा उनकै थियो।

रोल्पाका गाउँगाउँमा आरनमा बन्दुक बन्थ्यो। भरुवा बन्दुकले चरा मृगको सिकार हुन्थ्यो। माओवादीसँग आरनमा गएर सिक्ने बनाउनेबाहेक अर्को विकल्प थिएन। लडाइँ सुरु हुने बेला गाउँको इलाका इन्चार्ज भएर गएका नन्दकिशोरले थुप्रै आरन चहारे।

त्यसबेला वर्षमान पुन 'अनन्तरोल्पा सेक्रेटरी थिए। नन्दकिशोरले सुरक्षा फलाम गाल्ने गोलका लागि कुरेलीको सराबाङ छाने। त्यहीँ बारूद पिसे। गजे राइफल, बाह्रबोर कट्वा पेस्तोलबाट हतियार बनाए। उनी लोहा, घन हान्दै आफैं राइफल बनाउन कस्सिने गरेको तत्कालीन डिभिजन सहकमान्डर रामलाल रोका मगर 'मदनसम्झन्छन्।

त्यसपछि उनले एट्टीवनको सेल बनाए। एक सय मिटरभन्दा पर बम फाल्न सक्ने राइफल बनाए। रिभल्भर, कट्टा पेस्तोल, म्यागजिन, पार्टपुर्जा पनि आफैं बनाए।

मेसिनमा फिट गरेजस्तो भकाभक बन्ने भएन। ती होममेडजस्ता भए,’ पर्याप्त हतियार बनाउन नसकेको भन्दै रामलालले भने, ‘प्राविधिक क्षेत्रमा उनले आफ्नो क्षमताले भ्याएजति गरे।

प्राविधिक दक्षता भएका उनलाई पार्टीले पनि सैन्य क्षेत्रको कमान्ड गर्ने जिम्मा दिँदै गयो। युद्धताका सबैजसो केन्द्रीय स्तरका लडाइँमा उनले नै कमान्ड सम्हाले।

जनयुद्धतयारी बेला वाइसिएल रोल्पा अध्यक्ष सैन्य प्रशिक्षक रहेका नन्दकिशोर लडाकु दल कमान्डर हुँदै २०५५ मा उनकै कमान्डमाटास्कफोर्सबन्यो। २०५६ मा उनी छापामारको पहिलो कम्पनी कमान्डर भए। त्यसपछि बटालियन, बिग्रेड डिभिजन हुँदै चार डेपुटी कमान्डरमध्ये एक छानिए। , जनमुक्ति सेना सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि उनी जनमुक्ति सेना प्रमुख भए। 

२०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य चुनिए। गोवा बैठकपछि पोलिटब्युरो सदस्य अहिले पार्टी स्थायी समिति सदस्य।

पार्टीबाहिर विशेष गरी तत्कालीन शाही नेपाली सेना प्रहरीको आँखामा रामबहादुर थापाबादलसहित उनको अचम्मको विम्ब थियो। समातेजतिका रोल्पालीलाई नन्दकिशोरको अनुहार, आहारबिहार आनीबानीबारे सोधिन्थ्यो।

द्वन्द्व क्रममा पटकपटक मृत्युलाई नजिकबाट भोगेका छन्, उनले।

२०५६ चैत २१ गते माओवादीले रुकुमको तकसेरास्थित इलाका प्रहरी कार्यालयमा हमला गरेका थिए। नजिक पुग्दा प्रहरीले चलाएको गोली उनको आँखा नजिकैबाट गयो।

आँखामा धुलो परेजस्तो भयो, केही बेर देख्दै देखिनँ,’ उनले भने, ‘त्यतिबेला लागेको गोलीले अहिले पनि प्रस्ट देख्दिनँ।

२०५९ चैत २४ राति रोल्पाको गाम ब्यारेक हमला गर्दा पनि उनी बालबाल बचेका थिए। सहयोगीसहित ब्यारेकतर्फ जाँदा प्लाटुन कमान्डर धर्मेन्द्र (कालिकोट) ले उनलाई रोके। धर्मेन्द्र अघि लागे। धर्मेन्द्रले दुई पाइला मात्र के सारेका थिए, ‘ऐऽयाभन्न नपाई ढले।

धर्मेन्द्रले नरोकेका भए उनको ठाउँमा नन्दकिशोर ढल्थे।

२०६१ चैत गते बेनी आक्रमण गर्दा उनी कमान्डर थिए। आक्रमण गरेर फर्कंदा हेलिकप्टरबाट बमवर्षा भयो। दुईवटा गोली उनको दायाँ खुट्टाको बूढीऔंला छेउबाट गए।

उनी ढलमुनि छिरेर बल्लतल्ल बाँचे।

मृत्युसँग उनको अर्को भेट भयो बुटवलमा, दरबार हत्याकाण्डलगत्तै।

उनी पर्वत हमलाको निम्ति सर्वेक्षण गर्न हिँडेका थिए। फर्कंदा बुटवलमा खाना खाएर डिभिजन कमान्डर धनबहादुर मास्की मगर (राजेश) सित भर्खर कोठामा छिरेका थिए।

दिउँसो दुई बज्दै थियो। प्रहरी पुग्यो। सवालजवाफ सुरु भयो। उनले नअक्कमाई जवाफ दिए। 

अन्डरवेयर मात्र लगाएर निस्फिक्री सुतेका राजेशलाई देखेर पुलिस अल्मलियो,’ उनले भने, ‘के सोचेर कुन्नि, उनीहरू अलि पर गएर खासखुस गर्न थाले, त्यही मौकामा हामी टाप कस्यौं।

शान्ति प्रक्रियापछि पनि मृत्युसँगको लडाइँ सकिएन।

यसपालि लडाइँवर्गशत्रुसित थिएन, रोगसित थियो।

दुवै मिर्गौलामा समस्या देखिएका उनलाई जोरपाटीको नेपाल मेडिकल कलेजले तुरुन्तै भारतको एपोलो अस्पताल लैजान भन्यो। 

अलिकति मात्र ढिलो गरेका भए मृत्युसितको यो लडाइँमा उनी लगभग हार्ने स्थितिमा पुगिसकेका थिए।
...


