Saturday, June 27, 2009
कलाकार माओवादीमा
१३ असार। काठमाडौंं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबली। नीर शाह मौसमी मल्ल दीपक श्रेष्ठ अन्जु पन्त इकु राजेन्द्र खड्गीलगायत १०८ जना कलाकार माओवादीमा प्रवेश। माला र अबिर लगाउँदै अध्यक्ष प्रचण्डले स्वागत गरिरहेको बेला पानी पर् यो। पानी परेपछि हलभित्र छिरे। तर कुनै पनि हल खाली थिएनन्। पहिलो तलाको बाहिरी भागमा कार्यक्रम गरे। नीर शाह युवराज लामा मौसमी मल्ल केपी पाठक दीपक श्रेष्ठ दीपरत्न तुलाधरले भाषण ठोके। कुनै पनि दलले राष्ट्रियता र कलाकारको ध्यान नदिएको भन्दै माओवादी मात्र बिकल्प भएकाले आफूहरु प्रवेश गरेको दाबी गरे। कार्यक्रममा एमाले अाचल कमिटीका सदस्य रुकुमेली हस्तबहादुर केसी पनि माओवादीमा छिरे। उनलाई पनि अध्यक्ष प्रचण्ड र अर्का नेता किरणले माला र अबिर लगाएर स्वागत गरे।
कलाकार विमला केसी
गायक दीपक लिम्बू
निर्माता युवराज लामा
अभिनेता नीर शाह
द्वन्द्व निर्देशक राजेन्द्र खड्गी
गायिका अन्जू पन्त र निर्देशक दीपक श्रेष्ठ
हाँस्य कलाकार निर्मल शर्मा
गायिका पूजा सुनुवार
कलाकार निरु खड्का
अभिनेत्री मौसमी मल्ल


Monday, June 15, 2009
आयो मगरको भूमे
रोल्पा रुकुम लगायतका अठार मगराँत क्षेत्रका मगर जातिको पर्व भूमे। असार १ देखि सुरु भएको छ। प्रकृति पुजक मगर जातिले बालीनाली राम्रो होस् बाढी-पहिरो नआओस् भनेर भूमिको पूजा गर्न यो पर्व मनाउँछन्। विभिन्न मेलोमा राजधानीमा अल्झिएका मगर जातिका तरुन तन्नेरी मात्र होइन बूढाबूढी पनि परम्परागत पहिरनमा सजिएर कम्मर मर्काएर नाचे। स्कुल र कलेजका ठिटाठिटी आफ्ना पूर्खाले लगाएका पहिरन सम्झिएर एक दिन भए पनि लगाएर नाचे। बन्दका कारण उनीहरु िहंडेर खुलामाच पुगेका थिए।













Wednesday, June 10, 2009
माओवादी आन्दोलन
माओवादी जुलुस सुरु हुनुअघि शान्तिवाटीकामा रहेको मूर्तिअगाडि झोक्राइरहेको परेवा
Thursday, June 4, 2009
भारतीय दूतावासमा माओवादी
सीमा क्षेत्रमा भारतीय अतिक्रमणको विरोध गर्दै माओवादीका जातीय मोर्चा र जनवर्गीय संगठनले आज लैनचौरस्थित भारतीय दूताबासमा विरोधपत्र बुझाए। ुमाधव केपी गिरिजा भारततिर छिरिजाु ुराकेश सूद गो ब्याकु जस्ता चर्का नारा लगाउँदै हजारौंको संख्यामा रहेका उनीहरु दूताबास पुगेका थिए। बेलायती दूताबासभन्दा पनि धेरै वरसम्म प्रहरीले छेके। सशस्त्र प्रहरीको कडा सुरक्षा थियो।
माओवादी केन्द्रीय सल्लाहकार एवं सभासद् सुरेश आलेमगरको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो।
विरोधपत्र गेटमै बुझेका थिए काउ_िन्सलर मक्खन िसंहले। राकेश सुद नआएपछि आक्रोशित आलेमगरले र् यालीलाई सम्बोधन गर्दै जनसागर देखेर सूदले छुलुक्कै मुतेको आरोप लगाए। िसंह हिन्दीमा बोल्न खोजे पनि उनी अंग्रेजीमै कड्किदै भारतीय विस्तारवादको मज्जाले विरोध गरे। र नेपाली जनता र भारतीय जनताबीच सुमधुर सम्बन्ध रहेको दाबी गर्दै भारतीय शासकहरुको खोइरो खने।
माओवादी केन्द्रीय सल्लाहकार एवं सभासद् सुरेश आलेमगरको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो।
विरोधपत्र गेटमै बुझेका थिए काउ_िन्सलर मक्खन िसंहले। राकेश सुद नआएपछि आक्रोशित आलेमगरले र् यालीलाई सम्बोधन गर्दै जनसागर देखेर सूदले छुलुक्कै मुतेको आरोप लगाए। िसंह हिन्दीमा बोल्न खोजे पनि उनी अंग्रेजीमै कड्किदै भारतीय विस्तारवादको मज्जाले विरोध गरे। र नेपाली जनता र भारतीय जनताबीच सुमधुर सम्बन्ध रहेको दाबी गर्दै भारतीय शासकहरुको खोइरो खने।
वाइसीएल अध्यक्ष गणेशमान पुन र सभासद् अमृता थापा
सभासद् सुरेश आलेमगरबायाँ र सभासद् तिलक परियार
दूताबास अगाडि नारा लगाउँदै माओवादीको केन्द्रीय कलाकार टोली सामना परिवारकी कलाकार उषा
भारतीय दूताबासका काउ_िन्सलर मक्खन िसंह
सभासद् नरबहादुर विष्ट
Subscribe to:
Posts (Atom)