२०७७ बैशाख २० शनिबार ०८:५७:००
छुट्टीमा घर फर्केका अरबेले छिमेकीलाई एउटा गुन्यु वा कमिज दिन्छन् । जुन उपहारको नाउँ दिइएको छ, अरबे पाहुर । दुई–चार दिनमै अरबे घरमा आउँछ, आमा समूह । डेकमा घन्कन्छ, बजारिया दोहोरी गीत । अरबे युवा ५० डिग्री चर्को खाडीमा रगत, पसिना, रहर र खुसी बग्दा निक्लने सुुुस्केरा भुल्न प्रयत्न गर्छन् ।
कालापार तनक्क तन्केर पुगेको हो, खाडी र मलेसिया । भारतको हिमाचल प्रदेशका काला पहाडमा कमाइकाज गर्न जानुलाई ‘कालापार’ भन्दाभन्दै भारतमा मजदुरी गर्न जानु ‘कालापार’ र जाने नेपाली ‘कालापारे’ भएका छन् ।

भन्छन्, विश्वको आधा जनसंख्या लकडाउनमा छ । खस नेपालीमा बन्दाबन्दीभन्दा कोरानावास पो सही हुन्छ कि ! कोरोनावास अर्थात् काराबास । फरक यत्ति हो, यो कोरोनावासमा बन्दुक बोकेका पुलिसको बदला कोरोना छ ।