Thursday, July 21, 2016

नक्कली प्रचण्डका सक्कली किस्सा

भौतिक मल्ल
२०५८ सालमा राज्यले माओवादी नेताहरुको टाउकाको मूल्य तोक्यो कालिबहादुर मल्लको मूल्य २५ लाख दश हजार तोकियो उनले सो मूल्यलाई भागमा विभाजन गरे आफ्नो मूल्य २५ लाख आफुले बोेकेको पेस्तोलको दश हजार अनि मनमनै गम खाएः हतियारभन्दा विचारको मूल्य धेरै हुन्छ उनी यसै भन्थे सेल्टर दिने गाउलेलाई सेल्टर दिनेहरु उनीसँग जिस्कन्थेः हामीलाई कस्ले भन्छ गरिब ? २५ लाख मूल्यको मान्छे यही घरमा उनी खुब हास्थे
अरुलाई मार्मिक सन्दर्भ भनेर मनोरञ्जनपनि दिने गतिलो पाठपनि पढाउने पात्र हुन् कालिबहादुर मल्ल संसदमा चित्रबहादुर केसीको भाषण आउंदा निदाएका सभासद् जागेजस्तै माओवादी बैठकमा मल्लको पालो आउंदा सबैले कान ठाडो पार्छन पहिलो संविधानसभामा सभासदसमेत रहिसकेका पोलिटव्यूरो सदस्य मल्ल बोल्न थालेपछि प्रचण्ड मुसुमुसु हास्न थाल्छन् प्रचण्डझै देखिने उनी ठेट भाषामा किस्सा सुनाउंदै प्रचण्डदेखि तलसम्मका लागि पाठ सिकाउंछन्

जेलले तानेको राजनीतिक यात्रा
२०३८ सालमा जाजरकोटमा राजनीतिक हावा जोडतोडले चल्दै थियो मल्ल शिक्षक थिए बाम राजनीतिका बारेमा रुची राखेपनि उनमा सक्रिय राजनीतिको सोख थिएन विद्यालयमा पढाउदै गर्दा उनी पक्राउ परे जेल उनका लागि राजनीतिक विद्यालय बन्यो उनले सक्रिय राजनीति गर्ने निधो गरे २०३९ सालमा जाजरकोटमा कम्युनीष्ट पार्टीको स्थापना गरे संस्थापक सदस्य भए साहित्यमा दख्खल राख्ने उनी सास्कृतिक अभियानमा जुटे गाऊगाऊमा सास्कृतिक कार्यक्रम गर्दै जनवादी गीत गाउंदै हिड्न थाले जनमुक्ति साँस्कृतिक परिवारको संस्थापक संयोजक भए
साथीहरु डराए, उनि लागे जंगलतिर
२०५२ सालमा जनमोर्चाले आफ्ना गतिविधि तिब्र पा¥यो धेरै साथी पार्टीले युद्धमा जाने निर्णय गरेसंगै पछि हटे फागुन गते पार्टीले जनयुद्ध थाल्ने भयो माघ २८ गते कालिबहादुर घरबाट बिदावारी भइवरि निस्किए वहालवाला जिविस सदस्य भएकाले उनलाई एक ठाऊंबाट अर्को ठाऊमा जानपनि सहजै भयो कसैले कहां जान लागेको भनेर सोधे उनी जिविसको काममा भन्थे भोलिपल्ट उनी सेल्टरमा पुगे माघ २९ बाट उनी भुमिगत भए सुरक्षित ठाऊंमा पुगेसँगै ०५२ माघ २९ गते देखी पुर्णरुपमा भुमिगत भए शक्तिबहादुर बस्नेत , भक्तबहादुर शाह, माया प्रसाद आचार्य, कुन्त खडका गोपाल राना लगाएतको टोली उनीसँगै थियो जिविस सदस्य भइसकेका उनलाई धेरैले चिन्थे भुमिगत रहनपनि उनलाई गाह्रो थियो धेरै पटक उनी मृत्युको नजिकै पुगे थुप्रैपटक उनी मारिएको हल्ला फिंजियो तर, उनी जिवितै रहे

