Wednesday, January 25, 2012

मेरो बुबा मेरो हिरो

image
प्रकाश दाहाल प्रचण्डपुत्र
खुसुक्क ढोका लगाउँदै गरेका बुबा
हामी चितवनको शिवनगरमा बस्थ्यौँ  बुबा भूमिगत भइसक्नुभएको थियो । महिना-दुई महिनामा घर आउनुहुन्थ्यो, त्यो पनि प्रायः राति मात्र । बुबाको पहिलो सम्झना म चार/पाँच वर्षको हुँदाको छ । बुबा सुटुक्क भित्र पस्नुभयो र धेरै आवज नआउने गरी अलक्क ढोका लगाउनुहुन्थ्यो । सतर्क भएर ढोका लगाउँदै गरेका बुबाको ढाडतिरको चित्र अहिले पनि मेरो सम्झना छ 
म साढे पाँच वर्षको हुँदा हामी भरतपुर बसाइँ सर्‍यौँ

 । म सानो बालकुमारी भन्ने सरकारी विद्यालयमा भर्ना भएँ । हामी भरतपुर जाँदाताका बुबाको कार्यक्षेत्र सायद मधेस थियो किनभने बुबासँग र अरू वेला पनि मधेसका कमरेडहरू धेरै आउनुहुन्थ्यो हाम्रो घर पार्टीका सेल्टरमध्ये एक थियो । राति जतिखेरै पनि जहाँबाट पनि पाहुना आउन सक्थे र जतिजना पनि आउन सक्थे । ममीले तिनलाई खाना खुवाउनुहुन्थ्यो र बसोबासको व्यवस्था मिलाइदिनुहुन्थ्यो । घरमा ममी तीन दिदी र म मात्रै थियौँ । दिदीहरू म सानै थियौँ । घरको सबैभर ममीमाथि थियो   
दाउरा किन्ने पैसा नहुँदा
त्यसवेला हाम्रो आर्थिक अवस्था अत्यन्त कमजोर थियो
 । कहिले साबुन किन्ने पैसा हुन्नथियो, कहिले चिनी किन्न । दिदीहरू र मैले कहिल्यै पनि बाटोमा पैसा भेट्यौँ भने आफैँ खर्च गर्दैनथ्यौँ, ममीलाई दिन्थ्यौँ । पाहुनाको लर्को ठूलो हुन्थ्यो । कहिले आठ, कहिले दश त कहिले १६/१७ जनासम्म कमरेडहरूलाई व्यवस्थापन गर्नु पथ्र्यो । दिदीहरू र म छेउका झ्याङहरूमा झिँझा दाउरा खोज्थ्यौँ । एकपटक दाउरा किन्ने पैसा नभएर हामीहरू क्षेत्रपुरमा फुपू दिदीका घरमा खाना खान गएको पनि मलाई सम्झना छ । घरबाट नपुग्दा कहिलेकाहीँ ममीले मामाघरबाट पनि चामल ल्याउनुहुन्थ्यो 
बुबा राजनीतिमा लाग्नुभएको हो भन्ने मैले पछि थाहा पाएँ
 । उहाँको नियमित कमाई हुने कुरै भएन । ममी पनि जागिरे हुनुहुन्नथियो, गृहणी मात्रै । भरतपुरमा हामीहरूसँग अतिरिक्त आयस्रोत थिएन । दिदीहरू र मलाई खुवाउन र पढाउन नै ममीलाई धौ-धौ थियो । त्यसमाथि पार्टीका साथीहरूको चाप थियो । बुबा देश बदल्न र क्रान्ति गर्न घर छोडेर हिडिसक्नुभएको थियो । यत्रो भार थेग्दा पनि ममीले बुबालाई घरव्यवहार सम्हाल्न भनेको सुनिनँ । सबै दुःख एक्लै खेपेर ममीले बुबालाई देशका लागि समर्पण गरिदिनुभएको थियो 
 
ह्वाट इज योर नेम ?
कहिलेकाहीँ मात्रै आए पनि आएका वेला बुबाले हामीलाई एकदमै माया गर्नुहुन्थ्यो
 । ममी बुबालाई 'घरमा आएका वेला त तिनीहरूलाई पढाइदिए पनि हुन्थ्यो नि !' भन्नुहुन्थ्यो । तर, बुबाले पढाएको चाहिँ मलाई सम्झना छैनँ । ममीले करकर गरेपछि 'ह्वाट इज योर नेम ?' भनेर सोध्नुहुन्थ्यो । मैले अनि जोडले, 'माई नेम इज प्रकाश दाहाल भन्थेँ । बस्, पढाइ खत्तम् ! 

