Friday, January 29, 2010

स्मीता ! समाचार फेरि पढ है


गत मंसिर १४ गते बिहान नयाँ बजारस्थित प्रचण्ड निवास पुग्दा हुस्सुले उज्यालो भएको छैन कि जस्तो थियो । कुराकानी गर्नुथियो, प्रचण्डकी कान्छी छोरी गंगा'सीमा'पुत्री स्मीता प्रधानसँग। ११ वर्षीया गायिका स्मीतासँग गर्नु थियो, सांगीतिक गफ।

प्रचण्ड निवास सुरक्षार्थ खटिएका जनमुक्ति सेनासँग अनुमति मागेको केही समयपछि आवाज झर् यो, 'स्मीता! तिमीसित कुरा मान्छे आइसके। ओर्ल।'

माथिबाट नारी आवाज झर्नेबित्तिकै एक महिला जनसेनाले बैठक कक्षमा पुर् याइन् ।

माओवादी सरकारमा छँदा दुई/चारचोटि पुगेको थिएँ, प्नयाँबजार। कारण थियो- मन्जिल दाइसँग भेट। बालुवाटारमा जनसेनालाई नलगेपछि उनीहरु प्रचण्ड निवासमै बसेका थिए। बेलाबेलामा मन्जील दाइलाई भेट्न मिर्मिरेका विनोद घिमिरे र म पुग्थ्यौं। तर प्रचण्ड नै नयाँबजार भएको बेला निवासमा कहिल्यै पुगेको थिइनँ।

बैठक कक्षमा बसेको केही समयपछि माहिली अर्थात् सभासद् रेणु र कान्छी सीमा बैठक हलमा ओर्लिए। उनीहरुसँगसँगै रेणुपुत्री प्रतिभा पाठक र सीमापुत्री स्मीता पनि आए। दुई आमा वल्लो सोफामा बसे भने पल्लो सोफामा दुई छोरी।

कुराकानी सुरु भयो। सबैभन्दा पहिले गाएको गीत? हो कस्तो गीत मनपर्छ? के खान मन पर्छ? हजुरबालाई पहिलोपालि देख्दा कस्तो लाग्यो? ठूला मान्छेकी नातिनी हुँदा के फाइदा छन्? के बेफाइदा रहेछ? कस्ता गीत गाएकी छौं? अब के गछ्र्यौं? आदिआदि।

स्मीता, कतिखेर सम्झन कोशिस ub}{आफ्नो संागीतिक यात्राबारेमा भन्दैगइन्। बेलाबेलामा आमाको मुहार पुलुक्क हेर्थिन्। उनले हजुबा हजुरआमाको प्रसंग आउँदा गंगाले कतैकतै सेन्सर गरिन्।

उनको सांगीतिक जीवनको बारेमा आमा र माहिलीआमा दुवैले खुलाउन सघाए। उनीहरुले छोरीको बारेमा उनी प्रचण्डसँग भेट हुँदाखेरिका घटना गीत संगीत र पढाइको बारेमा पनि स्मीतालाई सघाए।

धेरै बेर बसिनन्, रेणु। उनी िहंडेपछि थकथक लाग्यो फोटो नखिचेकोमा । चारजनाको सँगै फोटो खिचेको भए हुन्थ्यो भन्ने लागिरह्यो। रेणु िहंडेपछि प्रतिभा स्मीता र गंगासित कुराकानी भयो। अन्तरंग कुराकानी।

स्मीताले गाएका गीत उनका गतिविधिका बारेमा अनभिज्ञजस्तै थिएँ। त्यसैले धेरै कुरा गंगाले भनिदिइन्। स्मीता र प्रतिभाको गंगा र प्रतिभाको फोटो खिचेँ। उनले छोरीको कपाल मिलाइदिइन्। त्यसबेला पनि खिचेँ।

कुराकानी सकिएपछि गंगाले भनिन्, 'मिलाएर लेखिदिनु है।'

लेखेँ यस्तो-

प्रचण्डकी नातिनी र् याप गाउँदै

'ए बाबा तिमी त सहिद भयौ रे …।'

