Monday, December 21, 2009

हुम्लाकी जानकी



एकटक हेरिरहेकी थिइन्। उनका आँखा ठीक दक्षिण-पूर्वमा उभिएको हिमालमाथि अडिएका थिए। जो सेतै फुलेको एउटा बूढो मान्छे िठंग उभिएजस्तो देखिन्थ्यो।


उनको टाउकोको ठीक माथि सानो साइनबोर्ड झुण्डिएको थियो। जसमा लेखिएको थियो 'हुम्ला विमानस्थल ।'

'यसरी टोलाएर किन उतै हेरिरहेकी ?' लामो समयसम्म पनि उनको आँखा उतैतिर देखेपछि मनमनै प्रश्न उठ्यो ।

'अर्रे जहाज आउने बाटो पो हेरिरहेकी छन्,'180;ल्यास्स भएँ, 'जहाज कुरेकी होलिन्।'

'के उनका खसम आउँदैछन् ?' मनमा ताल न बेतालका तर्कना जर् याकजुरुक उठे, 'उनका माइती आउँदैछन् कि ?'

जहाज आउने कुनै सुरसार देखिएको थिएन । तर जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको विमानस्थलमा भीड लागिसकेको थियो ।

जहाज आउने/नआउने अलमल थियो । मौसमको ताल हेर्दा आउलाजस्तो लाग्दैनथ्यो । आउने ताल नदेखिए पनि जहाज चढ्ने यात्रुहरु हातमा टिकट लिएर लाम लाग्दैथिए ।

टिकट कहाँ छ ? हामीलाई कुनै मतलब नै थिएन । पत्रकार र नेताको टिकटको मेलोमेसो आयोजकले मिलाएका थिए । हामीलाई उड्नु मात्र थियो ।

लामो प्रतीक्षापछि जहाजको आवाज सुनियो । त्यसबेलासम्म यात्रु तयार भइसकेका थिए ।

तर त्यो जहाज हाम्रो रहेनछ । रहेछ नेपाल एअरको । हामी जाने जहाज रहेछ यतीको ।

नेपाल एअरमा सीडीओ जाँदैथिए । ती पाल्पाली शिव नेपाल अब चैतमा मात्र फर्कनेछन् । पुसको दोस्रो सातादेखि हिमाली जिल्लामा कार्यालय प्रमुखको जिम्मेवारी पियनले नै सम्हाल्ने जानकारी पायांैं ।

पुस तीन गतेको बिहान हुम्ला चिसोले अल्छि मानेजस्तो देखिन्थ्यो । अगिल्लो दिन हिउँ परे पनि आकाश सफा थिएन । हुम्लाको मौसम मात्र चिसो थिएन उसको अनुहारसमेत बादललागेको आकाशजस्तो थियो । हिउँ पर्लाजस्तो देखिए पनि परेकोचािहं थिएन ।

दुईचार फोटो खिचंेँ -उनी उभिएर एकटक हेरिरहेको । बर्कोले मुख छोपेको । घरीघरी यताउति पुलुक्क पुलुक्क हेरेको । पटकपटक हिमालमा आँखा अल्´ाएको । घरीघरी आफूलाई चिन्ने आफन्तसँग कुराकानी गरेको ।



आफै जान लागेकी हुन् कि यी दिदी कसैलाई पठाउन आएकी ? थाहा भएन ।

अनुहारले उनी ठेट हुम्ली थिइन् । उनको अनहार उनले लगाएको लुगाले भन्थ्यो, 'यी जात्तिबि.त्त गरिब हुम्लीचाहं होइनन् ।' तर जुन जस्तो परिवारकी महिला भए पनि उनले ओढेको बर्को कोरेको कपाल र असमयमै परेका अनुहारका मुजाले हुम्लाको उत्पीडन झल्काउँथे ।



विमानस्थलको भर्र् याङबाट ´र्नुअघि फेरि उनको फोटो खिचेँ । त्यसपछि हत्तपत्त उनलाई सोधेँ 'हजुर जाने होइन ?' तर यो प्रश्न मैले यसै सोधेजस्तो लाग्यो । किनकि उनको हातमा टिकट थिएन । जानेजस्तो उनको अनुहारको छनक थिएन । त्यसैले उनको उत्तर नआउँदै सोधेँ, 'कसैलाई पठाउन आउनु भएजस्तो छ । हो ?'

पुलुक्क हेरिन् । त्यसपछि मुन्टो हल्लाउँदै भनिन्, 'मेरी मैयाकन पठाउन …।' जरुरी चिज छुटेजसरी भर्र् याङमा पाइला फाल्दै उनको नाम सोधेछु । भनिन्, 'जानकी शाही, सिमकोट ।'



जहाजमा पस्दा फरक्क फर्केर हेरेँ -उही ठाउँमा उभिइरहेकी थिइन् । जहाजकी खलासीले एक पस्सेको नमस्ते गरेपछि हामी सिटमा बस्न थाल्यौं । हतपत झ्याल साइडमा बस्दै हेरेँ उनी उसैगरी उभिइरहेकी थिइन् ।

