Friday, February 28, 2014

हुम्लीलाई सुखी बनाईदेउ,

- निशा राई


[5-month later, I entered in hataru. But, unfortunately, borrowing secondary words. I don't know, I did it right or wrong. Thanks Nisha Rai.]  
 

थोर लाग्यो आँसुना नयाँ ठेकी ताता दूध
दुखीका बासना सुखीले सम्झ्या लैजान 


 स्थानीयबासी ल्वादनी रोकाया

विहान त्यस्तै ११ बजे हुम्लाको खाड्गक गाँउमा पुग्दा यस्तै गीत सुनियो । परबाट सुरिलो भाकामा शब्दको पछिल्लो अक्षर तान्दै कुनै अधबैसे महिलाले गाउँदै गरेको गीत हुनुपर्छ । त्यो गीत एक्कासी मेरै कानमा हानिए । त्यस्तो गीत एकपल्ट काठमाडौको गुरुकुलमा नाटक मंचन हुदा सुनेको थिए । पक्कै देउडा भाका हुनुपर्छ । देउडा पश्चिममा जोकोहीले नी गाउन जान्ने गीत भन्दा हुन्छ । हुम्लाको सुख्खा मौसम मध्यदिनतिर आइपुग्दा सहन नसक्ने गर्मी,असिनपसिन भएर धूलाम्य बाटोमा हिड्दै गर्दा एक्कासी सुनेको गीत पुरै नसुनी मेख मार्न सकिएन् । आवाज बाँयातिर ठडिएको दुईतल्ले चुली परेको माटोको घरबाट आइरहेको थिए । मैले धक नमानी घरमै पस्ने विचार गरे । गीत सुनिदै थियो ।झन नजिक पुग्दा स्वर अझ बाक्लो हुदैं गइरह्यो ।
ल्वादनी रोकायाको घर
ढोकैनिर पुगेसी आउँलोमा ढङ ढङ गरे २ चोटी । घरमा को हुनुहुन्छ ?अघि गीत गाउदै गरेकी महिलाको गीत एक्कासी हरायो । उनी गीतकै भाकामा भान्चाकोठाको चुलोछेउ गोबरले लोटाउदै थिइन । नाकमा बुलाँकी लाएकी अन्दाजी ५० बर्षकी अधबैसे महिलाले पुलुक्क हेरिन् अनि भनिन् ।तमी कसलाई खोज्या हुन् ?मैले आफनो परिचय ढोकैबाट दिए अनि पत्रकार हँु पनि भने । अनि हतार हतार पटुकीको एकछेउले हात पुसेर बाहिरै निस्किन् ।दुब्लो जीऊ,पट्ट फुटेका गाला,फोहोरी अनुहार धूलाम्य कपडा लगाएकी महिला । ठ्याक्कै टेलिभिजनको समाचारमा भोकमरीले मर्नलागेका अफ्रिकन महिलाको फोटो जस्तै थिइन् । नाम चाँहि तिनको ल्वादनी रोकाया रहेछ । भर्खर ३५ टेकेकी तर हेर्दा पक्कै ५० नाँघेकी । केहीबेरको औपचारिक चिनजान पछि ती महिलाले एक तल्लामाथि थारामा लगिन् । घरमा छोरा बुहारी नाता नातिनी सबै रहेछन् । अनि एउटा दूधे वालक पनि । वरतिर परतिरका केही महिलाहरु पनि भेला भए । खुलेरै गफ चलेपछि मैले सोधें अघि कुन गीत गाउनुभएको हो ?तिनले खिसिक्क हाँसेर देउरा गाया हुन् भनिन् । खस भाषमा । हुन पनि देउडा प्रचलित भाका हो पश्चिमेलीका लागि । हुम्लाका तोते बोल्ने बच्चादेखि दाँत फुकलेका बूढापाखाले समेत गाउने गीत । लवादनी रोकाया सधै भान्चाको काम देउडा गाएरै सकाउछिन् रे । अनि तिनका छिमेकी बदमा रावत चाँहि देउडाका पारखीनै । खाड्गक गाँउमै देउडा गाउन तिनी खप्पिस छिन् रे । लवादनीका बुहारी पुसी रोकायाले भनेकी । काठमाडौंमा आकलझुकल सुनेको त्यो गीत हुम्लीको मर्मसंग गाँसिएको भाकामा सुन्दा देउडाको मिठास झन बढ्दै गयो ।हुनत् गीतको ठ्याक्कै शब्द ठम्याउन गाह्रो ।बारम्बार सुनेपछि थाहा भयो देउडाको भाका
गीत
झोला र डुमै रागी
तुमै पाउमा लोट…..
बाँयाबाट पुसी रावत, बदमा रावत मागल गाउदै ।
बाँयाबाट पुसी रावत, बदमा रावत मागल गाउदै ।
देउडाको भाकामा तान बुन्दै स्थानीय महिलाहरु
देउडाको भाकामा तान बुन्दै स्थानीय महिलाहरु
