रिबन काटेर आफ्नै कार्यालय उद्घाटन गर्दै प्रचण्ड |
बुधबारदेखि १३७ सदस्यीय माओवादीको जम्बो केन्द्रीय समितिको बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। बुधबार नै ३ करोडमा किनेको उक्त भवनमा भाडाको घर बुद्धनगरबाट सरेको थियो। बैठक सुरु हुनुअघि अध्यक्ष प्रचण्डले रिबन काटेर नयाँ कार्यालयको उद्घाटन गरेका थिए।
एकताकेन्द्र मसालसित एकता गरेपछि बनेको जम्बो १३८ सदस्यीय केन्द्रीय समितिको बसेको यो दोस्रो बैठक हो। सचिवालयका १६ सदस्य बाहेक अन्य सदस्यहरु एकअर्कालाई चिन्दैनन्। उनीहरु बैठकहलभित्र पस्नुअघि लामो समय एकापसमा चिनजानमै खर्चिए।
माओवादीले पेरिस डाँडामा रहेको उक्त भवन वाणिज्य बैंकले लिलाम गरेपछि तीन करोडमा किनेको थियो। केन्द्रीय समितिमा झण्डै चालीस प्रतिशत सभासद् भने झण्डै १५ जोडी नै। जसमा रोल्पा र रुकुमका झण्डै दर्जनका हाराहारीमा सभासद् र केन्द्रीय सदस्य छन्।
आफ्नै फोटो हेरेर मक्ख वाइसीएल इन्चार्ज कुलप्रसाद केसी सोनाम
No comments:
Post a Comment