Friday, July 29, 2011

‘अफकोर्स, राजेश हमाल’

नायिका करिश्मा मानन्धर
from onlinekhabar
तपाईंको नजरमा प्रेम ?
भित्री मनले महसुस गरेर प्रर्दशन गरिने अभिव्यक्त हो, प्रेम ।
स्कूले जीवनमा तपाई एकदमै चकचके र बदमाश हुनुहुन्थ्यो भन्छन् नि ?
होइन, म ज्ञानी थिए । स्कूले जीवनमा मलाई कसैले नायिका होली भन्ने अनुमान पनि गरेका थिएनन् ।
जीवन कसैसँग साट्न पाए समकालीन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
म आफ्नो जीवनसँग पुरै संन्तुष्ट छु ।
गहिरो पश्चाताप कहिले र केमा गर्नुभएको छ ?
छैन, म कहील्यै पनि आफूले गरेको कुरामा पश्याताप महसुस गर्दिन ।

 तपाईं आफ्नो जीवनमा सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?
छोरी कवितालाई पहीलो पटक देख्दा म सबैभन्दा बढी खुसी भए ।
समय र फुर्सद् पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहनुहुन्छ ?
रारा तालमा ट्रेकिङ जाने मेरो तीव्र इच्छा छ ।
खाना पकाउने र भाँडा माझ्ने काममध्ये एउटा रोज्नुपरे कुन रोज्नुहुन्छ ?
म खाना पकाउन निकै सिपालु छु । त्यसैले खाना पकाउने कामनै रोज्छु ।
आफ्नै नजरमा तपाईंका तीन कमजोरी ?
मान्छेले म छिटो विश्वास गर्छु, मनमा केही कुरा नराखी भन्छु र पछिल्लो पटक अलि बढी बोल्नु मेरा कमजोरी हुन् ।
तपाईं सबैभन्दा बढी विश्वास केमा गर्नुहुन्छ ?
आफु र आफ्नो क्षमता प्रति मेरो ठूलो विश्वास छ ।
कुनै बेला रुनुभएको छ ?
धेरै पटक रोएकी छु । विशेष त विदेशमा एक्लै हुदा आफन्त सम्झेर रुने गर्थे ।
 ठट्टा/रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?
एकदम मन लाग्छ ठट्टा/रमाइलो गर्न त ।
  झुट कत्तिको बोल्नुहुन्छ ?
सानो सानो भुट बोल्छु तर मान्छेहरुले थाहा पाइहाल्छन्, मेरो झुट ।
तपाईंलाई सबैभन्दा रिस उठाउने कुरा ?
आफुले नगरेको कुरामा कसैले आरोप लगाउँदा म सहनै सक्दिन ।
अति रिस उठेका बेला मनलाई कसरी शान्त पार्नुहुन्छ ?
चुपचाप बसेर । अति रिस उठेका बेला म बोल्दै बोल्दिन ।
आफ्नो जीवन र कर्मको मूल्याङ्कन एक वाक्यमा गर्नुस् न ?
म कडा परिश्रमी महीला हुँ।
 हार्डड्रिक्स र धुम्रपान गर्नुहुन्छ ?  कुनकुन ब्राण्डका बढी लिने गर्नुहुन्छ ?
म हार्डड्रिक्स र धुम्रपान गर्दिन तर वियर चाँही पिउँछु । ब्राण्डको प्रोमोसन हुने गरी नाम चाँही नभनौं ।
 मनले चाहेको तर अहिलेसम्म पूरा गर्न नपाएको संकल्प ?
धेरै छन्, विशेष त मेरो सहयोगमा छोरी कविता माथी पुगेको देख्न चाहन्छु । अनि चलचित्र क्षेत्रमा केही गरौ झै लाग्छ ।
प्रेम र सेक्स बीचको सम्बन्ध तपाईंको दृष्टिमा ?
यी दुई नितान्त फरक कुरा हुन् । सेक्स गोप्य कुरा हो यसमा मेरो भन्नु केही छैन ।
 तपाई पैसा कमाउन अमेरिका गएको भन्छन्, कत्तिको कमाइयो त ?
त्यस्तो होइन, विनोदजीले यतैवाट पठाउनु हुन्थयो । मैले अमेरिकामा बस्दा लागेको ऋण अझै तिर्दै छु, अनलाइनमा ।
तपाई अमेरिकामा त रेण्टुरेण्टको वेटर भएको हल्ला खुब चल्यो नी ?
मेरो नजरमा काम ठूलो सानो हुदैन । अरुले गर्न हुने काम करिश्माले पनि गर्न हुन्छ । आइस्क्रिम सर्ब गर्ने पार्लरमा काम चाही गरेकी हुँ, ठ्याक्कै वेटर चाँही होइन ।
अझै यति सुन्दरी हुनुहुन्छ, कतै विवाहको प्रस्थाव त आइरहेका छैनन् ?
विवाह यस्तो कमीटमेन्ट हो जो एक भन्दा बढीसँग गर्न सकिँदैन,  मेरो नजरमा । त्यसैले अरु मलाई मतलब नै हुँदैन ।
भगवानलाई मान्नु हुन्छ ? कसमा बढी विश्वास गर्नुहुन्छ ?
एक्दम मान्छु भगवान । विशेष त गणेश क्युट लाग्छ ।

