साना किसान बैंक राखिएको उक्त घरमा अहिले पसल छ। उनलाई स्थानीयबासीले स्वागत् गरे। आक्रमण हुँदा गण्डक ब्युरोका इन्चार्ज थिए भट्टराई र गोरखा सचिव थिए हितराज पाण्डे उत्तम। कार्यक्रममा उत्तम पनि सहभागी थिए। तर आक्रमणमा भाग लिएका भने कार्यक्रममा थिएनन्।
भट्टराईले यो ठाउँमा स्तम्भ बनाउने आश्वासन दिए।
कार्यक्रमलगत्तै विरुवाटारमा रहेको माध्यमिक विद्यालयमा आयोजित अन्तकिर््रयामा भाग लिए। अखिल नेपाल किसान संघ २००७ ले आयोजना गर् यो। किसानका समस्या हल गर्ने उपाय के होला? के भन्छन् नेता समाधानका लागि?
च्याङ्लीलगायत गोर्खाका पाँचवटा टारमा िसंचाइ कसरी गर्ने जीवनस्तर उकास्नेबारेमा किसानहरुले समस्या राखे। भट्टराईले समाधान गर्ने उपाय निकाले। र, आफूले पहल गर्ने आश्वासन गरे।
कार्यक्रमलगत्तै भट्टराईले गाई पालन केन्द्र हेरे। राजेन्द्र पन्तले पालेका गाई १२२ रहेछन्। दूध पोखरा जाँदोरहेछ। नेता भट्टराईलगायत पत्रकारहरुले मही खाए।
त्यसपछि भट्टाराई पुगे तनहुँको दुलेगौंडा। तनहुँ -३ ले आयोजना गरेको कार्यक्रममा ३५१ जनालाई भट्टराईले माओवादीमा स्वागत् गरे। एमाले कांग्रेसलगायतका दल छाडेर छिरे।
No comments:
Post a Comment