Monday, December 7, 2009

भ्यागुताको धार्नी


फोटो खिचेर दिन धकेल्दै प्रचण्डपुत्र प्रकाश


आजदेखि तीन प्रमुख दलले फेरि वीरबलको खिचडी पकाउन सुरु गरे। माओवादीले एक महिने तेस्रो चरणको आन्दोलन घोषणा गर्नुअघिल्लो दिनसम्म खिचडी पकाउने काम जारी थियो। माओवादी पुस ७ सम्मका लागि एक महिने तेस्रो चरणको आन्दोलनमा छ।


िसंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा तीन प्रमुख दलका शीर्ष नेताको बैठक बस्यो। यसअघि तीन दलका एकएकजना गरेर तीनजनाको कार्यदलले नपुगेर ६ बनाए। बैठकको उपलब्धी योबाहेक अरु निक्लिएन। दुई दिनभित्र सहमतिको सूत्र निकाल्ने कार्यदललाई जिम्मा रहेछ। रामजाने, कहिले निस्कन्छ?


बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस कार्यबाहक सभापति सुशील कोइराला थिए। तर, सरकारको नेतृत्व गरेको दल एमाले अध्यक्ष झलनाथ खनाल भने थिएनन्। पार्टी अध्यक्ष र संसदीय दल नेता हुँदा पनि प्रधानमन्त्री गुमाएका यी अभागी खनाल कहाँ थिए? कसैले एक आँखर पनि सोधेन।

माओवादी आन्दोलनको बीचमा छलफल सुरु भएकाले होला, पत्रकारको घुइँचो थियो।

नेताहरुले भित्र खिचडी पकाउँदा बाहिर पत्रकारले मुलुकका कुरा काटे। नेताका कुरा काटे। ीबजुली पानी खाएका बेतुकका गफ चुटे। घरी घरी एकले अर्काेलाई बेकुफ बनाए। प्रचण्डपुत्र प्रकाश र आलु क्यामेरावाल पत्रकारहरु एकअर्काका फोटो खिचेर दिन धकेले।



प्रचण्ड सुरक्षा प्रमुख जनमुक्ति सेनाका डिभिजन कमाण्डर परवाना र सई निराजन केसी कानेखुसी गर्दै

'...पिङको सय झड्का' भनेझै बैठक झमक्क रात परेपछि सकियो। तातो न छारोको बैठकले 'कार्यदल'बाहेक केही निकालेन।

माओवादी सरकारबाट बाहिरिएपछि थालिएका यस्ता बैठक कति बसे कति? हिसाब गरिसाध्य छैन।

बिन्तीपत्र हालेर राष्टपतिलाई रुक्मांगत कटवाल ब्युँझाउन लगाएका कांग्रेस र एमालेहरुले रामवरणको कदम मरिगए सच्याउने छैनन्। कटवालले बनाइदिएको सरकारले उसकै विरुद्ध जाला भन्ने कल्पनु पनि असम्भव।
थाहा छैन कहिले पुग्छ, भ्यागुताको धार्नी? कहिले पाक्छ, वीरवलको खिचडी?

बेतुकका समाचार कहिलेसम्म लेख्नुपर्ने हो? रामजाने।





2 comments:

  1. थाहा छैन कहिले पाक्छ, वीरवलको खिचडी?

    बेतुकका समाचार कहिलेसम्म लेख्नुपर्ने हो? रामजाने।
    yo kura malai sarai man pareyo

    ReplyDelete
  2. to ta malai pani tha bhayena ni dajju

    ReplyDelete