जब जहाजले पखेटा चलाउन सुरु गर् यो तब उनी पनि उनका वरपर उभिएका अन्य हुम्लीसँगै दगर्दै अलि पर छेउतिर लागिन् । सायद त्यहाँबाट जहाजको अनुहार स्पष्ट देखिन्थ्यो ।

त्यसपछि ? फेरि उनका आँखा जहाजमा अल्झिए । एकटकले हामी चढेको जहाज हेर्न थालिन् । आफन्तलाई विमानस्थलमा विदाइ गर्न आएका हुम्लीहरुसँगै आँखामा हत्केलाले छायाँ पार्दै हेरिरहेका थिए, पखेटा फटफटाउन थालेको जहाजलाई ।

'के यी दिदी जहाज चढेकी होलिन् ?' मनमा अनायास प्रश्च बल्झियो ।

एकैछिनपछि जहाज उड्यो­ कालीकोटहुँदै नेपालगन्जतिर । उनले आँखा बिछ्याइरहेको हिमाल पनि हामीले काट्यौं । हामी कालीकोटको माथि उड्न थाल्यौं । तै पनि उनले अहिले पनि त्यही उभिएर हेरिरहेजस्तो आँखालाई लागिरह्यो । असमयमै मुजा परेका उनका अनुहार आइरह्यो ।

'के उनकी मैया यै जहाजमा छिन् ?' बेतालको प्रश्न मनमा तेसर्ियो, 'या अ´ै उनकी मैयालाई लैजाने जहाज अझै आइपुगेको छैन ?'

सूर्खेत हुँदै जहाज पुग्यो नेपालगाज । विमानस्थलमा थिए उपेन्द्र यादव, रेणु यादव र जयप्रकाशप्रसाद गुप्ताका साथमा माओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेल ।

गरिबीले गाले पनि हिउँसँग जोरी खोज्ने हुम्ली अनुहार खिचेको क्यामेराले यादवका अनुहार खिच्दा नखरा गरेजस्तो लाग्यो । दुईचार फोटो खिचेँ । तर ती दिदीको अनुहारले पछ्याइरह्यो छायाले जसरीले ।

उनको अनुहारमा के थियो उनको अनुहारमा परेको मुजामा चिसो र सरकारले ठगेको गुनासो कति थियो मलाई थाहा छैन । तर किन हो कुन्नि ? उनको अनुहारले पछ्याइरह्यो ।



आफ्ना गोसाकहाँ आइपुग्न जहाजले ल्याएका समानले ढिला गरे । विमानस्थलमा समय काट्न घरी यता घरी उता गर् यौं । मुश्किलले समान आयो । झोला कट्ठा आइपुगे । सेतो रङको कट्ठा एउटी महिलाले ठस्ठसी कन्दै उठाउन खोजिन् । तर सकिनन् । सहयोग गरेँ ।

'यति गह्रौ ! के ल्याउनु भयो ?'

'तरकारी ।'

'हुम्लाबाट ! यति धेरै !'

'हाम्रो परिवारका सदस्य नेपालगन्जमा छन् ।'

यति भनेपछि उनले आफू निड्स नाउँको डलर खेतीवाल विकासे खेतमा काम गरिरहेको बताइन् । तालिमको सिलसिलामा काठमाडौं जान लागेको जानकारी दिइन् ।

रिक्सा आइपुग्ने ठाउँमा कट्ठा राखेपछि उनीसँग पत्रकार साथी दीपेन्द्र रोकाया र म छुट्यौं । रिक्सा खोज्न विमानस्थलबाट बाहिरिनुअघि भनिन्, 'अघि फोटो खिच्दै हुनुहुन्थ्यो नि, हो म उहाँकै नन्द ।'

´ल्यास्स भएँ । अनायास भनेछु, 'जानकी शाहीकी नन्द !'

'हजुर ।'

थाहा छैन जानकी दिदी के काम गर्छिन् ? तिनका परिवारमा को को छन् ? उनी दुखी छिन् या सुखी ? केही पनि थाहा छैन । तर एकोहोरो जहाज आउने बाटो र जहाजमा अल्झाएको उनको अनुहार आँखामा आइरह्यो । अ´ै पनि उनी उसैगरी हेरिरहेजस्तो लागिरहेछ ।

कहिलेकाहीँ हुन्छ किन यस्तो ?

मलाई थाहा छैन ।

के हजुरलाई पनि यस्तो भएको छ ?

3 comments:

  1. Mp Kharel
    nice writing.

    ReplyDelete
  2. Mina Thapa
    स्वभावले नै साहित्यकारहरु एउटा दृष्यलाई धेरै कोणबाट विश्लेषण गरी बुझ्ने गर्छन्, हुम्लाकी जानकी दिदीलाई अझै नजिकबाट बुझ्ने हजुरको धोको पुरा भएको छैन होला सायद ?
    about a minute ago ·

    ReplyDelete
  3. ramro chha. I hope your journey will touch to Sagarmatha one day.

    ma well kamana gardachhu.
    And I am also willing to creat a my blog that i do not have knowledge. will u share me?

    thank u.
    kashiram dangi, rolpa
    9847851288
    myrolpa@gmail.com

    ReplyDelete