Tuesday, October 28, 2008

जनमुक्ति सेनाको शिविरमा पहिलो दिन

नवलपरासीको झ्याल्टुङडाँडास्थि जनमुक्ति सेनाको चौथो डिभिजन मुख्यालय अस्थायी शिविरमा पुग्दा दिउँसाको १२ बज्दैथियो । काठमाडौंभन्दा धेरै गर्मी थियो । केही उत्सुकता र केही कौतुहलताबीच अरुणखोलामा ओर्लिएको केही समयपछि सुस्ताउने विचार गरें । शिविमा खाना खाइसकेका हुनाले मैले अरुणखोलामै खाने निर्णय गरें । खाएँ पनि । खाएपछि सम्पर्क गर्ने सोचेर सुभास होटलमा बसिरहेको बेला डिभिजन सहकमाण्डर मदनको फोन आयो । केही समयपछि उहाँ गाडी लिएर आउनुभयो । तिहार ओर्लिसकेको थियो । देउसीका मादल बजिरहेका थिए । शिविरमा आएपछि केही क्षण सुस्ताएँ । मदनको ल्यापटप देखेपछि ब्लग अपडेट गर्न मन लाग्यो । अपडेट गरे शिविरिमा आएको बारेमा । डिभिजन कमाण्डर यम अधिकारी प्रतीक्षासँग केही स्टोरीको बारेमा छलफल गरें । रोल्पाका धेरै साथहिरुसँग भेटघाट भयो । गाउँ नै पुगेजस्तो लाग्यो । रमाइलो त थियो नै । म पुगेको केही समयपछि नै भैलो खेल्ने केही समूह आए । तर गीत र नाचबिनाका । ससाना भाइबहिनीले मात्र नाच लिएका थिए त्यो पनि चल्तीका बजारु गीतको तालमा । जनवादी गीतको धुनमा झुम्दैआएका जनमुक्ति सेनाका शिविरमा बजारिया गीतको भैलो कस्तोकस्तो लाग्थ्यो । ीतहारको रमझम शिविरमा पसेको त्यसबेला भान भयो तब परिवर्तन बि्रगेड कमाण्डर सूर्यले एउटा बंगुर र माछा लिएर आए तिहारको कोसेली बोकेर । चौथो डिभिजनको सहायकशिविर रहेको परिवर्तन बि्रगेडले मज्जाले माछा पालन गरेको रहेछ । र बंगुर पनि पालेको रहेछ । मैले फोटो मज्जाले खिचें । मलाई दाङको सक्राममा रहेको पाँचौ डिभिजनको सहायक शिविरसँग धेरै कुरा मिल्थे । कारण भूगोल उस्तैउस्तै थियो । साँझ खसीको मासु र माछा खाइयो । खाने ठाउँमा टेबलल रहेनछ । सक्राममा भने बेन्च टेबल थिए । खाना खाएपछि मैले दिउँसो खिचेका फोटो देखाएँ रोल्पा जंकोट र रुकुम महतका भाइलाई पनि । भोलि बिहान कमाण्डरसँग गफ गर्ने कुरा भएको छ ।

No comments:

Post a Comment