जिन्दगी नै लडाइँ हो

माओवादी जनमुक्ति सेना प्रमुख रहेका नन्दकिशोर सेना विघटनसँगै चर्चाबाट टाढिँदै गएका थिए।

एमाओवादी अध्यक्ष दाहाल बाबुराम भट्टराई पालैपालो बालुवाटार छिरेपछि दुवै सरकारले युद्धकालमा देखाएका रंगीन सपना बिर्से। फलस्वरुप दोस्रो संविधानसभा चुनावमा एमाओवादी पहिलोबाट तेस्रो दलमा झर्यो। छक्कापन्जा नगर्ने खाँटी परम्परागत मगर स्वभावका उनलाईमनी मसलको संसदीय राजनीति छाम्ने अवसर पार्टीले यसअघि कहिल्यै दिएको थिएन। चुनावमा गगन थापासित एमाओवादीले भिडाएपछि उनले हारे।

सरल स्वभावका उनमा छोटो समयमै निर्णय गर्ने खुबी रहेको उनका निकटहरू बताउँछन्।उनको सबैभन्दा ठूलो पुँजी इमानदारी हो। जे त्यै भने। त्यै गरे। त्यसैले पार्टीमा पछि परे,’ उनका सहकर्मी भन्छन्, ‘सेना शिविरमा बसेपछि पार्टीले उनलाई सेनाको भन्यो। पार्टीमा कुनै स्थान दिइयो जनतासित खेल्ने ठाउँ पाए।

उनले सशस्त्र द्वन्द्व क्रममै कान्छा भाइ कमल गुमाए। पवन शर्माको नाउँले समालोचना तथा गीत लेख्ने कमल कलाकार साथै माओवादी विद्यार्थीको केन्द्रीय सदस्य थिए। कमलकी छोरी दीक्षा पोखरामा जेठाबासित बसेर नौ कक्षामा पढिरहेकी छन्।  दोस्रो बिहे गरेर गएकी बुहारी भूमिका विप्लवमाओवादीमा छिन्। पुलिसको गोली लागे पनि 'मौका'ले बाँचेका उनका काइँला भाइ दीपक चार बर्षे लिबाङ जेल बसाइँपछि गाउँमै खेतीपाती गर्छन्। 

उनका दुई छोरा जितेन्द्रदीपेश पार्टीमै सक्रिय छन्। दीपेश अस्कल स्ववियू सदस्य हुन्।

साहिला भाइ भीमप्रकाश उनले माष्टरी गरेको स्कुल जनसेवा उच्च माविमै  प्राचार्य छन् भने साहिली बुहारी स्वास्थ्य कार्यकर्ता। जेठा दाजु वीरबहादुर ब्रिटिस गोर्खा वेलफेर स्किम पोखरामा प्रोजेक्ट मेनेजर छन् भने जेठी भाउजू सरकारी कर्मचारी। जेठा दाजुका छोरा प्रकाश भैरवनाथ गणमा तीन महिना बेपत्ता पारिएका थिए। 

सशस्त्र द्वन्द्वभरि लडाइँमै बिताएका नन्दकिशोर परिवारको सदस्य गुमाउने तत्कालीन चार माओवादी केन्द्रीय नेतामध्ये एक हुन्। पोष्टबहादुर बोगटी हितराज पाण्डेले छोरा गुमाए भने हेमन्तप्रकाश ओलीले छोरी।

जिन्दगीलाई नै लडाइँ ठान्ने उनी मनोनयन दर्ता गर्न जाँदा भन्दै थिए, ‘यसलाई पनि लडाइँकै रूपमा लिएको छु, यहाँ पनि मलाई रोक्न प्रतिक्रियावादी लागेका छन्।
...


रोल्पालीलाई मन्त्रीको कहिल्यै हर्जा भएन। 
झन्डै पञ्चायतभर बहुदलपछि पनि बालाराम घर्ती मगरलाई रोल्पाले मन्त्री पायो। बहुदल आएपछि कांग्रेसबाट सुरेन्द्र हमाल भीमकुमारी बुढामगरलाई मन्त्री पायो। शान्ति प्रक्रियापछि गृहसहित उपप्रधानमन्त्री कृष्णबहादुर महरा अर्थमन्त्री वर्षमान पुन पायो। जयपुरी घर्तीमगर हुँदै पहिलो महिला सभामुख ओनसरी घर्ती मगर पनि रोल्पाकै हुन्।
हर्जा भयो साना रहर सपनाको पछि लाग्दालाग्दै जुनी काटिरहेका सर्वसाधारण रोल्पालीका अनुहारमा फुल्ने खुसीको।

आज रोल्पाले उपराष्ट्रपतिका रूपमा नन्दकिशोर पुन पाएको छ।

सर्बसाधारण रोल्पालीसहित सारा नेपाली दुखीजनका मन फुलेको हेर्न भने बाँकी छ।
त्यो दिनको लागि कति समय बाटो हेरी बस्नुपर्ने हो, कुन्नि?


प्रकाशित मिति: शनिबार, कार्तिक १४, २०७२ १८:२३:२९

from setopati

No comments:

Post a Comment