पहिलो पल्ट मारिंदा
०५३ साल असार को महिना उनि कामकै शिलशिलामा जाजरकोटको शक्लाबाट अर्को बेल्टतर्फ जाँदै थिए लैखमको जंगलमा पुगेपछि पुलिसले पिछा गरिरहेको उनले पत्तो पाए उनले सुइकुच्चा कसे प्रहरी खेद्नु खेद्यो उनी मरेको हल्ला चल्यो मल्लको भुँडी फुटेको भन्दै विभिन्न किस्सा बने जाजरकोटमै पनि माओवादीबारे अनेक अड्कलबाजी हुन्थे रहस्यमा थिए माओवादी मल्लको भुँडी फुट्दा बाँसको बोक्रा, गुराँसको बोक्रा निस्केसम्म भनियो माओवादीहरुले रुखबिरुवा खादारहेछन् भनेर मानिस जिब्रो टोक्थे मरेका कालिबहादुर भुँडी हल्लाउंदै साथीहरुको सम्पर्कमा आइपुगे सबैले जिल खाए
पुलिससँग अर्काे जम्काभेट
०५३ कै साउनमा उनी फेरी मृत्युको मुखमा पुगे रग्दा गाविसको ध्यारमा उनी बढीजसो बस्थे विकट ठाऊं भएकाले सुरक्षित मानिएको थियो शक्तिबहादुर बस्नेतलगायतको टिम उनीसँगै थियो उनीहरु जंगल हुँदै ध्यारतर्फ जादै थिए बस्नेतलाई ट्वाइलेट जानुपर्ने भयो मल्लले बस्नेतको झोलापनि समाइरहेका थिए त्यति नै बेला अगाडि केही सल्बलाएजस्तो लाग्यो साथीहरुले मृग हो भन्ठाने उनीहरु भोकको बेला मृगको आहार हुने भयो भन्दै हौसिए बन्दुक ताक्दै मृग भएतिर लागेका उनका साथी डम्बरबहादुर राउतले त्यतिबेला झसङ्ग भए जतिबेला मृग भन्ठानेको चिज पुलिस भन्ने ठम्याए मल्लको टोलीलाई प्रहरीले घेरा हालिसकेको रहेछ उनीहरु तितरबितर भए दुईवटा झोला बोगेका कालिबहादुरलाई ¥यो फर्साद झोला छाडौं, महत्वपूर्ण कागजपत्र पुलिसको हातमा पर्ने डर नछोडौं ज्यानसमेत जाला भन्ने पीर पुलिसले उनको झोला समात्यो उनले झोला छोडेर भीरबाट हाम फाले निगालो समात्दै उनी कोप्चामा पुगे जहाँ शक्तिबहादुर बस्नेत नगेन्द्र लुकिरहेका रहेछन्
शक्तिबहादुर बस्नेत कालिबहादुर मल्लको झोला पुलिसको हातमा परिसकेको थियो शक्तिबहादुर विद्यार्थी फाँटमा चर्चित थिए कालिबहादुर जिविस सदस्य रहिसकेका थिए पुलिसले उनीहरुका कागजात सदरमुकाममा देखायो काँग्रेस नेता सनत कार्कीले मल्ललाई एउटा सोनि रेडियो दिएका थिए सनतले आफुले दिएको रेडियो चिनिहाले सनतले कालिबहादुर मरेको बुझिहाले पुलिसले बस्नेत मल्ल मारिएको खबर फैैलायो यता उनीहरु अर्को सेल्टरमा पुगिसकेका थिए
जहाँ साथी भनेर पुलिसका सामु पुग्दा
पार्टीको प्रचार प्रसार कामकै शिलशिलामा २०५५ मा जाजरकोटको शक्ला गाबिसको लैखम जानुपर्ने भयो उनले आफुहरु आउंदै गरेको जानकारी दिन खानाको तयारी गर्न एकजना साथीलाई पहिल्यै गाउमा पठाएका थिए उनी सरासर तोकिएको घर पुगे बाहिर कोही थिएन भित्र पूरै अन्धकार थियो कोही बोलेजस्तो आवाज आयो ढोकाबाट चिहाएर हेरे माओवादीहरु कहाँ छन् ?’ भन्दै यातना दिइरहेको देखे उनी कान्लामा हाम फाले बालबाल बचे मल्ल
