
माओवादीले राष्ट्रपति रामवरण यादवको 'कु'विरुद्ध सडक आन्दोलन थालेको दिन। १० देखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर फर्केका माओवादीका छोटे नेता। पत्रकारद्वय प्रज्वल श्रेष्ठ र सिर्जना तिमि_िल्सनको बिहेको जन्ती भएर आएका माओवादी छोटे नेता र पत्रकारले टनाटन भरिएको छ जनसंचार अभियानको हल।
बेहुला न सुटमा न बेहुली सारीमा। वरवधूले मैनबत्ती बालेर एकअर्कालाई अबिर र माला लगाइदिए। सबले ताली बजाए। र घोषणा गरियो जनवादी बिहे सम्पन्न भएको।
जनयुद्धकालमा डोकोमा रेडियो बॊकेर पूर्वी पहाडमा रेडियो गणतन्त्र चलाएका थिए प्रज्वलले। उनी मिर्मिरे एफएममा कार्यरत छन् भने सिर्जना जनदिशा दैनिक र मिर्मिरेकी झापा संवाददाता। उनीहरुको यो जनवादी प्रेम बिहे भएको मिर्मिरे एफएमका स्टेशन म्यानेजर विष्णु सापकोटाले बताए।

बिहेको मुख्य अतिथि बनेकी शशी श्रेष्ठले लामो भाषण थालेपछि जन्ती उठेर माथिल्लो तलामा भोजमा सामेल हुन िहंडे। बिहेमा माधव नेपाललाई हराउने झक्कु सुवेदी, रेखा शर्मा दम्पतिदेखिका एक दर्जन माओवादी केन्द्रीय सदस्य थिए।
जेठ २० गते आज आठ बर्ष पुग्यो अनी फेरी तपाईको यो लेखनलाई सम्झाईदियो ,धन्यवाद नवीन सर ।
ReplyDelete