Saturday, October 25, 2008

रोल्पाबाट फिरेपछि

लामो बसाइँपछि भर्खरै फर्केको छु रोल्पाबाट । दसैको अवसरमा बितेका रोल्पाको बसाइँ केही नयाँ केही भिन्न अनुभूति रह्यो । पुराना साथीहरु अनिता, निर्मला, जयन्द्रलगातका साथीहरुसँग भेट भयो । थुनिकोतको मेला गएँ । ठूलगोरीको मेला पनि गएँ । मलाई चाहिने फुटेज टन्न खिचें । सारंगी नाच र पैसरी नाच पनि मुभी क्यामेरामा कैद गरें ।

दाङ झरेपछि जनमुक्ति सेनाको अस्थायी शिविरमा पसियो, उदय जीएमसित । धमाका मच्चाउने खालको समाचार भने ल्याउन सकिएन । काठमाडौं फर्केपछि एउटा समाचार लेखें, जनमुक्ति सेनाको अस्थायी शिविरको बारेमा । छापियो बेलायतबाट निस्कने एभरेष्ट टाइम्समा । अरु केही गर्न सकिएन ।



मोबाइल हराएको थियो । हिजो बल्ल किनें ।

रिन लाग्यो यार ।

सायद आठ दस महिना सन्तुलन मिलाउन गाह्रो हुनेछ ।

No comments:

Post a Comment