आफ्नै गीत सुनाउँदै उनले भनिन् 'यो गीत स्टेजमा गाउँदा धेरै मान्छे रोए ।' त्यसपछि उनले आफ्ना छेउमै बसेकी आमालाई पुलुक्क हेरिन् र भनिन् 'सात हजार रुपैयाँ मलाई पुरस्कार पनि दिए ।'

उनी हुन् गायिका स्मिता प्रधान । ११ वर्षीया स्मिता माओवादी अध्यक्ष प्रचण्डकी कान्छी छोरी सीमाकी छोरी हुन् । उनले गीत गाएपछि भर्खरै बजारमा आएको आफ्नो 'स्मिता' एल्बमको कुरा थालिन् । एल्बममा नयाँ नेपाल, बाल मजदुरका विषयलाई पनि गीतमा समेटिएको बताइन् । एल्बमका गीत चेतन सापकोटाले संगीत दिएका छन् । ६ वटा गीतमध्ये दुईवटाको छायांकन भइसकेको छ भने बाँकी चार गीतको छायांकन भइरहेको छ । एल्बममा उनले र् याप पनि गाएकी छन् ।

उनले 'किसान' फिल्म र 'जुरेली' सिरियलमा पनि गाएकी छन् । 'छुनुमुनु गर्ने छ है मेरो बानी' गुनगुनाउँदै सिरियलको गीत दोहोर् याइन् । 'मैले गाएको यो गीत टाइटल सङ हो', उनी फुरुङ हुँदै फेरि गाइन् 'छुनुमुनु …।' 'किसान' फिल्ममा आफूले बाबुछोरीको गीतमा छोरीको गीत गाएको बताइन् ।

उनले विज्ञापनमा पनि गाएकी छन् । देशलाई केही दिए देशबाट पाइन्छ भन्ने 'कर' र जडिबुटीको विज्ञापनमा पनि गाएकी छन् ।

'आज मेरो नेपाल के भयो' भन्ने र् याप गीत निर्णय श्रेष्ठसित गाएकी छु', आफ्नो एल्बममा मात्र होइन अरुसँग पनि र् याप गीत गाएको बताइन् ।



सानैदेखि आफू गीत गाउन थालेको बताइन् । स्मिताले गाएको पहिलो गीत कुन थियो होला स्मिताले सम्झन सकिनन् । सिलिगुडीमा आएका भैलेरीका गीत सुनेर 'खॊलामा माछा स्याउस्याऊ'लाई 'छ्याउ छ्या' भन्दै गाएकी थिइन् । तोते बोलीदेखि गाउन थालेकी उनलाई घरबाट पनि हौसला मिलेको बताइन् ।

नेपालमा जनयुद्ध हल्किरहेको बेला ११ वर्षअघि उनी सिलिगुडीमा जन्मेकी स्मिताको घर पनि सिलिगुडी नै हो । उनका बुबा नारायणविक्रम प्रधान सिलिगुडीका हुन् जो नेता मोहन वैद्य किरण सिलिगुडीमा पक्राउ पर्दा उनी पनि समातिएका थिए । त्यसपछि उनले भारतमा बस्ने नेपालीमाझ चल्तीमा रहेको 'कान खोलेर सुनिदॆऊ जनता …माकुराले जालो नै लाइसक्यो' भन्ने नेपालीले आफ्नो देश र संस्कृति भुले भन्ने भावको गीत गाएको सम्झना गरिन् ।

उनले रेडियोमा बज्ने गीतसँगै तोते बोलीमै लय हाल्न थालिन् । नेपाली हिन्दी गीत सुनिन् । सिको गरिन् । गाइन् ।

'मायालुले सम्झे कि कसो?' र 'जिन्दगी एक उत्सव हो' भन्ने गीत गाएको थिएँ' गतसाल पहिलोपालि स्टेजमा गाएको गीत उनले सम्झिइन् । जुन गीत उनी पढ्ने स्कुलमा आयोजित अभिभावक दिवसमा गाएकी थिइन् । त्यसपछि उनी राष्टिय नाचघरमा भएको भव्य कार्यक्रमममा पनि गाइन् 'झझल्को लिएर आएछ' भन्ने गीत ।

