यसपालिको मेरो तिहार जनमुक्ति सेनाको अस्थायीशिविर, नवलपरासीको अरुणखोलामा बित्ने भएको छ । चौथो डिभिजनका सहकमाण्डर मदनले बोलाएका छन् । भोलि विहान जाँदैछु ।
सहोदर दिदीबहिनी नहुनेका लागि तिहार केही असहज हुँदोरहेछ । यो मेरो अनुभूति हो ।
बहिनी सीता पनि भोलि बुटवल जाँदैछे । तिहारबाहेकका दाजुबहिनीका पर्वका काठमाडौंमा नै बितेका छन् । सायद मैले तीस/चालीसजना दिदीबहिनीसँग टीका लगाएँहुँला, अहिलेसम्म ।
सहोदर दिदीबहिनी नभएपछि जहाँ जसलाई भेट्यो उनै मेरा दिदीबहिनी भएका छन् । लगातार दुई वर्ष टीकाराम उदासी र उदय जीएमका बहिनीहरुसँग लगाएँ । फेरि दोहोरिएको छैन । यो मेरो दुर्भाग्य हो ।
तिहारdf फेरि आमा रुनुहुनेछ, गाउँमा । छोरीबिनाका आमाका तिहार पनि कष्टकर हुँदोरहेछ । बरु दाजु र हामीहरुलाई त्यस्तो केही लाग्दैनथ्यो । तर, अन्य घरमा चेली तिहारमा आउँदा आमाका लागि ती पीडा हुन्छन् ।
जहिल्यै उहाँको गुनासो छ भगवान्प्रति -'म मर्नेबेला एक तुर्का आँसु चुहाइदिने छोरी पनि दिएनौ ।'
थाहा छैन, गाउँमा कस्तो हुने हो तिहार/दसै त गाउँमै थिएँ । तन्नेरीहरु कि अरबमा छन् । कि छन् कालापारमा कि त छन् जनमुक्ति सेनाका अस्थायीशिविरमा । गाउँमा बूढाबूढी र केटाकेटी मात्र छन् । थाहा छैन, अर्को तिहार गाउँमै हुन्छ या काठमाडौंमा?
सबैलाई तिहारको शुभकामना ।
No comments:
Post a Comment