अनि त पालैपालो देउडा गाउन थाले सबै मिलेर । गीतको भाका निकाल्ने काम बदमा रावतको । अनि लवादनी र पुसी तिनको भाका पछयाउथें । देउडा गाउनुको महत्व झन छुट्टै छ हुम्लामा । देउडा हुनत् तिनका पुस्तौ पुस्ताले गाएका हुन् । तर खास देउडा विवाहका लागि केटाकेटीले एक अर्कालाई हेर्ने मौका जस्तै हो । गाँउका उमेर पुगेका केटा र केटी चाडपर्वको बेला एकै ठाँउ भेला भई गोलो आकारको लाइनमा बसेर दाँया खुट्टा अघि सार्दै गाइन्छ । मन परेमा सुटुक्क केटा केटी पोइला जाने मौका पनि हो देउडा ।
तमी हाता मोबाइल चलाया हुन् । हामी देउडा गाया हुन् कुरा गर्दा हुन् । खस भाषमा लवादनीले थपिन् ।
अहिले मान्छेको हातहातमा मोबाइल पुगिसक्यो त्यसैले संचार गर्न सजिलो छ । उतिबेला मान्छे मान्छेबीच कुराकानी अघि बढाउने कुरा कम्ता गाह्रो थिएन् । अनि त्यो अप्ठ्यारालाई सजिलो बनाउने माध्यम चाँहि देउडा गायन हुन्थ्यो । हुन पनि १५ बर्षअघि बदमा रावतले पनि श्रावण पूर्णि मेलामा आफनो श्रीमानलाई देउडा गाएरै भेट्टाएकी हुन् रे । उनी जस्तै खाड्गक गाँउका झण्डै ३५ घरधुरीका महिलाले देउडा गाएरै आफू जाने घर आफैले रोजेका हुन् । महिलाहरु अझै पनि औसी, पूर्णि चाडपर्वका बेला देउडा गाएर चिनजान गर्छन् । हुम्लामा भागेर विवाह गर्नु खासै नराम्रा् मानिदैन् । देउडा संचार गर्ने परमपरागत उपयुक्त माध्यम हो हुम्लीहरुको लागि ।देउडा बाहेक मागल,चुड्किला गाउने संस्कृति पनि छ । भाका उस्तै भएपनि मागल चाँहि देबी देवतालाई भाकेर रिजाउने गीत हो । मागल पनि श्रावण पूर्णि माघ पूर्णि जनैपूर्णिमा देवतालाई सुख शान्ति कामना गर्दै गाइन्छ । बदमा रावत मागलका एक दुई भाका निकाल्न थालिन् । नबुझिने खस भाषामा । गीतको अर्थ चाँहि हामी हुम्ली दु खी भयौ । सुखी बनाइदेउ । खाद्यमा चामल मँहगो भयो । सस्तो बनाइदेउ भन्ने हो ।
त्यसो त मागल बाहेक चुड्किला पनि बिशेष गाइन्छ खाड्गक गाँउमा । चुड्किला आमा बाबु छोरा छोरीसंग मिलेर गाउने गीत हो । कुनै प्रसङ खोत्लेर दुईपक्षबीच पालैपालो चुड्किला गाउने गरिन्छ । चुड्किलामा आमाबाबुलाई छोराछोरीले गीतकै भाकामा मज्जाले कुराकानी गर्छन् । हुमला पिछडिएको जिल्ला यातायातका साधन अझै पुगेको छैन् । तर संचार गर्ने परमपरागत देउडा गायन लोकप्रिय संस्कृति बनेको छ यहाँ । हुम्लामा घुम्न आउने कतिपय आन्तरिक अनि बाह्य पर्यटकरुले कैयौ पल्ट देउडाका भाका सुन्न चाहेका थिए रे स्थानीय पर्यटन ब्यवसायी बिजय लामाले भने ।स्थानीय सुनिता रोकाया कक्षा १० मा पढ्नुहुन्छ । हुम्लामा आएका धेरै कुइरेले उनको फोटो पनि खिचेका छन् । ती पर्यटकहरुहले देउडा औधी मनपराएको उनको अनुभव छ । सुनिताले पनि आफनो आमासँग बसेर थुप्रै पल्ट चुड्किला गाएका देख्दा पर्यटकले गीतको भाका समेत गुनगुनाएका थिए । सुनिताले हुम्लाको क्षेत्री समुदायमा गाउने देउडा परम्पराको बारेमा पर्यटकलाई समेत सम्झाउने गर्छिन् । हुनत् खाड्गक गाँउका स्थानीय बासीका घरमा स्याटालाइट केबुल जडान गरिएका छन् । त्यहाँ झण्डै एक सय भन्दा बढी विदेशी टेलिभिजनहरु प्रसारण हुन्छन् । उसो त हुम्लीहरुको हात हातमा आइफोन र घरमा कम्पयूटर पनि पुगिसेका छन् । तर हुम्लीबासीले आफनो संस्कृतिलाई सधै जीबन्त राखेका छन् । त्यसैले त चाहे पानी पधेँरो होस् या खेताला जाँदाका क्षण देउडाका सुरिला भाकाहरु गाएर संस्कतिको संरक्षणका जुटेका छन् हुम्लीहरु ।