०५६ सालतिर फेरी उनि मारिएको हल्ला चल्यो लैखम पछाडिको जंगलमा उनि मारिएको उनको पेटभित्र गुँरासका बोक्रा भेटिएको भन्न किस्सा सबैतिर फैलियो घरमा रुवावासी चल्यो जिउँदै भएरपनि मरेको खबर चल्दा युद्धमा ज्यान जोगाउन सजिलो हुन्थ्यो मरेको मान्छेको खोजि प्रहरीले गर्दैनथ्यो तर, घर परिवारमा पीडा हुन्थ्यो उनले खबर पठाएः चिन्ता लिनुपर्दैन, सुरक्षित छु
तेस्रो पटक बस्नेतसहित मल्लपनि मारिए
जाजरकोटका चर्चित नेताहरु शक्तिबहादुर बस्नेत, कालिबहादुर मल्ल, रतिलाल रावतको एकै चिहान भएको हल्ला खुब चल्यो त्यतिबेलाको चर्चित नेपाल पाक्षिक (हालको नेपाल साप्ताहिक) मा सो समाचार छापियो उनले सुर्खेत पोष्टमा लेख पठाए आफु मरेको पढ्न पाउँदा भन्ने शीर्षकको लेख खुब हिट भयो राज्यले फैलाउने अनेकथरी हल्लालाई चिर्न उनको एउटै लेखले धेरै काम गर्यो 
बीबीसीले पनि मरेको समाचार दिएपछि
६१ सालमा उनि मुगुमा थिए साँझपख बीबीसी सुन्दै थिए बीबीसीले पश्चिम नेपालमा कार्यरत माओवादी नेता काली बहादुर मल्ललाई शिलगुडीमा मारिएको समाचार प्रशारण ¥यो मल्लबाट ६५ हजार नगद एउटा सेटलाइट बरामत गरिएको समाचार सम्प्रेषण गर्यो  रातभरि उनलाई बेचैनी भयो बीबीसी माओवादी नेता कार्यकर्ता धेरै सुन्थे गलत समाचारले पार्टीपंक्तिको मनोबल गिराउन सक्ने चिन्ताले उनलाई सतायो भोलिपल्टै उनको सुभेच्छुक खोज्दै आइपुगे उनले आफु जिवितै रहेको उत्तर फर्काए
परिवार नै युद्धमा
उनको घर परिवार युद्धमै थियो जेठो छोरा बिश्व कार्यकर्ता थिए उनको कार्यक्षेत्र बाँके थियो कान्छो छोरा संसार जनमुक्ति सेनामा थिए उनको कार्यक्षेत्र भेरीकर्णाली थियो क्षेत्र पुरै थियो कहिले काहीं युद्धकै बिचमा भेट हुँदा भाबुक हुन्थे अहिले छुट्टिए फेरी भेट हुने हो या होइन युद्ध हो कतिबेला के हुने हो ? थाह हुन्थेन
थुप्रै पटक मल्ल मारिए तर उनी मरेनन् अहिलेपनि उनी राजनीतिमा सक्रिय छन् उनकै टिमका शक्तिबहादुर बस्नेत गृहमन्त्री भइसके, उनले सभासदबाहेको जिम्मेवारी पाएका छैनन् उनी निरन्तर संर्घषको यात्रामा छन् मृत्यु जितेर आएपनि राज्यसत्ता जित्न नसकेकोमा उनलाई खिन्न लाग्छ उनी सबै माओवादी एक हुनुपर्नेमा जोड दिन्छन् उनले विप्पलमा केही गर्ने जोश देख्छन् मोहनविक्रम सिंहको स्कुलिङबाट आएका मोहन बैद्यले कुरामात्रै गर्ने क्रान्तिका लागि पहल गर्न नसक्ने मल्लको निष्कर्ष प्रचण्डकै छहारीमा हुर्केकाले विप्लवले आँट गर्न सक्ने उनी बताउछन्
from Nepalaaaj 

No comments:

Post a Comment