सुरुसुरुमा नारायणगोपाल र अरुणा लामा मन परे पनि अहिले भने आफूलाई अन्जू पन्त मन पर्न थालेको बताइन् ।

जनयुद्धमा सांस्कृतिक रुपान्तरणको लागि भनेर छुट्टै सांस्कृतिक जत्था नै बनाएको थियो । जसले नयाँ नेपाल बनाउने भन्दै गाउँका कुनाकुनासम्म जनयुद्धलाई पुर् याएका थिए । तर अध्यक्ष प्रचण्डले नातिनीलाई देश बदल्ने गीत सुनाएजस्तो कतै पनि देखिएन । उनले जनयुद्धमा चर्चित भएका गीत र गायक गायिकाका कतै पनि उल्लेख गरिनन् । प्रचण्डले जनवादी गीतमा मात्र होइन लोकजीवन लोकगीत सुन्ने सुनाउने वातावरण पनि दिएको छनक देखिएन ।



'हजुरआमाले लोकगीत पनि गाउनुपर्छ भन्नु हुन्छ', उनले भनिन्, 'तर मलाई लोकगीत मन पर्दैन ।' यति भन्दा उनकी आमा सीमाले त्यसो नभन्न आग्रह गरिन् ।

उनलाई हजुरबाले पनि गीत गाउन हौस्याउनु हुन्छ । हजुरबाको हातबाट पुरस्कार थाप्दा खुबै खुसी लागेको उनले बताइन् ।

'बाबा(प्रचण्ड)ले हामी चारजनालाई मोटरसाइकलमा घुमाउन लानुभयो,' आफ्ना हजुरबा प्रचण्डसँगको एक अविस्मरणीय क्षण सम्झिइन, 'बाटोमा बालुवा नै बालुवा रहेछ । हाम्रो मोटरसाइकल त पल्टियो ।' यति कुरा भनिनसक्दै आमा सीमाको अनुहारमा पुलुक्क हेरिन् । त्यसपछि हातको नङ कोट्याउन थालिन् । सीमाले 'नभन्न' आग्रह गरिन् । त्यसपछि उनले सोधिन्, 'के भन्ने त?'

यो घटना भएको रहेछ ६ वर्षअघि पंजाबमा । जेठी छोरी ज्ञानु केसीकी दुई छोरी सृष्टि र दृष्टि र माइली छोरी रेणुकी छोरी प्रतिभा पाठक र स्मिता गरी चारजनालाई स्कुटरमा प्रचण्डले घुमाउन लगेका रहेछन् । दुर्घटनामा कसैलाई पनि चोट नलागेको बताइन् ।

प्रचण्डले दिएका उपहारमध्ये उनले एउटा उपहारको सम्झना गरिन् । जुन उपहार दिल्लीमा किनिदिएका थिए । भनिन् 'मलाई बजार लानुभयो र घाँघर किनिदिनुभयो ।' उनलाई लगाउन 'वन पिस' मन पर्छ ।




छापिएको दिन अफिस पुग्दा नागरिकन्यूज डटकमका उमेश श्रेष्ठ मुसुमुसु हाँस्दैथिए। स्मीतासँग अनलाइनमा भेट भएको जानकारी गराए। गुनासो गरेको पनि सुनाए। नमीठो लाग्यो।

कुराकानी गरेको लामो समयपछि मात्र छापिएको थियो। कति समय त मैले लेख्न भ्याइनँ। लेखेको लामो समयपछि मात्र छापिएको थियो। पटकपटक स्मीता र गंगाले कहिले आउँछ भनेर सोधेका पनि थिए। 'आउँदैछ' भनी टार्दैआएको थिएँ।