स्थानीयबासी पुसी रावत
स्थानीयबासी पुसी रावत
स्थानीयबासी काली रावत भन्नुहुन्छ । सिमिकोटमा पर्यटक आउने सिजनमा कैयौ पल्ट देउडा गाएर पर्यटकलाई स्वागत गरेका छौ हामीले । उनको गाँउकै नजिक रहेको शिवमन्दिरमा शिवरात्री,तिज अनि श्रावण पूर्णिमा लाग्ने मेलामा पनि दिदि बहिनी मिलेर देउडा गाउनुहुन्छ । स्थानीयबासीको भनाईमा देउडा हुम्लामा करिब दुई सय बर्षअघिबाटै गाउने चलन हो । देउडा भाकाको इतिहास खोतल्ने हो भने १३ औ शताब्दीमा सुदुरपश्चिम डोटीका खस राजा निराजन मल्ल देवका पालादेखि गाउन थालिएको हो । त्यसपछि बिस्तारै कर्णालीमा बसाई सरेका क्षेत्रीहरुले यसलाई निरन्तरता दिए । सिमिकोटको खाड्दक गाँउ रोकाया,बोहोरा अनि रावत जातका क्षेत्री समूदायमा देउडा बिशेष गाउने परम्परा छ । तर उनीहरुले गाउने भाषा चााहि खस भाषा । देउडा चाँहि हरेक चाडपर्व होस् वा तिवारमा छुटाउनै नहुने संस्कृतिनै हो हुम्लीका लागि ।हुम्लाका पर्यटन ब्यवसायीहरु प्नि अचेल देउडा संस्कृति संरक्षणमा जुटेका छन् । हुम्लाको पर्यटन बिकासमा काम गरिरहेका बिशाल बोहोरा भन्नुहुन्छ । हुम्ला महोत्सबमा मात्र नभएर पर्यटन बिकासमा समेत देउडा संस्कृतिलाई प्रबर्दन जरुरी छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुम्ला साँच्चिकै देउडाको सांस्कृतिक पक्षले समेत धनी छ । हुम्ला आउने जोकोही आन्तरिक र वाह्य पर्यटकलाई लोभ्याउने देउडा संस्कति छुट्टै पाटो बन्न सक्छ ।
[from citizenjournalistnisha.wordpress.com]

No comments:

Post a Comment