Wednesday, December 31, 2008

थ्यांक क्यू अनवर

पोहोर ६० को हाराहारीमा डकुमेन्ट्री हेरेको थिएँ । मौका पर्दा यसो हेरे पनि यसरी माया नै मारेर हेरेको पहिलोपालि थियो । त्यसले ममा डकुमेन्ट्रीको भूत चढाएछ क्यार ।

हिउँमा बस्ने स्कीमो जातिको बारेमा बनेको ुफाष्ट रनरु हेरेपछि डकुमेन्ट्रीप्रतिको मायाजाल नजानिदोगरी गहिरियो । बृत्तचित्रको इतिहासमा पहिलो बृत्तचित्र नै स्कीमो जातिको बारेमा बनेको थियो ।

तर यसपालि न पर्वतीय चलचित्र महोत्सव हेर्न पाइयो न त आदिवासी फिल्म नै । पर्वतीय फिल्म हेर्ने बेला रोल्पा गएको थिएँ । सारा छुटे । आफन्तसँग छुटेजस्तो 'थक्थक्' लागिरह्यो ।

केही महिनाअघि प्रुान्सेली फिल्म महोत्सवमा फिल्म हेर्न अग्निशिखा दाइसँग सट्टीपट्ट गरेर ठीक्क परेका थियौं । जाम्ला नभनेर ठीक्क परेको बेला अग्नि दाइ त आफै फिल्म भएर अर्को लोक जानुभयो । उहाँले सिफारिस गरेका 'अच्छा अच्छा' फिल्मुमध्ये गुडबाई लेनिन पनि एक थियो । दाइ नै नभएपछि के जानु भन्ने लाग्यो । गइएन । बिनू रिजाल, प्रमिला देवकोटा पनि जानुभएन । अहिले पनि फिल्म महोत्सव भन्नेबित्तिकै अग्नि दाइको याद बल्झेर आउँछ ।


प्रसंग फेरौं जस्तो लाग्यो । भन्नु होला कति लेख्छ यार, यल्ले अर्थ न बर्थका ग्वाले कुरा । तर त्यै ग्वाले कुरा गरें ल माफ गर्नुस् ।

जिन्दगीमा कहिलेकाहीँ 'नजाने जोशु' पनि चल्दोरहेछ के । सपनामा नउनेका कुरा पनि भइदिने ! गफैगफमा माओवादी आन्दोलन बारेमा रोल्पाकेन्द्रीत विषयवस्तुलाई उन्ने उधारो कुरा गरेको थिएँ, साथीभाइमाझ । त्यो पनि उही बृत्तचित्रको भूत चढेको याममा । संयोग ! साथीभाइमाझ गरेको त्यो उधारो कुरा ख्यालख्यालमै नगदमा अनुवाद भइदियो ।

भयो के भने साथीहरुले पैसाको मेसो मिलाए । क्यामेराम्यान बाबुराम नेपालीसित एक महिने रोल्पाको सुटिङ तय भयो । लागियो रोल्पा । जनयुद्धमा परिवारका सदस्य गुमाएका झण्डै एक दर्जनका आँसुले लछप्पै भिजायो । तिनका आँसुका अनुत्तरीत प्रश्नले ठहरै भएर झण्डै बीचमै फर्किए म त । कारण -तिनका घाउ कोट्याएर रुवाउनुको के अर्थ थियो ? मसँग जबाफ थिएन । उनीहरुका आँसु बेचेर डलर कमाउनु पनि थिएन मलाई । कतिखेर भने तिनका आँसु लगेर शासककहाँ पुर् याउँ ? केही प्रेसर त गर्ला । यस्तो पनि लाग्यो । अनि मन थामियो । भागेर आउन एक मनले दिदै दिएन ।

जे होस् अप्ठेराबीच एक महिनासम्म सुटिङ गरियो ।

तर देखाउने ?

साथीहरुले एकछाङ्गे भीरमा पो जाँकीदिए । यस्तो कि न तल झर्न भन्छन न माथि नै उक्लन । क्यामेराम्यानलाई तिर्ने बाँकी पैसा नदिएर बिजोग पारे । झण्डै तीस हजारको हाराहारीमा रिन बोकियो । कमाइधमाइबिनाको नवीन जोगी भयो ।

'कहिले आउँछ भाइ अनुहार ?' कहिले थबाङबाट फोन आउँछ कहिले जेलबाङबाट कहिले इरिबाङबाट । उनीहरुका प्रश्नले म यता ठहरै भएको छु । के जबाफ दिने क्यामेराम्यानलाई तिरेको खाल्डो त पुरेको छैन भने कसरी सम्पादन गरेर देखाउने बनाउनु ?

