comrade Swastika |
सवा नौ बजेको हुँदो हो, बि्रगेड कमाण्डर सन्तोषको कोठाबाट बाहिरिँदा। रात। त्यसैमाथि हुस्सुले छोप्दा केही पनि देखिदैनथ्यो। बाहिरिनेबित्तिकै सिमसिमे पानीमा भिजेजस्तो लाग्यो। गलबन्दीले टाउको सरक्क पारेँ।
बि्रगेड कार्यालय ठीक अघि युएनको कार्यालय गेटमा बलिरहेको ठूलो बत्तीमाथि आँखा अल्झेछ। बत्ती होइन कि जस्तो लाग्यो। लाग्यो कहाँ हो कहाँ टाढैबाट आउँदैगरेको जूनमामा जस्तो।
बच्पन फर्केर आयो। जूनसँग बाजी लाग्दै खुबै दौडन्थ्यौं बच्पनमा ससाना भुराहरु। जति दगुथ्र्यौं उति नै जून छिटो दौडन्थ्यो। त्यसपछि जित्न नसकेकोमा आमाकहाँ पुगेर चुक्ली हाल्थेँ। रुन्थेँ। बच्पनमा देखेको जून सम्झिएँ। लागिरह्यो बच्पनकै जूनजस्तॊ।
'बच्पन फर्केर आउने भए हुँदो हो कस्तो?' सम्झनाको बल्छीमा मन अल्झियो क्यार 'खेर गएका सबै समयलाई फारुफारु गरी उपयोग गर्थेँ हुँला।' आफ्नै बच्पनको यादमा मन भरङ्ग भयो।
सन्तोषसँग गफिदा आँखामा आएको चुनबाङ पढ्ने बेलाताका उकालीओराली कहाँ पुगे कुन्नि? एकैछिनअघि चुनबाङ उप्केर मनभरि आएको थियो, सन्तोषसित निफनेपछि। हुस्सुको चिसोमा आँखाअघि चुनबाङ उभिएजस्तो लाग्दालाग्दै बत्तीले बच्पनमा पुर् याएजस्तो लाग्यो।
एकछिन थामिएँ। हुस्सुको सिमसिमेमा यसै बसूँ जस्तो लाग्यो। तर यो त सैन्य शिविर पो त। जे होला सो होला भनेर एकछिन थचक्क बसेँ।
नौलो थियो यो ठाउँ। पूर्वी नेपालको यो यात्रा पहिलो थियो। हुस्सुको सिमसिमेमा चुपचाप बसेपछि कहाँ हो कहाँ? गुनगुन गरेजस्तो आवाज कानमा पस्यो। थाहा भयो डिभिजन कार्यालयअगाडि गेटनेरबाट गुनगुन आएको रहेछ। आएको आवाजतिर हेरेँ हुस्सु छल्न ठूला मुढा बालेर तापिरहेका मान्छे देखिए। जुरुक्क उठेर लागे उनीहरुतिर।
'दाइ अझै जानु भएको छैन?' डिभिजन कमाण्डर शरदपुत्री छोरी रहिछ आगो तापिरहेको एकजना। समाचार टिपाउन फोन नलागेपछि उसले नै बि्रगेड कार्यालयमा पुर् याएकी थिई। दुधौलीमा नमस्ते मोबाइलको काम रहेनछ। सन्तोषको बि्रगेड कार्यालयबाट अफिसमा समाचार टिपाएँ। अघिल्लो दिन भने युएनको कार्यालयबाट इमेल गरेको थिएँ। संचारमाध्यमलाई पठाउन नदिने रहेछ। त्यसैले जरुरी काम भन्दै कमाण्डर शरदले अनुरोध गरेपछि दुईवटा फोटो र समाचार पठाएको थिएँ।
युटीएल हो कि त्यो सीडिएमएको सेट प्रयोग गरेको रहेनछु। डायल गर्न नै सकिनँ। एकजना साथी आएर सिकाए।
उनी िहंडेको केही समयपछि वाकीटाकी बज्यो। मलाई त उठाउन आउँदैनथ्यो। दुईचारपालि बजेपछि बि्रगेड कार्यालयमा पाले बसेका जनसेना आए। सन्तोषको रहेछ। उनले फोन गर्न आएको मलाई सहयोग गर्न भने।
'तिम्रो ड्युटी अझै सकिएको छैन?' कमाण्डरपुत्री संगीतालाई सोधेँ।
'सकियो।'
'किन त अझै?'