स्कुलका कार्यक्रममा बुबाले जाने कुरै भएन
 । हामीलाई स्कुल त उहाँले कहिल्यै लैजानुभएन । घरमै एकदमै कम कम आउनुहुन्थ्यो, त्यसमाथि भूमिगत हुनुुहुन्थ्यो । उहाँले मलाई 'दुई गुना चार' पनि सिकाउनुभएन, एबिसिडी कखगघ पनि घोकाउनुभएन । पहिले शिक्षक भए पनि बुबा मेरा शिक्षक चाहिँ कहिल्यै हुनुभएन । ज्ञानु दिदी मभन्दा आठ वर्षकी जेठी हुनुहुन्छ । स्कुलमा मेरो अभिभावक सधैँ दिदी नै हुनुभयो । 

  पाटनमा बल्ल सँगै
भरतपुरबाट ०४८ सालमा राजधानी आएपछि मात्रै म बुबासँगै बसेँ
 । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नीरञ्जन गोविन्द वैद्यको सगोलको घरमा हामी डेरा बस्थ्यौँ । किरण, बादल, भक्तबहादुर श्रेष्ठलगायतका कमरेडहरू पनि त्यही घरमा बस्नुहुन्थ्यो । हामी बस्न त बेग्ला-बेग्लै कोठमा बस्थ्यौँ, तर एउटै परिवार जसरी बस्यौँ । किरण र बादल कमरेडका म्याडमहरू काठमाडौंमा हुनुहुन्थ्यो, त्यसैले सँगै बसे पनि हामी प्रायः सँगै खाना खान्थ्यौँ । बुबा महामन्त्री भइसक्नुभएको थियो, त्यसैले सँगै बसे पनि उहाँ काठमाडौंमा भए मात्रै भेट हुन्थ्यो । 

एक वर्षपछि हामी च्यासलमा सर्‍यौँ
 । त्यहाँ पनि केही समय किरण कमरेड र हामी सँगैजस्तै बस्थ्यौँ । पछि उहाँ सायद अर्को डेरामा सर्नुभयो । हामी सबै एउटै परिवार थियौँ । मेरी ठूली दिदी र कान्छी दिदीसँगै भए पनि माइली दिदी मामाघरमा हुनुहुन्थ्यो । बादल कमरेड र किरण कमरेडका छोराछोरी काठमाडौं बाहिर हुनुहुन्थ्यो 
 
दिदीभाइ मात्रै एक्लै
हामी नरबहादुर कर्माचार्य कमरेडको छिमेकी भएर केही समय कुम्भेश्वरमा पनि बस्यौँ
 । पछि सरेर कलंकी गयौँ । एक वर्षजति त्यहाँ बसेपछि र ०५२ सालमा जनयुद्ध सुरु भएपछि हामी गोंगबुमा आयौँ । युद्ध सुरु हुनेवेलातिरै ममी पनि बुबासँगै भूमिगत भएपछि हामी केटाकेटी मात्रै गोंगबुमा सरेका थियौँ । तर, त्यहाँको बसाइँ पनि सुरक्षित भएन । हामीहरू मामाको संरक्षणमा अलग्गै घरमा डेरामा बसेका थियौँ । उहाँका छोराछोरी वनस्थली स्कुलमा पढ्थे । म सरकारी मनोहर स्कुलमा आठ कक्षामा भर्ना भएको थिएँ । पछि खस्याकखुसुक्क सुनिन थालियो-दाहाल थर भएका विद्यार्थीको खोजीनीति भइरहेको छ । मामाहरूले बुबालाई भन्नुभएपछि हामीले पनि भन्यौँ । 'सानै छन्, पूर्णकालीन राजनीतिमा ल्याउन पनि गाह्रो छ, सुरक्षाका कारणले तिनलाई सिलिगुढी लैजाऊ' भनेर पार्टीले निर्णय गरेछ । त्यसरी हामी सिलिगुढी पुग्यौँ 
 