'हुँदैछ अर्को दशैमा आउँछु' यसै भनेर टार्दैआएको छु । मलाई थाहा छैन ती दशै कता छन् ।
'उचाल्छौ र सर्गे सुली, बसाल्छौ र भुइँती' भनेजस्तो साथीहरुले त जाँकिदिए, भन्भनेको तालमा ।
मसँग झण्डै पचासवटा डिभी थन्किएको छ । अझै त्यसले संसार हेर्ने अवसर पाएको छैन । मलाई माफ गर, जनयुद्धमा परिवारका सदस्य गुमाउने मेरा आफन्त ! मलाई माफ गर ।

साफ्माको फिल्म महोत्सवमा एकदिन अफिस विदा लिएरै हिजो हेरे । हिजो 'भाषण कम फिल्म बढी' भएकाले विदा लिएरै गएको थिएँ । हेरियो होला सातआठवटा । द्वन्द्व, शान्ति र संस्कृतिमा आधारित ती फिल्ममध्ये मलाई सबैभन्दा हेर्न मन थियो अफगानी फिल्म । त्यहाँको जीवनशैलीबारे जान्न मलाई इच्छा थियो । दुईवटा अफगानी बृत्तचित्र हेरियो । पहिलो अफगानी महिलाले बनाएको गुफामा बस्ने अफगानी जातिको कथा ज्यादै मर्मश्पर्शी थियो । श्रीमान् मरेपछि दुई ससाना छोराका साथ ती महिलाले गरेको जीवनोपार्जनका कथाले मन छोयो । त्यसैगरी इरानमा निर्वासित जीवन बिताएकी एक अफगानी चेलीको बारेमा बनाइएको फिल्म 'नर्मल' लाग्यो । कट्टर मुसलमान देशबाट दुईवटी महिला फिल्मकर्मीले बनाएका फिल्म आफैमा फिल्म थिए ।

अनवर जमालको 'डि्रम अफ डार्क नाइट' हेरेपछि मनलाई झकझकायो । फोहोर उठाउने कुचविहारको अनवर मियाको गाउँमा भिडियो चलाउने सपना कसरी पूरा भयो ? मज्जा लाग्यो त्यसको प्रस्तुति । बच्पनमा देखेको सपनाजस्तै कहाँ आकाशको जस्तो थियो । अन्तमा एकजना सहयोगीको सहयोगले भिडियो हल खोल्छ मियाले । फोहोरमा लटपटिएको हिरो हिरोनीको फोटो मियाले सम्हालेर राख्छ । र, भित्तामा टाँसिएका हिरो हिरोनीका पोष्टर हेर्छ ।


फिल्म सकिएपछि त्यसका निर्देशक अनवर जमाल उभिएर बोले । उनले आधा कहानी मियासँग आफ्नो पनि जोडिएको बताए ।

त्यो पिल्मले कान्तिपुर टेलिभिजनका क्यामेराम्यान दाइ श्याम श्रेष्ठको जीवनको एउटा भाग चॊरेको रहेछ । आफ्नो गाउँ चितवन मादीमा यसैगरी भिडियो चलाएका कहानी दोहोर् याउनुभयो ।

डेरा पुग्दासम्म पनि उसले फोहोर उठाएको भिडियो हल चलाएको उसको अनुहारले पछ्याइरह्यो । माचमा उभिएर बोलिरहेका जमाल उभिइरहे आँखामा ।

अनवर थ्यांक क्यू । सर्वसाधारणले उनेको सपना बनाउने अनवरलाई बधाई । आफूले बनाउने त यत्तिकै भयो, तिम्रै बृत्तचित्र हेरेर मन बुझाएँ ल, अनवर । धेरै धेरै धन्यवाद अनवर ।