'हामी त आगो ताप्दै अनि ड्युटी पनि गर्दै', संगीताले भनी 'मेरो त अघि नै सकिइसक्यो। अहिले ड्युटी स्वस्तिकाको हो। आगो ताप्दै बसेको।'
राति एकएक घण्टाको ड्युटी पर्दोरहेछ। संगीता र स्वस्तिका सबैभन्दा मिल्ने साथी रहेछन्। उनीहरुको बसाइ पनि सँगै रहेछ डिभिजन कार्यालयमा। संगीता रोल्पाबाट बाबासँगै आएदेखि उनीहरु सबैभन्दा मिल्ने साथी भएछन्।
एउटी रोल्पाकी र अर्की सिन्धुलीकी। दुवै मगर चेली भए पनि मातृभाषा फरक थियो। स्वस्तिकाको मातृभाषा थियो मगर भाषा जुन बाह्र मगरातको हो भने संगीताको खाम। जुन अठार मगरातको हो।
स्वस्तिकाको मातृ भाषाले पानीलाई 'डि' भन्थ्यो भने संगीताको मातृभाषाले 'रि।' ठाउँअनुसार छरिदैजाँदा बनेका मगर भाषिकाका मिल्दाजुल्दा शव्द पनि धेरै रहेछन्। जसले उनीहरुलाई तान्दै नजिक ल्याउँदोरहेछ।
'कहिलेकाहीँ त बोल्छौं पनि। तर आआफ्नै भाषा,' उनीहरु यति भनेर हाँसे 'अलिअलि त बुझिन्छ पनि।' संगीताकी बाबा शरद माष्टरी छाडेर जनयुद्धमा िहंडेका थिए। त्यसपछि परिवार नै भूमिगत भएको थियो। रोल्पा जेलबाङकी शरदपुत्री संगीता सपना देख्ने याम आउनुअघिदेखि नै भूमिगत भइसकेकी थिई। खुला र भूमिगत जीवनको भेद थाहा नपाउँदै भूमिगत भइसकेकी थिई। स्कुल जाने उमेरसँगै भूमिगत जीवन पनि थाली। उसका लागि सपना र विपना भूमिगत जीवनका कहानी थिए। भूमिगत भए पनि संगीताको दिनचर्या परिवारका सदस्यसँगसँगै बितेको थियो। भूमिगत जीवन र बाहिरी जीवनबीच कति फरक छ त्यो देखी मात्र। भोग्न पाइन। शिविरमा बस्न थालेपछि मात्र उसका लागि अलि भिन्न बसाइ भयो। नत्र त एउटा घुमन्ते जातिको मान्छेजस्तै। घुमिरही। 'बाहिरी जीवन शैली भोगेकी छैन' उसले भनी 'सानैमा िहंडियो।'
स्वस्तिका अलि फरक रहेछ कहानी। पढ्दैथिई। चिनेजानेका साथीभाइ स्कुल छाडेर भकाभक जनयुद्धमा लाग्न थाले। सिन्धुलीका माओवादी केन्द्रीय सदस्य शेरमान कुँवर 'विशाल'लाई पुलिस/सेनाले मारे। पत्नी निरु दर्लामी मगर भूमिगत त बनिन्। उनकी छोरीलाई समेत विभत्सढंगले पुलिस/सेनाले मारे। त्यसपछि सिन्धुलीका गाउँबस्ती आतंकको झिरमा उनिए। जनयुद्धमा लागे एकसेकम उसले एकपालि हान्दा फर्काउन त पाइला भनेर भूमिगत हुनेक्रम बढ्यो। भूमिगत हुने लहर लामो समयसम्म चल्यो। त्यसै लहरमा लहरिइछ स्वस्तिका।
क्यामेरा थियो गोजीमा। जुन क्यामेरा उजीर मगरबाट लिएर गएको थिएँ। आगो ताप्दै फोटो खिच्न थाल्यौं। पालैपालो फोटो खिच्यौं। मुढा बालिएको ठाउँको छेवैमा एउटा खसी थियो। जुन खसी अरु ठाउँमा बस्न मान्दैन रे। अन्य ठाउँमा सार् यो कि कराउँछ रे। दिउँसोपख यादै गरेको रहेनछु सायद। आगो ताप्दैगर्दा खसी हामीसितै लुटपुटिन थाल्यो। 'सानो थियो। ल्याएदेखि यही छ' उनीहरुले भने 'यहीनेर हेर्दाहेर्दै ठूलो भयो।'
ठूला मुढा बालिएका छन्। धुँवाले घरीघरी आँखा पिरा हुन्छन्। ड्युटीमा रहेकी स्वस्तिकाको टाउकोमा छ कालो भूईमा सेतो बुट्टा भरेको ऊनी टोपी।
