काठमाडौ, भदौ ११ - प्रधानमन्त्री को बन्छ भन्ने हल्ला र चर्चाका बीच आइतबार बिहान मधेसी दलहरुसँग माओवादीले एउटा सम्झौता गरेको छ। त्यही सम्झौतापछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा माओवादी उम्मेद्वार बाबुराम भट्टराईलाई मत दिन सहमत भएको हो।
४ बुँदे सहमतिमा समायोजन हुने माओवादी लडाकुको संख्या ७ हजारमा सीमित गर्न कोसिस गरिने, राज्य पुनर्संरचना आयोग गठन नगर्ने, विभिन्न आन्दोलनका दौरान लगाईएका मुद्दाहरु फिर्ता लिने लगायत छन्। पूर्ण पाठ हेर्नोस् :
शान्ति, संविधान र संयुक्त सरकार संचालनका लागि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मुख्य तथा आधारभूत विषयहरुमा भएको सहमति :
संविधान सभा व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको चयनका लागि मिति २०६९ भाद्र ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसि मोर्चाका सम्बद्ध दलहरुले एकीकृत नेकपा माओवादीका तर्फबाट उम्मेद्वार रहनु भएका माननीय डा. बाबुराम भट्टराईको पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताका साथ स्वागत गरेको छ।