स्मीताको गीत सुदूरश्चिम बाढीपीडितका लागि आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा लाइभ सुनेको थिएँ जुन दिन उनले दुइर्वटा गीत गाएकी थिइन्। उनको गीतमा र् याप पनि थियो। त्यसदिन नै रामकृष्ण ढकालले प्रचण्डको तर्फबाट सीतालाई डेडीकेट गरी 'मन पराउने हजार हुन्छन् जुनी काट्ने एउटै हुन्छ' भन्ने गीत गाएका थिए। र, स्वेता खड्काले 'कहाँ भेटिएला' भन्दै कम्मर मर्काएकी थिइन्। माओवादीले बनाएको सांस्कृतिक टोली जसले जनयुद्ध सर्वसाधारणसम्म पुर् यायो उनीहरु बेखवर थिए। न खुसीराम पाखि्रन थिए न माइला लामा थिए न झन्कार मगर न सीता आचार्य न मोहित श्रेष्ठ। समाचार लेखेपछि त्यसदिन झुमे प्रचण्ड भनेर ब्लग लेखेको थिएँ।



अँ, भन्दैथिएँ स्मीताको गीत त्यै कार्यक्रममा सुनेको थिएँ। उनले गाएका गीत राम्रा थिए। यति सानो उमेरमा यति राम्रो गीत गाउनु आफैमा समाचार हो।

नागरिक डबलीका हाकिम यज्ञशजीलाई भनेँ। उनको प्रतिभाभन्दा पनि प्रचण्डकी नातिनी भएकाले समाचार हुने जस्ता कुरा आए। दुख पनि लाग्यो।

जे होस् अन्तमा समाचार गर्ने निधो भयो। त्यसपछि प्रचण्डपुत्र प्रकाशजीलाई समय मिलाउन अनुरोध गरेको थिएँ।

अँ भन्दैथिएँ छापिएको दिन। अफिसमा आएँ। कम्प्युटर अन गरेँ। फेस बुक खोलेँ। अनलाइनमा सीमा दाहाल भेटिइन्।

'भाइ यतिपछि छाप्ने अनि यस्तरी छाप्ने?' फेसबुकमा कुराकानी थाल्दै उनले लेखिन्।

'दिदी रिसाउनुभएको छ हो?' रिप्लाई गरेँ।

'भाइ भनेर सबै कुरा गरेँ। नलेख्नु भनेँ। त्यै लेख्ने', गुनासो गरिन्।

'हो र त्यस्तो के लेखेँ र दिदी दिदीको मन दुखेको भए सरी दिदी,' मैले भनेँ।

प्रचण्डपत्नी सीताले लोकगीत गाउन भने पनि आफूलाई लोकगीत मन नपर्ने स्मीताको भनाइ हजुरआमा रिसाउने भन्दै नलेख्न आग्रह गरेकी थिइन्।



'जागरणका गीत देशभक्तिका गीत किन छैनन् स्मीताका?' अर्को गुनासो थियो उनको।

'छैनन् भन्ने कहाँ लेखेको छु?'मैले लेखेँ।

उनको खास आपत्ति जनयुद्धलाई गाउँघरमा छर्ने जनवादी कलाकारको बारेमा स्मीतालाई कुनै जानकारी गराइएन वातावरण दिइएन भन्ने मेरो समाचारको आशयप्रति थियो सायद। जसको नेतृत्वमा जनयुद्ध भयो सांस्कृतिक रुपान्तरणको एक मात्र माध्यम जनवादी गीत संगीतबारे उनलाई राम्रो जानकारी नदिनु परिवारकै कमजोरी थियो। सानी नानीको के दोष थियो र दुनियाँ बदल्न भनेर जनयुद्ध हाँकेका नायकले आफ्नै नातिनीलाई जनवादी गीतसंगीतको बारेमा राम्रो जानकारी नगराउनु र वातावरण नदिनु के अनुचित होइन र गाउँघरमा सर्वसाधारणलाई जनवादी संस्कृतिमा रुपान्तरण गर्न भन्नेले आफ्नो परिवारका सदस्यलाई पनि गराउनुपर्छ भन्ने मेरो आशय के पूर्वाग्रहपूर्ण हो र

'हो सबै गीत जागरणकै छन्' मैले भनेँ।

'सबै गीत सुन्नु भएको छ?' उनले लेखिन्।

'अहँ। गीत नै दिनुभएन। जे भन्नुभयो स्मीताले जे भनिन् त्यै लेखेँ' मैले लेखेँ।

'स्मीताले र् याप गीत कहाँ गाएकी छन्' अनलाइनमा भनिन्।

'प्रज्ञा प्रतिष्ठानमा गाएको के हो त?' मैले भनेँ, 'र् याप नराम्रो होइन नि। नयाँ पुस्ताले त्यै गाउँछन् त। त्यसले नकारात्मक अर्थ दिन्छ र?'