आँखाभरि सपना उनेर क्याम्पस िहंड्ने यामकी चेली। देश बदल्नलाई भनी बोकेको उही बन्दुक छ, हातमा। संसार फेरौला र गरिखाने वर्गलाई मुक्त गराम्ला भनी पहिरिएको उही कम्ब्याट ड्रेस छ, जिउमा। 'जुत्ताचािहं नखिच्नुस् है' यति भनेर ऊ हाँसी। संगीता र मेरो फोटो स्वस्तिकाले खिची। स्वस्तिका र मेरो फोटो संगीताले।
यसबीचमा सिन्धुलीका कुरा भए। मगर भाषाका कुरा भए। राजनीतिका कुरासँग संस्कृतिका कुरा पनि मिसिए।
दिउँसो मैले कुरा गरेको थिएँ, मन्जुसित। जो अयोग्य भनेर भोलिपल्ट बाहिरिदैथिई। मन्जु स्वस्तिकाकी बडा बा'की छोरी रहिछ। हाम्रोतिर ठूला'बा भन्छन् भने त्यतातिर बडाबा' भन्दारहेछन्।
'मैले त फारम पनि भरिकी छैन' एसएलसीको तयारी गरिरहेका उनका सहयोद्धाका प्रसंग आएपछि उसले भनी 'सोचेकी पनि छैन।' आठमा पढ्दापढ्दै जनयुद्धमा लागेकी स्वस्तिकाको पढाइप्रति मोह देखिएन या उसले व्यक्त ug{ चाहिन। बुझिन।
सिमसिमे पानी परेजस्तै झरिरहेछ हुस्सु। हुस्सुमा भिज्दै देखेका सपनाका कुरा गरे। लडाइँमा भाग लिदा भएका कुराकानी गरे। भूमिगत भएपछि पहिलोपटक घर जाँदाका घटना पनि सुनाए। आमाको आँसुले बाटो छेकेका कुरा गरे।
मुढाको धुँवामा रातसँगै हुस्सुमा भिजेका उनीहरुका कहानी घरीघरी परिकथाजस्ता लाग्थे। उनीहरु आफैलाई पनि होइनजस्तो लाग्छ रे।
कुन बाटो िहंडेको कहाँ पुगियो? कहिलेकाहँि त आफैलाई पनि छक्क लाग्छ रे। 'हो त कहाँ िहंडेको कहाँ आइपुगियो। अब कहाँ पुगिने हो' यति भनेर उनीहरु हाँसे।
अल्लारे याम अझै गइसकेको थिएन।
गाउँघरमा सुनिने गीतजस्ता लाग्थे तिनका अनुहार- जहाँ लान्छ कर्मले उही मेरो घर। जात्तिबित्ति आदर्शवादी लाग्ने यो लोकगीत लोकजीवनका लामो अनुभवले उनिएको थियो। गमेँ -उनीहरुको भविष्य र कर्म माओवादीको कार्यदिशामा अल्झेको थियो। उनीहरुले चढाएको यौवन र सपनाप्रति कति इमान्दार छ, माओवादी? हेर्न अब यै मात्र बाँकी छ।
'तपाईं आइसक्नुभयो?' उनीहरुले भने.
ड्युटी सम्हाल्न जनसेना आइसकेका थिए।
भोलि उनीहरुलाई सबेरै उठ्नु थियो। परेड खेल्नुथियो। दगुर्नु थियो। सैन्य विज्ञान पढ्नु पनि थियो।
स्वस्तिकाले बन्दुक हात पारी, आएको साथीलाई।
उनीहरु डिभिजन कार्यालय गेटभित्र छिर्दै भने, 'बाँकी भोलि कुरा गरौला है।'
सुन्दर सपना सजाएर युद्धमा होमिएका स्वस्तिकाहरु आँखामा आए। उनीहरुले देखेको सपना र उनीहरुका व्यक्तिगत जीवन गन्तव्य कहाँ हो अब ? एक मनले भन्यो, 'सेना समायोजन।' कांग्रेस र एमाले केपी ओली गुटका कुरा कानमा गुिाजरहे।
'अनिश्चित भविष्य बोकेर कहिलेसम्म बस्छन् हँ, शिविरमा ?' सोधेँ आफैलाई।
सुन्दर सपना बोकेर जनयुद्धमा होमिएका स्वस्तिकाहरुका अबोध अनुहार आँखामा आइरहे। अनमिनले अयोग्य ठर् याएर २२ हजारले लखेटेका तन्नेरी अनुहार आए।
आफ्ना यौवन र सपना चढाएका तन्नेरी मन अब बुझाउने कहाँ ? मनलाई बुझाउने कसरी ? सैनिक र राजनीतिक ज्ञान सिकेका तन्नेरीले आफ्ना भविष्य जिरोबाट कसरी थाल्लान् ?
