Wednesday, November 25, 2015

एसएसबीद्वारा नेपालीमाथि गोली प्रहार

प्रदीप मेन्याङ्बो, धरान


दर्धैत (यादव) बिहानै भैंसी चराउन खेत तिर पुगिसकेका थिए । मधेसमा बिहान लाग्ने धुस्सेबीच ६ बजेको आसपास समयमा आचानक आफ्नो घर भण्टाबारी तिर चार राउण्ड फाइ


गाउँमा हल्ला खल्ला भएपछि चारमाउ भैंसीलाई खेतैमा छाडेर उनी आत्तिँदै घरतिर दौडिए । घरमा आगोकोधुनी नजिकै आफ्नो २८ वर्षीय छोरा लडिरहेका देखे । बुहारी, नाति नातिनाहरु भने रुँदै चिच्याइरहेका थिए ।

वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत अशोकका बाबुले चिन्ता व्यक्त गर्दै सञ्चारकर्मीलाई उल्टै सोधे, ‘मेरो एकमात्र छोरो बाँच्छ कि बाँच्दैन ? त्यो भारतीय एसएसबीको हामीले के बिगारिदिएका थियौं ? व्यर्थमा गोली नै हाने ।’ उनले नेपाल भित्र प्रवेश गरेर अनाधिकृतरुपमा जथाभावी गोली चलाउनु एसएसबीको चरम ज्यादती भएको गुनासो गरे ।

भारतीय सीमा सुरक्षा बलका प्रहरीले अशोकसँगै नरेश यादव, उनका दाजु सरोज यादव र मनोज यादवलाई गोली प्रहार गरेका थिए । दशगजा पारीबाट भारतीय नागरिकले नै खादमल बोकेर नेपाल तिर छिरेको थाहा पाएपछि उसलाई खेदाउँदै आउँदा हरिपुरको भण्टाबारीस्थित गाउँमा एसएसबी जवानहरु प्रवेश गरेको र ती मलखाद बोक्ने युवक फेला नपरेपछि निर्दोषहरु माथि गोली प्रहार गरेर भारत तिर फर्केका थिए ।

आएका एसएसबीहरु मध्ये दुईजना सिभिल ड्रेसमा र चारजना फौजी ड्रेसमा आएको सरोज यादवले बताए । दसगजा नजिक भएपनि यसअघि उनीहरुको गाउँमा एसएसबी प्रवेश गरेको थिएन । उनले भने, ‘सीमा इलाका तिर बस्ने भएपनि हामी भैंसीपालन र खेती गरेर बस्नेलाई पारीबाट मलखाल ल्याउनु र दुई नम्बरी धन्दा गर्नु छैन । दुई नम्बरी धन्दा त तिनै भारतीयहरुले गर्छन् तर हामीमाथि गोली बर्साएर गए ।’

’घटना एक्कासी भएको थियो । हामी बिहान आगो तापेर बसिरहेका थियौं,’ कम्मरमा गोली लागेका १८ वर्षीय नरेशले भने, ‘हामी बिहान आगो तापेर घर बाहिर बसेका थियौं । एक्कासी ६ जना भारतीय सीमा सुरक्षा बलका प्रहरीहरु आएर खादमलवाला खोइ भनेर हामीलाई बन्दुक तेर्स्याउँदै गाली गर्न थाल्यो । हामीले ‘थाहा छैन’ भन्दा उनीहरु मध्ये ४ जनाले ताकी ताकी गोली बर्साएर चुपचाप गए ।’

एसएसबीले गोली चलाउँदा बिहान गाउँमा भागाभाग भएको थियो । नरेशलाई अगाडि नजिकैबाट ताकेर गोली हान्दा दायाँ कम्मर वारपार भएको छ । नजिकै रहेका ३५ वर्षीय मनोजको खुट्टामा गोली लागेको थियो । ३० वर्षीय सरोज यादवलाई तिघ्रा र हातमा छर्राले भेटेको छ ।

अशोकलाई भने छातीको बायाँ भागमा गोली लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । एक चिकित्सकले भने, ‘अशोकको दायाँ छातीमा गोली लागेको छ । रगतको धमनी र फोक्सोमा गोली लागेको एक्सरेबाट थाहा भयो । उसलाई बचाउन रगत रोक्ने उपाय गरिरहेका छौं ।’


from Kantipur

No comments:

Post a Comment