स्मीताले गाएको गीतमा र् याप छ। त्यसैलाई भन्न खोजेको हो। समाचारको शीर्षक नै लेखिदिएछन् 'प्रचण्डकी नातिनी र् याप गाउँदै' भनेर। मैले के गर्ने?

'जे भए पनि लेखेको त तपाइर्ंले हो नि' उनले लेखिन्।

'हो राम्रा नराम्रो जे लेखिए पनि जिम्मेवारी त मैरै हो', मैले लेखेँ।

केही समयपछि उनले अनलाइनमा लेखिन् 'किरण पुन भनेको तपाइर् नै हो?' मैले 'हो' भनेपछि लेखिन् 'बाबा रे।'

त्यसै दिन नागरिकको पहिलो पेजमा 'प्रचण्डलाई सुरक्षा खतरा आएको' समाचार र अन्तिम पेजमा स्मीताको समाचार बाइलाइनमा छापिएको थियो।

'हजुरलाई भेटेर सुन्छ'' भनेर अनलाइनमा लेखेँ।

त्यस दिनपछि भेट भएको छैन न अनलाइनमा न त फोनमा नै। सायद उनलाई र् याप गीत गाउने भनेर नराम्रो लेखिदियो भनेर कसैले भनेको हुनसक्छ। त्यसैले फायर भएकी हुन् भन्ने लाग्यो। उनलाई त्यो समाचार फेरि पढेर नकारात्मक छैन भनेर सम्झाउन चाहन्छु। विश्वास छ, सम्झने छिन्। कारण- मैले कतै पनि ट्वीष्ट गरेको छैन। जसले स्मीताको गायन-यात्रालाई नकारात्मक प्रभाव पारोस्।

के स्मीताको गायन कला र उनको भविष्यलाई नकारात्मक प्रभाव पार्ने खाले छ र यो समाचार? यदि त्यसो हुन गएको भए गंगा दिदी, मलाई माफ गर्नुस् है। मेरो चाह स्मीताको प्रतिभा मात्र बाहिर नआओस् उनको माध्यमबाट जनयुद्धका नायक प्रचण्डका कुरा पनि आओस् भन्ने मात्र हो।

गंगासँग फेसबुक कुराकानी भएको केही समयपछि स्मीतासँग फेसबुकमै भेट भयो।

'अंकल किन त्यस्तो लेखेको?' स्मीताले अनलाइनमा लेखिन्।

'तिमीले नभनेको कुरा त लेखे र?' रिप्लाई गरेँँ।

'यसरी किन लेखेको?' उनले लेखिन्। सायद किन र् याप लेखेको भन्ने उनको आशय थियो।

'भेट्छु अनि भन्छु है', लेखेँ 'समाचार तिम्रोबारेमा नकारात्मक छैन. सम्झाउँछु भेटेर है। अहिले तिमीलाई नकारात्मक लागेको भए सरी है।'br>
उनले लेखिन् 'ओके।'

त्यसपछि स्मीतासँग पनि भेट भएको छैन। भेटेर समाचार नकारात्मक छ भनेर पारिएको भ्रम हटाउन चाहन्छु। कमलो दिमागमा त्यसले नराम्रो प्रभाव पारेको भए सरी है स्मीता। मेरो आशय त्यसो होइन।

के समाचार स्मीताको गायन भविष्य र उनको बारेमा नकारात्मक छ?