Nabin g,
ReplyDeletesarai mitho sailima yathartha kura lekhnu bayachha. paribartanko lagi aphno yauwan chadhaune ti yoddhaharulai partyle kahilyi dhokha dine chhaina.
desh dekhi nikai tadha basera pani dherai khusi lagdo rahechha afnai gau gharko katha padhna pauda sachi malai garba lagchha nepal ra magar jati parti
ReplyDeleteLaxman Balal
ReplyDeletenabin ji sachi ramro lagyo hajurko lekh padhera sayad magar jatikai sabai imandar ani bafadar bhaidiyeko bhaye desh kaha pugthiyo hola hagi ma yo paraidesh ma basera pani auta sundar nepal ko parikalpana ma dubiraheko hunchhu
अनेक ईच्छा र आकांक्षा बोकेर भित्रिएका जनसेनाहरु अयोग प्रमाणित भएर रित्तो हात फर्किए, उनीहरुका महत्वपूर्ण र उपयोगी समय या उमेर महत्वहिन भए, तर दुखको कुरो उनीहरुले खर्चेका समय र पौरखको मूल्य न सरकारले तिर्न सक्यो न .,..ले ।
ReplyDeleteकेटि मान्छेहरु ले पनि साहसीक काम गरेको राम्रो लाग्यो.. तर अब अघि बढ्नु पर्छ.. युद्ध माध्यम मात्रै हो.. नियति बन्नु हुन्न
ReplyDeleteKarma Roka
ReplyDeleteKarma Roka
Well done
Santosh Adhikari
ReplyDeleteSantosh Adhikari
kunai senalai kasto ta kunailai kasto k sauta 6ora60ri hun ra yiniharu?
Dipa Maharjan
ReplyDeleteshe looks so smart........
Madhav Rosyara'prateek'
ReplyDeletepurano sena lai ganatantrikaran garne tira ra feri pani janata ko satta sthapana garna tira....
Pawan Barsha Shah
ReplyDeleteअव यी छापामारको भविष्य कता तिर....?
वाह नबीन जी,
ReplyDeleteकती मिठो लेखनसैली हो सारै मन परयो। यी सैलीहरुले अरुपनी झुप्डीका आवाजहरु लेख्नु पर्छ सोसित पिदीत गरीब जन्ताका चित्कार हरु लेख्नु पर्छ र समग्रमा एउटा समुन्नत नयाँ नेपाल लेख्नु पर्छ...
सैनिक र राजनीतिक ज्ञान सिकेका तन्नेरीले आफ्ना भविष्य जिरोबाट कसरी थाल्लान् ?
ReplyDeleteउनीहरुले चढाएको यौवन र सपनाप्रति कति इमान्दार छ, माओवादी? हेर्न अब यै मात्र बाँकी छ।
nikai gambhir ra samay saandarvik kuraharu ullekh garnu bhaekochha nabin dai.. congrats !!!
dai yesto ta jiban ma pahilo patak vako thiyo
ReplyDeleteविचराहरु वर्गहितका लागी घरपरिवार आफन्त र व्यक्तिगत इच्छा, आकांक्षा सवै त्यागेर युद्धमा होमिए, थुप्रैले समानताका लागि मातृभूमिमा वलिदानी गरे, रगत चढाए, अंगभंग भए, अहिले पनि दृढताका साथ तातो,चिसो, घाम, पानी, सवै सहेर तपस्या गरिरहेका छन् । -त्याग, तपस्या र वलिदानीप्रति अडिग छन्) त्यसलाई कुल्चने कुचेष्टा कसैले गरेमा आधी, हुरी र चट्टान वनेर वज्रनु पर्छ ।
ReplyDeleteNabin ji,
ReplyDeleteNamaskar....
Pade yar dhoko metiyana.Sala ma pani Nepal ma nai bhayako bhaya Nabin sanga janthiya hola ni yo story garne belama . Yaad aayo purana dinko. Yo Yaad garne yaam bha ko cha mero lagi. Maile Hatarulai mero Sathi nai samjheko chu. Hamro bhet ma nai sabistar kura garula hai. Kati chotila ra ghat lagne kura lekheko ho Nabin le ma ta loviyako chu timro kalam bata yar....
Suresh