परदेशमा सात वर्ष
हामी सिलिगुढी पुगेको ६ महिनापछि त्यहाँ प्रहरीको सक्रियता बढ्यो
 । हाम्रा केही कमरेडहरू पनि समातिए । त्यसैवेला दिदीहरूको बिहेको कुरा उठ्यो । ठूली दिदीको ०५२ सालमा बिहे भइसकेको थियो । माइली र कान्छी दिदीको लखनऊमा गए । कान्छी दिदीको परिवार राजनीतिक थियो, त्यसैले त्यहाँ पनि सुरक्षाको कुरा उठ्यो । त्यसपछि मलाई माइली दिदीकहाँ पञ्जाब पठाइयो । पञ्जाब पुगेपछि बल्ल म फेरि पढ्न थाले र त्यही मैले पार्टी सदस्यता पनि लिएँ । १२ कक्षासम्मको मेरो पढाइ त्यही भयो 

बुबा कहिले भोपाल, कहिले पञ्जाब, कहिले मद्रास र कहिले दिल्लीमा सेल्टर फेरिरहनुहुन्थ्यो
 । नेपालमा संकटकाल लाग्नुअघि नै भारत सरकारले माओवादीमाथि एकदमै कडाइ गर्न थाल्यो । हिन्दी जानेको, नजिकबाट सघाउनसक्ने एकजना सहायक चाहिएछ बुबालाई । अनि पार्टीले प्रकाशलाई ल्याऊँ न त निर्णय गरेछ । यसरी म बुबाको सहायक भा । म भने १२ कक्षा सकेर सेनामा जाने मनस्थितिमा थिएँ
 

  मेरा बुबा मेरा नायक
दिल्लीमा भएको पोलिटब्युरो बैठकमा मैले दिवाकर -पोष्टबहादुर बोगटी) काकालाई 'म जनमुक्ति सेनामा जान्छु' भनेँ
 । उहाँले 'जहाँ बसे पनि पार्टीको काम गर्ने हो, बुबासँग बस' भन्नुभयो । ०५८ सालमा रोल्पामा जनमुक्ति सेनाको प्रथम राष्ट्रिय भेला अघिदेखि म बुबाको स्वकीय सचिव भएँ र आजसम्म छु 
प्रचण्ड मेरा लागि सबैभन्दा पहिले मेरो अध्यक्ष र आदर्श नेता हुनुहुन्छ
 । त्यसपछि मात्र बुवा । सानोमा ममी र हामीले दुःख पायौँ, तर बुबाले हाम्रा दुःख हेरेर जागिर खान र्फकनुभएन । जसले देशलाई परिवारभन्दामाथि सोच्छ, क्रान्तिका लागि अरूले परिवारको सुखसुविस्ताको बलिदान गर्छ त्यही सच्चा नेता हो भन्ने मलाई लाग्थ्यो । सानैदेखि मेरो सबैभन्दा ठूलो नायक नै बुबा हुनुहुन्थ्यो 
 
बेग्लै हुनुहुन्छ मेरा बुबा
बुबा क्षमा गर्ने खालको र लचिलो हुनुहुन्छ
थान्नुभयो
 । भोलिपल्ट बिहान पनि बुवाले खाना खान मान्नुभएन । पछि बिबिसीले कुनै पत्रकारले त्यसो भएको होइन भनेर स्थलगत रिपोर्ट दिएपछि बल्ल बुबा खुसी हुनुभयो 
 

भारतमा हामी कहिलेकाहीँ सिनेमा पनि हेथ्र्यौं
 । सिनेमामा एकदम 'इमोसनल सिन' आउँदा बुबा हिक्का छाडेर रुनुहुन्थ्यो, मानौँ दुःख पाउने त्यो पात्र उहाँ नै आफैँ हो । वास्तविक जीवनमा पनि कसैका समस्या सुनेपछि बुबा तुरुन्तै पग्लिहाल्नुहुन्छ । सकेसम्म सबैलाई राम्रो गरौँ भनेर लाग्नुहन्छ । तर, राजनीतिमा जति राम्रो गर्न खोजे पनि धेरै जसचाहिँ नपाइदोरहेछ । बुबाका कमजोरी पनि छन् । उहाँ कसैलाई नाइँ भन्न सक्नुहुन्नँ । सकेसम्म हुँदैन भन्नुहुन्न । मलाईचाहिँ हुन्न सकिन्न, मिल्दैन भनेर किन भन्नुहुन्न भन्ने लाग्छ 
 । कहिल्यै कसैप्रति पूर्वाग्रह राख्नुहुन्नँ । कसले के भनेर गाली गर्‍यो भनेर सम्भिmराख्नुहुुन्नँ । सकेसम्म सबैलाई मिलाएर अघि बढ्नुहुन्छ । दश वर्ष लामो युद्धकालमा र पछि पनि पार्टीलाई विभाजित हुन दिनुभएन । जस्तोसुकै अन्तर्संघर्षमा पनि विचलित हुनुभएन  

बुबा अलि 'इमोसनल' हुनुहुन्छ। बुबालाई मैले रोएको पनि धेरैपटक देखेको छु । गाम-आक्रमणका वेलामा बिबिसीले एक हजारभन्दा बढी माओवादी छापामार मारिए भनेर समाचार दियो । त्यसवेला हामी बम्बैमा थियौँ । कोठामा म, बुबा र ममीमात्रै थियौँ । खाना पाकिसकेको थियो तर, हामी कसैले पनि खाना खाएनौँ । हाम्रो मुख्य शक्ति पश्चिमको त्यही फोर्स थियो । त्यो नष्ट भएको भए क्रान्तिको सपना पनि नष्ट हुन्थ्यो । एक हजार जनमुक्ति सेना चिहान भएको समाचारपछि बुबा एकदम भावुक हुनुभयो र रुन स्वकीय सचिवका दुःख बुबालाई धेरैले भेट्न खोज्नुहुन्छ एकथरि मान्छे बुबामाथि आक्रमण गर्न मलाई आक्रमण गरिरहेका छन् । मैले कहिल्यै प्रचण्डका छोराका रुपमा कसैसँग केही मागेको छैन । मैले आफ्नै हैसियतको दुरुपयोग गरेको छु भनेर कसैले भन्न पनि सकेको छैन । म सँधै लो प्रोफाइलमा बस्छु तैपनि मलाई निसाना बनाइको देखेर दिक्दार लाग्छ । राजनीतिमा न्याय भन्ने हुँदोरहेनछ, निर्दोष पनि 'बलिको बकरा' बन्नुपर्दो रहेछ । 
मलाई त बरु भरतपुरमा दाउरा खोज्न हिँड्दा नै  । पार्टीको र देशको नेता भएपछि उहाँलाई भेट्न चाहनेहरू र उहाँले भेट्नुपर्नेहरू थुप्रै हुने नै भए । तर, हामीलाई समय मिलाउन साह्रै कठिन हुन्छ । कहिलेकाहीँ महत्त्व नबुझेर, नजानेर पनि हामीले ठीक मान्छेलाई ठीक समयमा भेटाउन सक्दैनौँ । त्यतिखेर अलि नमज्जा लाग्छ । भेट्न नपाउनेहरू रिसाउनु पनि ठीकै हो । बुबा प्रधानमन्त्री छँदा एकपटक एकजना महिलाले बुबालाई भेट्न साह्रै धेरै पटक फोन गर्नुभयो । हुन्छ, भनेर एक बिहान समय पनि मिलायौँ, तर त्यही बिहान बुबाको अर्को कार्यक्रम पर्‍यो । पछि ती महिलाले मिडियामै हामीलाई गाली गर्नुभयो । बाहिरबाट हेर्दा यिनीहरूले समय मिलाई दिएनन् भनेजस्तो हुन्छ, तर हाम्रा पनि समस्या हुन्छन् । विवाद गर्दिनँ, विवादमा पर्छु
कहिले फेसबुक कमेन्टका कारण, कहिले रक्सी खाएको भनेर र कहिले अरू नै कुरामा मलाई विवादमा ल्याइन्छ
 । फेसबुकमा म आफूलाई लागेको लेख्छु । त्यो मैले प्रचण्डको छोरा भएर लेखेको होइन । म एउटा नागरिक हुँ र पार्टीको सदस्य पनि हुँ । म केवल प्रचण्डको छोरा मात्र होइन । त्यसैले मेरो कमेन्टलाई बुबासँग नजोड्न अनुरोध छ । बुबाले आफ्ना कुरा आफैँ भन्नुहुन्छ र उहाँको पार्टीले भन्छ । मैले किन भन्नपर्‍यो ? फेरि, मैले भनिदिएर बुबाको कुरा जनतामा कसरी पुग्छ र ?

रमाइलो लाग्थ्यो

from Naya Patrika daily news paper  

No comments:

Post a Comment