 तपाईको पहिलो


 पत्रिकामा आफ्नो फोटो पहिलो पटक कहिले छापिएको थियो ?
किताबको आकारमा पहिलो पटक कामना निस्कदा, कभर फोटो मेरो थियो । सायद त्यही नै मेरो पहिलो फोटो थियो पत्रिकामा ।
 तपाईको पहिलो क्रसको संग र कहीले भएको थियो ?
उमेरमै काममा व्यस्त भइयो, त्यस्ता कुरामा ध्याननै गएन ।
तपाईको पहिलो डेटिङ ?
जीवनमा मैले मीस गरेको भनेकै यही हो (लामो हासो)
 तपाईको पहिलो चुम्वन ?
मेरी आमा चुम्वन गर्ने खालकी थिइनन् । त्यस पछिको त मेरो व्यक्तीगत हो,  अहिले नभनौ है ।
तपाईलाई पठाइएको पहिलो प्रेमपत्र ?
प्रेमपत्र त होइन, विनोदले न्यू एयरको कार्ड पठाएको थियो । तर फ्यान मेल चाँही टन्नै आउँथ्यो ।
 तपाईको पहीलो कमाई ?
ब्राईटर टुथपेस्टको विज्ञापन गरेको थियो, फिल्म भन्दा अघि । त्यसवाट सात आठ हजार पाएकी थिए । त्यो नै मेरो पहीलो कमाई हो जस्तो लाग्छ ।

राजनीति

तपाईंको विचारमा राजनीति के हो ?
मुलुकका जनताको जीवन शैलीलाई सरल पार्ने एउटा उपाय र सिस्टम हो राजनीति ।
राम्रो क्षमता भएर पनि माथि जान नसकेका राजनीतिज्ञहरूको नाम लिनुपर्दा ?
डा. बाबुराम भट्टराई ।
 कलाकारहरु धमाधाम राजनीतिमा लागीरहेका छन् । तपाई के सोच्दै हुनुहुन्छु ?
राजीनिती हाम्रो काम होइन ।
देशमा आज नै चुनाव भए कसलाई भोट कसलाई हाल्नुहुन्छ ?
मैले आजसम्म भोट हालेकी छैन र अब पनि हाल्दिन ।

तपाईले प्रयोग गर्ने व्राण्ड

घडी
म घडी लगाउदिन । मलाई ब्याट्री एलर्जी छ ।
जुत्ता
आडो, म्यानेट । आफुलाई कम्फरटेवल जुन हुन्छ त्यही ।
मोवाईल
म फोन मान्छे होइन, मलाई मोवाइल संचारको साधनमात्र जस्तो लाग्छ, यसको ब्राण्डमा त्यति रुची छैन ।
क्रिम
सेनाज
साबुन
खासै छैन, जे पाए त्यही ।

कलाकारिता

कलाकारिता पेशामा कसरी आउनु भयो र यो पेशा नै किन रोज्नुभयो ?
अचानक, खास सोच भएर वा क्यारीयर सोचेर होइन ।
 आफ्नो जीवन र अभिनयमा आफू कत्तिको सफल भएको महसुस गर्नुहुन्छ ?
विसौं वर्ष उही फ्यान बनाएर राख्न सक्नेलाई के सफल नभन्ने ।
हेरेका मध्ये सबैभन्दा बढी तपाईंले मन पराएको चलचित्र ?
अल्लारे, बलीदान । यो कथामा चलचित्र अहिले बनाएपनि चल्छ जस्तो लाग्छ ।
 आफुले नै अभिनय गरेको मध्ये सबैभन्दा वढी मन नपरेको चलचित्र ?
छन् । तर क्रिउसन हो सबैलाई माया गर्नु पर्छ, गाली गर्न हुन्न ।

साहित्य/कला/मनोरञ्जन/विविध

तपाईंलाई खेल्न र हेर्न मन पर्ने खेलहरू के-के हुन् ?
हेर्न क्रिकेट मन पर्छ । खेल्न चाही पौडी ।
मन पर्ने नायक/नायिका ?
ऐश्वरा राय, राजेश हमाल अनि आरएन सिक्देल ।
 छोराको आमा हुने वारे कुनै योजना छ की ?
छैन, अब नो बेबीज । त्यसको लागी अब बुढी भैसके ।
आफूले बिताएका पुराना दिनमध्ये कुनै एक पल पुनरावृत्ति हुने भए कुन समय वा दिन दोहोरियोस् भन्ने चाहनुहुन्छ ?
छोरी कविता फेरि बेबि भइदिए हुन्थ्यो जस्तो लाग्छ ।
कहील्यै नभुल्ने कुन प्रेमपत्र ?
एउटा छ, मिलन आफन्त भन्ने, क्रेजी लेटर पठाउँछ हरेक महीना । त्यो को हो, मलाई थाहा छैन ।

यी दुई मध्ये एक छान्नुहोस्

राजेश हमाल की भुवन केंसी
फकोर्स राजेश हमाल । नो भुवन केसी, क्यारक्टर वाइज अनि अरु धेरै कोणवाट ।
विदोद मानन्धर की छोरी कविता
छोरी कविता
नेपालको कलाकारीता की अमेरिकी जागीर
नेपालको कलाकारीता
 स्कट की हाफपाइन्ट
म धेरै स्कट नै लगाउछु ।
आमा की छोरी
आमा बन्दा मज्जा
प्रेमीका की श्रीमती
प्रेमिका हुनु नै ठिक ।

No comments:

Post a Comment