7 comments:

  1. नबिन दाइ, तपाईंले ब्लगमा लेख्नु भएका सम्पूर्ण कुराहरु मैले पढेको हुन्छु । धेरै कुरा दोहोर्याएर पनि पढेकोछु । तर आज तपाईंको ब्लगमा पहिलो चोटि प्रतिकृया लेख्दैछु । म दाङमा हुँदा युगबोधको पानामा पढेका तपाईंका लेखहरुको झल्को आयो । सिधै भन्ने हो भने तपाईंको लेखले बल्ल आज पुरानै अनुभुती दिलाएकोछ । धेरै अन्तरालपछी मेरो प्यास मेतिएको अनुभव गरे । बहिनी स्मिताको प्रतिभाको कदर गर्नु आफ्नो ठाउँमा छ तर जनयुद्ध हाक्ने प्रचन्डका सहयात्री जनगायकहरु खुशीराम पाख्रिन, माइला लामा, सिता आचार्य, झन्कार र मोहितहरु सँग सम्बन्ध नहुनु बाहिरी सफलताको भित्री असफलता हो । थाहा भएन सिमा दाहाल आफ्नो कमजोरी महशुस गर्नुको सातो कुन नैतिकताको धरातलमा उभिएर दाकछोप गर्न जिउज्यान फाल्दैछिन । शायद अहमताको कवचले भ्रमको जित हाशिल गर्नलाई होला । यतिखेर कता कता म फेरी सम्झिरहेछु आफ्नै कबिता 'रातो आबरण'

    समाज फेर्न हिंड्नेहरु,
    नयाँ मान्छे नबनिकन
    देश फेर्छु भन्नेहरु,
    मुल प्रणाली नफेरिकन
    बिडम्बना !
    उनै,
    दुनियाँ बदल्छु भन्नेहरु
    आँफु मात्र बदलिए ।
    संसार जित्छु भन्नेहरु
    आँफै कायर बनिदिए ।

    यस खबरको लागि बधाई तथा आउने दिनमा अरु थप यस्तै समाचारको अपेक्षा पनि ।
    http://madihungri.blogspot.com/

    ReplyDelete
  2. मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो
    उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो
    अँध्यारोको अङ्गालोमा आफैँ बेरिएछ
    संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ

    ReplyDelete
  3. Parihas Subba फेसबुक बिरोधी
    Samachar ko link Nagariknews.com ma chha bhane yaha phyake hunthyo sir..... ani hami pani afno bichar rakhna sakthaum...

    ReplyDelete
  4. Shree Ram Devkota
    नबिन दाई तपाइले लेख्नु भएको लेखमा नकारात्मक पक्ष्य त मैले कहिँ पनि भेटिन | वास्तविकतालाई स्वीकार गर्न नसक्ने मानसिकता र सायद प्रचण्ड परिवार हुनुको स्वाभाविक प्रतिक्रिया मात्र हो जस्तो लाग्छ मलाई | यसरि नै सबैले महान जनयुद्ध , हाम्रा महान शहिद , कलाकार भुल्दै गए भने इतिहासले तिनकै अनुहारमा कालो पोत्नेछ |........

    क्रान्तिको झन्डा उठाएर झुक्न नदेउ क्रान्तिलाई |
    बलेको मसाल निभाएर रुक्न नदेउ क्रान्तिलाई ||

    ReplyDelete
  5. Rudra Shrees Magar
    महान् जनयुद्धको वाषिर्की आउदै गर्दा जनताको मुक्तिका लागि भनेर लडेका महान् सिपाहीहरु जनमुक्ति सेना नेपालका सदस्यहरुलाई कथित अयोग्य भनाएर फेरि ठूलो गल्ती गरिदैछ ।

    ReplyDelete
  6. रामप्रसाद सापकोटा दीपशिखा
    रामप्रसाद सापकोटा दीपशिखा
    नविन जी समाचारको भित्री आशय त होइन तर शिर्षकप्रति त म पनि सहमत छैन है । समाचारको सार हूनूपर्छ शिर्षक, के तपाईलाई लाग्छ शिर्षकले स्मितालाई न्यय गर्यो ?

    ReplyDelete
  7. nagarik daily ko news here, lekhma mumle kina gunaso gareko hola bhanne kura smitako kacho dimagsamma pugnu par6, mero pani request 6 'smita ! news pheri hera hai?'

    ReplyDelete