Wednesday, December 17, 2008

दैनिकीमा पहिलो दिन

केही डरजस्तो न कस्तो कस्तो अनुभूति भएको थियो पहिलो दिन अफिस पुग्दा । तर मैले देखेका अनुहार नै थिए । त्यसैले त्यतिसारो अनौठो नै त लागेन । माओवादीले प्रस्ताव गरेको देशभक्त गणतन्त्रवादी मोर्चाबारे अन्य दलको धारणासहितको एउटा समाचार लेखें । यो नै मेरो दैनिकीको पहिलो समाचार थियो । त्यसैगरी आज नै नयाँ पत्रिकामा छापिएको तात्कालीन प्रधानन्यायाधीस केशवप्रसाद उपाध्यायमाथि भुलबस परेको एम्बुसबारेको समाचार नयाँ पत्रिकामा मेरो अन्तिम समाचार थियो । कुराकानी थियो, त्यसबेलाका स्क्वायट कमिसारसँगको । उनै कमिसार नरबहादुर विष्ट प्रेम भने अहिले सूर्खेत -३ माओवादीको तर्फबाट सभासद् चुनिएका छन् ।

दैनिकीको मेरो पहिलो दिनले त्यस्तो नयाँ अनुभूति बोकाएन । मात्रै, केही नयाँ केही पुरानोजस्तो ।

Tuesday, December 16, 2008

बाई, नयाँ पत्रिका

भोलिदेखि दैनिकी जोइन गर्दैछु । भन्छन् 'अवसर र चुनौतीको ढोका सधैं खुला हुन्छ । जहाँ हरपल हामीलाई पर्खिरहेको हुन्छ ।' यतिखेर भने म अस्पटमा छु दैनिकी मेरो चुनौती मात्र हो कि अवसर पनि ।
नयाँ पत्रिका बाई । बाई ।

Monday, December 8, 2008

रोल्पाको साइत

रोल्पा जाँदैछु, पसर्ि । राप्तीका लेखकहरुको कार्यक्रम छ । केही पत्रकार साथी र केही लेखक लिएर जानु छ । आफ्नो जिल्लामा हुने कार्यक्रममा आफ्नो पनि इज्जत गाँसिएको छ । तर साथीहरुले कार्यक्रमका लागि काठमाडौंबाट लानलाई खगेन्द संग्रौला राजेन्द्र सुवेदीलगायतका सरहरुका लागि तय भइसकेको बताएका थिए । त्यसो भनिसकेपछि मैले सम्पर्क गरिनँ । जाने दिन नजिकिएपछि एकपालि स्मरण गराउनु पर् यो भनेको त 'खवर नै नपाएको' बताउनुभयो । म त एकछांगे भीरबाट खसें । ल, साथीहरुले त जगाउनु जगाएछन् यार ।
नाम चलेका 'पाका'लाई नलिएर के जानु ? चंकी श्रेष्ठलगायतका साथीको प्रतिकि्रया थियो, 'हामी ठिटाहरु मात्र जानु यार' . समयमा खबर नगर्दा खगेन्द्र दाइले वीरगंजको कार्यक्रमलाई समय दिइसक्नुभएछ । आयोजक रोल्पाली साथीहरुले राम्ररी पहल नगरेपछि मेरो टाउको दुख्नु दुखेको छ । अब के गर्ने यार आफैलाई पनि थाहा छैन । संग्रौला र सुवेदीका 'हाइटु'का लेखक लानु कसरी ? बक्क परेको छु यार ? ।
आज विनोद सेनजीकहाँ हीरामणि दुखीसँग भेट भयो । उहाँले आफूहरुलाई रोल्पाको आफ्नै लेखक संघले कुनै जानकारी नदिएको दुखेसो पोख्नुभयो । कार्यक्रमलाई कसरी लानेबारे जानकारी नै नदिएको भन्दै संचारमन्त्री ज्वाइ पुरन क्षेत्री करेन्टको स्पष्टीकरण माग्न लगाएको बताउनुभयो । भन्दैहुनुहुन्थ्यो, 'म त इन्चार्ज हो त ।' आफूसित अनुमति नै नलिई कार्यक्रम आयोजनामा सहभागिता जनाएकोमा ठूलो गुनासो रहेछ उहाँसित ।
अब कसलाई लाने ? कसरी लाने ? मिडियाका साथीहरु र तन्नेरी लेखकहरुलाई लिएर जाँदैछु ।
के न्यूज लिएर आउने आज बैठकमा छलफल भएको थियो । आजको बैठकमा हेड सर र नारायण अमृत पनि बस्नुभएको थियो । समाचारको योजना बनाइए ।
थाहा छैन रोल्पाबाट समाचार बोकेर आइन्छ या नाई ?



