Wednesday, December 17, 2008

दैनिकीमा पहिलो दिन

केही डरजस्तो न कस्तो कस्तो अनुभूति भएको थियो पहिलो दिन अफिस पुग्दा । तर मैले देखेका अनुहार नै थिए । त्यसैले त्यतिसारो अनौठो नै त लागेन । माओवादीले प्रस्ताव गरेको देशभक्त गणतन्त्रवादी मोर्चाबारे अन्य दलको धारणासहितको एउटा समाचार लेखें । यो नै मेरो दैनिकीको पहिलो समाचार थियो । त्यसैगरी आज नै नयाँ पत्रिकामा छापिएको तात्कालीन प्रधानन्यायाधीस केशवप्रसाद उपाध्यायमाथि भुलबस परेको एम्बुसबारेको समाचार नयाँ पत्रिकामा मेरो अन्तिम समाचार थियो । कुराकानी थियो, त्यसबेलाका स्क्वायट कमिसारसँगको । उनै कमिसार नरबहादुर विष्ट प्रेम भने अहिले सूर्खेत -३ माओवादीको तर्फबाट सभासद् चुनिएका छन् ।

दैनिकीको मेरो पहिलो दिनले त्यस्तो नयाँ अनुभूति बोकाएन । मात्रै, केही नयाँ केही पुरानोजस्तो ।

1 comment: