Friday, November 13, 2009

सिंहदरवार ठप्प




प्रचण्ड, पत्नी सीता, छोरी गंगा, नातिनी स्मीता र महासचिव वादल

दोस्रो चरणको आन्दोलन। अन्तिम दुई दिन माओवादीले लाखौं जनतासाथ िसंहदरवार घेर् यो।
पहिलो दिन २६ गते।
पाँच बजे नै कर्मचारीलाई कार्यालय आउन सरकारी उर्दी थियो। एकाविहानै पाँच मन्त्री छिरे। सुरक्षा प्रमुख छिरे। सचिवहरु छिरे। तर, कुनै पनि सेवाग्राही छिर्न पाएनन्। मन्त्रीहरु दिनभर िसंहरदरवारमै थुनिए। आठ बजेदेखि कार्यालय समयभर घेराउका कारण कोही पनि भित्र छिर्न पाएनन्।



अध्यक्ष प्रचण्ड उपाध्यक्षत्रय किरण, डा।बाबुराम भट्टराई, प्रकाश, महासचिव बादल, सचिव दीवाकरदेखि अनन्त, अमिक शेरचgसम्मले िसंहदरवारका आठ नाकामा पलेटी कसेर घेरे। फिल्म कलाकार पनि ओइरिए। 'लालुपाते नुह्यो भुइतिर कि लाउm माया मैतिर कि लाऊ उईतिर नलाऊ दुईतिर' बोलको लोकगीत गाइन्, रेखा थापाले। गीतको तालमा प्रचण्ड र रेखाले कम्मर भाँचे। रेखाले भनिन्, 'उहाँ राजनीतिको हिरो म फिल्मको हिरोइन।'

बूढो बैस निकालेर कम्मर भाँचेको देखेर प्रचण्डपत्नी सीताले माचअघि बसेर टुलुटुलु हेरिरहेकी थिइन्। 'आज बेलुकी यी बूढाबूढीको घरमा परालको आगो बल्ने भयो', आन्दोलनकारीले अध्यक्षको नाचमा ताली बजाउँदै खासखुस गरे।
प्रचण्डको तीन पुस्ता नै पलेटी कसेर भद्रकालीमा बसे। साथमा पत्नी सीतासहित कान्छी छोरी गंगा र उनकी छोरी स्मीता प्रधान पनि थिए। स्मीताले बेलाबेलामा के भन्थी? कुन्नि तीनैजनाले बेलाबेलामा फकाएजस्तो देखिन्थ्यो।
दक्षिणी गेटको मोर्चा सम्हालेका थिए कृष्णबहादुर महरा अनन्त र अमिक शेरचनले। हनुमानथान र जिल्ला प्रशासनअघि बीचको खाली ठाउँ भर्न उठ्दाखेरि पुलिससित पेलापेल भयो। त्यसपछि? आन्दोलनकारीको भीडबाट पनि कसैले ढुंगा फाल्यो। माओवादीले घुसपैठैया भन्यो। त्यसपछि पुलिसले चेतावनीबिना नै अश्रुग्यास हान्यो। गोली हान्यो। सबैभन्दा बढ्ता शेरचन घाइते भए। त्यसपछि? अनन्त, शिवराज गौतम, सुष्मा घिमिरे, सत्या पहाडीलगायत दर्जनौं सभासद् र कार्यकर्ता घाइते भए। भीडबाट ढुंगा हान्ने युथफोस्रको मान्छे भन्दै वाइसीएलले पकडेको हल्ला चल्यो। झडपछि? केही समय तनाव भयो। त्यसको असर अन्य नाका भने परेन। नाचगानसहित घेराउ संयमीत रह्यो।

माइतीघर मण्डलामा घेराउ बसेका नेता भट्टराई आफ्ना अंगरक्षकसहित अमेरिका जाँदै


नगरपालिका र जिल्ला प्रशासन घेराउमा जस्तै नाचगान चल्यो। गीत उनै थिए। िसंहदरवार पूर्वीगेटमा भने नेपाली पुरानो गीतको तालमा बज्दैथियो, 'तल पर् यो बृन्दा बन माथि पर् यो ठाडो भीर, माकुनेलाई पर्नु पर् यो पीर।' अन्य ठाउँमा सांस्कृतिक झाँकीसहितका लोकलयमा गीत गुिाजए। सांस्कृतिक रुपान्तरणको कुरा गरे पनि गीत भने मायाप्रेमकै थिए।
अघिल्लो दिन एकाबिहानै पाँच मन्त्री भुमिसुधार व्यवस्थामन्त्री डम्बर श्रेष्ठ, राज्यमन्त्री मानबहादुर शाही, ऊर्जामन्त्री प्रकाशशरण महत, बनमन्त्री दीपक बोहरा िसंहदरवार छिरे। गोली चलेपछि कहाँ चल्यो हेर्नुपर् यो भनेर भुमिसुधार व्यवस्थामन्त्री श्रेष्ठले झ्यालबाट हेरेछन्।


कलाकार इकु अर्थात् सुलेमान शंकर



दोस्रो दिन पनि उस्तै गानाबजना। शुक्रबार परेकाले दुई बजे सकियो। घेराउ सकेर जुलुसले फन्का मार् यो काठमाडौंको मुख्य क्षेत्र रत्नपार्क पुतलीसडक। र, भाषण चल्यो भृकुटी अघिल्तिर। लाखौं जनतासामु प्रचण्डले मंसिर पाँच गतेसम्म नागरिक सर्वोच्चताको माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिए। नभए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिए। संयुक्त राष्टिय जनआन्दोलनका अध्यक्ष डा।बाबुराम भट्टराईले आन्दोलनलाई महाभारतसँग तुलना गरे। पाण्डवले पाँच गाउँ माग्दा नदिएकाले हस्तिनापुरको लागि महाभारत भएको स्मरण गराउँदै तेस्रो चरणको आन्दोलन हस्तिनापुरकै हुने बताए।

4 comments:

  1. prachanda ko nepali & family khalak dekhna paiyo. dai baburam kahile gayo ra america?

    ReplyDelete
  2. Manikar Karki

    आन्दोलन देखिएको उत्साह र उमंगलाई सलाम । अब एकपटक जनवादी क्रान्ति सम्पन्न गर्नैपर्छ । जनता जिन्दावाद !

    ReplyDelete
  3. k payae ra khoi andalon garae raaaa. janta lai dukha................

    ReplyDelete
  4. chandra
    yo aandolen k ka lagi yadi jantaka lagi ho bhane janta le 12000 janako khola bagaka thiye sambidhanshabha ko chunab garayera deshko yek bidrohi paati lai rajnitiko muldhar ma liyera sab Bhanda thulo pati baneyera pathayeko tara kina phiri aandolan yadi satta nai chalauna aaudaina bhane kina nirdosh jantalai aandolon ma layera jhuta asswasan dinee? kina??????

    ReplyDelete