Saturday, December 6, 2008

दुखेसा सिर्फ दुखेसा

ब्लग अपडेट नगरेको पनि जुग बितेछ । अघिल्लो महिना पोखराबाट फर्किएपछि छोएकै रहेनछु । फेसबुक पनि ब्लक थियो । के कुरामा 'र् याङ्थ्याङ' मिलेन कुन्नि ब्लक नै गरिदियो । धेरै साथी गुमाएको पीर थाम्न सकिनँ । पुराना साथी पनि कोही भेटिइ पो हाल्छ कि भनेर अर्को आइडीबाट फेरि थालें । त्यसैले यतिखेर मसँग छैनन् झण्डै चार सय पुगेका मेरा 'फेसबुके' साथीहरु । थाहा छैन फेरि ती साथीहरुलाई भेट्छु या नाई ? नियमीत सम्पर्कमा रहेका सीमा र एउटी चाइनीज मूलकी साथीको धेरै सम्झना आउँछ । लेखन र पत्रकारिताका 'उधारो कुरा' हुन्थे ती साथीहरुसित । चाइनीज मूलकी साथीसँग भने अंग्रेजी भाषा नजान्नुका दुखेसो पनि थपिएका थिए । ऊ पनि मजस्तै अंग्रेजीमा 'आलु' नै रहिछ । थाहा छैन कहाँ छे ऊ । फेसबुकमा फेरि भेट हुन्छ हुँदैन रामजाने ।
के लेख्ने मलाई थाहा पनि छैन । आफूलाई पोख्ने शव्द नपाएजस्तो न कस्तो कस्तो पो लाग्न थालेको छ । नलेख्दा लेख्ने कुरा पनि टाढिदै पो जान्छन् कि क्या हो वास्तवमा लेख्ने बानी परम्ला भनेर पनि ब्लग थालेको थिएँ । ब्लगमा के नै लेखौला भनेर त होइन । सिर्फ दुईचार कुरा लेखम्ला भन्ने मनमा साँचेकॊ थिए । त्यसमा एउटा त थियो -समाचारमा लेख्न नपाएका गुनासो यसैमा खन्याउने । मैल त्यै सोचेको थिएँ मेरा नितान्त निजी अनुभूति यसैमा खन्याउँछु ।
तर थाहै नपाई एक महिना त नखन्याएरै पो गएछ । यसबीचमा न निबन्ध लेखेको छु न त कथा नै । दिनका दिन आएर 'रोटी'बाहेक के लेखेको छु र ? अरे यार रॊटी त जसले पनि लेख्छ नि । खै त अरु लेखेको आफैलाई सोध्छु । आफै खिसि्रक्क पर्छु ।
दिनचर्या उही छ -राति अबेर मात्र डेरामा पुग्नु । विमलले समयमै पकाएको तर असमयमा पुग्दा िसंग पुच्छर उमारेको भात खानु । कहिले त बक्क पर्छु, होइन यार यस्तो चल्छ कहिलेसम्म ?
तपाईलाई लाग्ला कति दुखेसो मात्र पोख्छ यार यसले ? यसको दुखेसेले पनि वाक्कै लायो । भन्नुहोला, कहिले त गर्नु नि खुसीका, रोमान्सका कुरा पनि ।
मलाई पनि त लाग्दो हो नि खुशीकै कुरा लेखूँ । उमंगकै कुरा पोखूँ । तर के हामीले सोचेजस्तै छ र जीवन ?
मान्छेको जातले खुशी अरुसित बाँड्दैन रे । बाँड्नलाई ऊसँग दुख मात्र हुन्छ रे । सायद यही दुख बाँडिरहेछु मैले पनि । सिर्फ दुख । यसरी बाँड्दाबाँड्दा दुख नै सकिए के होला ? साँच्ची दुख नै सकिएपछि के बाँडूँला हँ मैले ? कल्पना पनि गर्न सक्तिनँ यार । सायद मसँग पोख्नलाई यी गुनासा र दुखेसा मात्र छन् ।
सुख त मान्छेले कहाँ बाँड्छ र होइन ? त्यसैले होला अहिलेसम्म मैले तपाईंसामु बाँड्नलाई खुशी भेटेका छैन । भेटे भने त्यो खुशी अवश्य बाँड्ने छु, दुखेसा बाँडेजस्तै । त्यसबेला कस्तो होला हँ यो दुनियाँ एकपालि तपाई पनि कल्पना गर्नुस् है ।